आइतवार, मंसिर २२ गते, २०७६ Sunday, December 08, 2019
महाभूकम्पको चर्कोमा, भयो अलिनो
एनआरएन अमेरिकाको चुनावी परिणाम
प्रदीप भट्टराई न्युयाेर्क, २८ अप्रिल, २०१५ ।
मातृभूमी नेपालमा गएको महाभूकम्पको झड्काले यता अमेरिका प्रवासमा रहेका नेपालीहरुको संस्था एनआरएन एनसीसी अफ युएसएको चुनावी परिणाम छायाँमा पर्यो । ठूलो तामझाम र भाइरलका साथ सम्पन्न चुनावको परिणामपछि अहिले जे जस्तो परिदृश्य देखिएको छ त्यसले जित्नेहरुको खुशी खल्लो भएको छ भने हार्नेहरुलाई राहत मिलेको छ । आमसञ्चारमा यस्ता घटनाहरु अनेक पटक भएका छन् जसबाट समाचारहरु छायाँमा परेर या पारेर स्याटलाइट न्युजको कित्तामा पुग्छन् । ठूला माछाले साना माछालाई खान्छ भनेझैं आमसञ्चारको संसारमा पनि ठूला समाचारले साना समाचारलाई खाइदिदा यस्तो हुने गर्छ । समयक्रममा एनआरएन एनसीसी अफ युएसएको चुनावी परिणाम पनि यस्तै एउटा स्याटलाइट न्युज बन्न पुगेको छ ।
नेपाली समाजमा एउटा बहुचर्चित भनाइ छ, ठूलो माछाले सानो माछालाई खान्छ । यो भनाइ मात्र हैन, यथार्थ पनि हो । शान्त र निदोर्ष प्रकृतिको माछाको आहार चक्रलाई हेर्दा यो भनाइ हुबहु लागू हुन्छ । अर्थात्, ठूलो माछाले सानो माछालाई नै खाइदिन्छ । यसलाई विकासवादी वैज्ञानिक चाल्र्स डार्विनले सर्भाइवल अफ द फिटेस्ट सिद्धान्त प्रतिपादन गरेर बाँच्नका लागि संघर्षको नयाँ आयाम प्रस्तुत गरिदिएका छन् ।
आमसञ्चारको संसारमा पनि यो भनाइ उतिकै लागू हुन्छ । अर्थात्, ठूला समाचारका अगाडि साना समाचारहरु दब्छन् या किनारा लाग्छन् । यस्ता दबिएका समाचारलाई आमसंचारमा स्याटलाइट न्युज भन्ने चलन छ । कहिलेकाही स्वभाविक रुपमा ठूला समाचार आएर साना समाचारहरु स्याटलाइट न्युज बन्छन् भने कहिलेकाँही मिडियाले आफ्नो इच्छको अर्को समाचारलाई प्रमुख बनाइ दिएर पहिलो समाचारलाई जबर्वस्ती किनारा पनि लगाइदिन्छ । अझ कहिलेकाँही त त्यस्ता समाचारलाई ब्ल्याकआउट नै गरेर मिडियाले स्टोनवालिंगको बदला पनि लिने गर्छ । आमसञ्चारमा समाचार नै सम्प्रेषण नगर्नुलाई ब्ल्याक आउट र कहिलेकाँही समाचार स्रोतले सञ्चार माध्यमलाई नजरअन्दाज गर्ने कुुरालाई स्टोनवालिंग भनिन्छ । आमसञ्चारमा ब्ल्याकआउट र स्टोनवालिंगलाई जस्तालाई तस्तै भनिन्छ । यस्तो काम सामान्यतः सञ्चार माध्यमले नियोजित तवरले एजेन्डा सेटिंगअन्तर्गत नै गर्ने गर्छ ।
आमसञ्चारको संसारमा ब्ल्याकआउट, स्टोनवालिंग र एजेन्डा सेटिंगका लाखौं साना ठूला उदाहरण पाइन्छन् । यस्तै एउटा उदाहरण बनेको छ, एनआरएन एनसीसी अफ यूएसएको निर्वाचन । ठूलो तामझाम र भाइरलका साथ सम्पन्न चुनावको परिणाम भने छायाँमा पर्यो । अर्थात्, यो चुनावको परिणाम सँगसँगै नेपालमा विनाशकारी महाभूकम्पले आफ्नो ताण्डव देखायो । आफ्नो मातृभूमीमा आइपरेको विपतले सिर्जना गरेको दुःखको भीमकाय समाचारका अगाडि प्रवासमा सम्पन्न निर्वाचनको परिणाम पूर्णतः छायाँमा पर्यो । र, यो एउटा स्याटलाइट न्युजको अर्को ठीकैको उदाहरण बन्न पुग्यो ।
