शुक्रवार, माघ ०७ गते, २०७३
Friday, January 20, 2017
जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै

प्रेसचौतारी डटकम
डिसेम्बर ३०/न्युयोर्क

तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा आगामी जनवरी २८ तारिख न्यूयोर्कमा विविध् सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाउने भएको छ । न्यूयोर्कको कुईन्स लङ् आईल्याण्डमा अवस्थित फाईभ स्टार ब्याङ्कैटमा सम्पन्न हुन लागेको उक्त ल्होछार कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आवद्ध बिभिन्न कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् ।

ल्होछार पर्वको तयारी र समाजको भावी कार्यक्रमको विषयमा जानकारी दिने उद्देश्यले हिजो न्यूयोर्कमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो । पत्रकार भेटघाट कार्यक्रममा समाजका अध्यक्ष शान्त बाबु थोकरले आगामी कार्यक्रमको संस्थागत उद्देश्य विगतको भन्दा पृथक रहने बताए । ल्होछार पर्वकै अवसरमा निमार्णधिन तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रको स्थापनालाई मुर्त रुप दिने मुल उद्देश्य र अमेरिकाभरी छरिएर रहेका तामाङ समुदायबीच एकता र सद्भावपुर्ण चरणबद्ध छलफलका कार्यक्रम रहेको समाजका अध्यक्ष थोकरले बताए । 



कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरु, समाजका अन्य पदाधिकारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

३ दिने ल्होछार कार्यक्रम
तामाङ सोसाईटी अफ अमेरिकाले हरेक बर्ष मनाउँदै आएको ल्होछार पर्व यस बर्ष ३ दिन (जनवरी २७  देखि २९ तारिखसम्म) बिशेष रुपमा मनाउने भएको छ । जनवरी २७ तारिख अमेरिकाको करिब २० राज्य र क्यानाडाबाट सहभागी तामाङ समुदायबीच उत्तर अमेरिका तामाङ सम्मेलन (एनएटिसी) को बिशेष तयारी बैठक हुनेछ । एनएटिसीले उत्तर अमेरिकामा रहेका तामाङ समुदायकीच एकीकृत पहल कदमी गर्ने÷गराउने संयन्त्रको रुपमा काम गर्नेछ । उक्त संयन्त्रको बैठकले आगामी बर्ष (२०१७) सम्पन्न हुने उत्तर अमेरिका तामाङ सम्मेलनको मिति र स्थानको आधिकारीक घोषणा गर्नेछ ।



यसैगरी जनवरी २८ तारिखको दिन तामाङ समुदायको महत्वपूर्ण एवं सांस्कृतिक पर्व ल्होछार कार्यक्रम भव्य रुपमा मनाउने भएको छ । कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आबद्ध दुई दर्जन भन्दा बढि कलाकारहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सोहि दिन तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रका ट्रष्टिहरुलाई बिशेष सम्मान गरिने छ । ल्होछार कार्यक्रमबाट संकलित रकम तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्र स्थापनार्थ खर्च गरिने समाजले बताएको छ । 



जनवरी २९ तारिख बिशेष बैठकसँगै ल्होछार कार्यक्रमको समिक्षा, सहभागीहरुलाई विदाई सँगै ल्होछार कार्यक्रमको औपचारिक समापन गरिनेछ
 ।
उत्तर अमेरिकी तामाङ सम्मेलन-२०१७
ल्होछार पर्वको अवसरमा उत्तर अमेरिकामा संगठित बिभिन्न तामाङ संघ/संस्थाहरुको सहभागितामा 'उत्तर अमेरिका तामाङ सम्मेलन-२०१७' को तयारी बैठक बस्ने भएको छ । तयारी बैठकमा तामाङ एकता र एकीकृत तामाङ अभियानको आवश्यकता र महत्व, तामाङ अभियानको लागि आवश्यक संयन्त्र र सांगठानिक संरचना, उत्तर अमेरिकी तामाङ संघ संगठनहरुबीचको एकता र छाता संस्था निमार्ण लगायतका बिभिन्न बुँदाहरुमा छलफल गरिने छ । सोहि भेलाले उत्तर अमेरिकी तामाङ सम्मेलन-२०१७ को मिति र स्थानको घोषणा गर्नेछ ।

