आइतवार, आश्विन ०७ गते, २०७५
Sunday, September 23, 2018
नयाँ शक्तिकी रोल नम्बर २४०

- डा. प्रदीप भट्टराई

नेपाली राजनीतिक सत्ताका बिग फोरमध्ये दुई महिला छन्, राष्ट्रपतिमा विद्यादेवी भण्डारी, सभामुखमा ओनसरी घर्ती । यसो हुँदा धेरैलाई लाग्दो हो, नेपाली समाजमा राजनीति गर्ने महिलाहरुलाई हेर्ने दृष्टिकोणमा आनका तान फरक पर्‍यो । तर, यथार्थ त्यस्तो छैन, अझै पनि नेपाली समाज नेपाली महिला राजनीतिज्ञप्रति त्यति धेरै उदार हुन सकेको छैन । यिनै दुई ठूला नामलाई पनि उनीहरुको कामसँग भन्दा श्रीमान्को नामसँग जोडेर त्यसैको स्याटलाइटबाट हेर्ने गरिन्छ ।

कुरा यी बिग टू को मात्र हैन, २००४ सालमा नेपाल महिला संघ खोलेर क्रान्तिको विगुल फुक्ने मंगलादेवी सिंहको पनि हो, २०१७ सालको पञ्चायती कुदेताविरुद्ध आवाज उठाउने शैलाजा आचार्यको पनि हो । सिंहलाई चुनावमा हराउने नेपाली समाजले आचार्यको पनि उस्तै हविगत बनायो । उनीहरुमध्ये सिंहलाई गणेशमान सिंहकी श्रीमती र आचार्यलाई वीपी कोइरालाकी भान्जी नै बढी देख्यो । यस्तै अवस्था वामनेतृ साहना प्रधानको पनि रह्यो । उनलाई पनि समाजले नेपाली कम्युनिष्ट आन्दोलनका अभियन्ता पुष्पलालकी श्रीमतीकै रुपमा बढी बुझ्यो । अझ सुजाता कोइराला र हिसिला यमीप्रति त नेपाली समाज उदार हैन, पूर्वाग्रही नै छ भने पनि हुन्छ । अरुलाईभन्दा पनि बढी उनीहरूलाई लिगेसीसँग मात्र जोडेर हेर्ने गरिन्छ । टाढा जानै पर्दैन, वीपी पुत्र डा. सशांक कोइरालालाई रेड कार्पेट ओछ्याएर स्वागत गर्ने नेपाली समाज जीपी पुत्री सुजाता कोइरालाको चाहिँ राजनीतिमा योगदानको हिसाब किताब माग्छ । आखिर दुबै जनाको हैसियत उही हो राजनीतिमा । फरक केही छ भने एकजना पुरूष, अर्काे महिला ।

प्रसंग हिसिला यमीको हो । उनलाई पनि नेपाली राजनीतिकी एउटा त्यस्तै पात्रका रुपमा लिइन्छ । २००७ सालको क्रान्तिकारी परिवार धर्मरत्न यमी (जो त्यतिबेलै मन्त्री भएका थिए) की छोरी हुन् हिसिला । आजभन्दा ४० वर्षअघि इञ्जिनियरिङ गरेर इञ्जिनियरलाई पढाउन थालेकी त्यो कालखण्डकी महिला हुन् उनी । घरमै कम्युनष्टि स्कूलिङ भएकी उनले राजनीति घरमै सुरु गरिन् भन्दा पनि हुन्छ ।



नेपाली वाम राजनीतिमा उको इतिहास पनि छ, योगदान पनि छ । तर, ढंग मिलाएर बोल्न नजान्ने र प्रोटोकलमा खासै ध्यान नदिने हिसिलाको छवि एक भ्रष्ट महिलाका रूपमा नेपाली समाजमा प्रस्तुत छ । उनी साँच्चै त्यस्तै हुन् कि हैनन् त्यसको पछाडि खोजबिन गर्ने, अनुसन्धान गर्ने कसैलाई फुर्सद छैन । तर, पार्टी मिडिया र त्यसका भरमा धारणा बनाउनेहरूले हिसिलालाई दक्षिण एसियाकै सर्बाधिक भ्रष्ट महिलाको पदवी दिएर आफू चोखो हुने प्रपञ्च गरिरहेका छन् । यसोभन्दा धेरैलाई यो हिसिलाको पक्षपोषण पनि लाग्न सक्छ । तर, माफ गर्नुहोला, यो हिसिलाको पक्षपोषण हैन । कसैमाथि आरोप लगाउन केही आधार त चाहिन्छ होला नि भन्ने मात्र हो । त्यसो भन्नका लागि न कसैको पक्षपोषण गर्नुपर्छ, न धुवाधार गाली नै । यद्यपि, अहिलेसम्म पनि उनीमाथि आरोप लगाउनेहरूको कमी छैन । भलै, त्यसका लागि न राज्यसँग सबुत छ न त्यस्तो आरोप लगाउनेसँग नै ।