एनआरएन एनसीसी अफ युएसएको चुनावमा कसले जित्यो भन्ने सम्मको हार्ड न्युजले त ठाउँ पायोे तर पर्दा पछाडिको समाचारका लागि विश्लेषण गर्ने खालका सफ्ट न्युजका लागि कुनै ठाउँ नै रहेन । यसले गर्दा जित्नेहरुको खुशी खल्लो भयो भने हार्नेहरुलाई सान्तवना मिल्यो । यो सँगै अरु प्रश्नहरु पनि थाती रहे । जस्तो कि, आइसीसी सदस्यका लागि स्थगित गरिएको चुनावको झ्याउलो आफैं छायाँमा परेर यसबाट निर्वाचन आयोगलाई राहत मिल्यो । चुनाव आचारसंहिता लागू भैसकेपछि पनि त्यसको अवज्ञा गर्दै सञ्चारमाध्यममा विज्ञापन दिने उम्मेद्वार र विज्ञापन निकाल्ने मिडियाको सम्भावित टाउको दुखाइ पनि उत्रियो । चुनावको परिणामलाई लिएर एकले अर्कालाई गर्ने भद्दा गाली र आक्षेपको ठाउँ रहेन । यसबाट राहत पाउनेमा नेपाली कांग्रेस र एमालेका लागि अमेरिकामा राजनिित गर्ने भातृसंगठनका नेताहरुलाई हाइसञ्चो भयो । एनआरएन एनसीसी अफ युएसएमा आदिवासी जनजातिको उपस्थिति लगभग शुन्य हुँदा पनि अमेरिकामा रहेका आदिवासी जनजातिका नेताहरुले जवाफ दिनु परेन ।
हुन त यो अहिलेका लागि थाति राखिएको विषय पनि हुनसक्छ । र, महाभूकम्पको प्रभाव कम भएपछि सपथग्रहण र कार्यभार सम्हाल्ने बेलामा यसले फेरि टाउको उठाउन सक्छ । यद्यपि, अहिले तावा तातेको बेला त्यसको जे जस्तो प्रभाव हुन्थ्यो, सेलाए पछि त्यही मानकमा तताउन भने गाह्रो मात्र हैन, लगभग असम्भव नै हुन्छ । यद्यपि, चुनावको परिणामलाई लिएर यथासमय र यथास्थानमा त्यसको गम्भीर विचार विमर्श हुन्छ र हुन पनि जरुरी छ ।
सरसर्ती हेर्दा परिणामले के देखाइदियो भने हाम्रोमा चुनाव भन्ने वित्तिकै राजनीति हो र नेपाली राजनीतिमा अझै पनि इस्युभन्दा इजमकै बोलवाला छ । एनआरएन एनसीसी अफ युएसए जतिसुकै गैरराजनीतिक संस्था भने पनि यसमा संलग्न व्यक्तिहरुको राजनीतिक आस्था र त्यसको भद्दा प्रदर्शनले यो सारमा गैरराजनिितक संस्था रहेन र हुने कुरा पनि थिएन । यसको माउ संस्था एनआरएन आइसीसीकै चुनावमा पनि अन्तिम बेलामा राजनीतिक जोडघटाउ हुने गरेको जगजाहेर नै छ । हो, यस्ता संस्थाहरु गैरराजनिितक चरित्रका हुन् भन्ने हामीमध्ये कतिको प्रिय चाहना हुन सक्छ । तर, सबै प्रिय चाहना पूरा हुन्छन् नै भन्ने केही हुदैन ।
चुनावमा जति नै गैरराजनीतिक र व्यक्तिगत प्रतिप्रस्र्धा भने पनि यसमा राजनिितक जोडघटाउ थियो नै । त्यसमा पनि अहिले विजयी डा. केशव पाैडेलकाे त लगभग प्यानल नै थियो । अहिले विजयीहरुको नामावली हेर्दा सबै त्यही प्यानलकै विजयी भएको अवस्था हो । नेपाली कांग्रेसको संस्थापन नजिक रहेको यो प्यानललाई केही समयअघि टेक्सासमा सम्पन्न नेपाली जनसम्पर्क समितिको चुनावमा पराजित पक्षले बोकेको थियो । यता, जनसम्पर्कको संस्थापन पक्षले कसैप्रति इन्डोर्समेन्ट नगर्ने घोषित नीति लिए पनि यसका अधिकांश हर्ताकर्ताहरु नगेन्द्र पौडेलको पक्षमा थिए । यसरी हेर्दा यो चुनाव कांग्रेस समर्थित र वागी कांग्रेस समर्थित थियो । र, टेक्सास अधिवेसनमा भएको हारको वदला लिदै जनसम्पर्क समितिको अल्पमत पक्षधरले बाजी मारेको स्थिति जस्तो देखिएको छ । तथ्यसहितको यस सत्यले के उजागर गर्छ भने अमेरिकामा नेपाली कांग्रेस समर्थित एनआरएनकै बोलवाला छ । त्यसपछि दोस्रो नम्वरमा एमाले समथृकहरु रहेका छन् । यस निर्वाचनमा पनि एमाले समथिृत प्रवासी मञ्चका उम्मेद्वार गणेश कुँवर निकटतम प्रतिस्पर्धी रहे । र, आफूलाई तटस्थ भन्न चाहनेहरु जसको राजनिितक आस्था कुनै बेलाको पञ्चायतसँग नजिक थियो, परिणामको तल्लो पंक्तिमा उभिए । पूर्वीतटले डंका पिटेको चुनावमा पश्चिम तटका दुर्गा दाहाल सबैभन्दा पुछारमा पुगे ।