 


शुक्रवार, २०७३ पुस १५ गते २०:०१ / Friday, Dec 30, 2016 8:01 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
51.   मगर संघ अमेरिकाले मनायो न्युयोर्कमा माघे संक्रान्ति
52.   न्युयोर्कमा झंकार साँझ भव्य रुपमा सम्पन्न
53.   संविधान कार्यन्वयनको नेतृत्व पनि अब काँग्रेसले गर्छ- रंजित कर्ण
54.   न्युयोर्कमा २९४ औं पृथ्वी जयन्ती
55.   विश्व सन्देश साप्ताहिकको वार्षिकोत्सवमा प्राशाको फोक्सो प्रत्यारोपणका लागि २४ हजार डलर हस्तान्तरण
56.   गुरुङ समाज अमेरिकाद्धारा भव्य ल्होछार कार्यक्रम् सम्पन्न
57.   न्युयोर्कमा गीतकार धन लामाको गीतिसंग्रह “तिम्रो आगमनमा” बिमोचन
58.   गिरोहले अब महासंघमा फेरी घुसपैठ गर्ने दुश्साहस गर्ने छैन- लुईसाङ वाईवा तामाङ् (अन्तर्वार्ता)
59.   न्युयोर्कमा सुम्निमा साँझ सम्पन्न
60.   फिप्नामा लुईसाङ वाईवा दोस्रो पल्ट पुनः निर्वाचित
61.   न्युयोर्कको “अफ–ब्रोडवे” मा पहिलो पटक नेपाली नाटक मञ्चन गरियो (तस्विरहरु सहित)
62.   डिसेम्बर २० मा सुम्निमा साँझको ७ औं संस्करण
63.   कलाकार संघको डिसी मेट्रो च्याप्टर गठन
64.   फिप्नाको आयोजनामा दशक बहुसांस्कृतिक कार्यक्रम सम्पन्न
65.   न्युयोर्कमा ‘गाउँशहर फिल्म फेस्टीबल’ हुँदै
66.   जनसम्पर्क समिति न्युयोर्क च्याप्टरको दर्जन भन्दा बढि भावी कार्यक्रम सार्वजानिक
67.   फिप्नाको नेतृत्वमा व्यापक होड्बाजी, निर्वाचन तालिका सार्वजानिक
68.   भारतीय हस्तक्षेप बिरुद्द राष्ट्रसंघको मुख्यालय अगाडि बिरोध प्रर्दशन
69.   न्युयोर्कमा डिजे हङ्क भव्य रुपमा सम्पन्न,
70.   'डिजे हङ्क'को तयारी पूरा, डिजे तेञ्जिङ्ग र भिजे सरोज न्युयोर्क आईपुगे
71.   नेपाली अमेरिकन कलाकार संघमा नयाँ नेतृत्व
72.   रिज्उड्मा दशैं तिहार शुभकामना साँझ भव्य रुपमा सम्पन्न
73.   अक्टोबर ३० मा रिज्उड नेपाली समाजको आयोजनामा दशैं–तिहार धमाका
74.   संविधान जारी भएको खुसीयालीमा न्युयोर्कमा दीपावली मनाईयो
75.   अमेरिकाको न्युयोर्कमा जनविरोधी भन्दै संविधान च्यातियो
Results 197: You are at page 3 of 8
First Prev 1 2 3 4 5 6 7 8 Next Last
भर्खरै

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)

अतिथीहरुबीच नै दोहोरी

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित) माघे संक्रान्ति पर्वको अवसर पारेर न्यूयोर्कमा भव्य कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिकाको समन्वयमा न्यूयोर्क च्याप्टरद्धारा आयोजित उक्त कार्यक्रम गत जनवरी १५ तारिख न्यूयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो ।

