शनिवार, श्रावण ०७ गते, २०७४
Saturday, July 22, 2017
सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

प्रेस चौतारी डटकम
जनवरी २६, २०१३, काठमाण्डौं

सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ । तुलनात्मक रुपमा पछि विकास भएको नेपाली ब्रोडकास्टिंग मिडियामा पहिलो पुस्ताका यी सञ्चारकर्मीले नेपालमा आरजे र भीजे पनि मिडिया पर्सोना हो भन्ने नयाँ मान्यता स्थापित गरे । उनले स्थापना गरेको यही मान्यताका कारण आज नेपालमा आरजे र भीजे पनि मूलधारका सञ्चारकर्मीका रुपमा मान्य छन्, स्थापित छन् । उनले मूलतः ललितकलाका दुई मूल विधा चलचित्र र संगीतमा आफ्नो सञ्चारकर्म केन्द्रित गरे । आज नेपालमा रेडियो र टेलिभिजनमा चलचित्र र संगीतका कार्यक्रमहरु अपरिहार्य हुनुमा उनको उल्लेखनीय भूमिका रहेको छ ।



औपचारिक पढाइले इञ्जिनियरिंगका विद्यार्थी सरोज थोरै अपवादमा पर्छन् जसले पढेरभन्दा पनि परेर मिडियाकर्ममा आफ्नो सर्वोच्चता स्थापित गरे । नेपालमा परेर मिडियामा स्थापित भएका र हुन खोजेकाहरुका लागि उनी रोल मोडल नै हुन् । मिडियाकर्ममा लागेका तन्नेरी पुस्ताका नेपालीहरु उनको मानक सफलतालाई हेरेर भन्ने गर्छन्, इमान्दारिताका साथ प्रयास गर्यो भने मिडियाकर्ममा पढेर मात्र हैन, परेर पनि गर्न सकिन्छ । यस बीचमा उनले पत्रकारिता, एंकरिंग, रेडियो टेलिभिजन कार्यक्रम निर्माण र अभिनयको प्रशिक्षण चाँहि लिएका छन् । 



पूर्वी नेपालको झापामा सन् १९७९ मा जन्मिएका सरोज आफ्नै संघर्षले मानक बनाएका सञ्चारकर्मी हुन् । सन् १९९९ मा मुलुककै राजधानीमा अवस्थित केएटीएच एफएम ९७.९ बाट रेडियो कार्यक्रम प्रस्तोता (आरजे) का रुपमा ब्यावसायिक मिडियाकर्म सुरु गरेका सरोज यतिबेला बेलायती सेनामा रहेका नेपालीमूलका सैनिक र उनका परिवारको सूचना, शिक्षा, अभिप्रेरणा र मनोरञ्जनका लागि सञ्चालित रेडियो बीएफबीएस गोर्खा रेडियोमा कार्यक्रम निर्माता एवं प्रस्तोताका रुपमा कार्यरत छन् । विश्वका ६३ भन्दा बढी मुलुकमा प्रसारण हुने यो रेडियो हरेक सञ्चारकर्मीका लागि स्वप्नगन्तव्य हो जसमा सरोज तीनवटा लोकप्रिय कार्यक्रम  स्वर्णिम संगम, मनोरञ्जन एक साथ र चलचित्र र संगीत निर्माण तथा प्रस्तुत गर्छन् । 



उनले रेडियोमा आरजेका रुपमा मात्र हैन, टेलिभिजनमा भीजेका रुपमा पनि शिखर मानक बनाएका छन्, बेञ्चमार्क स्थापना गरेका छन् । उनले नेपालका अधिकांश टेलिभिजनमा चलचित्र र संगीतमा आधारित कार्यक्रम बनाएर प्रस्तुत गरेका छन् । यस क्रममा सरोजले नेपालको पहिलो स्याटलाइट टेलिभिजन स्टेसन च्यानल नेपालका लागि सन् २००२ मा नेपालमा पहिलो लाइभ फोन इन म्युजकिल शोको नयाँ अध्याय शुरु गर्दै १२०० श्रृंखला प्रत्यक्ष प्रसारण गरेर नयाँ बेञ्चमार्क पनि बनाए । उनले नेपालको राष्ट्यि टेलिभिजन च्यानल नेपाल टेलिभिजनमा पप संगीतमा आधारित सांगीतिक कार्यक्रम पपयात्रा, पहिलो रियालिटी शो सुपर भीजे कम्पिटिसन सञ्चालन गरेर रियालिटी शो को नयाँ आयाम सुरु गरे । यस बीचमा उनले नेपालका अन्य टेलिभिजन च्यानलहरु सगरमाथा टेलिभिजन, न्यूज २४, एनटीभी प्लसमा पनि चलचित्र र संगीतसम्बन्धी मानक कार्यक्रम प्रस्तुत गरे । 



