सोमवार, श्रावण ०६ गते, २०७६
Monday, July 22, 2019
अमेरिकाबासी ह्योल्मोहरुको संस्थागत एकता

जुन १९, न्यूयोर्क 


विगत लामो समयदेखि अमेरिकी ह्योल्मो समुदामा पुरुषहरुको परम्परागत भेषभूषाको विबादका कारण छुट्टिएर रहेको ह्योल्मो आमा याङ्री किदुग, न्यूयोर्क र ह्योल्मो सोसाईटी अफ अमेरिकाबीच सहमती गरी हालै एक भव्य कार्यक्रमको आयोजना गरी अमेरिकाबासी ह्योल्मोहरुको एकताको घोषणासंगै दुबै संस्था एक भएको छ । 

धेरै पटक विभिन्न चरणमा सहमती जुटाउन बार्ताका प्रयासहरु भए पनि लामो समयसम्मा सफल हुन नसकेको एकताको प्रयस यस पटक भने सफल भएको छ । ८ जुन २०१५ मा  को दिन न्यूयोर्कको ज्याक्सन हाईटस्मा अवस्थित लिटल टिभेट रेष्टुरण्टमा भएको एक चरणको सहमतीलाई अर्को दिन ९ जुन २०१५ मा  को दिन ह्योल्मोका श्रदय धर्मगुरु खेन्पो ङिमा धुन्डुप रिन्पोक्षेज्यूको विशेष पहल र रोहबरमा दुबै संस्थाका प्रतिनिधिहरुबसी सहमतीलाई अन्तिम रुप दिईएको थियो र सो सहमतीकै आधारमा व्गलभ ज्ञद्ध, द्दण्ज्ञछ को दिन न्यूयोर्क राज्यको क्वीन्सको उडसाईडमा अवस्थित सत्यनारायन मन्दिरमा एकताको घोषणा कार्यक्रम आयोजना गरी आधिकारिक रुपमा एकताको घोषाणा गरिएको छ ।



अमेरिकाबासी ह्योल्मोहरुको बाक्लो उपस्थितिमा सम्पन्न उतm कार्यक्रममा ह्योल्मोका धर्मगुरु खेन्पो ङिमा धुन्डुप रिन्पोक्षे, ह्योल्मो साँस्कृतिक केन्द्र व्यवस्थापन ट्रष्टका संयोजक श्री पेमा लामा ह्योल्मो, ह्योल्मो सोसाईटी अफ अमेरिकाका संस्थापक महासचिव एवं यस सोसाईटीको आगामी जुलाई १९, २०१५ मा हुन गईरहेको महाधिवेशनको लागि गठित निर्वाचन समितिका संयोजक श्री निमा लामा ह्योल्मो, ह्योल्मो सोसाईटी अफ अमेरिकाका भूपू अध्यक्ष श्री पेम्बा शेर्पा ह्योल्मो, ह्योल्मो आमा याङरी किदुगका भूपू अध्यक्ष श्री बाबुलाल लामा लगायत दुबै संस्थाका कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको थियो । 



