बागलुङ। दुई साता अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र सुनसान थिए। बुढापाका र बालबालिका मात्रै रहेका अधिकांश गाउँमा दसैँ नजिकिएसँगै चहलपहल बढ्न थालेको छ। रोजगार, पढाइ र अन्य कामले सहरबजार र विदेश गएका गाउँ फर्किन थालेपछि यतिबेला गाउँमा दसैँको रौनक छाएको छ।
टोल, छरछिमेक र चौतारामा गाउँ फर्किएका भेटिन्छन्। युवा शक्ति पलायन हुँदा सुनसान बनेको गाउँ चाडपर्वमा भने चहलपहल बढेको छ। रोजगारीको सिलसिलामा विदेश गएका मात्रै नभएर अध्ययनका लागि काठमाडौं, पोखरा, बुटवल, चितवनलगायत सहरमा रहेका पनि दसैँ मनाउन घर आएका छन् भने कोही आउने क्रममा छन्।







