शुक्रवार, चैत्र ११ गते, २०७३
Friday, March 24, 2017
नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न
कलाकार स्मारिका बिमोचित

प्रेस चौतारी डटकम
अक्टोबर ७, न्यूयोर्क

दशैंको अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले न्यूयोर्कमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो  ।  गत अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजित दशैं शुभकामना साँझ-२०१६ मा अमेरिकाका बिभिन्न राज्यबाट जम्मा भएका दुई दर्जनभन्दा बढि कलाकारहरुले फरक फरक प्रस्तुति प्रस्तुत गरे ।

नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघद्धारा प्रकाशित “कलाकार” नामक स्मारिकाको बिमोचन गरिएको थियो । पत्रकार प्रदीप थापा मगरद्धारा सम्पादित उक्त स्मारिका कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका उप-प्रमुख कृषु क्षेत्री, बरिष्ठ संगीतकार शरद गुरुङ्, संघका अध्यक्ष सुमन बुढामगर र सम्पादक थापा मगरले संयुक्त रुपमा बिमोचन गरेका थिए । स्मारिकामा नेपाली कलाकारहरु विगत र बर्तमान, समसामयीक लेख रचना, कलाकारहरुको सूचीसँगै संघले बिभिन्न समयमा आयोजना गरेको विविध् कार्यक्रमहरुको बारेमा सामग्री समाबेस गरिएको छ ।



कार्यक्रमका प्रमुख अतिथि कृषु क्षेत्रीले अमेरिकामा रहेका बिभिन्न क्षेत्रका कलाकारहरुलाई संघले एकबद्ध गराई बिभिन्न समयमा आयोजना गर्दै आएको विविध् रचनात्मक कार्यहरुको प्रशंसा गरे । प्रवासमा रहेर पनि नेपाली कला, भाषा र संस्कृति संरक्षणमा कलाकारहरुले पुर्याउदै  आएको योगदान सराहणिय रहेको क्षेत्रीले बताए ।



सोहि कार्यक्रममा बरिष्ठ संगीतकार शरद गुरुङले कलाकार र उनीहरुको योगदान राज्य भन्दा माथि रहने बताए । नेपाली राष्ट्र गानका संगीत संयोजक (एरेन्ञ्जर) समेत रहेका गुरुङ बरिष्ठ संगीतकार अम्बर गुरुङका छोरा हुन् । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष विक्रान्त बस्नेत, महासचिव अभय ढुंगेल लगायतले कार्यक्रमको बारेमा चर्चा गरेका थिए ।

संघले स्थापनाकालदेखि हरेक बर्ष दशैं  तिहारको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ । 



वन्त र डंगोललाई लाईफटायम अचिभ्मेन्ट अवार्ड
कार्यक्रममा बरिष्ठ कलाकारद्धय धु्रव वन्त र नुच्छे नारायण डंगोललाई लाईफटायम अचिभ्मेन्ट अवार्डद्धारा सम्मान गरिएको थियो । अमेरिकामा नेपाली कला र संस्कृति संरक्षण र सम्बद्र्धनको लागि निरन्तर रुपमा महत्वपूर्ण योगदान पुर्याए  बापत वन्त र डंगोललाई उक्त सम्मान प्रदान गरिएको थियो । वन्त अमेरिकामा आएर स्थायी रुपमा नेपाली कला प्रस्तुत गर्ने पहिलो कलाकार हुन भने डंगोल नेपालदेखि बाद्यवादन क्षेत्रमा सक्रिय रहदै आएका पुराना संगीतकार हुन ।



कार्यक्रममा संस्था पुर्व अध्यक्ष गम्बु शेर्पा र कोरियोग्राफर विजय नकर्मीलाई पनि बिशेष सम्मान गरिएको थियो । 

सांस्कृतिक कार्यक्रम
आफ्ना गुरु वसन्त श्रेष्ठको नाममा स्थापित वसन्त डान्स सेन्टरका कोरियोग्राफर विजय नकर्मीको कुशल कोरियोग्राफीमा रहेको दशैं बिशेष प्रस्तुतिबाट सांस्कृतिक कार्यक्रम आरम्भ गरिएको थियो । देवी-दैत्यबीचको लडाई, दशैं पर्वको महत्व र यसको सांस्कृतिक पक्षलाई नकर्मीले डेड दर्जन भन्दा बढि कलाकारहरु समाबेश गरेर सुन्दर समायोजन गरेका थिए । 



सोहि कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका स्थापित अभिनेता गणेश उप्रेती, अभिनेत्री नन्दिता केसी, नायिका मीरा गुरुङ, अनु वन्त, सुष्मा अधिकारी लगायतका कलाकारहरुले बिभिन्न गीतमा आर्कषक नृत्य प्रस्तुत गरे । 



