शनिवार, मंसिर ०९ गते, २०७४
Saturday, November 25, 2017
गुडबाइ काडमाण्डू
हात कपाउँदै भने मैले

डा. प्रदीप भट्टराई
 
forth.state@gmail.com


गुडबाइ काडमाण्डू । नुमाफु फेमका निर्देशक नवीन सुब्बाको निर्माणाधीन चलचित्रको शीर्षक हो यो । धेरै भयो उनले यो नामको चलचित्र निर्माण गर्न थालेको पनि । लामो समय लिएकै कारणले हुनसक्छधेरैले त यो नामको चलचित्र निर्माण हुँदैछ भन्ने पनि बिर्सिसके । अझ कतिले त नवीन सुब्बा नामको चलचित्रकर्मी नै थियो भन्ने पनि बिर्सी सके । भौतिक रुपमा त हरेकको आयु हुन्छ नैतर सामाजिक रुपमा बाँच्न समाजको कुनै न कुनै तप्का या वर्गसँग निरन्तर सम्वाद गरिरहनुपर्छ । नत्रनौ दिनमा नौलो अनि बीस दिनमा बिस्र्यो हुने यो मुलुकमा आफूलाई त्यो रुपमा बचाइ राख्न गाह्रो मात्र हैनअसम्भव नै हुन्छ । नवीन मात्र यसमा कहाँ अपवाद हुन सक्थ्यो र 

नवीनले गुडबाइ काठमाण्डू समयमै पूरा नगरेर विस्मृतिमा लगे पनि त्यसयता गुडबाइ काठमाण्डूको लोकप्रियताको ग्राफ भने चढेको चढै छ । खासगरी ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालका भित्ताहरुमा यो हाउसफूल छ । यसको बक्स अफिस तेजीमा छ ।  किनकियसका लागि अढाइ तीन घण्टाको शो हैनहरेक मिनेट या घण्टाको शो नै पर्याप्त छ । सिल्भर जुब्लीगोल्डेन जुब्लीडायमण्ड र प्लाटिनम जुब्लीजस्ता फिल्मी मात्र हैनयसले त्योभन्दा माथिका अनेक जुब्लीका कीर्तिमान नै पार गरिसक्यो ।  जनसंख्याको वृद्धिदर दुईभन्दा उकालो नलाग्नेअमेरिकाक्यानाडा,अष्ट्ेलियाजापान र युरोपेली मुलुकको भिसा सहज हुने र खाडी मुलुक पठाउने दलालको फन्दा मात्र पनि अलि सजिलो गरी कसिने हो भने गुडबाइ काठमाण्डू भाइरल नै हुन्थ्यो । हुन त यो गुडबाइ नेपाल हो तर मुलुकमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले गुडबाइ नेपाल हुन नपाएर गुडबाइ काठमाण्डूमै सीमित छ ।


 

हिड्ने बेलामा उत्साहका साथ गुडबाइ काठमाण्डू भन्दै हल्लिने हात जहाजमा चढ्न थाल्दा लत्याकलुतुक भएर गलिसकेका हुन्छन् । अनुहारमा चढेको जोशको पारो उत्रिसकेको हुन्छ । अनि भेटेका जो कोहीको मुखबाट पनि एउटै कुरा सुनिन्छदेश राम्रो भएको भए कसलाई पो जान मन हुन्थ्यो र आफ्नो जन्मभूमी छोडेर । विमानमा सँगैको सिटमा बसेका मान्छेको त पुरै जीवनकहानी नै सुन्न पाइन्छसिलेक्टिव रियालिटीको मानक लगाउने भने एउटा गजबको चलचित्रको कथाजस्तै । खाडी मुलुक या हंगकंगको टन्जिटसम्म पुग्दा यो कथ्य चलचित्र नै बन्छ भन्दा पनि फरक पर्दैन । शायद यसैले त भनिएको होलाकथा बिनाको मान्छे को हुन्छ र फरक यति हो कसैले भन्छकसैले भन्दैन । कसैको कथामा क्लाइमेक्स हुन्छकसैकोमा हुँदैन ।

 


पछिल्लो यात्रामा एउटा यस्तै गतिलो कथाको पात्र भेटियो । संजोगले सँगैको सिटमा परको उसको कथा कुनै चलचित्रको कथाभन्दा कम थिएन । यहाँ कहाँका लागि उड्दै हुनुहुन्छ मेरो पहिलो प्रश्नको उत्तरमा उसले दबेको स्वरमा भन्योअमेरिका । सामान्यतः अमेरिका उड्दै गरेका मान्छेको जहाजमै पनि शान हुन्छ । ऊ कुनै न कुनै बहानामा अमेरिका जान लागेको कुरा ठूलो ठूलो स्वरमा सुनाउँछ । तर अपवाद थियो ऊ,  साउदी अरब जान लागेको भन्दा पनि सानो स्वरमा भनिरहेको थियो । मैले दुई पटक  सोधेपछि मात्र ठम्याएऊ अमेरिका त्यो पनि न्युयोर्क जान लागको रहेछ ।

