न्युयोर्कको कुईन्समा लायन्स क्लव अफ कुईन्स बुद्ध र कुईन्स नेप्लिजको स्थापना
प्रेस चौतारी डटकम
न्युयोर्क,
न्युयोर्कको कुईन्समा लायन्स क्लव अन्तर्गत 'कुईन्स नेप्लिज' र 'कुईन्स बुद्द' नामक दुई क्लवको स्थापना भएको छ । गत मार्च ६ तारिख न्युयोर्कको कुईन्सस्थित सत्य नारायण मन्दिरमा आयोजित एक कार्यक्रमबीच दुवै क्लवको विधिवत् उद्घाटन गरिएको हो । क्लब स्थापनाको औपचारिक घोषणा डिस्ट्रक्ट 20-K कि गभर्नर मेलिसा थोरेसले गरेकी हुन् अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा लायन्स क्लव ईन्टरनेश्नलका निर्देशकद्धय सञ्जय खेतान र रोबर्ट लिबिन डिस्ट्रक्ट गभर्नर राजेन्द्र थापा, एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल लगायत क्लवका बिभिन्न क्षेत्रीय निर्देशकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै राजदूत कार्कीले लायन्स क्लवले नेपालमा गरेको मानवीय सेवाको उच्च सराहना गर्दै सरकारले क्लवसँग सहकार्यको लागि कुनै कसर नराख्ने बताए । सोहि कार्यक्रममा बोल्दै नेपालको तर्फबाट पहिलो अन्र्तराष्ट्रिय निर्देशक सञ्जय खेतानले राजधानी काठमाण्डौंसँगै देशका बिभिन्न स्थानमा संगठित क्लवहरुको संख्या बढ्दै गएको अवस्थामा बिभिन्न देशमा रहेका नेपालीहरुमाँझ पनि क्लवको स्थापना हुनुले आफु उत्साहित भएको बताए ।

नवगठित दुई क्लवको अध्यक्षमा क्रमसः कुष्ण आचार्य (लायन्स क्लव अफ कुईन्स बुद्द) र बिरेन्द्र गुबाजु शाक्य (लायन्स क्लव अफ कुईन्स नेप्लिज) निर्वाचित भएकाछन् ।
लायन्स क्लव अफ बुद्दमा कृष्ण आचार्यसँगै एकराज रिमाल (सचिव) वेगम पण्डित (कोषाध्यक्ष), दिनेश डाँगी (सदस्य संयोजक), दीपकराज घिमिरे (प्रथम् उपाध्यक्ष), पवित्रा शमा (द्धितीय उपाध्यक्ष) अर्जुन गौडेल (तृतीय उपाध्यक्ष), अर्जुन कुमार कार्की (ट्यामर), सोनु मल्ल (ट्वीस्टर) निर्वाचित भएकाछन् । यसैगरी क्लवका सदस्यहरुमा शुसिल भट्टराई, राजेश ढुंगेल, सोफिया अधिकारी, रोशन बरुवाल, बुद्ध पौडेल, पवित्रा धिमाल, प्रभात आचार्य,रिषिभक्त, आचार्य, अजय सुवेदी, टोम तामाङ्ग र राजु ढकाल रहेकाछन् ।

यता लायन्स क्लव अफ कुईन्स नेप्लिजमा बिरेन्द्र गुबाजु शाक्य (अध्यक्ष), रेणु सुवेदी (प्रथम् उपाध्यक्ष), कुष्ण लामीछाने (द्धितीय उपाध्यक्ष), पुरुषोत्तम पन्थी (तृतीय उपाध्यक्ष), श्याम श्रेष्ठ (सचिव), अच्युत सिग्देल (कोषाध्यक्ष), मनोज देवकोटा (ट्यामर), भीम पन्त ( टेल ट्विस्टर), मंगलदास श्रेष्ठ (सदस्य संयोजक) रहेकाछन् । यसैगरी क्लवका सदस्यहरुमा विष्णु राना मगर, बुद्धि प्रसाद रेग्मी, अमृत चालिसे, सृजना ताम्रामार तुलाधर, परुराम, सञ्जय थापा, लुईसाङ वाईवा तामाङ, राजेन्द्र खड्का, धर्मेन्द्र गोपाली, यादव गौतम, मान बहादुर रानामगर, समुन केसी, नीमा शेर्पा, पुर्ण श्रेष्ठ, शुसीला श्रेष्ठ र मेरीना ताम्राकार शाक्य रहेकाछन् ।
संसारका बिभिन्न २ सय १० मुलुकमा ४६ हजार भन्दा बढि सदस्य क्लवहरु रहेको लायन्स क्लवमा १ दशमलव ४ मिलियन सदस्यहरु संलग्न छन् भने नेपालको काठमाण्डौं मात्र २ सय ५० भन्दा बढि क्लवहरु रहेको छ ।