डा. बाबुराम भट्टराईभन्दा राजनीतिमा अगाडिकी हुन् हिसिला । तर, उनलाई बाबुरामकी श्रीमती बढी र राजनीतिज्ञ कम देख्छ नेपाली समाज । यो समाजमा यसो भन्ने पनि धेरै छन्, डाक्टर साहेब त राम्रा हुन् तर हिसिलाले नै सखाप पारिन् उनलाई । यस्तै कुरा गणेशमानसँग जोडेर मंगलादेवीका बारेमा पनि भन्ने गरिन्थ्यो, पुष्पलालसँग जोडेर सहाना प्रधानका बारेमा पनि भनिन्थ्यो । तर, हाम्रो समाजले हरेक कुरालाई नौ दिनमा नौलो मान्छ र २० दिनमा बिर्सन्छ । मंगला हुन् या साहना, दुबैलाई एउटै सिक्काका दुई पाटा बनाइएकै हो । त्यसैको पछिल्लो घानमा मात्र परेकी हुन् हिसिला । प्रजातन्त्रको पाँचौ अंग हो समावेशिता । नेपालले पनि यसलाई अंगिकार गर्नुको विकल्प छैन ।

यस कोणबाट हेर्दा नेपालमा पहिला त हामी राजनीतिलाई फोहोरी खेल भन्छौं र राम्रा मान्छे जानलाई नै निरूत्साहित गर्छाै । जो गएका हुन्, त्यहीबाट छान्ने त हो नि । यसरी छान्दा हिसिला नेपाली राजनीतिमा छोइछिटोमा पर्छिन र पारिनुपर्छ भन्ने मलाई लाग्दैन । हिसिलाका बारेमा नबुझी भन्दा त जे भने पनि हुन्छ । तर, बुझेर भन्दा उनी सबै कोण र सापेक्षतामा छानिदा नेपाली महिला राजनीतिज्ञमा सूचीको पाँचभन्दा तल पर्छिन् जस्तो मलाई लाग्दैन । तर, हामी आआफ्नो सोच र कोणको चस्माले हेर्छाै र उनमा खराबी मात्र देख्न सक्छौं । खराब उनको अनुहारमा जति छ, त्यो भन्दा बढी हाम्रो चस्माको सिसामा छ । यसको अर्थ यो पनि हैन कि उनी दूधले धोएकी बिरालो हुन् । उनमा पनि कमी कमजोरी छन् । तर, ती सबै सापेक्षताको तराजुमा नापिनु पर्छ । यसो भन्नका लागि चाहिँ कुनै आइतबार पर्खनु पर्दैन ।

डा. बाबुरामको नयाँ शक्तिमा पर्न हिसिलाले तेस्रो सूची पर्खनु पर्‍यो । नपर्दा पनि मानिसले भने, अझै हिसिला परिनन् । पर्दा पनि मान्छेहरूले भने, आखिर परिछाडिन् । नेपाली समाज यस्तो समाज हो जहाँ दायाँबाट हिड्यो भने किन दाँयाबाट हिडिस् भनेर सोधिन्छ । दायाँबाट हिड्नु नहुने रहेछ भनेर बाँयाबाट हिड्यो भने पनि किन बाँयाबाट हिडिस् भनेर प्रश्न गरिन्छ । हिसिलाका बारेमा पनि यो समाज फरक छैन, उस्तै हो । मेरो विचारमा हिसिला नयाँ शक्तिमा २४०औं नम्बरमा पर्नुपर्ने ब्यक्ति हैनन् । उनीभन्दा अगाडिको रोलक्रममा जे जस्ता नाम र अनुहार छन् तिनीहरूको सापेक्षमा पनि हिसिला रोल नम्बर २४० हुने हैनन् । म आमसञ्चारको विद्यार्थी, हरेक कुरालाई ट्रेजरी बेञ्चबाट हैन, अपोजिसन बेञ्चबाट हेर्ने सिद्धान्तमा विश्वास गर्छु । यसरी हेर्दा हिसिला यमीलाई बाबुरामकी श्रीमतीका रूपमा मात्र हेर्ने कुराको पक्षपोषण सम्भव हुँदैन । उनको आफ्नै राजनीतिक इतिहास, संघर्ष र व्यक्तित्व छ, यो घाम जत्तिकै सत्य हो ।

