सोमवार, श्रावण ०६ गते, २०७६
Monday, July 22, 2019
नेपाली जनसम्पर्क समिति अमेरिकामा-बढयौं विवाद
प्रक्रिया नसच्चाए समानान्तर प्रतिनिधी चयन गरिने

प्रेस चौतारी डटकम
न्युयोर्क

नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेसन प्रतिनिधीको विषय लिएर नेपाली जन सम्पर्क समिति अमेरिकाको विवाद चुलिएको छ । सभापति आनन्द बिष्टले आफु  अनुकुल मनोमानी ढंगले महाधिवेसन प्रतिनिधी छनौट गरेको भन्दै असन्तुष्ट पक्षले निर्णय नसच्चाएको खण्डमा समानान्तर प्रतिनिधी पठाउने बताएको छ । 

संस्थाका बरिष्ठ उपसभापति धनञ्जय सिंह केसी, उपसभापति सिपी पौडेल र महासचिव मुनिन्द्र नेम्बाङद्धारा हिजो जारी संयूक्त प्रेस विज्ञाप्ती मार्फत  उक्त जानकारी गरिएको हो । 

विज्ञाप्तीमा संस्थाका सभापतिले लोकतान्त्रिक विधि र प्रकृयालाई पुरै पन्छाउँदै, आफु अनुकुलका प्रतिनिधी छनौट कमिटि बनाई महाधिवेसन प्रतिनिधी छनौट  गरेको, पार्टीको विधान अनुसार सबै प्रकृया नपुर्याई र क्षेत्रगत ढंगले नसमेटी प्रतिनिधी चयन गरेको जनाईएको छ । यसैगरी नेपाली जन सम्पर्क समिति अमेरिका, न्युयोर्क च्याप्टार पुर्व सभापति सोमनाथ घिमिरेले एक विज्ञाप्ती जारी गर्दै सभापति विष्टको हर्कतका बिरुद्धमा तत्काल केन्द्रले उनका विरुद्धमा कडा कदम चाल्नु पर्ने बताएकाछन् ।

हाल छनौट गरिएका ७ प्रतिनिधिहरुमा गोरख बहादुर (आनन्द) बिष्ट, बिष्णु सुबेदी, विधासागर यौनजन, माया कडायत, हेमराज भट्ट, वेद खरेल र प्रमोद सिटौला रहेकाछन ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले जारी गरेको संयूक्त प्रेस विज्ञाप्तीको पूर्ण पाठ:

           संम्युक्त प्रेस वक्तव्य

आदरणीय साथिहरू, 
जय नेपाल ! 