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी मगर संघ अमेरिकाले अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्व बिशेष रुपमा मनाउने भएको छ । संघको केन्द्रिय समन्वय र च्याप्टर समितिको आयोजनामा आगामी जनवरी १५ तारिख न्यूयोर्क, न्यू जर्सी र बाल्टिमोर साथै जनवरी २२ तारिख सान् फ्रान्सिस्को शहरमा बिभिन्न कार्यक्रम सहित माघे संक्रान्ति पर्व मनाउने कार्यक्रम रहेको छ ।

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा आगामी जनवरी २८ तारिख न्यूयोर्कमा विविध् सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाउने भएको छ । न्यूयोर्कको कुईन्स लङ् आईल्याण्डमा अवस्थित फाईभ स्टार ब्याङ्कैटमा सम्पन्न हुन लागेको उक्त ल्होछार कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आवद्ध बिभिन्न कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न

खालिङ र फिप्ना सम्मानित

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले बार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा संगीत स्रष्टा पविधन खालिङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)लाई बिशेष सम्मान गरिएको थियो ।

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान

संघको विधान र प्रतिष्ठालाई नै धज्जी उडाउने कुचेष्टा

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी जनवरी ८ तारिख आयोजना गर्न लागेको विवादस्पद पुथ्वी जयन्तीलाई दिवसको रुपमा नमनाउन अमेरिकामा स्थापित बिभिन्न संघ संस्थाले संयुक्त रुपमा आव्हान गरेको छ । स्वतन्त्र र गैंर नाफामूलक संस्थाको रुपमा प्रतिष्ठित संघले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रमलाई दिवसकै रुपमा मनाउनुलाई संघकै विधान र प्रतिष्ठाको धज्जी उडाउने कुचेष्टा गरिएको भन्दै संयुक्त संगठनहरुले उक्त कार्यक्रम यथासिघ्र स्थगित गरि फिर्ता लिनु पर्ने बताएकाछन् ।

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम अल्ट्रा धावक मीरा राईलाई जिताउन अमेरिकाको न्यूयोर्कमा एक् कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको अध्यक्ष विष्णु राईको अध्यक्षतामा सम्पन्न भएको हो । नेसनल जियोग्राफी च्यानलको एड्भन्चर्स अफ दि एअर अवार्डको मनोनयनमा परेकी मीरा राई यस प्रकारको प्रतियोगिताामा सहभागी हुने पहिलो नेपाली हुन ।

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’ नेपालकी पुष्पा वस्नेतले ‘सिएनएन सुपर हिरो’ अवार्ड जितेकी छन्। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो। त्यसका लागि नेपालकी पुष्पा बस्नेतसहित अन्य पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए। यसै कार्यक्रमा आफ्नो पकोपकारी कार्य लाई निरन्तरता दिन विजेता पुष्पा वस्नेतले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छन्।

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क नेपाली संगीत क्षेत्रमा भर्सटायल गायकका रुपमा ख्याती कमाएका राजेश पायल राईले आगामी नोभेम्बर १९ तारिख न्यूयोर्कमा भव्य कार्यक्रम गर्ने भएकाछन् । न्यूयोर्कको कुईन्समा अवस्थित गुल्सन टेरेस (ढाका क्लव) मा बेलुकी साँढे आठबजे बाट शूरु हुने कार्यक्रम आईलाई क्रियसनको आयोजनामा सम्पन्न हुन लागेको हो ।

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान नेपाली संघीय समाज अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष समीर मर्हजनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूताबास, न्यूयोर्क लगायत बिभिन्न डेड दर्जन नेपाली संघ/संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न

कलाकार स्मारिका बिमोचित

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न दशैंको अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले न्यूयोर्कमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो । गत अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजित दशैं शुभकामना साँझ-२०१६ मा अमेरिकाका बिभिन्न राज्यबाट जम्मा भएका दुई दर्जनभन्दा बढि कलाकारहरुले फरक फरक प्रस्तुति प्रस्तुत गरे ।

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन कुमार लिङ्देन मिराक नेतृत्वको संघीय लिम्बुवान मंच नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्चले बिरेन्द्र हाङ लाबुङ लिम्बुको अध्यक्षतामा अमेरिका प्रवास समिति गठन गरेको छ । मंचले हिजो अक्टोबर ३ तारिख अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्दै आएका लिम्बु समुदायका सदस्यहरुको सहभागितामा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न

