बुधवार, आश्विन ०१ गते, २०७६
Wednesday, September 18, 2019
न्युयोर्कमा डिजे हङ्क भव्य रुपमा सम्पन्न,
-गीति संग्रह कहिँ कतै सार्वजानिक

प्रशान एलुङ् राई
प्रेस चौतारी डटकम/न्युयोर्क

तिहारको अवसरमा आयोजित डिजे हङ्क न्युयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । बरिष्ठ गायक नविन ढुङ्गेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रम नेपाली महावाणिज्यदूतावास, न्युयोर्कका उप-प्रमुख प्रविण भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । नेपालका पहिलो तथा चर्चित डिजे तेञ्जिङ्गसँगै अमेरिकाका अन्य चार डिजेले एकै साथमा डिजेइङ्ग गरेको उक्त कार्यक्रम न्युयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको थियोे । थ्रिजी साउण्ड ईन्कको मुख्य आयोजनामा सम्पन्न उक्त कार्यक्रम अमेरिकाका चर्चित एवं व्यस्त चार नेपाली डिजेहरुको सह-आयोजनामा सम्पन्न भएको हो ।

नेपाली डिजे इतिहासमा पहिलो चोटी यसरी एकैसाथ पाँच डिजेहरुले एउटै मञ्चमा डिजे कार्यक्रम गरेको यो नै पहिलो हो । यसरी डिजे कला प्रस्तुत गर्नेहरुमा डिजे तेञ्जिङ्गसँगै, डिजे माईकल, डिजे जाम्बु, डिजे एलएए (लाक्पा) र डिजे गेलु रहेका थिए । कार्यक्रममा सहभागी हुन नेपालबाट डिजे तेञ्जिङ्ग र सान्फ्रान्सिस्कोबाट डिजे गेलु न्युयोर्क आएका हुन् । अन्य तीन डिजेहरु न्युयोर्कबासी हुन् । 



आईलाईन क्रियसन एलएलसीको व्यावस्थापनमा आयोजित डिजे हङ्क कार्यक्रमलाई नेपालका ख्याती प्राप्त सञ्चारकर्मी एवं कलाकार सरोज केसीले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाली अमेरिकन कलाकार संघ, उत्तर अमेरिकाका नवनिर्वाचित अध्यक्ष सुमन बुढा मगरले शुभकामना मन्तव्य दिएका थिए भने थ्रिजी साउण्ड ईन्कका अध्यक्ष  गम्बु शेर्पाले कार्यक्रमको विषयमा बोलेका थिए ।



कहिँ कतै बिमोचित 
कार्यक्रममा गायक राजेन्द्र राई र एञ्जिला राईको गीति संग्रह “कहिँ कतै” को विमोचन गरिएको थियो । गीति संग्रह “कहिँ कतै”लाई कार्यक्रमका प्रमुख अतिथी एवं नेपाली वाणिज्यदूतावास, न्युयोर्कका उप–प्रमुख प्रविण भट्टराईले विमोचन गरेका थिए । गीति संग्रह बिमोचन पश्चात् कार्यक्रमका प्रमुख अतिथि भट्टराईले आफु नेपाली दूतावासको कर्मचारी भए पनि नेपाली भाषा, संस्कृति र मौलिकतालाई देश बिदेश पुर्याउने  सबै नेपाली दूत भएको बताए । 



गीति संग्रहमा समावेस “कहिले काहिँ मलाई पनि सम्झि देऊ है..बोलको गीतको विषयमा बरिष्ठ गायक यम बरालले टिप्पणी गरेका थिए । कार्यक्रममा गायक राजेन्द्र राईको “भुल्यो कि तिमीले...” र छोरी एञ्जिला राईसँगैको स्वरमा रहेको “ड्याडी आई लभ यु...”बोलको गीतको म्युजिक भिडियो समेत प्रर्दशन गरिएको थियो । 

बिमोचित गीति संग्रह “कहिँ कतै” मा उल्लेखित दुई गीतसँगै “ए माया.., आँखा भरी..., जाँदा जाँदै..., “माया मेरी माया...लगायतका दश गीत समावेस छन् । संग्रहमा गायक स्वयम्सँगै बिनोद खम्बु, शान्ति लामा र राजेन्द्र श्रेष्ठको शब्दमा बिनोद खम्बु, सन्नी गील, उदयराज पौडेल र राजेन्द्र राईको संगीत रहेको छ । “कहिँ कतै”लाई थ्रिजी साउण्डले प्रर्बद्धन गरेको हो । 

