Logo
May 19, 2013
Home | About Us| News | Interview | Sport | Science | Videos | Literature | Photogallery | Unicode | BLOG | Membership
पार्टी र मेरो व्यक्तिगत चरित्र हत्या गर्ने षडयन्त्र हो : कृष्णबहादुर महरा
 
सभासद खरीदका लागि चिनियाँ अधिकारीसंग गरेको भनिएको अडियो टेपका संधर्बमा आरोपित माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरासंग प्रेसचौतारी डटकमकालागी काठमाडौस्थित विशेष संवाददाता रामप्रसाद न्यौपानेले गरेको कुराकानी
 
 


हिजो मात्रै  नेपालका केही संचार माध्यमहरुले माओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महराले र चिनिया अधिकारी को गोप्य टेलिफोन संवाद भनेर एउटा अडियो टेप प्रशारणमा ल्याएका थिए । त्यसमा नेता महरा भनिएका व्यक्तिले सभासद खरिदका लागि ५० करोड रुपियाँ सहयोग मागेको सुन्न सकिन्छ । यसले नेपाली राजनीतिमा पुन तरङ ल्याएको छ । यसपटक प्रेसचौतारी डटकमका काठमाडौ स्थित विशेष संवाददाता रामप्रसाद न्यौपानेले सोही विषयमा नेता महरासंग कुराकानी गरकेका छन् । प्रस्तुत छ । सोही कुराकानीको केही अंश


पछिल्लो समयमा बजारमा यहाँले चिनियाँ अधिकारी संग सभासद खरीदका लागि रकम माग गरेको कुरा भन्ने टेप सार्वजनिक भएको छ नी बास्तविकता के हो ?


मैले पनि यो कुरा हिजो मात्रै थाह पाए र तत्काल विज्ञप्ती मार्फत खण्डन गरिसकेको छ । किनकी यो सरासर मेरो र पार्टीको चरित्र हत्या गर्नका  लागि रचिएको प्रपन्च बाहेक अरु हुनै सक्दैन् । समग्रमा यो एउटा षडयन्त्र मात्रै हो ।


तर बजारमा पार्टी भित्रकै असन्तुष्ट पक्षले यो टेप बजारमा ल्याएको हो भनिन्छ नी ?


पहिलो कुरा यो मेरो टेप होइन । मेरो यस्तो कुरानै भएको छैन भने यो पार्टी भित्र वा बाहिरबाट आयो भन्ने कुरा नै रहेन् । दोस्रो कुरा मैले पार्टी भित्रको षडयन्त्र हो भनेर भन्न पनि चाहन्न किनभने हाम्रो पार्टीका साथीहरुले यस्तो हरकत गै्र सक्दैनन् र त्यो सम्भावना पनि छैन ।तेस्रो कुरा यो कुरा कुनबेला बाहिर आएको छ भने भोली प्रधानमन्त्रीको निर्वाचन हुदैछ ।त्यसका लागि हाम्रो पार्टी र मधेसी पार्टीहरुबीच सकारात्मक मोडमा कुरा हुदै गएको छ । कतै यो कुरा भोलीको चुनावमा माओवादीको पक्षमा समर्थन आउला भनेर गरिएको षडयन्त्र नै हो भन्न गाह्रो छैन ।

यसअघिको निर्वाचनमा पनि माओवादी माथि  मालेका सभासदहरुलाई पैसा खुवाई पार्टी फुटाएको र आफ्नो पक्षमा पारेको भन्ने आरोप लागेको छ के यो घटनालाई अहिले संयोग मात्रै भन्न मिल्छ र ?


विल्कुल । यो सुनियोजित षडयन्त्र मात्रै हो । यसको कुनै पनि रुपले पुष्टी हुन सक्दैन । मैले फेरी पनि भन्दछु मेरो र पार्टीको चरित्रमा धव्वा लगाउन यो खालको घृणित प्रपन्च रचिएको हो । यसको मैले हाम्रो पार्टीले कडा शव्दमा भस्रना गरेको छ । र यो टेप प्रशारण गर्ने मिडियामा पनि त्यसको खण्डन प्रेशित गरिसकेका छौ ।

अस्ति मात्रै माले महासचिव सीपी मैनालीले ५ करोड रुपियाको प्रस्ताव गरेको भनेका थिए । त्यस अघि प्रधानमन्त्रीको निर्वाचनमा फ्लोर क्रस गरेपछि फोरमका शिर्ष तहबाट पनि माओवादीले पैसाको चलखेल गरेको भन्ने आएको थियो  यसरी निरन्तर आउदा त केही छ कि भन्ने पनि हुदैन र ?

त्यसको त पुष्टी हुन पर् यो  नि । कुरा आउदैमा सवै सत्य हुदैन । मालेका महासचिवले त्यो कुरा प्रमाणित गर्नुपर् यो वा अन्य नेताहरु जसले माओवादीले पैसाको खेलो गरेको छ भनेका छन । उनीहरुले पनि प्रमाणित गर्नुपर् यो । बे प्रमाणका आधारमा यसरी गम्भीर प्रकृतिका कुराहरुलाई सार्वजनिक गर्दा त्यसले पार्टी र व्यक्तिलाई कति नोक्सान पुर् याउछ सो पनि विचार गर्नुपर् यो नि ।

त्यसो भए यसको छानवीनका लागि तपाँइ कानूनी बाटो तिर पनि लाग्दै हुनुहुन्छ  कि ?

सोच्दै छु । यो कुरा कहाबाट कसरी आयो भन्ने कुराको अनुसन्धान हुनपर्छ भन्ने म छु  । किनभने यसले मेरो र पार्टीको चरित्र हत्या गरेको छ । त्यसबारेमा पार्टी संग पनि सल्लाह गरेर काम अघि बढछ ।


टेपमा तपाँईको संगै मिल्ने आवाज कसरी आयो होला ?


होइन । अहिलेको प्रविधिको युगमा आवाज मात्रै होइन । फोटो उस्तै बनेको हुन्छ । डे्रसअप पनि फेर्न वा मिलाउन मिल्छ । सोही प्रकि्रयाबाट गरिएको हुन सक्छ । आवाजको भरमा मात्रै आरोप लाउनु युक्ती संगत कुरा होइन् ।

पछिल्लो पटक माओवादीलाई चिनियाँ अधिकारीसंग जोडिएको छ  यसको कारण के होला जस्तो लाग्छ ?


हो यो अलि गम्भीर कुरा  छ । किनभने हामी हामी सवै मित्रराष्ट्रहरु संग समदुरी र समान सम्वन्ध राख्न चाहन्छौ । पछिल्लो समय चीन संग सोही नीति अनुरुप पार्टीको सम्वन्ध विस्तार भई गएको छ । यो प्रकरणबाट  के बुझन सकिन्छ भने चीन संगको सम्वन्धमा फाटो पार्न सकियोस  भन्ने नै हो ।

 
 
Post Comment

 थप समाचार: