सोमवार, असार ११ गते, २०७५
Monday, June 25, 2018
उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

 प्रेस चौतारी डटकम
 जनवरी १०/न्युयोर्क
 
आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् । 
 
न्यूयोर्कको कुईन्सस्थित स्थानिय थकाली किचेन रेष्टुरेन्टमा आयोजित उम्मेद्वारी घोषणा सभामा लामाले संस्थागत अवधारणा र प्रतिबद्धताहरु प्रस्तुत गरे । उनले देश बाहिर प्रवासमा क्रियाशिल तामाङ संघ/संगठनसँगेको सहकार्य एवं सहभागितामा “विश्व तामाङ सम्मेलन”को आयोजना, शिक्षाको लागि “अन्तर्राष्ट्रीय तामाङ शैक्षिक कोष”, “नेपालमा तामाङ प्रशासकिय भवन” र प्रवासमा रहेका तामाङ समुदायको “संयुक्त लगानी” लगायतका गुरु योजनाहरुसहित आफ्ना प्रतिबद्धताहरु अघि सारेकाछन् । 

उम्मेद्वारी घोषणा सभामा तामाङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष शान्त थोकर, पुर्व अध्यक्षहरु सुबास लामा, ईन्द्र बहादुर तामाङ, भरत लामा, सुर्य तामाङ लगायत बिभिन्न तामाङ अगुवाहरुले शुभकामना व्यक्त गरेका थिए ।

यस अघि तामांग सोसाईटी अफ अमेरिकाका पुर्व अध्यक्ष भरत लामाले पनि अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरि सकेकाछन ।




सम्मेलन जनवरी १३ देखि १५ तारिखसम्म अमेरिकाको न्यूयोर्कमा सम्पन्न हुँदैछ ।
 
उम्मेद्वारी घोषणा पत्र यस्तो छः

लक्यान लामा
 अध्यक्ष, उम्मेद्वारी घोषणा पत्र
 
सक्षिप्त परिचयः
नेपाल स्थित पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नं. ३ ब्रम्ह्नगर मेरो स्थायी ठेगाना हो । विगत २००७ देखि न्यूयोर्क शहरलाई आफ्नो कर्म क्षेत्र बनाउँदै छोरा मेल्भिन र श्रीमती नीमा सहित बस्दै आईरहेकोछु । 

बाबाको पुख्र्यौली थलो सिन्धुपाल्चोक जिल्लाको मुढेबाट माध्यमिक तहसम्मको अध्ययान गरेपश्चात् राजधानी काठमाण्डौंको नेपाल ल क्याम्पसबाट कानुन बिषयमा स्नातक गरी सर्वाेच्च अदालतको कानुन व्यावसायीको पेशागत यात्राको छोटो अनुभव समेत बटुलेको छु । 

त्रि-चन्द्र क्याम्पस काठमाडौंबाट समाजशाष्त्र विषयमा स्नातकोत्तर अध्ययन पश्चात् नेपाल सरकारको समाज कल्याण परिषदमा सहायक निर्देशकको भूमीकामा कार्य सम्पादन गरेको अुनभव सँगसँगै २०६२/६३ को जन-आन्दोलन पश्चात बनेको नेपालको लोकतान्त्रिक सरकारको महिला बाल--वालिका तथा समाज कल्याण मन्त्रीको प्रमुख स्वकीय सचिवको जिम्मेवारी निभाउँदै प्रशासनीक अनुभव समेत बटुलेकोछु । यसरी मेरो व्यक्तिगत जीवनको उत्तारचढाव पश्चात २००७ देखि अमेरिकाको यो सुनौलो शहर न्यूयोर्कमा तपाईहरु माँझ नै तामाङ समाज बीच रमाउँदैछु । 

विद्याथी जीवनदेखि नै आफु र समाज परिवर्तन हुनु पर्छ भन्दै  बिभिन्न सडक नाटक देखि सामाजिक क्रियाकलापमा सरिक हुँदै समाज निमार्ण गर्ने अभियानको अभियन्ता बनेर धेरै संघर्षमय एवं कहाली लाग्दो जीवन व्यतित गरेको मेरो अनुभव छ । आफुलाई “सामाजिक सेवा नेपाल” नाम गरेको संस्थामार्फत  महिला, बाल-वालिकाको क्षेत्रमा क्रियाशील गराउँदै समाज परिवर्तनको मुद्धालाई अघि सार्दै नेपाल सरकारको बिभिन्न निकायहरुसँग हातेमालो गर्दै समाजप्रति असल नागरीकको जिम्मेवारी निभाएकोछु ।  

