सोमवार, जेष्ठ १३ गते, २०७६
Monday, May 27, 2019
एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग

प्रेस चौतारी डटकम, न्यूयोर्क

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् । 

उमेदवारी घोषणा कार्यक्रममा थापाले आफु नेतृत्वमा आएको खण्डमा एनआरएनलाई सवल, सक्षम र समाबेशी बनाउने बताउँदै १२ बुँदे चुनावी प्रतिबद्धताहरु सार्वजनिक गरे । यससँगै उनले आगामी निर्वाचन निष्पक्ष र स्वतन्त्रपूवर्क सम्पन्न गर्नको लागि निर्वाचन समितिसँग ५ बुँदे माग समेत राखेकाछन् । उनले निर्वाचनमा One Devide (IP) One Vote, निर्वाचन आयोगले Software को  Admin/Access लिन नपाउँने र निर्वाचनको परिणाम कम्प्युटर सिस्टमबाट सार्वजानिक गर्नु पर्ने माग राखेकाछन् ।

घोषणा कार्यक्रममा थापाले उपस्थित पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए भने कार्यक्रममा न्यूयोर्क लगायत आसपासका राज्यबाट थापाको समर्थकहरुको उपस्थिति रहेको थियो ।

थापाद्धारा प्रेशित प्रेस विज्ञाप्तीको पूर्णपाठः
प्रेस विज्ञाप्ती
मितिः मार्च १०, २०१९


आदरणीय पत्रकार साथीहरु
साथै उपस्थित सम्पूर्णमा सादर नमस्कार ।

पृष्ठभूमीः
समाजको हित र सामाजिक अभियानमा कहीं न कहीं आफ्नो भूमिका रहोस् भन्ने हामी सबैको चाहना हुन्छ । हाम्रो त्यही चाहना र समाजप्रतिको हाम्रो प्रतिवद्धताको जगमा नै सामाजिक संघ/संस्थाहरुको जन्म हुन्छ, अनि त्यस संस्थाको नेतृत्वको भिजन अनि संस्थाका पदाधिकारीहरुदेखि सदस्यहरु समेतको सक्रियतामा संस्थाको गरिमा मात्रै होईन उसको आवश्यकताको औचित्य र जीवन गाँसिएको हुन्छ । यहाँहरुलाई विदितैै छ, अमेरिकामा रहेका हामी नेपालीहरु कुनै न कुनै रुपमा समाज र समुदायको हितमा काम गर्न रुचाउँछौ र हाम्रो त्यही स्वभावको कारण हामी बिभिन्न संघ/संस्थामा आवद्ध रहँदै आएकाछौं । हामी जहाँ रहन्छौं, त्यहाँबाट आफुले सकेको भूमिका समाज र समुदाय प्रति खेल्दै पनि आएकाछौं ।
भौगोलिक, जातिय, सांस्कृतिक एवं बिभिन्न वैचारिक आस्था वा अन्य कुनै निकटताको आधारमा संस्थाहरुको जन्म हुने र त्यसरी जन्मिएका संस्थाहरुको दायरा पनि तुलनात्मक रुपमा साँघुरो हुने सत्य बुझ्दै गएपछि सबैलाई गोलबन्द गर्न सक्ने, सशक्त र सर्वव्यापी सामुदायिक संस्थाको आवश्यकताको मनन गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) को जन्म भएको सत्य हो । आवश्यकताको आधारमा सकारत्मक सोँच सहित स्थापित यस एनआरएनले विश्वको बिभिन्न देशमा जस्तै अमेरिकामा पनि सशक्त बन्दै गएको हामीले देखेको मात्रै होईन, त्यस्ता कर्ममा हामी आफैं प्रत्यक्ष रुपमा सक्रिय र सहभागी रहँदै आएकाछौं । 
संस्था स्थापनादेखि आजको मितिसम्म आईपुग्दा एनआरएन अमेरिकाले आफुलाई क्रमसः थप जनमुखी, परिष्कृत बनाउँदै लगेको पनि हामीले देख्दै आएकाछौ । यद्यपी अझै पनि एनआरएन अमेरिकालाई थप सेवामुखी र विश्वसनीय बनाउन प्रशस्तै कामहरु पूरा गर्न बाँकी छन् । जसरी अहिलेसम्म हामीले मिलेरै सकारात्मकता तर्फ उन्मुख काम गर्दै आएकाछौं । अब पनि हामीले मिलेर नै एनआरएनलाई सशक्त बनाउनु पर्ने हुन्छ ।  
यहाँहरु सबैलाई अवगत छ कि, विगत लामो समयदेखि म एनआरएन अमेरिकालाई सशक्त बनाउने मात्रै नभएर गैर आवासीय नेपालीहरुको अधिकार स्थापित र सुरक्षित गर्न लागि परिरहेकोछु । त्यस काममा मलाई यहाँहरुको सदैव सहयोग रहँदै आएको छ । मेरो त्यही सेवामुखी स्वभाव अनि सकारात्मक काम गर्न यहाँहरुको सधैं सहयोग रहने विश्वास सहित एनआरएन अमेरिकाको आगामी नेतृत्वको निम्ति प्रतिस्पर्धा गर्ने निर्णय गरेको छु ।
मलाई विश्वास छ, सदा झैँ यहाँहरुको विश्वास र सहयोग अवश्य मिल्नेछ । यहाँहरुबाट विश्वसको मत र सहयोगको अपिल गर्दै गर्दा म, मेरा भावी सोंच र कार्यक्रमहरु संक्षिप्त रुपमा यहाँहरुको बीचमा राख्नु बाञ्छनीय हुने ठानेर यहाँ प्रस्तुत गरेकोछु ।

