में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)
परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ
प्रेस चौतारी डटकम,
अप्रिल ३०, न्यूयोर्क
विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् । नेपाल डे परेडलाई यस वर्ष पनि न्यूयोर्कमा अवस्थित नेपाली महावाणिज्यदुताबास, न्यूयोर्कले सहयोग गर्ने भएको छ ।
परेड मेनह्याटनको ३८ देखि २७ स्ट्रिट र मेडिसन एभिन्यूमा आयोजना हुने भएको छ । गत बर्ष में २२ तारिख मेनह्याटनको ब्रोड वे अन्तर्गत २९ र १७ स्ट्रिटमा परेडको आयोजना गरिएको थियो ।
बुद्ध जयन्ती तथा नेपालको गणतन्त्र दिवसको अवसर पारेर आयोजना गर्न लागिएको परेडमा अघिल्लो बर्ष छुटेका बिभिन्न सामाजिक संघ/संगठनहरुलाई पनि आयोजक समितिमा आवद्ध गरिएको छ । “अघिल्लो बर्ष आयोजक समितिमा रहेका केहि संघ/संगठनहरुलाई आवद्ध नगराउनुमा के कारण हो त ?” भन्ने पत्रकारहरुको जिज्ञाशामा राजनैतिक दलका कारण विखण्डित बन्दै गएको नेपाली डायस्पोरा र समाजलाई स्वच्छ र एकिकृत ढंगले प्रवासमा अघि बढ्नु पर्ने र राजनैतिक दलका भातृ संघ/संगठनहरुलाई सम्मानित रुपमा आतिथ्य गराउने परेडका कन्भेनर मंगल दास श्रेष्ठले बताए ।
परेडका लागि ११ सदस्यीय स्टेरिङ्ग कमिटि र ७ उप-समितिहरुको गठन समेत गरिको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । परेडको लागि २० देखि २५ हजार अमेरिकी डलर खर्च हुने आयोजकले बताएको छ | आवश्यक खर्चको लागि अघिल्लो बर्ष संकलित रकम मध्येबाट बचेको ९ हजार डलर र अन्य रकमको लागि प्रायोजकहरुबाट संकलन गर्ने कार्यक्रम रहेको कन्भेनर श्रेष्ठले प्रेसचौतारी डटकमलाई बताए
के-के हुँदैछ परेडमा ?
मध्यन्ह् १२ बजेबाट आरम्भ हुने परेड ३८ स्ट्रिट र मेडिसन एभिन्युबाट शूरु आयोजक पक्षले जनाएको छ । परेडमा बिभिन्न सामाजिक संघ/संस्थाहरुको अगुवाईमा विविध् मौंलिक एवं जातिय पहिचान झल्किने भाँकी तथार्याली प्रर्दशन गरिने कार्यक्रम रहेको छ । “सहभागीहरुले नेपाल र नेपालीको परिचय झल्कने तुल, ब्यानर र प्लेकार्ड सहित बिभिन्न गीत र सांस्कृतिक कार्यक्रम प्रर्दशन गर्दै परेड ३८ स्ट्रिटबाट २७ स्ट्रिटसम्म पुग्नेछन्” कार्यक्रम बारे कन्भेनर मंगल दास श्रेष्ठ भन्छन् “परेडमा सहभागीहरु मेडिसन एभिन्यु अन्र्तगत २७ स्ट्रिटमा जम्मा भएसँगै बिभिन्न कलाकारहरुले दुई घण्टा समयावधीमा विविध् सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नेछन् ।” सांस्कृतिक कार्यक्रम पश्चात् सोहि स्थानमा परेडको समापन गरिने कार्यक्रम रहेको छ ।
“गतसाल झैँ यसबर्ष पनि नेपालको धार्मिक, सांस्कृतिक एवं पर्यटकियस्थल झल्कने व्यानरसहितको फ्लोट (ट्रक) राखिने छ ।” अघिल्लो बर्षका परेड कन्भेनर लुईसाङ वाईवा तामाङ भन्छन् -“गत बर्षको अनुभवले धेरै कुरा सिकाएको छ, यसपालीको परेड निश्चित् रुपमा व्यबस्थीत र आकर्षक हुनेछ ।”

को–को छन् कमिटीमा ?
यसैबीच दोस्रो नेपाल डे परेड-२०१७ सम्पन्न गर्नको लागि ११ सदस्यीय स्टेरिङ्ग कमिटि र ७ उप-समिति गठन गरिएकोछ । स्टेरिङ्ग कमिटी र गठित उप-समितिहरुको नामावली यसप्रकार रहेको छ ।
कन्भेनर, नेपाल डे परेड-२०१७
मंगल दास श्रेष्ठ
सदस्यहरु:
रविकिरण कोइराला
उर्गेन शेर्पा
अमित शाह
सुमन बुढामगर
संगीनी रानामगर
भोजराज थोकर
सृजना स्याङदान
कुन्ती थापा
विजया सिम्खडा
गीता पन्थ
उप–समितिहरुः
आर्थिक समिति : रविकिरण कोइराला
झाँकी समिति : डम्बर जंग गुरुङ
स्वयम् सेवक समिति : राजकुमार विष्ट
र्याली ब्यावस्थापन समिति : मणी बाङ्देल
सांस्कृतिक समिति : सुमन बुढामगर, सृजना स्याङ्दान र अभय ढुङ्गेल
सरसफाई समिति : लुईसाङ वाईबा तामाङ
प्रचार/प्रसार समिति : गीता पन्थ
कुन-कुन संस्था छन् त परेडका आयोजकहरु ?
