काठमाडाैं। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि उनले यही असोज ७ गते आयोगमा निवदेन दर्ता गराएको आयोग उच्च स्रोतले जनाएको छ । उनी आफैँ अध्यक्ष रहने गरी दल दर्ताको निवेदन पेश भएको स्रोतको भनाइ छ।

‘उहाँले दल दर्ताका लागि निवेदन दिनु भएको छ। पार्टीको नाम श्रम संस्कृति पार्टी र अध्यक्ष उहाँ आफैँ रहने गरी निवेदन प्राप्त भएको छ’ स्रोतले भन्यो।






