बुधवार, मंसिर ०५ गते, २०७५
Wednesday, November 21, 2018
समय सन्दर्भ : आऊ मिलाऔं हाम्रा हातहरु

 
प्रशान एलुङ् राई
meetprashan@gmail.com

ह्वेयर देयर इज युनिटी, देयर इज अल्वेज भिक्टोरी 
अर्थात, 
“जहाँ एकता हुन्छ त्यहाँ जीत अवश्याम्भावी हुन्छ ।” 
१८ औं शताब्दीका ल्याटिन लेखक पब्लिलिउस साइरसको प्रस्तुत भनाईबाट 'समय सन्दर्भ'को यो श्रृङ्खला जोड्न चाहे । सन्दर्भ चाहि उहि-“नेपाल डे परेड” कै हो ।

कतिलाई चाहि लाग्दो हो, मैले पनि फेरि तिनैको पक्षपोषण गर्न लागे भनेर । तिनै भन्नाले केहि नामहरु जो अघिल्लो पंक्तिमा सुनिदै र देखिदै आएकाछन् । प्रसंगले पुर्याएमा  ति नामहरु क्रमसः उल्लेख गरुँला ।

अनि केहिले चाहि सोच्दा हुन्, हृदय कुँडिएर बहकिएको बिचारोत्तेजित  लेख । 

यहाँ निर सप्पै सप्पै वेवास्ता गर्दै बेहिसाब जे लाग्यो दुरुस्तै लेख्ने यत्न गर्दैछु । थाह छैन तपाईलाई चाहि कस्तो लाग्छ कुन्नी ? आलेखको पुच्छरमा तपाईको आफ्नो प्रतिक्रिया थप्नु होला ।

सन्दर्भ, त्यहि हो में २२ तारिख न्युयोर्कको म्यानह्याटनमा आयोजना गर्न लागिएको “नेपाल डे परेड” । केहि साता बित्यो सामाजिक सञ्जालहरुमा यसले गर्मागर्मी बहसको थान पाएको । कसले के भने ? र कस्तो प्रतिक्रिया दिए ? मैले यहाँ दोहोर्याउनु  हामी सबैको समय बर्बादी गर्नु सिवाय केहि हुने छैन । 

विश्वको व्यापारिक केन्द्रको रुपमा परिचित म्यानह्याटनको “ब्रोड वे” मा आयोजना गर्ने भनिएको ऐतिहासिक “नेपाल डे परेड” आयोजकले भने जस्तैं ऐतिहासिक बन्ला या नबन्ला, यसमाथि  अहिले नै आशंका गरि हाल्नु चाहिँ हतार हुन्छ । “इस्ट रिभर” तरेर “ब्रोड वे” सम्म पुग्नु, उभिनु र दुईचार कदमसँगै हिड्नु मात्रै ऐतिहासिकताको मानङ्क होइन । न की उपलब्धि यहि हो । 

पुग नपुग एक किलोमिटर (शून्य दशमलव ६ माईल) क्षेत्र परेड प्रर्दशनको लागि अनुमती प्राप्त छ । नेपालीहरुको लागि यो दुरी र क्षेत्र मनग्गे हो । साबिकका अन्य दिनहरुमा पनि पैदलवालाहरुको घुँइचो हुने “ब्रोड वे” मा मध्यन्ह्को १२ देखि ४ बजे अन्तर्राष्ट्रिय  समुदायलाई नेपाल र नेपाली चिनाउने यो ऐतिहासिक तिथी र उत्तम समय पनि हो । यहि दिनलाई ऐतिहासिक बनाउने या सरम लाग्दो बनाउने यो चाहि हामी सबैंबाट मात्र सम्भव छ ।
कुनै खास व्यक्ति, जाति र समुदायसँग होइन यो सिंगो देशसँग जोडिएको कार्यक्रम हो ।

हो त, न्युयोर्कको म्यान्ह्याटनमा आयोजना हुने यस परेड कुनै चियन फेडेरेसन या कुईन्स प्यालेस हलमा आयोजना हुने कुनै कलाकारको कन्सर्ट जस्तो होइन । न त यहाँ स्थापित संघ/संस्थाको नियमित कार्यक्रम जस्तो नै । यी र यस्ता कार्यक्रमहरु सफल या असफल हुनुले अन्तर्राष्ट्रिय  समुदायमा खासै महत्व राख्दैन । यद्यपी यी कार्यक्रमहरुको महत्व र सुन्दरता परेडसँग दाँज्नु पनि मिल्दैन ।

