विहिवार, आश्विन ०४ गते, २०७५
Thursday, September 20, 2018
समय सन्दर्भ : छ कोहि ?
-प्रशान एलुङ् राई

'छ कोहि ...?"

प्रशान एलुङ् राई
meetprashan@gmail.com

बुढापाकाको उखान जस्तै बैशाख १२ गते बाजा बजाएर आएन महाभुकम्प । मध्येदिनमा विनास लिएर आयो र सोहोर्यो शहर । बढार्यो बस्ती । त्यो प्रलय भोगेर बाँच्नेहरु अझै अचेत छन् । कठै ति मरेर जानेहरुका पार्थिव शरिरले न एक अञ्जुली माटो पाए न एक मुठ्ठी पानी नै । 

अनि त प्रवासमा बसेर पनि भन्न मन लाग्छ “यता हामीलाई पनि धेरै दुख्यो, सबै खुब रायौं ।” दुखीरहेछौं र रोइरहेछौं । यो सुरक्षित शहरमा हामी पनि कहाँ शान्तिले सास फेरेका छौं र ? थर्थरी काँपीरहेछ शरिरहरु । छाती निस्साएि फुट्ला  जस्तै गर्छ । सामुन्ने बाध्यताको अग्लो पहाड उभिएको छ, त्यहि पहाडले छेकेको छ ढल्दै गरेको हिमालहरु । फुल्दै गरेका गुँरासहरु... । 

“हामी यता बस्न सकेनौं, आमाको घर जाँदैछौं ।”
आजै बिहान पंक्तिकारको टेलिफोनमा अवरुद्ध गलाबाट निस्किएको महिला आवाज थियो यो । अवाक् जस्तै म, जवाफमा केहि शब्द निस्केन । केहिबेरमा दुधे बालकलाई काखी च्याँपेर शहरको घरमा ताला लगाएर हिडिछन् उनी गाउँतिरै । कलंकी पुगेपछि फेरी फोन आयो र बोलि-–“हामी त हिड्यो है..।” 

पृष्ठभूमीमा बा...पा..पाप्...भन्दै नाबालक छोरो बोल्न प्रयासरत  थियो । मैले लाख काटे, उसले पनि खोज्दैछ बाबुको प्यार, स्नेह र सुरक्षित काख ।

म भने मौनताभित्र बाबु हुनुको कर्तव्य खोजे, र सोधी रहे आफैलाई परिवार हुनुको जिम्मेवारी र घर हुनुको उत्तरदायित्व–“लभ यु बेबी” भन्नु मात्रै हो र ?
 
यो त एउटा प्रतिनिधी पात्र र घटना मात्रै हो । यस्ता संयोगहरु तपाई मेरा प्रिय पाठकहरु मध्ये कैयौंका होलान् । अझ यो भन्दा गम्भिर दुर्घटना र बियोग लिएर आएको महाभुकम्पमा मेरा देशका हज्जारौं जनता राज्यबिहिन जस्तैछन् । देश बिनाको सरकार जस्तै छ । नागरिकप्रति बेवास्ता गर्ने सरकार भन्दा परदेश गएको काखे बालककै बाबु बेस् ।
एक मनले यसो पनि सोच्छु ।

मेरो देशको सरकार आफ्नो लाचारी स्विकार्दैन, न त कमजोरी नै । जनता भोकभोकै सडक, पेटी र चौरहरुमा बस्न बाध्यछन् । र बाध्यछन् व्यापारीको कालो बजारी र राज्यको असहिष्णुता सहन गरेर बस्न । यो प्रलयमा गरिब, निमुखा र सर्वसाधरणकै त घर, डेरा र पसल भत्कियो । तिनैका सपनाहरु त ढल्यो । धनी र उपल्लो दर्जाकाहरुको त टोलैपिच्छे भुकम्प प्रतिरोधक महल चर्केको मात्रै होलान् । भोली सरकारले उर्दी गर्छ, लौ-“भुकम्प पीडितलाई राहत दिने भो ।” विचरा निरिह जनता राहतले चाउ चाउ किनोस कि पानी । हेरी रहन्छ ठुला ठालुका चर्केका घरहरु पुर्ननिमार्ण भएर टिलिक्क टल्केको । उफ, उसले कहिले उठाउँला उसको ढलेको कटेरो ? के ले टाल्दो होला उसको भित्ता ? कसरी पो केलाउँदो हो पोखिएका सपनाहरु ?
दाजै ! निर्धाे हुनु पनि श्राप नै हुँदो रहेछ ।

सिद्दान्तमा अरु त धनी बर्गकै पार्टी भए रे लौं, गरिब जनताका पार्टी बनेर बर्ग संघर्ष गरेको माओवादी के हेरी बसेको छ ? सत्तापक्षलाई निकम्माको सरकार ठान्ने माओवादी प्रतिपक्षमा बसेर के हेरीरहेछ ? नेपालको प्रजातान्त्रिक इतिहासमा यो भन्दा लाछी र कमजोर प्रतिपक्ष के तपाईले देख्नु भएको छ पाठकबृन्द ?