यस बर्षको परेडका आयोजक संस्थाहरुको संख्या गतसालको भन्दा बढि रहने भएको छ । हालसम्म न्यूयोर्क र अन्य राज्यमा क्रियाशील बिभिन्न ४० नेपाली सामाजिक संघ/संस्थाहरु परेडको आयोजक संस्था रहेकाछन् । यद्यपी यो संख्या अझै बढ्ने आयोजक पक्षले जानकारी गराएको छ । गतसाल २४ वटा संस्थाहरुको संयुक्त आयोजनामा परेडको आयोजना गरिएको थियो ।
नेपाल डे परेड-२०१७ का आयोजक संस्थाहरुको नामावली यसप्रकार रहेको छ ।
१) नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)
२) नेपाली अमेरिकन कलाकार संघ, उत्तर अमेरिका
३) गैर आवासीय नेपाली संघ, न्यूयोर्क च्याप्टर
४) युनाईटेड शेर्पा एशोसियसन, युएसए
५) रिज्उड नेपाली समाज,
६) तामाङ सोसाईटी अफ अमेरिका
७) गुरुङ (तमु) सोसाईटी, युएसए
८) ग्यालसुन्दो सेवा संस्था, युएसए
९) किरात राई सोसाईटी अफ अमेरिका
१०) मगर एशोसियसन अफ अमेरिका
११) वलुङ कम्युनिटी अफ नर्थ अमेरिका
१२) न्यूयोर्क नेवाः गुठी
१३) मुस्ताङ्ग किदुग, युएसए
१४) ह्योल्मो सोसाईटी अफ अमेरिका
१५) मनाङ्ग समाज, अमेरिका
१६) तमु परिवार, न्यूयोर्क
१७) सुनुवार सोसाईटी अफ अमेरिका
१८) युनाईटेड मुगुम अर्गनाईजेसन
१९) नुप्री एशोसियसन, युएसए
२०) ढोकप्या किदुग, युएसए
२१) लङ्ग आईल्याण्ड नेप्लिज सोसाईटी
२२) न्यूजर्सी नेपाली कम्युनिटी
२३) सन्नीसाईड नेप्लिज कम्युनिटी
२४) बाल्टीमोर एशोसियसन अफ नेप्लिज ईन अमेरिका
२५) एशोसियसन अफ नेप्लिज फिजिसियनस् ईन अमेरिका
२६) भोजपुर समाज, युएसए
२७) लायन्स क्लव अफ कुर्ईन्स, नेप्लिज
२८) लायन्स क्लव अफ कुईन्स, बुद्ध
२९) सोसाईटी अफ नेप्लिज ईन अमेरिका, कनेक्टीकट
३०) आदिवासी जनजाति महिला महासंघ, अमेरिका
३१) म्याग्दी समाज, बाल्टिमोर
३२) नेप्लिज अमेरिकन नर्स एशोसियसन
३३) नेप्लिज अमेरिकन कल्चर एशोसियसन
३४) नेप्लिज अमेरिकन सोसाईटी अफ ओप्रेस्ड कम्युनिटी
३५) वुमन फर कज, न्यूजर्सी
३६) मगर एशोसियसन अफ अमेरिका, न्यूयोर्क च्याप्टर
३७) किरात याक्थुङ चुम्लुङ, अमेरिका
३८) हिमालयन बुद्धिष्ट कम्युनिटी ईन अमेरिका
३९) अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टर
राजनीतिक दलका भातृ संगठनहरु किन आयोजक बाहिर ?
साढे ३ दर्जन भन्दा बढि परेड आयोजक संस्था र आयोजकले उक्त संख्या बढ्ने दाबी गर्दै आए पनि गत सालका केहि संस्थाहरु आयोजकको सूची बाहिर रहेकाछन् । सूचीमा नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति, अमेरिका र एमाले निकट प्रवासी नेपाली मञ्च, अमेरिका परेड आयोजकमा दोहोरिएका छैनन् ।
प्रवासमा राजनैतिक दलका कारण विखण्डित बन्दै गएको नेपाली डायस्पोरा र समाजलाई स्वच्छ र एकिकृत ढंगले अघि बढ्दै जानु पर्ने पर्ने आवश्यकतालाई मध्येनजर गर्दै राजनैतिक दलका भातृ संघ/संगठनहरुलाई आयोजक संस्थाको रुपमा नसमेटेर सम्मानित रुपले परेडमा आतिथ्यता गर्न/गराउने आयोजकको दाबी रहेको छ । यसैबीच अघिल्लो बर्षका परेड आयोजक संस्था मध्येका प्रवासी नेपाली मञ्च, अमेरिकाका निवर्तमान अध्यक्ष सञ्जय थापाले आफुहरुलाई थाहै नदिई परेडको आयोजना गर्न लागेकोमा दुःख व्यक्त गर्दै फेसबुक मार्फत आन्तरिक हिसाब किताब सार्वजानिक गर्न अनुरोध गरेकाछन् ।
अघिल्लो परेडको आर्थिक हिसाब किताब सार्वजानिक गरि सकिएको र आगामी परेडमा सम्बद्ध ब्यक्तिहरुलाई बिशेष आतिथ्य ग्रहणको लागि पत्रचार गरिसकिएको आयोजक पक्षले जनाएको छ ।