लखेटिए मालिहरु बम गोलाको गस्ती भो सुन्दर शान्त बगैचामा लाश् हरुको बस्ती भो
बुझ्नै गार्हो बुझेपनी कुन्नी किन झनै साहारो खै? क्रान्ति हो कि? शान्ती हो ठेकेदारको हस्ती भो
रगत र आसुको सुनामी नै आएपनी शासन गर्ने नाइकेलाई मात्र यहाँ मस्ती भो
आर्तना छ कोलाहल छ जताततै रुवाबासी ओठमा मुस्कान छर्ने दिन हिजो होइन् अस्ती भो
शान्ती सँग बस्न पाउने अधिकार त फ्याकियोरे
जल्ले जे गरेनी यहाँ अल्ली जबर-जस्ती भो """
सुन्दर शान्त बगैचामा लाश् हरुको बस्ती भो
अशिम महत पिपलधारा १ उदिना गुल्मी हाल -यु ए ई दुबइ सम्योजक - नेपाल यु ए ई सास्कृतिक मन्च
|