कार्यक्रममा बरिष्ठ गायिका  सपना श्री, चर्चित एवं लोकप्रिय गायक जगदिश समाल, बुद्धिसागर बस्याल, श्याम भट्टराई, सुमन बुढामगर, अभय ढुंगेल, बिमल डाँगी, संगीता थापा मगर, राजेन्द्र राई, नीशा सुनार, सरीता डाँगी, बसन्ती राई, प्रेम सुनारलगायतले बिभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । 



सांस्कृति कार्यक्रम अन्र्तगत सामुहिक गीतमा तारा गुरुङ, प्रलय राजभण्डारी, कृष थापा, विश्व शाह, यादव गौतम, गम गुरुङ, ममता राई, लमु शेर्पा, शिताष्मा ढुंगेल, नविन श्रेष्ठ, लेकी शेर्पा, मिन्दी शेर्पालगायतका कलाकारहरुले आर्कषक नृत्य प्रस्तुत गरेका थिए ।
सांस्कृतिक कार्यक्रम जिज्ञासा अर्याल र बिकी पुलामी मगरले संयुक्त रुपमा संचालन गरेका थिए 



कुन कुन कलाकार देखिएनन ? जो प्रचार सामाग्रीमा थिए 
 
अमेरिका भर रहेका कलाकारहरुको प्रस्तुति रहने भनि प्रचार सामाग्रीमा जनाईए पनि न्यूयोर्क बाहिरका अधिकांश कलाकारहरु कार्यक्रममा अनुपस्थित रहे । कार्यक्रममा नायिकाहरु जल शाह, सज्जा मैनाली, अरुणिमा लम्साल, ऋचा घिमिरे, सम्झना खड्कासँगै अमृत गुरुङ, सुमन सिंह लगायतका अभिनेताहरु कार्यक्रममा देखिएनन् । यसैगरी कार्यक्रमको प्रचार सामाग्रीमा रहेका गायक रोशन गुरुङ, भगवान भण्डारी, गायिका शान्ति भण्डारी पनि कार्यक्रममा अनुपस्थित भए ।



जल शाह, रोशन गुरुङ, सज्जा मैनाली लगायतका कलाकारहरुले कार्यक्रममा अनुपस्थित रहने पुर्व जानकारी गराए पनि कार्यक्रमको अघिल्लो दिन सम्म कार्यक्रमको अन्तिम तयारीमा रहेका लोक दोहोरी गायक भगवान भण्डारी, गायिका शान्ति भण्डारीलगायतका अन्य केहि कलाकारहरुले अन्तिम समयमा संघको कार्यक्रम छोडेर अन्यत्रै सहभागी हुन गएकोमा संघका अध्यक्ष सुमन बुढामगरले दुःख व्यक्त गरे । 









तस्बिरहरु: प्रदीप थापा मगर/राजेन्द्र राई 


 


सोमवार, २०७३ आश्विन २४ गते २१:३० / Monday, Oct 10, 2016 9:30 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
1.   न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै
2.   गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक
3.   सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन
4.   अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग
5.   न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न
6.   न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)
7.   अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी
8.   जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै
9.   न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न
10.   एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान
11.   मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम
12.   पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’
13.   नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क
14.   नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान
15.   नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न
16.   बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन
17.   न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न
18.   नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली
19.   सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम
20.   पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी
21.   गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि
22.   एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा
23.   तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त थोकरको उम्मेद्वारी
24.   दाहाल नेपालको ३९ औ प्रधानमन्त्रीमा निर्वाचित
25.   न्युयोर्कमा स्व.अम्बर गुरुङको सम्झनामा श्रद्धाञ्जली सभा
Results 202: You are at page 1 of 9
1 2 3 4 5 6 7 8 9 Next Last
भर्खरै

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न २८५३ सोनाम ल्होछारको अवसरमा तामाङ सोसाईटी अफ अमेरिकाले अमेरिकाको न्यूयोर्कमा विविध् कार्यक्रम सहित भव्य रुपमा ल्होछार पर्व सम्पन्न गर्यो । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (आईसिसी) अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा सोसाईटीका अध्यक्ष शान्त बाबु थोकरको सभापत्विमा सम्पन्न भएको हो ।

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)

अतिथीहरुबीच नै दोहोरी

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित) माघे संक्रान्ति पर्वको अवसर पारेर न्यूयोर्कमा भव्य कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिकाको समन्वयमा न्यूयोर्क च्याप्टरद्धारा आयोजित उक्त कार्यक्रम गत जनवरी १५ तारिख न्यूयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो ।

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी मगर संघ अमेरिकाले अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्व बिशेष रुपमा मनाउने भएको छ । संघको केन्द्रिय समन्वय र च्याप्टर समितिको आयोजनामा आगामी जनवरी १५ तारिख न्यूयोर्क, न्यू जर्सी र बाल्टिमोर साथै जनवरी २२ तारिख सान् फ्रान्सिस्को शहरमा बिभिन्न कार्यक्रम सहित माघे संक्रान्ति पर्व मनाउने कार्यक्रम रहेको छ ।