विषय प्रवेशः
मेरो जन्म काठमाण्डौंको गोकर्णमा सन् १९६५ सालमा मध्यम् वर्गीय परिवारमा भएको हो । मैले काठमाण्डौंकै आनन्दकुटी हाईस्कुलबाट एसएलसी, अमृत साईन्स क्याम्पसबाट आईएस्सी, पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट डिप्लोमा र भारतको मद्रास कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक सम्मको अध्ययन पूरा गरेको छु । 
उच्च शिक्षा आर्जनको लागि अमृत साईन्स क्याम्पस (अस्कल) जाने पहिलो दिनमै राजाको सवारी कारण कलेज बन्द गरिएपछि मभित्र राज्य र शासकप्रति एककिसिमको  बितृष्णा जाग्यो । यससँगै कलेजका प्रारम्भिक दिनहरुमा भएगरेका अनियमितता र असान्दर्भिकताको बिपक्षमा संस्थागत बिरोध र परिवर्तनको महसुस हुन थालेपछि तात्कालिन कलेजमा क्रियाशील अखिल नेपाल विद्यार्थी युनियन अन्तर्गत अस्कल सह-प्रारम्भिक कमिटीको सचिव भएर मैले विद्यार्थीहरुको हक, हित र अधिकारको लागि काम गर्ने अवसर प्राप्त गरे । उच्च शिक्षाको क्रममा भारत रहदा अखिल भारत नेपाल स्वतन्त्र विद्यार्थी युनियन मद्रास नगर कमिटीको अध्यक्ष एवं तत्कालिन मद्रास शहरमा पढ्ने नेपाली विधार्थीहरुको संस्था युनियन अफ नेप्लिज स्टुडेन्ट (SUN) को अध्यक्ष समेत रहेर काम गरे । 
अध्ययन पूरा गरेपछि केही समय स्थानिय विकास मन्त्रालय अन्तर्गत फोहोर मैला तथा श्रोत परिचालन केन्द्रमा काम गरे र पछि आफ्नै निर्माण कम्पनी मार्फत व्यवसाय सुरु गरी २०५४ सालमा काठमाण्डौं जिल्ला विकास समितीको क्षेत्र नं. ३ बाट सदस्यमा निर्वा्चित हुने मौका मिल्यो र ५ बर्ष काम  गरे । यो अवधिमा सामुदायिक उच्च मावि र कलेजको पनि व्यवस्थापन समितिको सदस्य भई काम गर्ने अवसर प्राप्त भयो । 

