बुधवार, आश्विन ०१ गते, २०७६
Wednesday, September 18, 2019
एनआरएन अमेरिकाको मतदान प्रक्रिया १ बजे बाट सुचारु हुदै
आयोगद्वारा १९ बुंदे आचार संहिता सार्वजनिक

 
प्रशान एलुंग राई 
 
अप्रिल १६, न्यूयोर्क 

एनआरएन अमेरिकाको मतदान प्रक्रिया आज दिउसो १:०० बजे बाट शुरु हुने भएको छ | प्रचार प्रसारको समयावधि समाप्त भएको १२ घण्टा समय बितेपछि मतदान प्रक्रिया शुरु हुने प्रमुख निर्वाचन आयुक्त बिनोद रोकाले बताएकाछन |  चुनाव प्रचार प्रसार हिजो मध्यरात (११:५९ न्यूयोर्क) बाट समाप्त भईसकेको छ | 

आज दिउसो १ बजेबाट शुरु हुने मतदानमा अनलाईन भोटिंग र पेपर ब्यालेटका दुवै मतदाताहरुको  नामावली सोहि समयमा प्रकाशन हुनेछ | अप्रिल १६ देखि २० तारिख सम्म सम्पन्न हुने एनआरएन अमेरिकाको यस पटकको निर्वाचनले राष्ट्रिय समन्यव परिषद ( एनसीसी) का लागि बिभिन्न २५ पद र अन्य संघीय (च्यापर) परिषदका बिभिन्न पदमा निर्वाचन हुदैछ | यस अघि अन्तराष्ट्रिय समन्व परिषद (आइसीसी) प्रतिनिधिको निर्वाचन भने अनिश्चिकालीन समय सम्मलाई स्थगित गरिएको छ |

निर्वाचन आयोगले इमेल नभएका मतदाताहरुले संघको वेबसाईटमा राखिएको मतपत्रको फारम डाउनलोड गरेर अप्रिल २० तारिख अगाडिको पोस्टमार्क भएका मतपत्रलाई मात्रै मान्यता दिनेछ | 

यसै बीच राष्ट्रिय निर्वाचन आयोगले निर्वाचनको समयावधिभर  उम्मेदवार र मतदाताले पालना गर्नु पर्ने १९ बुंदे आंचार संहिता समेत सार्वजनिक गरेको छ | 
आयोगले सार्वजनिक गरेको निर्वाचन आंचार संहिता यस्तो छ : 
चुनाब सम्बन्धि आचारसंहिता
 (संसोधित मार्च २०१५)
यो आचारसंहिता २०१५ को  निर्बाचन घोषणा भएको मितिले उक्त निर्बाचनको
परिणाम घोषणा नहुन्जेल सम्मको अवधि भर मात्र लागु हुने छ !

Non-Resident Nepali National Coordination Council of USA (NRN NCC of USA) स्थानीय राज्य र संघीय कानुनअनुसार स्थापना गरिएको एक बिशुद्ध सामाजिक र गैर राजनैतिक संस्था हो। यस संस्थाका सबै क्रियाकलापहरु संस्थाको बिधान, Non-Resident Nepali International Coordination Council (NRN ICC) को नीति र सिद्धान्तहरुलाई आत्मासात गरी संयुक्त राज्य अमेरिकाको प्रचलित कानुन र नियमअनुसार संचालन हुने हुँदा, यस संस्थाको चुनाबी प्रक्रिया पनि बिधिसंगत हुनु पर्ने हुनाले निम्न अनुसारको चुनाबी आचारसंहिता जारी गरिएको छ। तल उल्लेखित आचारसंहिताहरुको उलंघन भएको खण्डमा NRN NCC of USA को विधानमा उल्लेखित र निर्वाचन आयोगले निर्धारण गरेको उम्मेद्वारको मनोनयन सम्बन्धि योग्यता र उल्लेख गरिएका शर्तहरूका अतिरिक्त बिद्यमान निर्बाचन नियमहरु र संयुक्त राज्य अमेरिकाको यससंग सम्बन्धित स्थानीय र संघीय र दुवै नियम तथा कानुनहरुको आधारमा आबश्यक कारवाही गर्न र गराउन सक्ने छ। 

निर्बाचनको सम्बन्धमा यी आचारसंहिताहरु नै अन्तिम र अनिबार्य हुने हुनाले, सबै उमेद्वारहरुले अनिबार्य रुपमा मान्न वा अबलम्बन गर्नु जरूरी छ। यी आचारसंहितामा निर्बाचन आयोगले कुनै हेरफेर गर्न उचित ठानेमा आबश्यक परिवर्तन गरी सोको जानकारी

www.nrnnccusa.org

वेवसाइटमा प्रकासित गरिने छ। 

 

1) संस्थाको आसन्न निर्बाचनमा कुनै पनि उम्मेद्वार वा मतदाताले कुनै खास राजनैतिक सिद्धान्त वा दल, साम्प्रदायिकता, जातीयता र कुनै धार्मिक भावना वा यस्ता समुहको तर्फबाट वा यस्तो संकेत हुने गरी बोल्न, लेख्न र लेखाउन पाइने छैन र यो सामाजिक संजाल र अन्य संचार माध्यमहरुको प्रयोगको सन्दर्भमा पनि लागू हुनेछ।

 

 