देशसँगै जोडिएको “नेपाल डे परेड” असफल हुनु भनेको नेपाल र नेपाली असफल हुनु जत्तिकै हो । उत्तरबाट दक्षिण दिशा तर्फको  “वान वे” सडक “ब्रोड वे”को खुल्ला सडकमा नेपाली जाति, नेपाली संस्कृति र नेपाली पहिचान भव्य रुपमा प्रर्दशन गर्न सके यसले दिर्घकालिन फाईदा “नेपाल” भन्ने देश र “नेपाली” भन्ने जातिलाई नै पुग्ने हो । यसदिन दौरासुरुवाल, बख्खु, धोती, भाङ्ग्रा, चोली पटुकी या हाकुपटासी जे-जे लाए पनि हामी जस्तै अन्य आप्राबासी र यहिका रैथानेले “हामी नेपाली” भनेरै चिन्नेछन्, “हामी नेपाल देशको” भनेर जान्नेछन् ।

उनीहरुलाई यकिन हुने छैन कि त्यो परेडमा खास जाति र खास समुदायको मात्र उपस्थिती छ भनेर ।
त्यसदिन “हामी नेपाली” भएर सबैले त्यसै गरौं न ।

त्यो खुल्ला सडकमा कसैले कौडा नाँचौं, कसैले मारुनी, सेलो, साकेला र घाटु नाँचौं । कसैले अनेकतामा एकताको हाम्रो सिङ्गो देशै बोकेर सप्तरंगी होलिया रंङ खेलौंन । हाकपारे, लैबरी र भजन गाऔं । हामी नेपाली भएर यसो गर्दा ति बिदेशी आँखालाई कति आनन्द आउँदो हो हगी ? 



वास्तविकता हो, नेपाल विविधता बाँडिएको मूलुक हो । यहि विविधता हाम्रो लागि सर्वाेत्तम सुन्दरता हो । विविधतामा बिभाजित यहि सुन्दर पक्षलाई नै मूल शक्ति ठानेर अब अघि बढ्ने हो कि ?

सम्भावना र चुनौती 
च्यालेञ्ज आर एन अर्पच्युनिटी टु टेष्ट यु एण्ड राईज टु द नेक्स्ट लेबल
अर्थात्,
“चुनौतीहरु तिमीलाई परिक्षण गर्ने त्यस्तो एउटा अवसर हो, जसले तिमीलाई उपल्लो स्तरमा पुर्याउछ  ।”

प्रेरणादायी लेखिका एञ्जेलिका मन्त्रोस्को प्रस्तुत भनाई यहाँ निर उपर्युक्त ठान्दछु । 
“नेपाल डे परेड” को आयोजना आफैमा  सरल कार्यक्रम भने चाहि पक्कै होइन । तर यसलाई अवसर ठानेर सबै जुट्ने हो भने विश्व सामु धुमिल बन्दै गएको नेपालको परिचय थोरै मात्रा पनि अग्लिने निश्चित् प्रायः छ । मैलिदै गएको हाम्रो चिनारी केहि उजेलीने छ । “परेड”को लागि अघिल्लो लहरमा उभिएकाहरुले चौडा र फराकिलो सोँच र विचारका हिमालहरु उभ्याउँन सक्नु पर्छ । चुनौतीका आँधी तुफान नै आए पनि पहाड भएर छेक्न सक्ने हिम्मत जुटाउन पर्छ । अनि अनेकताभित्र एकताको तराईहरु सम्याउन तयार हुनु पर्छ । अब त्यो आँट र हिम्मत जुटाउनुहोस् । 

यत्तिबेला तपाईहरु त सफा र कञ्चन नदी भएर पो बग्नु पर्छ । सक्नुहुन्छ भने समुन्द्र भई दिनुहोस् न है ? 

हिजो छुटेहरुलाई सँगै लिएर जानुहोस् । विभाजित विचारहरुलाई एउटै नाङ्लोमा निफन्नुहोस् । आफुसँगैका वा अगाडिकाहरुलाई मात्र होइन तपाई पछिकाहरुलाई नियाल्नुहोस् । उनीहरु तपाईसँगै हिड्न चाहन्छन् । तपाई जस्तै देश चिनाउन तयार छन् । छातीमा देश बोकेर शीरमा चन्द्र सुर्यांकित झण्डा फहराउँदै “ब्रोड वे” मा “परेड” गर्न आतुर छन् ।
तपाई हात दिन तयार हुनुहोस् न है ?