डिजे तेञ्जिङ्ग र भिजे सरोज सम्मानित
अनौपचारिक कार्यक्रम डिजे हङ्क शूरु हुनु अघि सम्पन्न औपचारिक कार्यक्रममा नेपालको प्रथम डिजे तेञ्जिङ्ग र सञ्चारकर्मी एंवं कलाकार सरोज केसीलाई बिशेष सम्मान गरिएको थियो । दुवै व्यक्तित्वलाई आ–आफ्नो क्षेत्रबाट नेपाली समाजलाई पुर्याएको  योगदानको कदर गर्दै सम्मान गरिएको थ्रिजी साउण्ड इन्कका अध्यक्ष  गम्बु शेर्पाले बताए । 
सम्मान पश्चात् सञ्चारकर्मी एवं अभिनेता केसीले खुसी व्यक्त गर्दै नेपाली मौलिक कला, भाषा र संस्कृति संरक्षणको लागि बिदेशमा बस्ने नेपालीहरुको योगदान अतुलनिय रहेको जनाए । उद्घोषण, रंगमञ्च र  कलाकारितामा आफ्नो अलग्गै परिचय बनाईसकेका केसीले ईमेज एफएम, च्यानल नेपाल, नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, न्युज २४ टेलिभिजन र रेडियो बिएफबिएसमा काम गरिसकेकाछन् । 
उनले हालसम्म डेड दर्जन नेपाली चलचित्र र त्यत्तिकै संख्याका मेघा टेलिश्रृङ्खलाहरुमा शसक्त अभिनय गरिसकेकाछन् । 



यसैगरी अर्का सम्मानित डिजे तेञ्जिङ्ग नेपालका प्रथम एवं चर्चित डिजे अन्र्तगत पर्दछन् । सन् १९९१ बाट काठमाण्डौंको जोली पपबाट डिजेईङ्ग शूरु गरेका तेञ्जिङ्गले नेपालका बिभिन्न शहरसँगै जर्मनी, कोरिया, फ्रान्स, बेल्जियम, हल्याण्ड, स्पेन, जापान, बेलायत लगायतका दर्जनौं देशमा डिजे कला प्रस्तुत गरिसकेकाछन् । हज्जारौं कार्यक्रममा सहभागी भईसकेका तेञ्जिङ्गले रेश्मा सुनुवार, रोज मोक्तान, माण्डवी त्रिपाठी, मिङ्मा शेर्पा, राजन इशान लगायतका चर्चित गायकहरुको गीत संयोजन गरिसकेकाछन् । 


तस्बिरहरु : आङ्कमी शेर्पा/फोटोहेर डटकम 
 


आइतवार, २०७२ कार्तिक २८ गते ०१:३१ / Sunday, Nov 15, 2015 1:31 am


Share |
प्रतिक्रियाहरु
saraswati lama bhujel , ktm nepal
good job dj group congratulations

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
126.   एनआरएन अमेरिकालाई संस्थागत कामकारवाही नगर्न डिआरसी लामाको निर्देशन
127.   न्युयोर्कमा हेल्प नेपाल कन्सर्ट भव्य रुपमा सम्पन्न
128.   न्युर्याेकमा गम्बु शेर्पाको एकल साँझ सम्पन्न
129.   वेलायतमा गोर्खा कप क्वीन्स गोर्खा सिग्नल्सले चुम्यो
130.   Dromm and Residents Demand Action on Dangerous Work Site
131.   एनआरएन अमेरिकाको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण
132.   डा. कार्कीले भेटे जोन केरी
133.   राहत कोष लिएर नेपाली जनसम्पर्क समिति अमेरिकाको टोली बिहिबार नेपाल जाँदै
134.   महाभूकम्पको चर्कोमा, भयो अलिनो
135.   एनआरएन अमेरिकाको मतगणनास्थलमा सिफारिसवाला बाहेकलाई प्रवेश निषेध
136.   एनआरएन अमेरिकाको मतदान प्रक्रिया सकियो,
137.   Bringing NRN Movement to the Grassroots in the USA
138.   न्युयोर्कको रिज्उडमा शुभकामना साँझ अप्रिल १७ तारिखमा हुँदै
139.   एनआरएन अमेरिकाको मतदान प्रक्रिया १ बजे बाट सुचारु हुदै
140.   निर्वाचन आयुक्तको राजिनामा स्थायी समाधान होइन
141.   आईसिसी अमेरिकाको चुनाव अनिश्चित्कालको लागि स्थगित
142.   न्युयोर्कमा में १० को दिन कोहिनुर प्रर्दशन हुँदै
143.   एनआरएन अमेरिकामा आईसिसी उम्मेद्वारको अन्यौलता कायमै
144.   एनआरएन अमेरिकाको अन्तिम उम्मेद्वार नामावली अप्रिल ६ मा
145.   एनआरएन अमेरिकामा डेड सय भन्दा बढि उम्मेदवार
146.   राष्ट् संघमा प्रधान सेनापति राणा
147.   एनआरएन अमेरिकाको अध्यक्षमा पराजुलीको उम्मेदवारी
148.   सेन्ट्रलपार्कमा ऋषीकेश शाहमाथि छुरा प्रहार
149.   चलचित्र कुसुम न्युयोर्कमा पुनः प्रर्दशन हुने
150.   एनआरएन अमेरिकाको सदस्यता बृहत्तर रुपमा बढाउन क्षेत्रीय उप-संयोजक लामाको आग्रह ।
Results 233: You are at page 6 of 10
First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
भर्खरै

एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् ।

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.