सन् २००६ मा भारतको दार्जीलिङमा सम्पन्न “दोस्रो अन्तर्राष्ट्रीय  तामाङ काउन्सील” सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै विधान संशोधन समितिमा रहेर काम गरेपश्चात् म सक्रिय रुपमा जातिय मुद्धाहरु बोकेर अघि बढ्दै आईरहेकोछु । 

सन् २००७ मा अमेरिका आएपछि २००२ सालमा स्थापना भएको तामाङ सोसाईटी अफ अमेरिकासँग आवद्ध भई यो संस्थामा सक्रिय  रुपमा सहकार्य गर्दै आईरहेकोछु । २००८ देखि २०१० सम्म सचिव र २०१० देखि २०१२ सम्म संस्थाको महासचिव भएर यो समाज र  तामाङ जाति प्रति आफ्नो क्षमताले भ्याएसम्म सकृय रुपमा क्रियाशील रहदै र जातिय मुद्धालाई सार्थक बनाउने अभियानमा लागि नै रहेकोछु । 

२०१२ देखि २०१७ सम्म संस्थाको हरेक क्रियाकलापमा बिशेष–बिशेष जिम्मेवारी निभाउँदै कहिले कार्यक्रम संयोजक, कहिले स्वयम्सेवक संयोजक हुँदै संस्थाको प्रत्येक कार्यक्रमहरुमा जिम्मेवारी निभाउँदै र आफ्नो क्षमताले भ्याएसम्म संस्थालाई आर्थिक रुपमा सहयोग समेत पुर्याउदै  आएको समेत यहाँहरु सबैमा विदितैछ ।
अतः तामाङ  सोसाईटी अफ अमेरिकाको बर्तमान कार्यसमिति अझ भन्नु पर्दा संस्थाका बर्तमान अध्यक्ष शान्त बाबु थोकरले अघि सारेको “नर्थ अमेरिका तामाङ कन्फेरेन्स” सार्थक पार्न गठित ५ सदस्यीय समितिमा रहेर पनि जिम्मेवारी निभाएकोछु । हामी ५ जनाको अवधारणालाई अघि सार्दै संस्थाले जनवरी २७, २०१७ मा नर्थ अमेरिका भरीको तामाङ अगुवाहरुको ऐतिहासिक भेला आयोजना गरिएको यहाँहरु सबैमा ताजै छ । उक्त ऐतिहासिक भेलाले हाम्रो अवधारणालाई अनुमोदन गर्दै संस्थाका अध्यक्ष श्री शान्त बाबु थोकुरलाई संयोजक र म लक्यान लामालाई सदस्य सचिवको जिम्मेवारी दिदै २५ सदस्यी तर्दर्थ समिति गठन गरेपश्चात,  हामी यो सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न गर्न एक बर्षदेखि लागि पर्दै आईरहेकाछौं । यसरी सदस्य सचिवको गहन जिम्मेवारी वहन गर्दै सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न गर्न विगत १ बर्षदेखि रातोदिन यहि अभियानमा लागि पर्दै आएको खुसीको क्षण यहाँहरुमाँझ साट्न चाहन्छु । यत्ति मात्र नभएर सम्मेलन सार्थक पार्ने अर्काे महत्वपूर्ण कमिटि (आर्थिक कमिटि) को संयोजकको जिम्मेवारी समेत आफुले  नै सम्हाल्दै यो सम्मेलनको एउटा हिस्सा नै आफु बनेर आजको घडीसम्म आई पुगेको छु ।

यसरी यो सम्मेलनसँग मेरो यात्रा, जातिय क्षेत्रमा मेरो लगाव अनि निरन्तरता साथै अहिलेसम्म मैले हासिल गरेको अनुभव सहित युवा जोश जाँगर अनि उर्जासहित मैले आफुलाई अझ सशक्त भएर संस्थाको जिम्मेवारी निभाउने जमर्काे  गरेकोेछु । आजको घडीमा हाम्रो समाजले म जस्तै उर्जाशील नेतृत्व खोजी रहेको महसुस गर्दै तपाई हामी सबैले परिकल्पना गरेको आदर्श समाज निमार्णको अभियानमा आपूmलाई क्रियाशील गर्ने अठोटका साथ उत्तर अमेरिका तामाङ सम्मेलन-२०१८ को महाधिवेसनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेकोछु । 