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा आगामी जनवरी २८ तारिख न्यूयोर्कमा विविध् सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाउने भएको छ । न्यूयोर्कको कुईन्स लङ् आईल्याण्डमा अवस्थित फाईभ स्टार ब्याङ्कैटमा सम्पन्न हुन लागेको उक्त ल्होछार कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आवद्ध बिभिन्न कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न

खालिङ र फिप्ना सम्मानित

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले बार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा संगीत स्रष्टा पविधन खालिङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)लाई बिशेष सम्मान गरिएको थियो ।

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान

संघको विधान र प्रतिष्ठालाई नै धज्जी उडाउने कुचेष्टा

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी जनवरी ८ तारिख आयोजना गर्न लागेको विवादस्पद पुथ्वी जयन्तीलाई दिवसको रुपमा नमनाउन अमेरिकामा स्थापित बिभिन्न संघ संस्थाले संयुक्त रुपमा आव्हान गरेको छ । स्वतन्त्र र गैंर नाफामूलक संस्थाको रुपमा प्रतिष्ठित संघले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रमलाई दिवसकै रुपमा मनाउनुलाई संघकै विधान र प्रतिष्ठाको धज्जी उडाउने कुचेष्टा गरिएको भन्दै संयुक्त संगठनहरुले उक्त कार्यक्रम यथासिघ्र स्थगित गरि फिर्ता लिनु पर्ने बताएकाछन् ।

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम अल्ट्रा धावक मीरा राईलाई जिताउन अमेरिकाको न्यूयोर्कमा एक् कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको अध्यक्ष विष्णु राईको अध्यक्षतामा सम्पन्न भएको हो । नेसनल जियोग्राफी च्यानलको एड्भन्चर्स अफ दि एअर अवार्डको मनोनयनमा परेकी मीरा राई यस प्रकारको प्रतियोगिताामा सहभागी हुने पहिलो नेपाली हुन ।

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’ नेपालकी पुष्पा वस्नेतले ‘सिएनएन सुपर हिरो’ अवार्ड जितेकी छन्। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो। त्यसका लागि नेपालकी पुष्पा बस्नेतसहित अन्य पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए। यसै कार्यक्रमा आफ्नो पकोपकारी कार्य लाई निरन्तरता दिन विजेता पुष्पा वस्नेतले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छन्।

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क नेपाली संगीत क्षेत्रमा भर्सटायल गायकका रुपमा ख्याती कमाएका राजेश पायल राईले आगामी नोभेम्बर १९ तारिख न्यूयोर्कमा भव्य कार्यक्रम गर्ने भएकाछन् । न्यूयोर्कको कुईन्समा अवस्थित गुल्सन टेरेस (ढाका क्लव) मा बेलुकी साँढे आठबजे बाट शूरु हुने कार्यक्रम आईलाई क्रियसनको आयोजनामा सम्पन्न हुन लागेको हो ।

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान नेपाली संघीय समाज अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष समीर मर्हजनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूताबास, न्यूयोर्क लगायत बिभिन्न डेड दर्जन नेपाली संघ/संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न

कलाकार स्मारिका बिमोचित

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न दशैंको अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले न्यूयोर्कमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो । गत अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजित दशैं शुभकामना साँझ-२०१६ मा अमेरिकाका बिभिन्न राज्यबाट जम्मा भएका दुई दर्जनभन्दा बढि कलाकारहरुले फरक फरक प्रस्तुति प्रस्तुत गरे ।

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन कुमार लिङ्देन मिराक नेतृत्वको संघीय लिम्बुवान मंच नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्चले बिरेन्द्र हाङ लाबुङ लिम्बुको अध्यक्षतामा अमेरिका प्रवास समिति गठन गरेको छ । मंचले हिजो अक्टोबर ३ तारिख अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्दै आएका लिम्बु समुदायका सदस्यहरुको सहभागितामा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न

अक्टोबर ७ मा दशैं शुभकामना साँझ

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न नेपाली अमेरिकन कलाकार संघले केहि साता अघि दिवंगत भएका तीन कलाकारको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गर्यो । संघले बरिष्ठ तबलावादक होम नाथ उपाध्याय, चर्चित गायक खेमराज गुरुङ र लोकप्रिय गायक/संगीतकार सुनील बर्देवाको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली निर्वाचित भएकाछन् । न्यूयोर्कको ज्याक्सन हाईटस्मा अवस्थत हिमालयन याक रेष्टुरेन्टमा शनिबार सम्पन्न भएको साधारणसभाले गोपालीसँगै १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम

अगस्त २८ सम्म टिम दर्ता

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम शेर्पा किदुग अमेरिकाको बाषिर्क खेलकुद कार्यक्रम आगामी सेप्टेम्बर महिनाको ३ र ४ तारिख न्युयोर्कमा सम्पन्न हुने भएको छ । हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबर्षको खेलकुदको तयारी र सहभागिता सम्बन्धी जानकारी गराईएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.