नेपाली आरजे र भीजे क्षेत्रका यी शिखर ब्यक्तित्वको सामाजिक प्रतिष्ठा पनि उच्च छ । यही क्रममा उनले नेशनल अवार्ड, निफ अवार्ड र कृति अवार्डजस्ता अन्तर्राष्ट्यि तथा राष्ट्यि अवार्डको निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । यस अतिरिक्त मिस मंगोल, मिस लिटल आइडल, ए वन पोखरा क्विनजस्ता सौन्दर्य प्रतियोगिताको निर्णायकका रुपमा पनि उनले आफ्नो सक्रिय सहभागिता जनाएका छन् ।



सरोजको जीवनको अर्को एक अभिन्न पाटो हो, समाजसेवा । उनले जेसिज, रोट्याक्ट, रेयुकाइजस्ता सामाजिक संघसंस्थामा रहेर एक कलाकार, सञ्चारकर्मी र सामाजिक अभियन्ताका रुपमा अतुलनीय योगदान गर्दैआएका छन् । यही क्रममा सन् २०१२ मा नेपालमा आएको महाभूकम्पमा परेका पीडितहरुको लागि उनले मिडिया क्याम्पेन मात्र गरेनन्, टिम बनाएर, भूकम्प गएको ठाउँमै गए र लाखौंको च्यारिटी पनि गरे । मुलुक र मुलुकबासीलाई आवश्यक परेको बेला निर्वाह गरेकोे यो मानवीय एवं नागरिक दायित्वका लागि उनी सरकारबाट प्रशंसित पनि भए ।



नेपाली सञ्चारकर्ममा खासगरी आरजे र भीजेलाई मूलधारका सञ्चारकर्मीका रुपमा स्थापित गराउने अभियन्ता सरोजका बारेमा अग्रज सञ्चारकर्मी डा. प्रदीप भटटराई भन्छन्, सरोज नेपाल र नेपालीले गर्व गर्नलायक एक मिडिया पर्सोना हुन् । नेपाली आरजे र भीजेलाई मूलधारको सञ्चारकर्मीका रुपमा स्थापित गराउन उनले निर्वाह गरेको भूमिका आफैंमा बेञ्चमार्क हो । उनले यस क्रममा अनेकौ कीर्तिमान पनि बनाएका छन् । ती सबै मानक कार्यका कारण उनी नेपाली सञ्चारकर्ममा कहिल्यै नमेटिने इतिहासको पाना मात्र हैनन्, अध्याय नै साबित भएका छन् । 



 
 


