Logo
Sep 04, 2010 Newsletter
Home | About Us| News | Interview | Sport | Science | Videos | Literature | Photogallery | Unicode | BLOG | Membership
न्युयोर्कमा १९७ औ भानु जयन्ती भव्य रुपमा
  PrintPrint Email Email   Share Share This
 

प्रशान एलुंग राई,न्युयोर्क
    अन्तराष्ट्रीय नेपाली साहित्य समाज, न्युयोर्क च्याप्टरको आयोजनामा हिजो न्युयोर्क, ज्याकसन हाईटस्थित याक रेस्टूरेन्टमा  आदिकवि भानु भक्त आचार्यको १९७ औ जन्म जयन्ती मनाइयो/ कार्यक्रम संयुक्त राष्ट्र संघका लागि नेपाली स्थाई नियोग प्रमुख महामहिम राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा संपन्न भएको थियो/ प्रमुख अतिथि आचार्यले द्वीप प्रज्वलन र भानु भक्त आचार्यको तस्बीरमा माल्यार्पण गरी   शुरू भएको उक्त  कार्यक्रममा  हाल सालै प्रज्ञा प्रतिष्ठानमा नियुक्ति पाएका प्राज्ञ हरीबहादुर थापा, भर्खरै संपन्न अनेसासको चुनावमा क्षेत्रीय (अमेरिका) उपाध्यक्षमा  निर्विरोध निर्वाचित  अनन्त रिसाल र हालै संपन्न  अनेसास केन्द्रीय कार्यसमितिको  महासचिव पदमा निर्वाचित  गीता खत्रीलाई पुष्पगुच्छा प्रदान गरी सम्मान गरिएको थियो/ कार्यक्रममा अनेसास न्युयोर्क च्याप्टरकी अध्यक्ष ज्योति पौडेलले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन /
   सोही कार्यक्रममा अनेसासका सल्लाहकार जगदीश उपाध्यले आदिकवि भानु भक्त आचार्यको ब्यक्तित्व र कृतित्वबारे प्रकाश परेका थिए / उनले आदिकविको बारेमा नेपालमा मात्र नभएर नेपाल बहिर जहाँ-जहाँ  नेपाली रहेका छन त्यहाँ भानुको लोकप्रियता र उनको योगदानको चर्चा रहेको र उनकै कारण सबै नेपालीमा साहित्यिक एकता कायम रहेको बताए/  कार्यक्रममा डा. तारा निरौलाले आदिकविको जीवनीको बारेमा प्रकाश परेका थिए भने अनेसासमा नव निर्वाचित पदाधिकारीद्वया अनन्त रिसाल र गीता खत्री र कमला प्रसाईले  समेत आफ्नो मंतव्य राखेका थिए /
   न्युयोर्क स्थित नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा हिमांशु कुंवर, अन्जली रोका, अस्मिता रोका, राजेन्द्र श्रेष्ठ, गोपीकृष्ण शर्मा,  रामचन्द्र थापा, बिधा बराल, बिनोद रोका, मणि वांगदेल, नीलम कार्की 'निहारिका' हरी शर्मा, गोविन्द कोइराला, तीर्थ बराल, सीता खरेल र परिता  राजभण्डारीले कविता वाचन गरेका थिए भने सहदेव पौडेलले कथा, प्रदीप थापा मगर ले गीत, शान्त घिमिरेले गजल र गायक एवं संगीतकार कन्हैया सिंहले गीत प्रस्तुत गरेका थिए/
कार्यक्रमका प्रमुख अतिथि एवं संयुक्त राष्ट्र संघका लागि नेपाली स्थाई नियोग प्रमुख ज्ञानचन्द्र आचार्यले आदिकवि भानु भक्त आचार्यले नेपाली जनमानसमा दिएको योगदान र भानुभक्तिय ब्यक्तित्वको बारेमा प्रकाश पारेका थिए/  कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमको आयोजना गर्दै जाने कुरा बताउदै सीता खरेलले कार्यक्रमको औपचारिक  समापन गरेकी थिईन/ कार्यक्रम अनेसास न्युयोर्क च्याप्टरकी महासचिव परिता राज भण्डारीले सञ्चालन गरेकी थिईन/

 

 थप समाचार:

» सांगीतिक कार्यक्रमले झुम्यो कोलोराडो

» न्युयोर्कमा शेर्पा किदुगको आयोजनामा खेलकूद प्रतियोगिता संपन्न

» फुर्तेम्बा कोलम्बियातिर हान्निए ( डायरी )

» न्यूयोर्कमा स्व. नेता राईको ४५ औ तिथिमा श्रद्दांजली सभा

» न्युयोर्कमा भव्य "नेपाल सन्देश-२" सांस्कृतिक कार्यक्रम

» न्युयोर्कमा हँसिला सूर्यमणि गुरुंगको हृदयघातको कारण निधन

» न्युयोर्कमा श्रीमत भागवत महापुराण शुरू

» न्युयोर्कमा फिप्नाद्वारा १६ औ विश्व आदिवासी दिवस

» न्युयोर्कमा "अधिकार"को ५ औ बर्षगाठ कार्यक्रम सम्पन्न

» इजरायलमा "नेवा:खल इजरायल"को स्थापना

 
 
Post Comment
 
 
Events

Om Bikram Bista Night, NY

  View More Events »
Latest Model
  BFBS GURKHA Radio
  List of Radio in Nepal
  - Radio Nepal
  - BBC
  View More
  Nepali Movie
  Mero Yauta sathi chha
   Archive Nepali Movie
  Hindi Movie
  Dhamal
  Archive Hindi Movie
  Lok Dohari Songs
  औंठी राम्रो सुन चादी हिराको
   Archive Lok Dohari Songs
  Titosatya
  Tito Satya, June 24th 2010
   Archive Titosatya
  Jire Khursani
  
   Archive Jire Khursani