समय र परिस्थिती बुझ्न  सक्ने अनि छिटो छरितो र सहि निर्णय दिन सक्ने नेतृत्व आजको आवश्यकता महसुस गर्दै आपूmलाई यहि आदर्शमा लाने प्रण सहित यस उत्तर अमेरिका तामाङ सम्मेलनको महाधिवेसनमा अध्यक्षको उम्मेद्वारी घोषणा गर्दैछु ।

विश्वभरको तमाम तामाङ जातिको सारथी बनाएर यस संस्थालाई बिभिन्न योजनासहित तामाङ बस्ती–बस्तीहरुमा लानेछु । नेपाली डायस्पोरामा संस्थालाई मुल्याङकन सहित उभ्याउँदै तपाई हामीले गर्व गर्ने हाम्रो पहिचान संरक्षण र सम्र्बद्धनमा क्रियाशील गराउँदै संस्थालाई आर्थिक समृद्धि तर्फ  डोर्याउदै सम्मेलनको मर्म र भावना मुताबिक बिशेष-बिशेष योजना र कार्यक्रमसहित “सवल, सक्षम र योग्य तामाङ जनशक्ति उत्पादनको अभियानमा संस्थालाई क्रियाशील गराउँने प्रणसहित म मेरो उम्मेद्वारी घोषणा गर्दछु । 
आशा एवं विश्वास छ सम्मेलन सम्पन्न गर्न मैले खेलेको भूमिका, सम्मेलनको उद्देश्यसँग मेरो संस्थागत प्रतिबद्धता, मेरो विगतको अनुभव र इतिहास साथै आजको उर्जाशील नेतृत्वको आवश्यकतालाई मध्येनजर गर्दै यहाँहरुले सर्वसम्मत् रुपमा मलाई नेतृत्वको जिम्मेवारी सुम्पने कुरामा विश्वस्त हुँदै उम्मे्दवारी घोषणा गरेको छु । 

मेरा प्रतिबद्धताहरुः
१) तामाङ सोसाईटी अफ अमेरिकाको मास्टर प्लान अन्र्तगत रहेको “तामाङ कल्चर एण्ड बुद्धिस्ट सेन्टर, ट्रष्टी” लाई अन्य राज्यहरुको सहयोग र सद्भाव जुटाएर समयावधीभित्रै सम्पन्न गर्ने आवश्यक पहल कदमी गर्नेछु ।
२) दक्ष प्राविधिक एवं विज्ञहरुको सहभागितामा Virtual Tamang Online School को सञ्चालन गर्नेछु ।
३) भाषा, धर्म, कला  र संस्कृति संरक्षण र सम्र्बद्धनका लागि सम्बन्धित राज्यहरुको संस्थासँग छलफल गरी बिशेष–बिशेष कार्यक्रमहरु सम्बन्धित राज्यहरुमा सञ्चालन गर्नेछु ।
४) उत्तर अमेरिकाभरीका युवा एवं विद्याथीहरुको बीचमा “युवा तथा बिद्यार्थी मञ्च” बनाई युवा र विद्याथीहरुलाई शिक्षाको क्षेत्रमा संलग्न गराउँनेछु । 

५) उत्तर–अमेरिकामा रहेका तामाङ समुदायमा पर्ने आपत विपद् निराकरणको लागि समिति बनाएर कार्य सम्पादन गर्न/गराउँन आवश्यक पहल गर्नेछु ।
६) संस्थाको दैनिक कार्य सम्पादनको लागि न्यूयोर्कमा केन्द्रिय कार्यलयको स्थापना गर्नेछु ।
७) उत्तर–अमेरिकाको बिभिन्न राज्यहरुमा नेपालका ख्याति प्राप्त कलाकारहरुको सहभागितामा वातावरण अनुकुल “डम्फु साँझ” (सांस्कृतिक कार्यक्रम) को आयोजना गर्न राज्य तहका संस्थाहरुसँग समन्वय गर्नेछु ।
 
