शनिवार, मंसिर ०९ गते, २०७४
Saturday, November 25, 2017
कांग्रेस महामन्त्री न्युयोर्क आई पुगे
दुवै समूहलाई एकै ठाउँमा आमण्त्रण गर्छु-महामन्त्री कोइराला

प्रशान एलुङ् राई
अप्रिल २२, न्युयोर्क

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला न्युयोर्क आईपुगेका छन् । न्युयोर्क आए लगतै कोइरालाले विवादित नेपाली जनसम्पर्क समिति अमेरिकाको न्युयोर्कमा भोली हुने भनिएको कार्यक्रमको बारेमा दुवै समूहसँग छलफल गरेर विवाद टुङ्ग्याउनु पर्ने बताएकाछन् । विमानस्थलमा कार्यकताको बाक्लो उपस्थितीबीच पत्रकारसँग बोल्दै कोइरालाले पहिलो प्राथमिकता सबै साथीहरु मिल्नु पर्ने र त्यसो नभएको खण्डमा आफैले  कार्यक्रमको लागि दुवै समूहलाई एकै ठाउँमा आमण्त्रण गर्ने बताएका हुन् ।

महामन्त्री कोइरालाकै प्रमुख आतिथ्यमा भोली शनिबार न्युयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय कार्यसमिति र न्युयोर्क च्याप्टरले कार्यक्रमको औपचारिक घोषणा गरिसकेको छ ।

आजै बिहान न्युयोर्क आईपुगेका कोइरालाले विमानस्थलमा नेपाली कांग्रेस सरकार परिवर्तन सत्ता प्राप्तिको लागि मात्रै नभएर बिद्यमान समस्याको समाधान र ठोस योजना लिएर मात्रै सरकारमा जानु पर्ने तर्क गरे । जारी मधेस आन्दोलन र काला बजारीको अन्त्य यथासिघ्र गर्नु पर्ने बताउँदै कोइरालाले भने-“सत्तरी बर्षदेखिको अस्थिरता कहिले अन्त्य हुने ? सरकार ढालेर मात्रै अस्थिरता निम्त्याउनु हुन्न ।” राजदूत नियुक्तीको विषयमा सोधिएको एक प्रश्नमा कोइरालाले सत्तारुढ गठबन्धनले एकलौटी निर्णय गरेको र कांग्रेसले छिट्टै संसदमा बिरोध गर्ने बताए ।



विमानस्थलमा जे देखियो 
कांग्रेसको  गत तेह्रौं महाधिवेसनमा प्रतिनिधी चयनको विषयलाई लिएर विवादको भुंग्रोमा फसेको नेपाली जनसम्पर्क समिति, अमेरिकाको विवादले यसपालीको महामन्त्री कोइरालाको अमेरिका भ्रमणले बिवादित कार्यकतामा खासै उज्यालो दिने संकेत देखिन्न । यद्यपी विमानस्थलमा कांग्रेस कार्यकता जनसम्पर्क भित्रको विवाद मिलाउनकै निम्ति अनुनय गर्दै  गरेको दृश्य देखियो । 



बिहान ९ बजेर १५ मिनेटको निर्धारित समय भन्दा झण्डै एक घण्टा ढिला आगमन कक्षमा ओर्लिएका कोइरालाको स्वागतार्थ  ६० जनाको हाराहारीमा विमानस्थल पुगेका थिए । विमानस्थलको प्रतिक्षालयमा नेपाली जनसम्पर्क समिति अमेरिका, केन्द्रिय कार्यसमितिका सभापति आनन्द विष्ट, महासचिव मुनिन्द्र नेम्बाङ, कोषाध्यक्ष विजय थुलुङ, सचिव भोजराज  थोकर, सदस्य सुबास लामा, न्युयोर्क च्याप्टर समापति रोशन ढुङ्गानाको अलवा अन्य कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो । प्रतिक्षालयभित्रै विवादको केन्द्रमा रहेका सभापति विष्ट, महासचिव नेम्बाङ्ग लगायतका अन्य कार्यकर्ताहरु अलग अलग समूहमै बाँडिएर बसेका थिए ।



साधारण पोशाकमा विमानस्थल बाहिरिएका कोइरालालाई सभापति आनन्द विष्ट, विष्णु सुवेदी, मुनिन्द्र नेम्बाङ, रोशन ढुङ्गाना लगायतले पुष्पगुच्छासँगै खदा लगाएर अर्पण गरेका थिए । 