अक्टोबर ७ मा दशैं शुभकामना साँझ

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न नेपाली अमेरिकन कलाकार संघले केहि साता अघि दिवंगत भएका तीन कलाकारको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गर्यो । संघले बरिष्ठ तबलावादक होम नाथ उपाध्याय, चर्चित गायक खेमराज गुरुङ र लोकप्रिय गायक/संगीतकार सुनील बर्देवाको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली निर्वाचित भएकाछन् । न्यूयोर्कको ज्याक्सन हाईटस्मा अवस्थत हिमालयन याक रेष्टुरेन्टमा शनिबार सम्पन्न भएको साधारणसभाले गोपालीसँगै १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम

अगस्त २८ सम्म टिम दर्ता

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम शेर्पा किदुग अमेरिकाको बाषिर्क खेलकुद कार्यक्रम आगामी सेप्टेम्बर महिनाको ३ र ४ तारिख न्युयोर्कमा सम्पन्न हुने भएको छ । हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबर्षको खेलकुदको तयारी र सहभागिता सम्बन्धी जानकारी गराईएको थियो ।

पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी

नेपालबाट सुबास नेम्बाङ्ग प्रमुख अतिथीको रुपमा आउँदै

पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी अमेरिकाको न्युजर्सी राज्यमा सम्पन्न हुन लागेको एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको सम्पूर्ण तयारी सकिएको छ । सम्मेलनकै अन्तिम तयारीको विषयमा जानकारी गराउने उद्देश्यले हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट तथा छलफल कार्यक्रम मार्फत उक्त जानकारी गराईएको होे ।

गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि

गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि गायक गम्बु शेर्पाले गीत/संगीतबाट जे जत्ति अर्थ जगेडा गरेकाछन, त्यो सबै सामाजिक सेवामा लगानी गर्दै आएकाछन् । शेर्पाले हालसालै बिभिन्न ५ देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेर संकलित ८ लाख ६७ हजार ८ सय पच्चिस रुपैया अनाथ बालबालिकाहरुको लागि सहयोग रकम जुटाएका छन् ।

एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा

एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा अमेरिकाको न्युजर्सीमा सम्पन्न हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा भएको आयोजकले बताएको छ । अगस्ट २७ र २८ तारिख सम्पन्न हुने संघको उक्त सम्मेलनलाई “भिजन २०–२० एण्ड बियोण्ड” नारासहित बिशेष रुपमा आयोजना गर्न लागिएको हो ।

तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त थोकरको उम्मेद्वारी

तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त थोकरको उम्मेद्वारी तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त बाबु थोकरले उम्मेदवारी दिने घोषणा गरेकाछन् । थोकरले आज न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत उक्त जानकारी गराएका हुन् । सोसाईटीको आठौं अधिवेसन आगामी अगस्ट महिनाको २८ तारिख न्युयोर्कमा सम्पन्न हुँदैछ ।

दाहाल नेपालको ३९ औ प्रधानमन्त्रीमा निर्वाचित

दाहालको पक्षमा ३६३ मत र विपक्षमा २१० मत

दाहाल नेपालको ३९ औ  प्रधानमन्त्रीमा निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरी कार्यभार सम्हाल्ने छन् । उनी दोस्रो पटक प्रधानमन्त्री भएका हुन् ।

न्युयोर्कमा स्व.अम्बर गुरुङको सम्झनामा श्रद्धाञ्जली सभा

न्युयोर्कमा स्व.अम्बर गुरुङको सम्झनामा श्रद्धाञ्जली सभा बरिष्ठ गायक एवं संगीतकार अम्बर गुरुङको तेह्रौ पूण्यतिथिको अवसरमा अमेरिकाको न्युयोर्कमा श्रद्धाञ्जली सभाको आयोजना गरियो । नेपाली अमेरिकन कलाकार संघद्धारा आयोजित उक्त कार्यक्रममा बिभिन्न कलाकारहरुले गुरुङका अमर-अजर सिर्जनाहरु प्रस्तुत गरे ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.