नेपाली काँग्रेस लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको पार्टी भएको कुरा छर्लङ्ग छ । आम नेपाल र नेपाली जनताको हक अधिकार सुनिश्चित गर्न एवं राष्ट्रको उन्नति र विकासमा सिंगो पार्टी पंक्ति होमिएकै कारण आज मुलुकबासीले नेपाली काँग्रेसलाई  सबैभन्दा ठूलो राजनीतिक पार्टी बनाएका छन् । मुलुकमा विद्यमान विभिन्न खाले तानाशाही र निरंकुशताको विरुद्धमा पार्टीले विगत देखि अहिलेसम्म आवाज बुलन्द गराउँदै आएको छ । यही गौरबशाली इतिहास, अनुकरणीय वर्तमान अनि आशा लाग्दो भविष्य बोकेको मुलुकको लोकतान्त्रीक पार्टी नेपाली काँग्रेस यतिबेला १३ औं महाविधेशनको संघारमा आइपुगेको छ । तर यही समयमा पार्टीले एकजना आफ्नो अभिभावक गुमाएको  छ । पार्टीका श्रद्धेय  सभापति शुशील कोइरालाको असामहिक निधनले सिँगो पार्टी पंक्तिलाई शोकाकुल बनाएको छ । पार्टीभित्र परेको यो शोकलाई शक्तिमा बदल्दै सफलतापूर्वक महाविधेशन सम्पन्न गर्ने दायित्व यतिबेला हामी सबैको काँधमा आईपरेको छ । पार्टीको इतिहासमा स्वर्ण अक्षरमा नाम राख्न सफल महामानव विपी, सुवर्ण शंम्सेर, गणेशमान, किसुन जी, गिरिजा वावु, सुशिल कोइराला लगायतको विचार र उहाँहरुले लिएको लक्ष्यलाई मूर्तरुप दिन संगठनले कुनै कसर बाँकी राख्न हुदैन । पार्टीका अभिभावकको अभाव, झट्टै गर्नुपर्ने महाधिवेशनको चटारो, विगतका आपसी फुटको धंगधंगी आदी कारणले संकट झेलीरहेको काँग्रेसलाई अहिले चारैतिर बाट कमजोर बनाउँने खेल सुरू भइरहेको छ। यस्तो बेलामा सबै काँग्रेसीहरू एक ढिक्का हुन अत्यावश्यक छ । नेतृत्वले कसरी संगठन बलिलो बनाउँन सकिन्छ भन्ने तिर जोड दिनु पर्दछ । लोकतन्त्रको दुहाई दिने हामी र हाम्रो संगठनहरू जहिल्यै लोकतान्त्रिक पद्धति र पकृया बाट चल्नु पर्दछ। संस्थागत हुन नसक्दा, नेपाली  जनसंपर्क समिति अमेरिकाले लामो समय सम्म विवाद झेलेको तितो यथार्थ हामी सित ताजै छ । काँग्रेसका अग्रज , शुभ चिन्तक, नेता कार्यकर्ताहरूको अथक प्रयास पछि २०१४ को नोभेम्बर २२र२३  मा टेक्सास राज्यको डल्लास शहरमा भएको एकताको दोस्रो अधिवेशन पछि नेपाली जनसंपर्क समिति अमेरिका एउटा नयाँ उत्साहका साथ एक ढिक्का भएर अगाडि बढेको बेलामा , पार्टीको १३ औं महाधिवेशनमा एकताको सन्देश बोकेर अमेरिकाबाट भाग लिन जाने प्रकृयाले पुन स्वाभिमानी लोकतन्त्रवादीहरूको उत्साहमा भाँजो हाली दिएको छ ।  संस्थाका सभापतिले लोकतान्त्रीक विधी र प्रकृयालाई पुरै पन्छाउँदै , आफू अनुकूलको  प्रतिनिधि छनौट कमिटी बनाई महाधिवेशन प्रतिनिधि छनौट गरेको प्रति हामी घोर आपति गर्दछौं । पार्टीको विधान अनुसार सबै प्रकृया नपुर्याई र  क्षेत्रगत ढंगले नसमेटी प्रतिनिधि चयन गरेकोमा घोर भर्त्सना समेत गर्दछौं । सभापतिले गरेको यस्तो अलोकतान्रीक निर्णयलाई स्विकार्न नसकि आज फेब्रेवरी २१ , २०१६ का दिन संस्थाको बरिष्ठ उपसभापतिको अध्यक्षतामा कार्यसमितिको  आकस्मिक बैठक राख्न बाध्य  भयौं ।बैठकले सभापति  आनन्द बिष्टले छनौट गरेको १३ औं महाधिवेशन प्रतिनिधिहरू लाई निर्बाचित केन्द्रीय  कार्यसमिति बाट अनुमोदन  नगराएकोले अवैधानिक ठहर गर्दै, मनमानी ढङ्गले महाधिवेशन प्रतिनिधि पठाउने हर्कत गरेको प्रति खेद प्रकट गरेको छ । सभापतिले गरेको यस्तो अलोकतान्रीक निर्णयलाई समयमा नै नसच्याए बाध्य भएर , लोकतान्त्रीक विधि र प्रकृयाको भरपुर उपयोग गर्दै चाँडै अर्को १३ औं महाधिवेशन प्रतिनिधिको छनौट गरी केन्द्रीय कार्यालयमा पठाउँने छौं । संस्थाको सभापतिले देखाएको यो गैह्र लोकतान्त्रीक संस्कार कुनैपनि हालतमा संगठनको हितमा हुनै सक्दैन । यसले संस्थालाई बलियो होइन दिन दुगुना रात चौगुना कमजोर बनाउँदछ भन्ने हाम्रो ठहर छ । संगठन भित्र देखिएका यस्ता अलोकतान्त्रीक प्रवृत्तिको भण्डाफोर गर्दै अगाडि बढ्न हामी सम्पूर्ण साथीहरुलाई आह्वान गर्छौं । अलोकतान्त्रीक प्रवृत्तिको विरुद्धमा हाम्रो अभियानमा साथ दिन हुनका लागि नेपाली जनसम्पर्क समिति, अमेरिकामा आवद्ध सम्पूर्ण साथीहरुलाई हामी विनम्र अनुरोध समेत गर्दैछौं  । लोकतान्त्रीक पार्टीभित्र देखिएका यस्ता अलोकतान्त्रीक प्रवृतिलाई निरुत्साहित गर्न हामी सबै एक हुनुको विकल्प नभएको ठहर सहित यसका लागि साथ र सहयोग गर्न लोकतन्रका हिमायती एवं सच्चा काँग्रेजीजनहरुप्रति सविनय अनुरोध गर्दर्छौ । 