अमेरिका र सामुदायिक संलग्नताः
नेपालमा रहदा बिभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थामा सक्रिय भईरहने क्रममा मैले लायन्स क्लव नेपालको एक कार्यक्रममा सहभागी हुन २००६ सालमा अमेरिका आउने अवसर प्राप्त गरे । सन् २००७ मा लायन्स क्लवकै एक कार्यक्रममा सहभागि हुन अमेरिका आएको बेला नेपाल फर्कन केहि आर्थिक जोहो गर्ने क्रममा एक कम्पनीमा आफ्नै अध्ययन अनुसारको काम गर्ने अवसर प्राप्त गरेसँगै सोहि समयदेखि स्थायी रुपमा सपरिवार अमेरिका बस्दै आईरहेको छु । 
  नेपाल हुँदा बिभिन्न सामाजिक संघ/संस्थाको बिभिन्न तह र तप्कामा रहेर काम गरेको अनुभवलाई अमेरिकामा रहेका नेपाली समुदायबीच बाँडने मौका मलाई युनाईटेड नेप्लिज डेमोक्रेटिक फोरम (युएनडिएफ) ले (पछि परिवर्तित नाम प्रवासी नेपाली मञ्च) जुराई दियो । म २००८ मा यस संस्थाको महासचिव हुँदै २०१३ सम्पन्न मञ्चको प्रथम अधिवेसनबाट अध्यक्षमा निवार्चित भएर नेपाल र नेपालीको हितमा केहि न केहि गर्ने अवसर समेत मैले प्राप्त गरे । 
“नेपालीको लागि नेपाली” भन्ने मूल नारा लिएर स्थापित गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद (एनसिसी) अमेरिकामा विगत दुई बर्षदेखि संघको बोर्ड अफ डाईरेक्टरमा रहेर हाल बिभिन्न क्षेत्रमा संयोजनकारी भूमिका निवार्ह गर्दै आईरहेकोछु । मैले संघमा गठित सरकारी संयोजक समितिको संयोजक, एनआरएन हेल्प डेस्क सह-संयोजक, विधान मस्यौदा समिति सदस्य भएर तीनै जिम्मेवारीहरुलाई कुशलतापूर्वक निर्वाह गरेकोछु । 
मैले एनआरएन अमेरिकाको दुई बर्षे कार्य अनुभवलाई अझ संस्थागत बनाउँन र समुदायको हितमा अझ कसरी स्थापित गर्न सकिन्छ भन्ने उद्देश्य अनुरुप संघको आगामी कार्यकाल (२०१९-२०२१) को लागि अध्यक्ष पदमा उमेदवारी दिने निणर्य गरेको समेत यसै विज्ञाप्ती मार्फत राख्न चाहन्छु । 
संघमा हाल विद्यमान विकृित बेथितिहरुको स्थायी निवारण गरेर संस्थागत विकास र बिस्तार गर्न नेतृत्व पंक्तिमै उभिनु पर्ने सत्यलाई स्वीकार्दै यहाँहरुको सहयोगको अपेक्षा समेत राखेकोछु । संघको “नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन नेपाली समुदायकै हक, हित र अधिकार प्राप्तिको लागि भरमग्दुर प्रयास गर्नेछु । जसको लागि मेरा प्रतिबद्धताहरुलाई बुँदागत रुपमा प्रस्तुत गर्न चाहन्छु ।

