विहिवार, कार्तिक २८ गते, २०७६
Thursday, November 14, 2019
दाहाल नेपालको ३९ औ प्रधानमन्त्रीमा निर्वाचित
दाहालको पक्षमा ३६३ मत र विपक्षमा २१० मत

१९ साउन, काठमाडौं 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरी कार्यभार सम्हाल्ने छन् । उनी दोस्रो पटक प्रधानमन्त्री भएका हुन् ।
५ सय ९५ सदस्यीय संसद्मा दाहालको विपक्षमा २ सय १० मत परेको छ । मतदानका बेला ५ सय ७३ सांसद उपस्थित थिए । दाहालको पक्षमा कांग्रेस, माओवादी, मधेसी मोर्चा, राप्रपा, नेकपा (संयुक्त) र केही साना दलहरूले मतदान गरे । सरकारबाट बाहिरिँदै गरेका एमाले, राप्रपा नेपाल, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेमकिपा र अन्य दुई साना दलले विपक्षमा मत दिए । आफूलाई मत दिने दलहरूलाई समेटेर दाहालले बिहीबार सानो आकारको मन्त्रिमण्डल बनाउने छन् ।
दसवर्षे सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएका दाहाल पहिलो संविधानसभाको सबैभन्दा ठूलो दलको नेताका रूपमा २०६५ भदौमा पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यतिबेलाको दोस्रो ठूलो दल एमालेको समर्थनमा ९ महिना संयुक्त सरकारको नेतृत्व गरेका दाहालले २०६६ वैशाख २१ गते राजीनामा गरेका थिए । त्यसको ९ वर्षपछि उनी पुन: सत्तामा फर्किएका हुन् । यसपालि उनलाई संसदको ठूलो दल कांग्रेस र मधेसी मोर्चाले समर्थन गरेका छन् । दाहालको सरकार ९ महिना नै चल्ने कांग्रेससँग सहमति भएको छ ।

दाहालको प्रधानमन्त्रीमा उम्मेदवारी प्रस्तावमाथिको छलफलमा नयाँ सत्तागठबन्धनका नेताहरूले विकासका लागि राजनीतिक स्थायित्व र शान्तिलाई आधारभूत सर्तका रूपमा व्याख्या गरेका छन् । नवनिर्वाचित प्रधानमन्त्री दाहालले छुट्टै उम्मेदवार खडा नगरी सत्ताबाट बाहिरिएर विपक्षमा मतदान गर्ने एमालेको निर्णयलाई भविष्यको सहकार्यका लागि सकारात्मक कदमका रूपमा अथ्र्याएका छन् । तत्काललाई राष्ट्रिय सहमतिको सरकारको सम्भावना नभए पनि दलहरूबीचको सहकार्यले मुद्दामा सहमति बन्ने दाहालको अपेक्षा छ ।
प्रधानमन्त्री पदका लागि एक मात्रै उम्मेदवारी परे पनि निर्विरोध घोषणा नहुने निमावलीको प्रावधानअनुसार एमालेले उम्मेदवारी नदिए पनि एमालेसहित निवर्तमान सत्ता गठबन्धनका बाँकी घटकहरूले दाहालको विपक्षमा मत दिएका हुन् । अन्तिम समयसम्म ओली नेतृत्वको सरकारमा सहभागी रहेका परिवार दल र बहुजन समाजवादी दलले भने दाहालको पक्षमा मत दिए ।

 न्युयोर्कमा डम्फु साँझ २०१६ भव्य रुपमा सम्पन्न (फोटो फिचर सहित)

प्रेसचौतारी डटकम
अगस्त १५/न्युयोर्क

तामाङ सोसाईटी अफ अमेरिकाले गत अगस्त १२ तारिख न्युयोर्कमा 'डम्फु साँझ-२०१६' भव्य रुपमा आयोजना गर्यो  । नेपाली महावाणिज्य दूतावास न्युयोर्कका प्रमुख पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रम संस्थाका अध्यक्ष सूर्य पाख्रिन तामाङको सभापतिमा सम्पन्न भएको थियो । 