दुई संस्थाहरुबीच भएको सहमती अनुसार ऐतिहासिक पृष्ठभूमिको आधारमा परापूर्वकाल देखि ह्योल्मो जातिको पुरुषको परम्परागत पोशक क्षुबा अर्थात बख्खु लगाई आएको यर्थाता भएता पनि पछिल्लो समयमा ह्योल्मो पुरुषहरुले व्यबहारिक रुपमा दौरासुरुवाल र फोङ्सो पनि लगाई आएको यर्थाता समेत रहेको र विगत लामो समय देखि यही ह्योल्मो पुरुषहरुको पोशककै कारण विवाद भई हाल सम्मा ह्योल्मो आमा याङ्री किदुग न्यूयोर्क र ह्योल्मो सोसाईटी अफ अमेरिकाबीच एकता हुन नसकेकोले दुई समुहबीच एकता कायम गर्न कुनै पनि पोशक प्रयोगमा नल्याउने निणर्य गरिएको छ । कुनै संघसंस्था वा व्यतिmहरुले ह्योल्मो जातिको संस्कृति झल्काउने गरी कुनै साँस्कृतिक प्रदर्शनीहरुमा भाग लिन जानु परेमा विवाद रहित ह्योल्मो महिलाहरुको पोशकलाई नै ह्योल्मो जातिको प्रतिनिधि गराउने पनि निर्णय गरिएको छ । व्यतिmगत रुपमा विवाह, भोज वा कुनै अवशरमा कसैले क्षुबा वा दौरा सुरुवाल वा कुनै समसामयिक पोशक लगाउन चाहन्छ भने त्यसलाई व्यतिmगत स्वातन्त्रताको रुपमा छुट दिने निर्णय गरिएको छ । यी सहमतीहरुको विरुद्धमा लागि कोही कसैले अमेरिकी ह्योल्मो समुदायको अहितमा कार्य गरेमा वा यी सहमतीहरुलाई नमानेमा स्वात संस्थाको सदस्यताबाट निस्कासन गरिने पनि सहमतीमा उल्लेख गरिएको छ । साथै माथी उल्लेखित सहमती एवं निर्णयहरु अमेरिकाबासी ह्योल्मोहरुबीचको एकताको लागि गरिएको हुदाँ यी सहमती तथा निर्णयहरु अमेरिकी ह्योल्मो समुदायमा मात्र लागुहुने पनि सहमतीमा जनाएको छ । 



धर्मगुरु खेन्पो ङिमा धुन्डुप रिन्पोक्षे, ह्योल्मो सोसाईटी अफ अमेरिकाका अध्यक्ष श्री तेम्बा दोङबा ह्योल्मो र ह्योल्मो आमा याङरी किदुगका अध्यक्ष श्री दावा ल्होबा ह्योल्मोद्वरा हस्ताक्षारित सो सहमती पत्रहरु दुई संस्थाका अध्यक्षबीच एक अर्कालाई हस्तान्तरण गरी हात मिलाई एकताको सन्देश प्रवाह गरेको थियो । सहमती पत्रहरु हस्तान्तरण गर्नु पूर्व दुबै अध्यक्षहरुबाट सो सहमतीबारे उपस्थित महानुभावहरुमा जानकारी गराएको थियो । ह्योल्मो आमा याङरी किदुगका अध्यक्ष श्री दावा ल्होबा ह्योल्मोले आफ्नो मन्तव्यको क्रममा अब दुबै संस्थाहरु एक भईसकेपछि ह्योल्मो सोसाईटी अफ अमेरिका नै आम अमेरिकाबासी ह्योल्मोको प्रतिनिधिमूलक संस्था हुने र हाल नेपाल आदिबासी जनजाती महासंघ अमेरिका (FIPNA) र हिमालयन बुद्धिष्ट कम्यूनिटीसंग रहेको ह्योल्मो आमा याङग्री किदुगको आबद्धता पनि नरहने र ह्योल्मो सोसाईटी अफ अमेरिकाले नै सम्पूर्ण ह्योल्मोहरुको प्रतिनिधि गर्ने समेत जानकारी गराउनु भयो । साथै कुनै संघसंस्थाहरुबाट प्रतिनिधित्वको लागि पत्रचारहरु गरेमा पनि ह्योल्मो सोसाईटीमा प्रेसित गर्ने र गर्न आग्राह गर्ने पनि जानकारी गराउनु भयो । आफ्नो मन्तव्यको क्रममा ह्योल्मो सोसाईटी अफ अमेरिकाका अध्यक्ष श्री तेम्बा दोङ्बा ह्योल्मोले दुबै संस्था एक भैसकेपछि अब बन्ने कार्यसमिति र अन्य समितिहरुमा समानुपातिक रुपमा सबैको प्रतिनिधि हुने गरी व्यवस्था मिलाउने र सबैको भावनाको कदर हुने किसिमले काम कारबाही अगाडी बढाउने प्रतिबद्धता व्यतm गरेका थिए । उपस्थित महानुभावहरुबाट सो सहमतीप्रति समर्थन जनाउन हस्ताक्षर गरेर अनुमोदन गरिएको थियो । सोही अवसरमा तार्केघ्याङ गाँउको प्रतिनिधिको रुपमा श्री कुन्साङ ज्याबा ह्योल्मोलाई आसन्न निर्वाचन समितिको सदस्यमा नियुत पनि गरिएको थियो । 