सरकारका एकदुई मन्त्रीहरु कुनै निजी टेलिभिजनमा पालैपालो आबेश पोख्नमा व्यस्त देखिन्छन् । निर्लज्ज मन्त्रीहरु अन्र्तवार्ताकारको एकोहोरो हेपाई र पेलाईमा घरी साम्मे हुन्छन् त घरी हाईटेम्परमा देखिन्छन् । प्रधानमन्त्रीको जिब्रो मात्रै होइन बिचार, भावना र नीति नै स्पष्ट छैन । अब भोका, नाङ्गा र पीडित जनता उठेर बालुवाटार, सिंहदरबार र बानेश्वर घेर्न गए भने धान्ला त तिनका सुरक्षा निकायले ? यसै त दिनदहाडै मन्त्री खेदिन थालेको यो संक्रमणकालमा जनताका प्रतिनिधी भनाउँदा सभासद र मन्त्रीहरु कि त जनताका घरदैलोमा जाऊन् । कि त जनतासँगै सडकमा फाटेको पालमुनी आऊन् ।

प्रसंगबस हिजै मात्र पंक्तिकारसँग न्युयोर्कको ज्याक्सन हाईट्समा अवस्थित एक रेष्टुरेन्टमा पुर्वमन्त्री अर्जुन नरसिंह केसी बडेमानको खाईलाग्दो भुँडी मसार्दै शौचालय खोज्दै हिडेको भेटिए । म जस्ता अपरिचित धेरैले नमस्कार गरे तर मेरा यी लुला जोडा हात भएर उठेनन् । बरु मुठ्ठी कसी रहे । केहिले हतार हतार तस्बिर खिँचे । सोध्नु र भन्नु मन थियो :

- नेताज्यु, तपाईको गृहजिल्ला नुवाकोटमा मलामी जानु पर्दैन ? 
- यत्तिबेला जनता र तपाईको मर्म कस्तो ठ्याक्कै मिलेको ? तपाई यताको पचिनसक्नु मेचमान खाएर शौचालय खोज्दै हुनुहुन्छ, उता जनताको पेट दुषित पानी र भोकले सडक किनारमा शौचालय खोज्दैछन । 
तर अल्पमत जो म दरिए । बेकारमा मै पो एक्लो तनावमा परेको रहेछु । पुर्वमन्त्रिको स्वागतमा हस्याँङ्फस्याङ गर्दै गरेको लस्कर भेट्दा पो झस्किए म ।

यो राष्ट्रिय संकटमा ख्वै कहाँ छन् पार्टी पिच्छेका युवा संगठनहरु ? कहाँ होलान् राजनीतिक सभा सम्मेलनमा सडक भरी उर्लिने जनलहर ? खै कहाँ-कहाँ छन् गगन, महेश, योगेशहरु  ? 

केहि गर्न नसके पनि बिभिन्न व्यक्ति, संघसंस्था र दातृसंस्थाले पठाएको डलरमा कोइराला, ओली र दाहालहरुले गिद्देदृष्टि लगाए मात्रै पनि कोहि त आऔं गोठालो गर्न । पार्टी, जनजाति, समाजसेवी, अधिकारकर्मी, वकिल, शिक्षक, चिकित्सक,  कलाकार, पत्रकार समाजका सप्पै सप्पै अंग आऔं ।

कोहि छ ? यो संकटको एउटै मोर्चामा देश बनाउँदै खबरदारी गर्ने, छ कोहि ?
 


शुक्रवार, २०७२ बैशाख १७ गते ००:४५ / Friday, May 01, 2015 12:45 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समय सन्दर्भ
1.   समय सन्दर्भ : आऊ मिलाऔं हाम्रा हातहरु
2.   यस कारण ईन्स्योरेन्स “आतंक”
3.   समय सन्दर्भ : नेहालाई न्याय
4.   समय सन्दर्भ : छ कोहि ?
5.   समय सन्दर्भ – “छ हिम्मत ?”
6.   सक्छौं त पहाड थाम्न ?
7.   झुम्लावाङ्गमा 'नजर'
8.   'हुस्' ! विमला
9.   देश र दशैं
10.   ऊ...तुलसी घिमिरे
11.   तेरिया तरङ्ग
12.   छड्के : हामीलाई घट्दो क्यामेरा मोह
13.   समय सन्दर्भ : खस्रा खरेल
14.   एनआरएन–नेतृत्व
15.   शोकाकुल सगरमाथा
16.   नयाँ बर्ष
17.   कीतिमार्नी क्रिकेटर
18.   गौरीलाई : यता बाई-उता हाई
19.   ...उता दिलशोभा दुख्दा
20.   सारंगी रुदैछ....
21.   डाक्टर साप, ऊ मर्न लागेको छ
22.   “फुल टाइमर जोर्नालिष्ट”
23.   "दिल्ली दौडाह"
24.   "वेम्बलीमा नेपथ्य"
25.   राहतमा राजनीति
Results 37: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.