कार्यक्रम न्युयोर्कको कुईन्स, अस्टोरियामा अवस्थित अडिटोरियम सेन्ट्रो स्पानोल हलमा आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपालका लागि पुर्व अमेरिकी राजदूत स्कट डेलेसीले सोसाईटीद्धारा आयोजित डम्फु साँझ–२०१६ को भव्य समारोहमा सहभागि हुन पाउँदा अत्यन्त खुसी भएको बताए । यसैगरी कार्यक्रममा नेपाली महावाणिज्य दूतावास न्युयोर्कका प्रमुख पुष्पराज भट्टराईले न्युयोर्क आएपछिको पहिलो सामुदायिक कार्यक्रमको रुपमा तामाङ समुदायको डम्फु साँझमा सहभागिता जनाउन पाउँदा खुसी भएको बताउँदै प्रवासमा रहेर विगत लामो समयदेखि आफ्नो मौलिक कला, भाषा र संस्कृतिको संरक्षण र सम्बर्धनको  लागि सोसाईटीको नियमित कार्यक्रमहरुको प्रशंसा गरे । 



कार्यक्रममा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति सूर्य पाख्रिन तामाङले प्रत्येक दुई-दुई बर्षको अन्तरमा सोसाईटीले आयोजना गर्दै आएको डम्फु साँझको बारेमा मन्तव्य राखे भने संस्थाका उपाध्यक्ष लालमन तामाङ र महासचिव पवन योञ्जनले संस्था र संस्थाले आयोजना गर्ने बिभिन्न कार्यक्रमहरुको बारेमा चर्चा गरेका थिए  ।



स्टेजको साज सज्जा आर्कषक
त्यसो त तामाङ सोसाईटी अफ अमेरिकाले प्रत्येक दुई-दुई बर्षको अन्तरमा आयोजना गर्ने डम्फु साँझको हरेक कार्यक्रमको स्टेज साज सज्जा आकर्षक एवं पृथक रहने गर्दछ । यस बर्षको स्टेज सजावट पनि आर्कषक एवं मौलिक देखिन्थ्यो नै । स्टेजको मध्य भागमा रुखसँगै भगवान बुद्धको मुर्ती राखिएको थियो भने दायाँ बाँया तर्फ बौद्ध गुम्बा र मानेहरुमा झुण्डाईने रङ्गीबिरङ्गी ध्वोजा र तोरणले आकर्षण थपेको थियो । स्टेज वरपर दियो बत्तिसँगै बिभिन्न रंङहरुको बिशेष प्रकास संयोजन गरिएको थियो ।



उक्त स्टेज साज सज्जाको लागि नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक अमृत लामा संयोजक एवं बिआर लामा सह संयोजक रहेका थिए । 
कार्यक्रमको प्रारम्भमा बौद्ध धर्म गुरुसँगै अन्य कलाकारहरुले हातमा दियो राखेर बौद्ध मंत्रोच्चरणसंगै कार्यक्रमस्थलमा प्रबेश गरेका थिए भने बौद्ध धर्म गुरुबाटै कार्यक्रमका अतिथिहरुलाई खदा अपर्ण गरिएको थियो । 



भव्य रह्यो सांस्कृति कार्यक्रम
नेपाली पप संगीत क्षेत्रका बहुचर्चित एवं लोकप्रिय गायक निमा रुम्बा प्रमुख आकर्षण रहेको डम्फु साँझ २०१६ को सांस्कृतिक कार्यक्रमको आरम्भ तामाङ समुदायमा प्रचलित टुङ्नाको धुनबाट गरिएको थियो । बरिष्ठ संगीतकार शिशिर श्रेष्ठले टुङ्ना बजाउँदै कार्यक्रमको शूरुवात गरेका थिए भने श्रेष्ठलाई पछ्याउँदै नेपाली चलचित्र क्षेत्रका नायक अमृत लामाले डम्फुलाई आकर्षक ढंगले स्टेजको केन्द्र भागमा प्रर्दशन गरे । त्यसलगतै नायक लामालाई छिरिङ डिकीले “हिमाली भेगको डाँफे चरी, शैलुङ्ग वनमा बाँस बस्यो”बोलको गीतमा नाँचेर साथ दिईन । सोसाईटीका संस्थापक अध्यक्ष सुबास लामाद्धारा रचित उक्त गीत डम्फु साँझ २०१६ कै लागि रेकर्ड गरिएको थियो भने चर्चित गायक राजु लामाले उक्त गीतमा स्वर भरेका हुन् । 