त्यसो त नेपाली राजनीतिमा पछिल्लो समय सक्रियता बढाएका बिपी पुत्र कोइरालासँगको अमेरिकी जनसम्पर्क समितिका पदाधिकारीबीच खासै चिनजानी नरहेको विमानस्थलमा छर्लङगै देखिन्थ्यो । न्युयोर्क निवासी कांग्रेसका पुराना कार्यकता श्यामकाजी गुरुङ र अन्य केहिलाई बाहेक कोइरालाले खासै ठम्याउन नसकेको प्रष्ट देखिन्थ्यो भने कार्यकताहरुले स्वागतकै बहानामा तस्बिर खिचाउनको लागि भिँड मात्रै बढाई रहे ।



पुग नपुग दश मिनेटसम्म सञ्चारकर्मीसँगको कुराकानीको क्रममा महामन्त्री कोइरालाभन्दा कार्यकर्ताहरु बढि हतारमा देखिए । विमानस्थलबाट होटलकै व्यावस्थापनमा आएको ६६७२३२ नम्बरको जिएमसी गाडीको अघिल्लो सिटमा बसेर कोइराला कार्यकर्ताहरुसँग हात हल्लाउँदै बिदा भए । महामन्त्री चढेको गाडीमा जनसम्पर्क समितिको तर्फबाट  आनन्द विष्ट, बिष्णु सुवेदी पनि सँगै चढेर थिए । कोइराला न्युयोर्कको म्यानह्याटनस्थित शेराटन होटलमा बस्ने भएकाछन् ।



कार्यक्रम कसको आयोजनामा होला ?
यसअघि नै महामन्त्री शशांक कोइरालाकै स्वागतमा न्युयोर्कमा एकै समयमा दुई छुट्टाछुट्टै कार्यक्रमको तय गरिएको छ । नेपाली जनसम्पर्क समिति, केन्द्रीय कार्यसमिति र न्युयोर्क च्याप्टरको आयोजनामा शेर्पा किदुग र सत्य नारायण मन्दिरमा आयोजना गर्ने भनिएको दुवै कार्यक्रममा कोइराला उपस्थित हुने संकेत पातलो हुँदै आएको छ । त्यसो त आफु विवादमा नपरी कोइरालाले छुट्टै कार्यक्रमको आयोजना गर्ने पुर्वानुमान पनि गर्न थालिएको छ ।



यता सभापति आनन्द बिष्टले भोली शनिबार शेर्पा किदुगको सभाकक्षमा आफ्नै सभापतित्वमा कार्यक्रम हुने जिकिर गरे । केन्द्रीय समितिको विवादमा महामन्त्रीलाई नमुछ्न आग्रह गर्दै न्युयोर्क च्याप्टरका सभापति रोशन ढुङ्गानाले आफुहरुले कार्यक्रमको आयोजना गर्न पाउनु पर्ने तर्क गरे । त्यसो त न्युयोर्क च्याप्टरले आयोजना गर्ने कार्यक्रममा आफुहरुको पूर्ण सहयोग रहने विभाजित केन्द्रिय समितिका महासचिव मुनिन्द्र नेम्बाङ्ले प्रेसचौतारी डटकमलाई बताए ।






 


शनिवार, २०७३ बैशाख १० गते ००:५४ / Saturday, Apr 23, 2016 12:54 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
201.   एनआरएन सचिवमा श्याम तामाङको पक्षमा समर्थन जुट्दै
202.   एनआरएन कोषाध्यक्षमा श्रेष्ठको उम्मेदवारी
203.   एनआरएन एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा गोबिन्दको उम्मेदवारी
204.   गैरआवासीय नेपाली संघको छैटौं सम्मेलन आजदेखि
205.   गैरआवासीय नेपालीहरुको विश्व सम्मेलन आइतबारदेखि काठमाडौंमा
206.   एनआरएन छैठौँ सम्मेलन र चुनौतिहरू
207.   सहमतिका लागि एनआरएन संरक्षकको अपिल
208.   एनआरएनलाई कूटनीतिक रूपमा परिचालन गर्नुपर्छ’
209.   एनआरएनएको उपाध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा
210.   कंगोमा गैरआवासीय नेपाली संघ गठन
211.   एनआरएन विश्व सम्मेलनमा बैदेशिक रोजगार प्राथमिकतामा
212.   म गफ होइन काममा विश्वास राख्छु
213.   एनआरएन एसिया प्रशान्त क्षेत्रीय संयोजकमा राईको दावी
214.   एनआरएनएद्धारा काभ्रेमा स्वास्थ्य शिविर सञ्चालन
215.   एनआरएनए मध्यपूर्व सह संयोजकमा केसीको उम्मेदवारी
216.   एनआरएन गल्फ संयोजकमा गुरुङको उम्मेदवारी
217.   एनआरएन यूएईमा भुसाल
218.   मध्यपूर्व संयोजकमा
219.   दक्षिण सुडानमा एनआरएन
Results 219: You are at page 9 of 9
First Prev 1 2 3 4 5 6 7 8 9
भर्खरै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.