धन्यवाद ! 
धनञ्जयनरसिंह केसी + सिपी पौडेल+  मुनिन्द्र नेम्वाङ
(बरिष्ठ उपसभापति)  +(उपसभापति)+ (महासचिव )
         नेपाली जनसंपर्क समिति अमेरिका 



नेपाली जनसम्पर्क समिति अमेरिका न्युयोर्क च्याप्टरका सभापति सोमनाथ घिमिरेले जारी गरेको विज्ञाप्तीको पूर्ण पाठ:

प्रेस वक्तव्य
आदरणीय पत्रकार मित्रहरु । नेपाली जनसम्पर्क समिति अमेरिका नेपाली काँग्रेसका विभिन्न मुलुकमा रहेका जनसम्पर्क समितिमध्येको एउटा आशालाग्दोर सबैको भरोसा एवं प्रेरणादायी जनसम्पर्क समितिको रुपमा रहेको कुरातपाईँहरुलाई विदितै छ । आफ्नो माऊ पार्टीको महत्वपूर्ण चाड अर्थात् महाधिवेशन आउन अब केही सातामात्रै बाँकी छ । महाविधशनलाई सफल र सभ्य बनाउन पार्टीले दिएको निर्देशन र पार्टीको विधान अनुसार २४ सै घण्टा खटिनुपर्ने अहिलेको बेला हो । यसलाई सफल पार्न सबैले आ आफ्नो क्षेत्रबाट
सक्यो सहयोग गर्नुपर्दछ । त्यसमा कुनै दुईमत छैन । त्यसमा पनि मुलुकभित्र देखिएको संक्रमणकालीन राजनीतिभित्र एउटा लोकतान्त्रिक पार्टीको महाविधेशनलाई देशभित्र र देशबाहिर सिँगो विश्व समुदायले अत्यन्तै चासोका साथ हेरिरहेका छन् । महाविधेशनकै पूर्वसन्ध्यामा पार्टीले सभापति शुशील कोइरालालाई गुमाएको छ । यो घडीमा म सबै साथीहरुलाई संयम र धर्यताका साथ अघि बढ्न विशेष आग्रह गर्दछु । उहाँको आत्माको चिर शान्तिको लागि पनि पार्टीभित्र एकताको विकल्प छैन । मुलुकभित्र हुन लागेको यो महाधिवेशनलाई
सफल बनाउन विशेषत ः भातृ तथा सुभेच्छुक संघ संस्थाको भूमिका अत्यन्तै महत्वपूर्ण हुने गर्दछ । विश्वको सर्व शक्तिसम्पन्न मुलुक अमेरिकामा रहेको जनसम्पर्क समितिको झन् यसमा विशेष भूमिका रहने कुरा मैले माथि पनि उल्लेख गरिसकें । तर जनसम्पर्क समितिको रक्षक अर्थात् अमेरिकामा रहेको नेपाली जनसम्पर्क समितिका अध्यक्षको पछिल्लो गतिविधि र रबैयाले सच्चा काँग्रेसीजनलाई निक्कै स्तब्ध बनाईदिएको छ । विशेष गरी महाविधेशन प्रतिनिधि छनौटका विषयमा अध्यक्ष विष्टले जुन हर्कत देखाए, त्यसको जति निन्दा गरेपनि अपूर्ण नै हुन्छ जस्तो मलाई लागेको छ । पछिल्लो समयमा पार्टीभित्र देखिएको अस्वस्थ राजनीतिलाई मिलाएर पार्टीलाई एकताबद्ध बनाएर अघिबढाउन दबाब दिनुपर्ने बेलामा बेलामा अमेरिकामा भित्रको जनसम्पर्क समितिमै जुटफुट र जालझेलको तानाबाना बुन्ने विष्टका पछिल्ला गतिविधि सोह्रैआना संस्थाको हित विपरित रहेको छ । त्यसो त आनन्द विष्ट आफैैंमा एक गैरराजनीतिक व्यक्ति भएको कुरा विगतका घटना परिघटनाले पनि स्पष्ट पारिदिएको छ । विगतमा सम्पर्क समिति गठन गर्दा नाकमुख नदेखिएका विष्ट कुनै बेला अमेरिकामा तत्कालीन प्रधानमन्त्री मरिचमानका पुग्दा उहाँलाई सम्मान गर्ने आयोजक कमिटीका प्रमुख बनेको कुराले अहिले पनि सच्चा काँग्रेसीहरुले नाक खुम्च्याउँछन् । नेपाजीज डेमोक्रेटिक यूथ काउन्सिल अमेरीका ले बीगत मा गरेको सबै कार्यकरम र कृयकलाप बाट नै विष्ट को राजनैतिक हैसियत हामी सबैलाई थाहा भए कै हो, उसको ने. का. मा के देन थीयो?  नेपालमा राजा ले प्रजातन्त्र लाई कू गरेको बेला हामरो बीरोध कार्यक्रम  वासीगंटन  डी सी मा ने. का. की केन्द्रीय  नेत्री सूजता कोइराला दीदी र लक्ष्मण घिमिरे दाईं लाई विष्ट ले भाषण बाट बनचेत गराए कै हो ।  