कार्यक्रममा पप स्टार निमा रुम्बाले आफ्ना चर्चित एवं लोकप्रिय गीतहरु प्रस्तुत गरे । जाँदैछु म हैबिदेशमा...बोलको गीतबाट  गायन आरम्भ गरेका रुम्बाले प्रियसी ओ मेरो प्रियसी..., प्रिती बस्यो..., मिस क्याट वाक..., जाउ नयाँ..., लगायतका आधा दर्जन भन्दा बढि गीतहरु प्रस्तुत गरे । 



यसैगरी कार्यक्रममा गायिका सिर्जना लामा र गायक संजोग योञ्जन बिभिन्न गीतहरु प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । 

कार्यक्रममा वसन्त डान्स सेन्टरका सञ्चालक विजय नकर्मी र झंकार  डान्स सेन्टरका सञ्चालक धरमबीर लामाको कोरियोग्राफीमा प्रस्तुत गरिएका बिभिन्न गीतमा डेड दर्जन भन्दा बढि कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । यसरी नृत्य प्रस्तुत गर्ने कलाकारहरुमा अनिता गुरुङ, रबिना लामा, छोतेन लामा, ममता राई, याङ्जी लामा, युवरानी लामा, गणेश ग्लान, आशिष रुम्बा, तेञ्जिङ्ग शेर्पा, सन्दीप थापामगर, रिया तामाङ, रिच्छेन योञ्जन, अशिमा रुम्मा, पवन योञ्जण, शिल्पा लामा, सुनिता तामाङ, सुखराम गोले, प्रज्वल गुरुङ, कर्साङ लामा, धरमबीर लामा, पाशाङ ह्योल्मो, संगीता तामाङ लगायत रहेका थिए । 



तीन घण्टा भन्दा बढि निरन्तर रुपमा सञ्चालित सांस्कृतिक कार्यक्रमलाई सञ्चारकर्मी नीमा लामाले अत्यन्त मनोरञ्जनात्मक शैलीमा सञ्चालन गरेकी थिईन । 



सम्मान कार्यक्रम
कार्यक्रममा पप स्टार निमा रुम्बालाई तामाङ सोसाईटी अफ अमेरिकाको मानार्थ सदस्य प्रदान गरि सम्मान गरिएको थियो । रुम्बा सोसाईटीको मानार्थ सदस्य प्राप्त गर्ने तेस्रो व्यक्ति हुन् । यसअघि चर्चित गायक/संगीतकार फिरोज स्याङ्देन (१९७४ एडी) र नायक अमृत लामालाई सोहि प्रकारको सदस्यता प्रदान गरि सकिएको छ । समाजमा बिशिष्ठ प्रकारको छवि र प्रतिष्ठा बनाएकाहरुलाई सोसाईटीले मानार्थ सदस्यता प्रदान गर्दै आएको छ । 



यसैगरी यसबर्षको प्रेसिडेण्ट अवार्ड सोसाईटीका पुर्व अध्यक्ष राम तामाङलाई प्रदान गरियो भने सोसाईटीलाई बिशेष योगदान पुर्याउने  ९ जनालाई आउटस्टयाण्डिङ्ग अवार्ड द्धारा सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा सन्तोष लामा, सञ्जोक योञ्जन, तासी शेर्पा, लगन गुरुङ, विकास राई, गणेश ग्लान, रबिना लामा र सुखराम गोले रहेका थिए । 

सांस्कृतिक कार्यक्रमको संयोजक संस्थाका पुर्व महासचिव लक्यान लामाले गरेका थिए ।

तस्बिरहरु : अशोक पन्त


 

 


बुधवार, २०७३ श्रावण १९ गते २०:०१ / Wednesday, Aug 03, 2016 8:01 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
1.   एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग
2.   नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा
3.   न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै
4.   न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न
5.   न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै
6.   नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध
7.   भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार
8.   एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न
9.   फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै
10.   जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख
11.   उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी
12.   न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न
13.   तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न
14.   न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न
15.   न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै
16.   न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित
17.   न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न
18.   बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै
19.   न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख
20.   एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित
21.   न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र
22.   न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)
23.   न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न
24.   राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक
25.   न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न
Results 233: You are at page 1 of 10
1 2 3 4 5 6 7 8 9 10 Next Last
भर्खरै

एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् ।

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.