आइतवार, आश्विन ०७ गते, २०७५
Sunday, September 23, 2018
न्युयोर्कमा रेशम फिलीली जुलाई २६ मा

प्रशान एलुङ् राई
जुलाई २१, न्युयोर्क

बैशाख ११ गते प्रर्दशनमा आएर आक्रमक व्यापार गरेको चलचित्र रेशम फिलीली न्युयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र यहि जुलाई २६ तारिख न्युयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुने भएको छ । यसै सम्बन्धी जानकारी दिने उद्देश्यले हिजो न्युयोर्कमा पत्रकार भेटघाटको आयोजना गरिएको थियो । ज्याक्सन हाईट्सस्थित नमस्ते चौतारी रेष्टुरेन्टमा आयोजित पत्रकार भेट कार्यक्रममा चलचित्रका निर्माता एवं अभिनेता विनय श्रेष्ठसँगै न्युयोर्कमा प्रर्दशन जिम्मा लिएका सुनिल घले र  सोनाम ले चलचित्र र प्रर्दशनको विषयमा जानकारी गराएका थिए । 

पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका प्रमुख पात्र विनय श्रेष्ठले चलचित्र राम्रो बनेको र सबै बर्गले रुचाएको बताए । नेपालमा बैशाख १२ गते आएको महाभुकम्पपछि प्रर्दशन स्थगित भएको यस चलचित्रले  हालसम्ममा आफ्नो लगानी सुरक्षित गरिसकेको बताउँदै श्रेष्ठले नेपालमा पुनः भदौंको ११ गतेलाई प्रर्दशनको मिति तोकेको बताए । यससँगै अमेरिकाको बिभिन्न राज्यहरुमा चलचित्र प्रर्दशनको लागि मिति तय भईसकेको समेत उनले बताए । 



पत्रकार भेटघाट कार्यक्रममा न्युयोर्कमा चलचित्र प्रर्दशनको जिम्मा लिएका सुनिल घले र सोनाम गुरुङ्गले चलचित्र रेशम फिलीली उत्कृष्ट र स्तरिय नेपाली चलचित्र बनेको बताउँदै सबै दर्शकलाई एक पल्ट हेर्न आउन अनुरोध गरे । चलचित्रको प्रर्दशन सिके प्रोडक्सन र एसएम र्वाड्रपले ब्यावस्थापन गर्ने भएको छ । बिहानको साढे १० बजे (प्रथम् प्रर्दशन) र दिउँसो १ बजे (दोस्रो) प्रर्दशनको समय राखिएको चलचित्रको टिकट २० अमेरिकी डलर कायम गरिएको छ । 

गाउँबाट शहर पसेको एउटा सोझो युवाको कथामा आधारित चलचित्र रेशम फिलीलीको “जालैमा....”बोलको गीत सर्वाधिक चर्चाको शिखरमा रहेको छ । यस चलचित्रमा काली प्रसाद बाँस्कोटाले संगीत दिएका हुन भने “जालैमा...बोलको गीतमा संगीतकार स्वमय्सँगै सोमी बराईलीले स्वर दिएकीछन् । 



भि मोसन पिक्चर्सको व्यानरमा निर्मित यस चलचित्रमा प्रणब जोशीको लेखन र निर्देशन, बाबु श्रेष्ठको  छायाँकन, सुशिल नेउपानेको सम्पादन रहेको छ । चलचित्रमा विनय श्रेष्ठसँगै मेनुका प्रधान,  कर्मा, कमेश्वर चौरासिया, शिशिर बाङ्देल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 

बम्बईमा चलचित्र सम्बन्धी दुई बर्षको औपचारिक अध्ययनपछि नेपाल फर्किएका विनयले स्वर्गीय आलोक नेम्बाङ निर्देशित सानो संसारबाट अभिनय यात्रा शुरु गरेका हुन् । यससँगै उनले एक दिन एक रात, मेरो लभ स्टोरी, हाईवे, भिजा र्गल लगायतका चलचित्रहरुमा अभिनय गरिसकेकाछन् । 
 


मंगलवार, २०७२ श्रावण ०५ गते २३:३६ / Tuesday, Jul 21, 2015 11:36 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   कलाकार संघको अवार्ड असार १८ मा
2.   न्यूयोर्कमा 'जोडियोस भत्किएका मनहरु'
3.   न्युयोर्कमा जोडियोस् भत्किएका मनहरु
4.   आर्यघाट पुगेको दिन परिपक्क- रेखा थापा
5.   न्युयोर्कमा रेशम फिलीली जुलाई २६ मा
6.   जुलाई २६ तारिख न्युयोर्कमा प्रर्दशन गरिदै
7.   गम्बु शेर्पाको एकल साँझ सम्पन्न
8.   धुर्मुस-सुन्तलीको कार्यक्रम रद्द
9.   कोहिनुर प्रर्दशनबाट उठेको सम्पूर्ण रकम भुकम्प पीडितलाई प्रदान गरिने
10.   न्युयोर्कमा शुभकामना साँझ अप्रिल १७ मा
11.   कमब्याक गर्दै मनिषा
12.   विराटको ब्याट नचल्नुमा अनुश्काकाे दाेष !
13.   मिस मंगोल नेपालको सातौं संस्करण सुरु
14.   कलाकार संघको आयोजनामा पत्रकार भेटघाट
15.   अमेरिकामा चलचित्र चुम्बक निमार्ण हुने
16.   न्युयोर्कमा 'हमजाएगा' को प्रिमियर शो
17.   'दृष्टिकोण' अक्टोबर ४ मा प्रर्दशन
18.   न्युयोर्कमा डा. खाते प्रदर्शन हुने
19.   मेरो हैन नपालको अवार्ड- गरिमा पन्त
20.   गायक राजेश पायल राई अमेरिका आउँदै
21.   बेलायतको केन्टमा बृहत साङ्गीतिक साँझ
22.   अप्रिल २६ तारिख शिरीषको फूल प्रर्दशन
23.   न्यूयोर्कमा लाक्पा शेर्पा म्यूजिकल नाईट
24.   न्युयोर्कमा लाक्पा शेर्पा म्यूजिक नाईट हुँदै
25.   झोलामय भयो 'किफ'
Results 48: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.