बैपछि उनलाई संरक्षण गर्ने र अमेरिकामा टिकाईराख्न सहयोग गर्नेहरुलाई खुसी पार्नका लागि उनले आफू नेपाली काँग्रेस भएको भन्न पनि पछि परेनन् । तर तिनै आयातित काँग्रेस विष्टले अहिले आएर एउटा स्वच्छ र पवित्र संस्थालाई विघटनको संघारमा पु¥याईदिएका छन् । उनको यो हर्कतका विरुद्ध तत्काल केन्द्रले उनका विरुद्ध कडा कदम चाल्नुपर्ने देखिन्छ । अन्यथा अमेरिकामा सच्चा काँग्रेसीहरुले पार्टीको हित र विधान बमोजिम अघिबढ्नका लागि असली जनसम्पर्क समिति गठन गर्नुको विकल्प छैन । त्यसैले विष्ट र उनका हर्कतका विरुद्ध सचेत रहँदै सच्चा काँग्रेसीहरुबीचको एकता कायम गर्नका लागि जनसम्पर्क समितिमा पूर्व तथा वर्तमान सबै पदाधिकारी तथा काँग्रेसीजनहरुप्रति हार्दिक अनुरोध गर्दछु ।

सोमनाथ घिमिरे
पूर्व सभापति, जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर
पूर्व सभापति , ने. वि. संघ अमेरीका र क्यानाडा च्याप्टर
 


सोमवार, २०७२ फाल्गुन १० गते २२:४० / Monday, Feb 22, 2016 10:40 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
1.   एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग
2.   नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा
3.   न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै
4.   न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न
5.   न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै
6.   नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध
7.   भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार
8.   एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न
9.   फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै
10.   जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख
11.   उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी
12.   न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न
13.   तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न
14.   न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न
15.   न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै
16.   न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित
17.   न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न
18.   बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै
19.   न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख
20.   एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित
21.   न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र
22.   न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)
23.   न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न
24.   राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक
25.   न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न
Results 233: You are at page 1 of 10
1 2 3 4 5 6 7 8 9 10 Next Last
भर्खरै

एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् ।

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.