यो परिणामलाई गम्भीरतापूर्वक हेर्ने हो भने एनआरएन एनसीसी अफ युएसएको चुनावमा मूलतः एजेन्डाभन्दा पनि राजनीति नै हावी रह्यो । अहिले जितेकाले चुनावमा राजनीति नै गर्छु नभने पनि राजनीतिभन्दा टाढा हुन नसक्ने कुरा मुख खोलेरै भनेका थिए । र, जसले राजनीति नगर्ने भनेका थिए उनीहरु बडारिए । यसले के संकेत गर्छ भने अमेरिकाको एनआरएनमा राजनीति हुनछ र त्यसैलाई मतदाताले पनि मान्यता दिन्छन् ।
यसपालीको अमेरिकी एनआरएनको चुनावमा राजनीति मात्र हावी भएन, पैसा पनि त्यतिकै निर्णायक देखियोे । मत किन्नैलाई त हैन, तर चुनावी क्याम्पेनका लागि पनि निक्कै ठूलो खर्च गर्नुपर्ने परिस्थिति सिर्जना भयो, गरियो । यो खर्चको ग्राफमा सुरुदेखि नै माथि रहेका डा. पौडेल नै अन्ततः मतको ग्राफमा पनि अब्बल देखिए । जसले खर्च गर्न सकेनन्, उनीहरुको सम्भावना पनि त्यत्तिकै खुम्चियो । बल्कका मत बनाउनेहरुको हल्ला त चल्यो तर त्यो त्यति कामयावी देखिएन ।
चुनावको परिणामले फेरि पनि अमेरिकाको एनआरएनमा कसरी सबै सोच, कोण, भूगोल र समावेसी चरित्रलाई समेट्ने भन्ने कुरा थप पेचिलो बनेर देखा पर्यो । नेपाली कांग्रेस त्यसमा पनि सत्तारुढ गुटकै मान्छे मात्र चुनिएर आएपछि यसमा अरु पक्ष समेटिने भन्ने वैधानिक बाटो पनि रहेन । मतदाताले त्यो किसिमको विवेक देखाउन नसक्दा सिर्जना भएको परिस्थिति हो यो ।
यता अमेरिकी एनआरएनमा राजनीति हाबी भए पनि एनआरएन आइसीसी भने तुलनात्मक रुपमा कम राजनैतिक चरित्रको रहदै आएको छ । यसले गर्दा फेरि पनि एनआरएन आइसीसीसँग यसको वेभलेन्थ त्यति मिल्ने खालको देखिदैन । अमेरिकी एनआरएनका लागि यो पनि एक किसिमको सेटब्याक नै हो । एनआरएन अभियानमा सुरुदेखि नै अमेरिकाको प्रभावकारी उपस्थिति हुन सकेको छैन ।
जे होस्, विश्वकै एक मात्र महाशक्ति राष्ट् अमेरिकामा पनि नेपाली जातिको बढ्दो उपस्थिति र गतिविधिको साक्षी बन्दै एनआरएन एनसीसी अफ युएसएको निर्वाचन सम्पन्न भएको छ । यसले भलै राजनीतिक चरित्रको चुनावी चिन्ह प्रस्तुत गरे पनि सबैलाई समेटेर अघि बढ्न यसले गैरराजनीतिक चरित्र अंगिकार नगरी धरै छैन । समयले दिएको सबैभन्दा महत्वपूर्ण शिक्षा पनि यही नै हो ।
एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् ।
पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ ।
न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।
सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।
न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।
नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।
अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।
अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।
आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।
आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।
किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।
तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।
किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।
तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।
प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।
गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।
नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।
गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।
Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.