शुभकामना व्यतm गर्ने क्रममा ह्योल्मो आमा याङरी किदुगका भूपू अध्यक्ष श्री बाबुलाल लामाले दुई संस्थाहरुको एकताले आफू साह्रै खुसी भएको र अव सम्पूर्ण ह्योल्मोहरु एक भएर अघि बढ्न सकोस भनि कामना गरेका थिए । यसै क्रममा ह्योल्मो सोसाईटी अफ अमेरिकाका भूपू अध्यक्ष श्री पेम्बा शेर्पा ह्योल्मोले यो एकताको प्रयास धेरै अधि देखि भएको र आफ्नो कार्यकालमा पनि धेरै प्रयास भएको तर आज समय र परिस्थिति सबैले साथ दिदाँ यो सफलता मिलेकोमा धेरै खुसी भएको बताए । ह्योल्मो सोसाईटी अफ अमेरिका अन्तर्गत ह्योल्मो साँस्कृतिक केन्द्र व्यवस्थापन ट्रष्टका संयोजक श्री पेमा लामा ह्योल्मोले दुई संस्थाको एकिकरणले अमेरिकी ह्योल्मो समुदायले परिकल्पना गरेको आफ्नै साँस्कृतिक केन्द्रको स्थापना अब चाडै सफल हुने भएको धारणा व्यत गरेका थिए ।



 निर्वाचन समितिको संयोजकको जिम्मेवारी पाएका सोसाईटीका संस्थापक महासचिब श्री निमा लामा ह्योल्मोले सम्पूर्ण ह्योल्मो महानुभावहरु अब एक भईसकेपछि सबैले आ–आफ्नो तवरबाट जिम्मेवारी बहन  गर्न आग्राह गर्र्दै आउदो महाधिवेशनमा सबैले भाग लिई हाम्रो समाजलाई कसरी हुन्छ अघि बढाउने भन्नेमा चिन्तनशील हुन पनि आग्राह गरेका थिए । कार्यक्रमको समापन गर्दै धर्मगुरु खेन्पो ङिमा धुन्डुप रिन्पोक्षेले दुबै संस्थाका पदाधिकारीहरु र सदस्यहरुको एक हुने असिम चाहानाको प्रतिफल स्वरुप यो एकता सम्भव भएको बताउदै यो एकताको सहमतीलाई कालन्तर सम्मा सफल राख्न सबैले आ–आफ्नो तवरबाट आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताउनु भयो । अमेरिकी ह्योल्मो समुदायको एकता हुने जानकारी प्राप्त भएपछि खुशी व्यतm गर्न उपस्थित हुनु भएका हिमालयन बुद्धिष्ट कम्यूनिटीका संयोजक श्री तेन्जिङ उक्याप र मुस्ताङ किदुक अमेरिकाका उपाध्यक्ष श्री राजकुमार विष्टले पनि एकताको सफलताको लागि बधाई एवं शुभकामना व्यतm गरेका थिए । कार्यक्रममा अर्को चरणमा धर्म गुरु खेन्पो ङिमा धुन्डुप रिन्पोक्षेबाट देमेन ठि सम्बन्धी धार्मिक प्रवचन दिनु भएको थियो।




शब्द/तस्बिर : तेम्बा दोंग्बा  ह्योल्मो 


शनिवार, २०७२ असार ०४ गते ००:४५ / Saturday, Jun 20, 2015 12:45 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
26.   किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु
27.   में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)
28.   न्यूयोर्कमा साइली नाईटको तयारी पूरा
29.   न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक
30.   उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा
31.   में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै
32.   न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै
33.   गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक
34.   सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन
35.   अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग
36.   न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न
37.   न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)
38.   अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी
39.   जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै
40.   न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न
41.   एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान
42.   मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम
43.   पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’
44.   नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क
45.   नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान
46.   नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न
47.   बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन
48.   न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न
49.   नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली
50.   सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम
Results 233: You are at page 2 of 10
First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
भर्खरै

एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् ।

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.