हो, उनको विचारसँग, तौरतरिकासँग, आनिबानीसँग असहमत हुन सकिएला । तर, त्यसकै आधारमा हिसिलामाथि बरो प्रसेप्सन (मिडिया या अरूले थोपरेको उधारो धारणा) को भारी बोकेर आफ्नो धारणा बनाउनु न्यायसंगत होला जस्तो मलाई लाग्दैन । मलाई थाहा छ, यसो भन्दा धेरैलाई चित्त बुझ्दैन । किनकि, बरो प्रसेप्सनका आधारमा उनीहरूको माइन्डसेट बनिसकेको छ । माइन्डसेटबाट नल पोइन्टमा आउन सबैभन्दा गाह्रो पर्ने जाति हो नेपाली । न म त्यसमा अपवाद छु, न कसैले भन्यो भने पनि सजिलै पत्याउँछु । तर, संसार एकापट्टि र म एक्लै अर्काेपट्टि भए पनि म भनिरहनेछु , हिसिला नयाँ शक्तिमा रोल नम्बर २४० हुने मान्छे हैनन् । माफ गर्नुहोला यसो भन्नु परेकोमा । अपवादलाई छोडेर म हरेक कुरा या घटनालाई  निरपेक्ष रूपमा हेर्ने कोसिस गर्छु । हरेक कुरालाई सापेक्षतामा हेर्ने इमान्दार प्रयत्न गर्छु । अनि कसैका बारेमा केही बोल्नुपर्दा मसँग एउटै फित्ता हुन्छ, अब्जेक्टिविटी । हिसिलाका बारेमा पनि मेरो कुरा उही हो । उनलाई मात्र मैले फरक फित्ताले नाप्नुपर्छ भन्ने म ठान्दिनँ । फेरि पनि हामीले भएकैबाट छान्ने हो ।

हामीसँग भएका महिला राजनीतिज्ञमा हिसिला पनि एक हुन् । होला, हिसिलाभन्दा करिश्मा लोकप्रिय होलिन् । तर, राजनीतिमा करिश्मा र हिसिलाको तौल एउटै हुन सक्दैन । कसैलाई लाग्न सक्छ तर यथार्थमा रारातारात कोही पनि हिसिला बन्न सक्दैन । आगे यहाँहरूकै मर्जी । 


विहिवार, २०७२ माघ २७ गते ०२:१६ / Thursday, Feb 11, 2016 2:16 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

1.   नयाँ शक्तिकी रोल नम्बर २४०
2.   ‘सफ्ट-सेल’ नेपालीका ‘हार्ड-सेल’ कुरा
3.   नाइन इलेवेन : हामी कहिल्यै भुल्दैनौं
4.   टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?
5.   गुडबाइ काडमाण्डू
6.   एनआरएन एनसीसी चुनाव :
7.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
8.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
9.   गुडबाइ काडमाण्डू
10.   भो अति भो, कति दोष दिनु सतीलाई ?
11.   तीतो सत्य, भाइरल र मोदी म्युट
12.   सिन्डिकेट संसार
13.   मोदीको मोफसल भ्रमण
14.   कस्मेटिक क्याटमाण्डू
15.   कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?
16.   अति भो, कति बन्नु
17.   मुखमा तीन 'स'- बगलीमा-'म'
18.   कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
19.   यो कस्तो न्याय ?
20.   तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ
21.   डटकम भाइरल
22.   पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
23.   अजव-गजवको नेपाल
24.   मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
25.   राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
Results 43: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.