अमेरिका जान लागेको मानिसको त्यो माइल टोनले मलाई उसको कथामा सिलेक्टिव रियालिटी हुनसक्छ जस्तो लाग्यो । मैले उसलाई कर गरेर आफ्नो बारेमा बताइ दिन भनेपछि ऊ नोस्टल्जिक हुँदै खुल्न थाल्यो । टन्समा भएको त्यो मान्छे एकाएक फ्लासब्याकमा पुगेर आफ्ना कथा सुनाउन तयार भयो ।


तीस वर्ष नाघ्योनेपालको राजधानी काठमाडौं छिरेको । त्यतिबेला पूर्वी पहाडी जिल्लाबाट प्रथम श्रेणीमा एसएलसी पास गरेको १६ वर्षे केटो थिएँ म । उसले यसो भन्ने बित्तिकै म पनि नोस्टल्जिक भएँ । आइरन गेट मानिने त्यतिबेलाको एसएलसी । त्यो पनि पहाडी जिल्लाबाट प्रथम श्रेणीमा पास गरेको भन्ने वित्तिकै मेरो मनमा ऊप्रति ठूलो श्रद्धा पलायो । मनमनै भनँे पनियो मान्छेसँग सुन्न लायक कथा छ ।

चलचित्रमा एक्सनमात्र भएर पुग्दैनरियक्सन पनि चाहिन्छ । ऊ चलचित्रको नायकझैं एक्सनमा कथा सुनाउँदै थियो । म पनि उसको एक्सनलाई जीवन्त पार्न सहायक कलाकारझैं रियक्सन दिदै गएँ । ११ दिन लगाएर काठमाण्डू आइपुगें । आइपुग्दा गोजीमा एक सय असी रुपैयाँ बाँकी थियो । त्यसपछि काठमाण्डूमा संघर्षका दिन सुरु भएछन् । ठेलासम्म ठेलेर उसले आफ्नो राजनीति र शिक्षालाई अगाडि बढाएछ । यस क्रममा केही दिन भोकै बस्नुखाना खाने बेलामा साथीकोमा जानु र खान दिए खानुनत्र नमिठो बचन खाएर फर्कनु,बसभाडा तिर्न नसकेर भाग्दा खलासीको थप्पड खानुघरभाडा तिर्न नसकेर घरबेटी सुतेपछि झ्यालबाट भित्र पस्नु र उनीहरु उठ्नु अघि नै झ्यालबाट निस्कनु । यी त सामान्य घटना रहेछन् उसका । चलचित्रका पन्चझै लाग्ने यी सिलसिलेवार घटनाका क्रममा उसले एउटा यस्तो कथा पनि जोड्योझ्यालबाट पस्दै दुई महिना गुजार्दा पनि उसले भाडा तिर्न सकेन । त्यसपछि ऊ त्यो घर मात्र छोडने,  त्यो बाटो नै हिड्न छोड्यो । दुई वर्षपछि ऊ भाडा लिएर घरबेटीको घरमा गयो । उसको हातमा एउटा लठ्ठी पनि थियो । पहिला त लठ्ठी देखेर घरबेटी डरायो । तरऊ पुग्ने बितिकै त्यो लठ्ठी घरबेटीको हातमा थमायो र ऊ आफैलाई पिट्न आग्रह गर्यो । उसले भाडा तिर्न नसकेर झ्यालबाट राती छिरेको कथा सुनाउँदै भाडा बुझायो । भावुक भएर घरबेटीले भाडा नलिइ अबदेखि छोरो भएको घोषणा गर्यो । उसको यो कथा कुनै पनि सेन्टिमेन्टल चलचित्रको भावुक दृश्यभन्दा कम लागेन मलाई ।

त्यसपछि उसले आफ्ना संघर्ष र उपलव्धीको दौर फास्ट कटमा चलचित्रको मुन्टाजजस्तै छिटो छिटो सुनायो । यसबीचमा उसले पाँच विषयमा मास्टर गरेछ । विद्यावारिधि गरेछ । ५५ जागीर खाएछ । राजनीति छोडेछ । अन्तिममा केही सीप नलागेर सानो छोरो र श्रीमतीको बिदाइको आसु पन्छाउँदै गुडबाइ काठमाण्डू भन्दै जहाजमा चढेको रहेछ ऊ ।

यतिकैमा क्याविन क्रु खाजा लिएर आयो । ठीक चलचित्रको हाफ टाइमजस्तैहामी पनि भारी मन 

त्यसपछि ऊ टन्समा आउँछ र अमेरिका उड्नुको कारण बताउँन सुरु गर्छ । कथाले मागेको भन्नुपर्छउसले टन्स हैनफेरि पनि फ्लासब्याककै सहारा लिनुपर्ने भयो । उसको जात उपाध्यायउमेर ५० वर्षलिंग पुरुष,योग्यता विद्यावारिधिअनुभव ५४ जागीर । अनिविशेषता गैरराजनीतिक एक सर्वसाधारण मान्छे । वरदान हैनअभिषाप ठहरिएका यी विशेषता उसले फास्टकटमा सिलेसिलेवार सुनायो । कतिपय घटना चोक आउने खालका थिए भने कति ताली बज्ने खालका त कति आँसु झर्ने खालका । साँच्चै भन्ने हो भने चलचित्रका जस्तै । 