जोसँग जे छ त्यहि माग्नुहोस् । धन हुनेसँग धन, मन हुनेसँग मन अनि जन हुनेसँग जन माग्नुहोस् । तपाई त यत्तिबेला केवल माग्ने मात्रै हुनुहुन्छ । माग्नेले हात तल बनाउँदा कोहि सानो, होचो वा पुड्को भईन्न । अनि पो दिनेले पनि दिल फुकाएर दिन्छन् त ।



यो कोलम्बसले भस्मे फाँडेर मानवबस्ती बसालेको आप्राबासी बस्तीमा हामीले नेपाल र नेपालीकै परिचय बाँड्दै हिडेका पहिलो पुस्ता हौं । पहिलो हुनुको जिम्मेवारी र दायित्वबोधसँगै हामीले हाम्रो आफ्नो मौलिक कला, भाषा र संस्कृति जोगाउँदै पुस्तान्तरण गर्नु छ । बाँडिएको भूगोल उतै छोडे पनि हामीले छातीमा सिंगो देश बोकेर यता आएकाछौं । र त हामीसँगै आएकाछन् हाम्रा खास आफ्नाहरु ।

हामीले यहाँ पनि हुर्काएका छौं हाम्रो चिनारीहरु । उभ्याएकाछौं इमान्दार र परिश्रमी जातिको आफ्नै 'सगरमाथा' । र निमार्णको क्रममा छौं -'सानो नेपाल' । अनि त बाँडिएकाछौ  यहाँ जातिहरुमा । बिभाजितहरु छौं क्षेत्रहरुमा । तर जब राष्ट्र र राष्ट्रियताको सवाल आउँछ हामी सप्पै सप्पै जोडिनु पर्छ । हामी जोडिनु मै सर्वश्व छ ।

यसैले त हामी सबै अटाउने साझा र फराकिलो थलो बनाऔं । जहाँ जाति अटोस्, क्षेत्र अटोस् । हिमाल अटोस, पहाड अटोस र अटोस् तराई । अनि मात्रै अट्नेछन “नेपाल र नेपाली ।” 

सामाजिक सञ्जालहरुमा जे जस्तो विचारहरु पोखिएकाछन् एकले अर्काको विचारको सम्मान गरेर स्वाथ्य बहसको लागि जो कोहि तयार हौं । सम्वादभित्रै सहकार्य खोजौं र मान्नुहोस् नमान्नुहोस “सम्भावना पनि त्यहि छ ।” 

अब पनि हामीबीचको सामाजिक र सांस्कतिक सहिष्णुता कमजोर बनाउनु हुन्न है । हामीले त सुनाउनु छ यहाँ “भुकम्पले हाम्रो देश केहि कमजोर मात्रै भएको छ हेर्नै नहुने कुरुप भएको छैन, हेर्नुहोस त हाम्रो हिमाल उस्तै अग्लो छ ।” देखाउनुछ “हामीमा विविधता  छ, बिभाजित छैनौ, किन कि हामीमा बुद्ध मन सजिव छ ।”

जसरी यो पातालभूमीमा हामी देशसँग जोडिएका छौं त्यसैगरी आगामी “नेपाल डे परेड”सँग पनि हामी नेपाली र हाम्रो नेपाल जोडिने छ । यसर्थ अपरिहार्य त हामी कोहि हुँदै होइनौं तर हामी मध्ये कोहि पनि नछुटौं । जसको लागि हामी मध्ये एनआरएन, जनजाति, राजनीतिक आस्थावान, पेशागत बुद्धिजीबि, व्यावसायी, अधिकारकर्मी, सञ्चारकर्मी, खेलाडी, कलाकार जो जेसँग आवद्धता राख्दछौ सबैको सत्प्रयासले नै “नेपाल डे परेड” सम्भव छ । 

र अन्तमा,
एकले अर्कालाई भन्न सकौं
“म दिन्छु मेरा हातहरु,
तिमी देऊ तिम्रा हातहरु
आऊ मिलाऔं, हाम्रा हातहरु ।”

बस् यत्ति 


 


बुधवार, २०७२ चैत्र २४ गते १९:५६ / Wednesday, Apr 06, 2016 7:56 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समय सन्दर्भ
1.   समय सन्दर्भ : आऊ मिलाऔं हाम्रा हातहरु
2.   यस कारण ईन्स्योरेन्स “आतंक”
3.   समय सन्दर्भ : नेहालाई न्याय
4.   समय सन्दर्भ : छ कोहि ?
5.   समय सन्दर्भ – “छ हिम्मत ?”
6.   सक्छौं त पहाड थाम्न ?
7.   झुम्लावाङ्गमा 'नजर'
8.   'हुस्' ! विमला
9.   देश र दशैं
10.   ऊ...तुलसी घिमिरे
11.   तेरिया तरङ्ग
12.   छड्के : हामीलाई घट्दो क्यामेरा मोह
13.   समय सन्दर्भ : खस्रा खरेल
14.   एनआरएन–नेतृत्व
15.   शोकाकुल सगरमाथा
16.   नयाँ बर्ष
17.   कीतिमार्नी क्रिकेटर
18.   गौरीलाई : यता बाई-उता हाई
19.   ...उता दिलशोभा दुख्दा
20.   सारंगी रुदैछ....
21.   डाक्टर साप, ऊ मर्न लागेको छ
22.   “फुल टाइमर जोर्नालिष्ट”
23.   "दिल्ली दौडाह"
24.   "वेम्बलीमा नेपथ्य"
25.   राहतमा राजनीति
Results 37: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.