१) एनआरएन अमेरिकाको स्थापनाकालदेखि हालसम्म संस्थागत रुपमा समयानुकुल परिमार्जित हुँदै आएको विधान र यसले निर्देश गर्ने योजना र कार्यक्रमलाई प्रमुखताका साथ सम्पन्न गर्नेछु । जसको लागि संघको उद्देश्य प्राप्तिको लागि सम्बन्धित निकायमा संस्थागत पहल गर्नेछु ।  
२) संघको सदस्यता वितरण हालको भन्दा अझ सरल, प्रभावकारी र विश्वश्नीय बनाउँदै सदस्यको व्यक्तिगत विवरणलाई गोपनीय र भरपर्दाे तरिकाले अभिलेख राखिनेछ । साथै अमेरिकी कानुन वमोजिम दर्ता भई केन्द्रिय स्तरमा कृयाशिल सामाजिक संघ/संस्थाका प्रमखुहरु, विभिन्न क्षेत्रका विज्ञहरु, नेपाल सरकारका अवैतनिक वाणिज्य दुतहरु सहित कम्तिमा ३३ प्रतिशत महिला सहभागिता रहेको सल्लाहकार समिति गठन गरी संस्थालाई समयानुकुल र समावेशी बनाउँनेछु ।।
३) बिभिन्न समयमा हुने गरेका आकस्मिक घटना/दुर्घटनामा परेका पीडित परिवारलाई उचित क्षतिपूर्तिको लागि सम्बन्धित पक्षसँग पहल गर्नुका साथै प्रत्येक सदस्यको लागि कम्तिमा ५० हजार अमेरिकी डलर बराबरको जीवन बिमा गर्न/गराउनको लागि अमेरिकी सरकार, राज्य र बिमा कम्पनीसँग आवश्यक पहल र प्रक्रिया अघि बढाउँनेछु ।
४) नेपालीहरुको घना आवादी भएको ठाउँहरुमा आवश्यकता अनुसार नेपाल सरकारको सेवा सुलभ तरिकाले उपलब्ध गराउन आवश्यक पहल गर्नेछु । साथै बिभिन्न राज्यमा रहेका नेपालीहरुको सीप र दक्षता अभिबृद्धि गराई आर्थिक स्तर बढाउँनको लागि अमेरिकाका सरकार र स्थानिय निकायसँग संस्थागत समन्वय गर्नेछु ।
५) अमेरिकाको बिभिन्न राज्यमा स्थापित नेपाली संघ/संस्थाहरुसँग एनआरएन अमेरिका र मातहतको च्याप्टरसँग आवश्यक समन्वय गरी नेपाली भाषा, कला, साहित्य, संस्कृति र खेलकुद लगायतका अन्य गतिविधिहरुको प्रर्वद्धन र प्रवर्तनको लागि आवश्यक पहल गर्नेछु ।
६) अमेरिकामा रहेका नेपालीहरुको नियमित र आकस्मिक समस्या समाधानको लागि कानुनी परामर्श, उपचार र अन्य सेवाको लागि एनआरएन हटलाईन र हेल्प डेस्कको प्रभावकारी व्यबस्था गर्नेछु ।
७) नेपाली राजदूतावास, वाणिज्य दूतावास, तथा अन्य सरकारी कार्यालयका प्रतिनिधिहरुको काम कारवाहीलाई अझ सर्वसुलभ र प्रभावकारी बनाउन सम्बन्धित संघ/संस्थाहरुसँग समन्वय गरी अमेरिकामा रहेका नेपालीहरुले तुरुन्तै सेवा पाउँन सक्ने गरी बिशेष कार्य योजना ल्याउँनेछु । साथै संघले नेपाली दूतावाससँग समन्वय गरी तत्काल अस्थायी सचिवालय र निकट भविष्यमा स्थायी कार्यालयको स्थापनाको लागि पहल गर्नेछु । 
८) नेपाल र अमेरिकाबीचको विद्यमान दोहोरो कर प्रणालीको अन्त्य गरी अमेरिकामा रहेका नेपालीले नेपालमा लगानी अभिवृद्धि गर्न/गराउँन अमेरिकी सरकारसँग समन्वय गर्नेछु । 
९) दोहोरो नागरिकता नियमावली सम्बन्धी आईपर्ने कुनै पनि अप्ठ्यारा र झन्झट भएमा नेपाल सरकारसँग अविलम्ब समन्वय गर्ने र दोहोरो नागरिकताको प्रमाणपत्र राजदूताबास लगायत अन्य कुटनीतिक कार्यालयबाट उपलब्ध गराउँन आवश्यक पहल कदमी गर्नेछु ।
१०) नेपाल र अमेरिकाको बिभिन्न गाउँ, नगर र शहरबीच भगिनी सम्बन्ध स्थापित गर्न सम्बन्धित निकायमा पहल गर्नुका साथै विश्वविद्यालय र अन्य शैक्षिक संस्थामार्पmत दुवै देशबाट “स्टुडेन्ट एक्चेञ्ज” जस्ता कार्यक्रमको लागि समन्वय आवश्यक पहल गर्नेछु ।
११) “नेपाल भ्रमण २०२०” लाई प्रत्यक्ष रुपमा सहयोग पुर्याउनको लागि अमेरिकाको बिभिन्न शहरहरुमा मेला, महोत्सव र परेडहरुको आयोजना गर्नुका साथै सम्बन्धित निकायमा नेपाल भ्रमणको लागि नेपाल सरकार र एनआरएनको पहलमा संस्थागत निमण्त्रणा गरिनेछ ।
१२) अमेरिका आई बिभिन्न क्षेत्रमा बिशेषज्ञता हासिल गरेका र आ–आफ्नो ज्ञान र सीपको माध्यमबाट नेपालको समृद्धिको निम्ति योगदान गर्न तत्पर अमेरिकाबासी नेपालीहरुलाई त्यस्तो योगदान गर्न सक्ने वातावरणको निमार्ण गर्न एनआरएनले त्यस्ता बिशेषज्ञहरुको पुल निमार्ण गरी वहाँहरुको बिशेषज्ञता र नेपाल सरकारको आवश्यकता मिल्दो–जुल्दो व्यत्तित्वहरुलाई नेपाल सरकारसँग प्रत्यक्ष सहभागी भई कार्य गर्ने वातावरणको निमार्ण गर्न आवश्यक पहल गर्नेछु ।