शनिवार, २०७३ फाल्गुन १३ गते ०१:५३ / Saturday, Feb 25, 2017 1:53 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)
2.   नेपालमा महाभूकम्प
3.   एनआरएन अमेरिकाको चुनाव
4.   नेपालका लागि अमेरिकी राजद्तमा तेप्लिज मनाेनित
5.   काठमाडाैं पुग्याे एग्रिमो
6.   क्रसरोडमा एमाले
7.   न्युयोर्कमा भोटिंग बुथ होइन, नोटरी पब्लिक सेवा सुचारु
8.   न्युयोर्कमा भोटिंग बुथ होइन, नोटरी पब्लिक सेवा सुचारु
9.   एनआरएन, अमेरिकाको चुनावमा मतदान जारी, शुक्रबार बिहानसम्ममा ३५ प्रतिशत अनलाईन मत खस्यो
10.   रिज्उडमा दोस्रो सप्ताहव्यापी महायज्ञ हुँदै,
11.   न्युयोर्कमा ६१ औं सगरमाथा दिवस सम्पन्न
12.   सुशीलको सम्पत्ति (विचार)
13.   दिलशोभा प्रकरण परोपकारी पत्रकारिताको चरम दुरुपयोग
14.   रामकुमारी 'भर्सेस' राज्यलक्ष्मी
15.   संविधान सभाको चुनावमा मेनपावर व्यवसायी
16.   निवार्चनका कारण विदेश जाने घटे
17.   श्रम स्वीकृति सम्बन्धि बाधा अड्काउ फुकाउ आदेश
18.   भारतको कार्यवाहक राजदुतमा ढकाल
19.   ३३ दलद्धारा कात्तिक २५ गते आमहडताल तथा मंशिर ५ सम्म यातायात बन्दको घोषणा
20.   चितवन युवा समूहको साधारणसभा
21.   एनआरएन सम्मेलनमा उठेका विषयमा संवोधन गरिने : मूख्य सचिव
22.   ओमानका युवाको सामूहिक लगानीमा हेटौडामा बाख्रापालन शुरु
23.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक ८ हजार ७ सय २२ उत्तीर्ण
24.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
25.   एनआरएन अध्यक्षमा ३ को उम्मेदवारी फिर्ता घले र शेर्पा भिडने
Results 50: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न २८५३ सोनाम ल्होछारको अवसरमा तामाङ सोसाईटी अफ अमेरिकाले अमेरिकाको न्यूयोर्कमा विविध् कार्यक्रम सहित भव्य रुपमा ल्होछार पर्व सम्पन्न गर्यो । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (आईसिसी) अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा सोसाईटीका अध्यक्ष शान्त बाबु थोकरको सभापत्विमा सम्पन्न भएको हो ।

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)

अतिथीहरुबीच नै दोहोरी

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित) माघे संक्रान्ति पर्वको अवसर पारेर न्यूयोर्कमा भव्य कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिकाको समन्वयमा न्यूयोर्क च्याप्टरद्धारा आयोजित उक्त कार्यक्रम गत जनवरी १५ तारिख न्यूयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो ।

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी मगर संघ अमेरिकाले अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्व बिशेष रुपमा मनाउने भएको छ । संघको केन्द्रिय समन्वय र च्याप्टर समितिको आयोजनामा आगामी जनवरी १५ तारिख न्यूयोर्क, न्यू जर्सी र बाल्टिमोर साथै जनवरी २२ तारिख सान् फ्रान्सिस्को शहरमा बिभिन्न कार्यक्रम सहित माघे संक्रान्ति पर्व मनाउने कार्यक्रम रहेको छ ।

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा आगामी जनवरी २८ तारिख न्यूयोर्कमा विविध् सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाउने भएको छ । न्यूयोर्कको कुईन्स लङ् आईल्याण्डमा अवस्थित फाईभ स्टार ब्याङ्कैटमा सम्पन्न हुन लागेको उक्त ल्होछार कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आवद्ध बिभिन्न कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न

खालिङ र फिप्ना सम्मानित

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले बार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा संगीत स्रष्टा पविधन खालिङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)लाई बिशेष सम्मान गरिएको थियो ।

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान

संघको विधान र प्रतिष्ठालाई नै धज्जी उडाउने कुचेष्टा

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी जनवरी ८ तारिख आयोजना गर्न लागेको विवादस्पद पुथ्वी जयन्तीलाई दिवसको रुपमा नमनाउन अमेरिकामा स्थापित बिभिन्न संघ संस्थाले संयुक्त रुपमा आव्हान गरेको छ । स्वतन्त्र र गैंर नाफामूलक संस्थाको रुपमा प्रतिष्ठित संघले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रमलाई दिवसकै रुपमा मनाउनुलाई संघकै विधान र प्रतिष्ठाको धज्जी उडाउने कुचेष्टा गरिएको भन्दै संयुक्त संगठनहरुले उक्त कार्यक्रम यथासिघ्र स्थगित गरि फिर्ता लिनु पर्ने बताएकाछन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.