अन्त्यमा उसले चलचित्रमा जस्तैकेही प्रश्न गर्यो । बाहुन हुनुपुरुष हुनु के यो मेरो दोष हो के मैले मेरो जात र लिंग कँही कतै आवेदन दिएर लिएको हो हैन भने मेरो आफ्नो कारणले नपाएको यो जात र लिंगका लागि मैले किन सजाय पाउने यो त जातीय र लैगिक विभेद भयो के हामीले नेपाल यस्तै बनाउन खोजेको एकपछि अर्को गरेर तेर्सिएका उसका यी प्रश्न तिखा झिर जस्तै थिए । 

उसले आफ्नो योग्यता बढी भएर दुःख पाएका केही पन्चहरु सुनायो । राजनीति छोड्नु पर्नाको कारण पनि सुनायो । उसले यस क्रममा उदाहरण दिदै भन्योअहिले मुलुकमा कुनै विचारको भएर हुँदैनकुनै दलको भएर हुँदैन । कुनै गुटकोकुनै नेताको कुनै नाताकोकुनै दलालकोकुनै सिन्डिकेट या नेटवर्कको मान्छे हुनुपर्छ । अनि मात्र बाँच्न सकिन्छ त्यसपछि उसले क्लाइमेक्स जस्तो प्रश्न गर्योयस्तो अवस्थामा के गर्ने आफ्नै मुलुकमा दोस्रो दर्जाको नागरिक भएर बाँच्ने या मुलुक छोड्ने उसले दोस्रो विकल्प रोजेको रहेछ ।


जहाज दोहामा अवतरण गरिसकेको थियो । ऊ चलचित्रको नायकजस्तो मलाई केही नभनी सरसर्ती आफ्नो बाटो लाग्यो । मैले उसको नाम सोधें । उसले पछाडि पनि नफर्की भन्योभूतपूर्व नेपाली ।

ऊ न्युयोर्क जाँदै थियोम फिलाडेल्फिया । त्यसपछिको ट्रान्जिट र जहाजमा मात्र हैनअहिलेसम्म पनि ऊ मेरो दिमाखबाट उत्रन सकेको छैन । आफ्नो नाम नै भूतपूर्व नेपाली भन्ने उसको कथाले म वर्तमान नेपालीको टाउको  घनले भन्दा पनि बेस्सरी ठोकिरहेको छ । त्योभन्दा पनि बढी उसले मलाई क्रसरोडमा ल्याएर छोडिदिएको छम चाँहि के भूतपूर्व नेपाली या वर्तमान नेपाली ।


यता न्युयोर्कमा आयोजित प्रवासी देशप्रेम साहित्यिक साँझमा प्रवासी नेपाली कवि कवयत्रीहरु भने मुटुमा भावनाको हड्सन बगाएर वाग्मतीका लागि नोस्टल्जिक हुँदैथिएविदेशमा आएपछि थाहा भो राष्ट्यिता । शायदउनीहरुको गोजीमा नीलो पत्ता या अमेरिकन नागरिकता थियो । शायदकेही दिन अघि मात्र दोहोरो नागरिकता हुन्न भन्ने एक नेपाली मन्त्रीलाई न्युयोर्कमा बहिस्कार गर्नेमध्येकै थिए उनीहरु । फिलाडेल्फिया हुँदै न्युयोर्क पुगेको मैलेदोहाबाट सिधै न्युयोर्क लागेको भूतपूर्व नेपालीलाई त्यही कार्यक्रमको स्रोता दीर्घामा बसेर मज्जाले हाँसिरहेको अवस्थामा देखें ।

मनै त होमनको कुनै कुनामा यस्तो लाग्योमेरो साथी नवीनले यही कथा भनेको भए शायद हिट हुन्थ्यो होलागुडबाइ काठमाण्डू ।


म्यानहटनन्युयोर्क ।


बुधवार, २०७२ बैशाख १६ गते २२:४३ / Wednesday, Apr 29, 2015 10:43 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

1.   नयाँ शक्तिकी रोल नम्बर २४०
2.   ‘सफ्ट-सेल’ नेपालीका ‘हार्ड-सेल’ कुरा
3.   नाइन इलेवेन : हामी कहिल्यै भुल्दैनौं
4.   टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?
5.   गुडबाइ काडमाण्डू
6.   एनआरएन एनसीसी चुनाव :
7.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
8.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
9.   गुडबाइ काडमाण्डू
10.   भो अति भो, कति दोष दिनु सतीलाई ?
11.   तीतो सत्य, भाइरल र मोदी म्युट
12.   सिन्डिकेट संसार
13.   मोदीको मोफसल भ्रमण
14.   कस्मेटिक क्याटमाण्डू
15.   कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?
16.   अति भो, कति बन्नु
17.   मुखमा तीन 'स'- बगलीमा-'म'
18.   कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
19.   यो कस्तो न्याय ?
20.   तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ
21.   डटकम भाइरल
22.   पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
23.   अजव-गजवको नेपाल
24.   मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
25.   राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
Results 43: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.