मास्टर प्लान
क) ग्लोबल तामाङ कन्फेरेन्सः प्रवासमा क्रियाशील तामाङ संघ/संगठनको सहकार्य एवं प्रत्यक्ष सहभागितामा  निकट भविष्यमा “ ग्लोबल तामाङ कन्फेरेन्स” को आयोजना गर्नेछु ।
ख) अन्र्तराष्ट्रि तामाङ एजुकेसन फण्डः प्रवासमा क्रियाशील तामाङ संघ/संगठन र व्यक्तिहरुको सहयोग र सहभागितामा अन्र्तराष्ट्रिय तामाङ एजुकेसन फण्डको निमाणार्थ आवश्यक पहल गर्नेछु । 
ग) तामाङ प्रशासकिय भवनः प्रवासमा क्रियाशील तामाङ संघ÷संगठनको सहयोग र सहभागितामा नेपालमा निमार्णाधिन तामाङ प्रशासकिय भवन निमार्णको लागि आवश्यक पहल गर्नेछु । 
घ) संयूक्त लगनीः प्रवासमा रहेका तामाङ समुदाय, संघ÷संगठन र व्यक्तिहरुको प्रत्यक्ष सहयोग र सहभागितामा देशका बिभिन्न क्षेत्रमा बसोबास गर्ने तामाङबस्तीहरुमा संयुक्त लगानी गर्नको लागि प्रोत्साहन गर्न/गराउँन पहल गर्नेछु ।

धन्यवाद ।

 


बुधवार, २०७४ पुस २६ गते २०:१६ / Wednesday, Jan 10, 2018 8:16 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
151.   अमेरिकाको न्युयोर्क र क्यालिफोर्नियामा एनआरएन दिवस मनाइयो
152.   न्युयोर्कमा दुई दिने मह जात्रा आयोजना गरिदै, प्रचार प्रसारमा तीब्रता
153.   न्यूयोर्कको मालिङ्गोमा भोजपुरेहरुको बृहत भेला सम्पन्न
154.   न्युयोर्कमा ७७ जनाले रक्तदान गरे
155.   प्रधानमन्त्री कोईरालाद्धारा निर्माणाधीन संविधानमा शंका नगर्न आग्रह
156.   श्रेय बाबालाई दिन चाहन्छु-पार्वती राई
157.   न्युयोर्कमा तुलसी घिमिरे निर्देशित दृष्टिकोण अक्टोबर ४ मा प्रर्दशन हुँदै
158.   एनआरएन अमेरिकाको अध्यक्ष पदमा खगेन्द्र क्षेत्री विजयी,
159.   एनआरएन अमेरिकाको निर्वाचनमा ७४ दशमलव ६ प्रतिशत मतदान
160.   एनआरएन अमेरिकाको मतदानमा ६६ दशमलव ९ प्रतिशत खस्यो
161.   मगर संघ अमेरिकाको दशौं बर्षगाँठमा लोक-दोहोरी भिडन्त
162.   न्युयोर्कमा डम्फू साँझको छैठौं संस्करण भव्य रुपमा सम्पन्न
163.   न्युयोर्कमा नोटरी पब्लिक संचालन, ९ जनालाई सेवा प्रदान
164.   कसले बनाउँदैछ प्यानल ?
165.   एनआरएन अमेरिकाको मतदान समय बढ्यो, शुक्रबार सम्ममा ३७ प्रतिशत मत खस्यो
166.   एनआरएन अमेरिकाको निर्वाचनमा मत सहजकेन्द्र,
167.   एनआरएन अमेरिकाको निर्वाचनमा मतदान गर्ने तरिका
168.   मृगौला पीडित राजु खड्का सहयोगार्थ चिठ्ठा खोलियो
169.   एनआरएन, अमेरिकाको आईसिसी चुनाव - प्रतिष्ठाको लडाई
170.   उभौंलीको अवसरमा न्युयोर्कको ज्याकसन् हाईटस्मा साकेला सम्पन्न
171.   राजनीतिक स्थिरता कायम भए एक बर्षमा लिखित् संविधान-उप-प्रधानमन्त्री सिंह
172.   न्युयोर्कमा हेवेन्ली पाथको आयोजनामा बिशेष कार्यक्रम सम्पन्न
173.   नेजाको ह्युस्टन अधिवेसन, नेतृत्व चयनमै सीमित
174.   न्युयोर्कमा दोस्रो नेपाली मेला जुलाई ६ तारिखमा हुँदै
175.   हेर्दा हेर्दै बल्यो - ब्रुसन बिल्डिङ्ग
Results 226: You are at page 7 of 10
First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
भर्खरै

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.