र अन्तमा निर्वाचन निस्पक्ष र स्वतन्त्र होस भन्ने हेतुले सदस्य बन्ने अभियानमा केहि कडाई गरिए तापनि साँेचे जस्तो हुन नसकेको अनुभुति भएको कारण निर्वाचन आयोसँंग निम्न मागहरु प्नि राख्न चाहन्छु । 

क. One Device (IP) One Vote  गर्नु पर्ने ।
ख Verification Code  सदस्यता आवेदनमा प्रयोग भएको फोन नम्बरमा मात्रै उपलब्ध गराउनु पर्ने ।
ग. अध्यक्षको उमेदवारको एउटा प्रतिनिधि निर्वाचन अनुगमनमा राख्नु पर्ने र निर्वाचन आयोगले गर्न लागेको सवै कामको जानकारी उक्त प्रतिनिधिलाई उपलब्ध गराउनु पर्ने ।
घ. निर्वाचन आयोगको कुनै पनि सदस्यले Software  को Adimin /Access  लिन नपाउने ।
ङ. निर्वाचनको परिणाम ईमेलबाट नभएर कम्प्युटरको सिस्टमबाटै निर्वाचन आयोगलाई पठाउने र निर्वाचन आयोगले त्यसैको आधारमा निर्णय सार्वजनिक गर्नु पर्ने ।
 “सवल, सक्षम र समवेसी एनआरएन” निमार्णमा यहाँहरुको भूमिका अहम् र अवर्णनिय रहनेछ । यहाँहरुको निरन्तर निगरानीले नै “हाम्रो एनआरएन” लाई “राम्रो एनआरएन” बनाउँन सम्भव छ । 

धन्यवाद ।

जय एनआरएन ।


यहाँहरुको अमुल्य सल्लाह, सुझाव र प्रतिक्रियाको लागिः 

सञ्जय थापा
अध्यक्षका उमेदवार
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका
(२०१९-२०२१)

फोन नं. ९१७ ७०३ ३१९५
इमेलः sthapaktm@gmail.com
\"\"
 


मंगलवार, २०७५ फाल्गुन २८ गते १६:४९ / Tuesday, Mar 12, 2019 4:49 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
1.   एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग
2.   नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा
3.   न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै
4.   न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न
5.   न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै
6.   नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध
7.   भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार
8.   एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न
9.   फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै
10.   जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख
11.   उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी
12.   न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न
13.   तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न
14.   न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न
15.   न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै
16.   न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित
17.   न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न
18.   बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै
19.   न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख
20.   एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित
21.   न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र
22.   न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)
23.   न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न
24.   राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक
25.   न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न
Results 233: You are at page 1 of 10
1 2 3 4 5 6 7 8 9 10 Next Last
भर्खरै

एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् ।

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.