2) निर्बाचनको प्रयोजनको लागि तयार पारिएका कुनै पनि जानकारीमूलक प्रचार प्रशारका सामाग्रीहरु कुनै खास  राजनैतिक सिद्धान्त र दल, जातीयता, धार्मिक र साम्प्रदायिकता झल्किने नाराहरू र ब्यानर प्रस्तुत, प्रदर्शन र वितरण गर्न र चुनाबलाई प्रतिकुल असर पर्ने अन्य कुनै क्रियाकलाप गर्न र गराउन पाइने छैन।

 

 

3) कुनै पनि उम्मेद्वारले आफनो चुनावी प्रचार प्रसारको सन्दर्भमा कुनै अर्को उम्मेदवार/ प्रतिद्वन्दी प्रति लक्षित गरी झूठो अभिव्यक्ति दिन र दिलाउन पाउने छैन। 

 

 

4) कुनै पनि उम्मेदवारका परिवारसंग सम्वन्धित निजि/गोप्य सूचनाहरु परिवारका सदस्यहरुको प्रतिष्ठामा प्रतिकुल असर पार्ने गरी चुनावी प्रसार प्रसारको सन्दर्भमा प्रयोग गर्न र गराउन पाउने छैन। उमेद्वारको प्रचारप्रसारको सन्दर्भमा साँचो कुरा बाहिर ल्याउँदा त्यस्तो कुराले परिवारका अरु सदस्यहरुको प्रतिष्ठामा असर परेको भने मानिने छैन।

 

 

5) कुनै पनि उम्मेद्वारले चुनाव घोषणा भएको मितिदेखि चुनाव सम्पन्न नहुन्जेलसम्म आकस्मिक र आपतकालीन मानवीय सेवाका लागि बाहेक सार्वजनिक रूपबाट कुनै संस्थालाई चन्दा दिन र दिलाउन पाइने छैन। 

 

 

6) NRN NCC of USA को निष्पक्षता र तटस्थतालाई कायम राख्न निर्बाचन आयोगका सदस्यहरु, निर्बाचन आयोगका सल्लाहकारहरु, र सहयोगीहरु, बर्तमान बोर्डका सदस्यहरु र यस संस्थालाई संयुक्त राज्य अमेरिका बाट क्षेत्रीय र अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरु/प्रतिनिधिहरुले कुनै पनि उमेद्वारको पक्ष र बिपक्षमा कुनै पनि तरिकाले चुनाबी गतिविधिमा लाग्न र लगाउन पाउने छैन। 

 

 

7) मतदान गर्दा कुनै एक व्यक्तिले कानुन बिपरित अर्को कुनै मतदाताको मत दिएको सप्रमाण थाहा हुन आएमा उक्त व्यक्ति र सम्बन्धित मतदातालाई स्थानीय प्रचलित कानुन अनुसार कार्बाही गर्न वा गराउन सकिने छ।


 

 

8) कसैले मतदाताको ईच्छा विरुद्ध वा करकापमा पारी मतदान गर्न वा गराऊन पाऊने छैन। यदि कसैले यसरी मतदान गरे वा गराएको सप्रमाण सहित उजुर पर्न आयो र जाचबुझ गर्दा प्रमाणित हुन आएमा निर्वाचन आयोगले त्यस्ता मतपत्रहरु बदर गरी  गल्तीको मात्रा अनुसार त्यस्ता मतदाता र उम्मेदवारहरुलाई नसिहत दिने तथा प्रचलित कानुन बमोजिम कारवाहीको लागि सम्वन्धित निकाय समक्ष शिफारिस गर्न सक्नेछ।

 

 

9) NRN NCC of USA का हाल पदासिन र यस संस्था संग आबद्ध पदाधिकारीहरुले यस निर्बाचनमा कुनै पनि पदमा आफ्नो उमेद्वारी खडा गराएको खण्डमा NRN NCC of USA को कुनै पनि आधिकारिक सम्पति, सूचनाहरु, सुविधाहरु आदि आफ्नो व्यक्तिगत चूनाब प्रचार प्रशारको लागि प्रयोग गर्न र गराउन पाईने छैन। 

 

 

10) NRN NCC of USA को राष्ट्रिय निर्बाचन आयोगको स्विकृति बिना कुनै व्यक्ति र संघ संस्थाले कहि पनि निर्बाचन/चूनाब सहयोग केन्द्र खोल्न र खोलाउना पाउने छैन। 

 

 

11) कुनै पनि मतदाताले आचारसंहिताको उलंघन गरेको निर्बाचन आयोगले ठहर गरेको खण्डमा त्यसको गम्भीरतालाई हेरी चेतावनी दिने वा सार्बजनिक रुपमा माफि मगाउने वा उसको  मत रद्द गरिनुको साथै स्थानीय कानुन अनुसार आबश्यक कारवाहीको लागि प्रस्तुत गर्न सक्ने छ।

 

 

12) उम्मेदवार वा मतदाताले NRN NCC of USA को राष्ट्रिय निर्बाचन आयोगको कामका विषयलाई लिएर आयोगका सदस्य, सल्लाहाकार, तथा सहयोगीहरुका सम्वन्धमा अप्रमाणित कुराहरु बोलेर वा विभिन्न संचार वा सामाजिक संजालको माध्यम प्रयोग गरी प्रचार प्रसार गर्न गराऊन पाईने छैन।

 

 

13) उमेदवार वा मतदाताले निर्बाचन सम्बन्धि कुनै आफ्ना जानकारी तथा गुनासाहरु (complains) भए लिखित रुपमा प्रमाण सहित निर्बाचन आयोगको प्रमुख समक्ष तत्सम्बन्धी शीर्षकको मिति वा समयभित्रै पेश गर्न सक्ने छन् र निर्बाचन आयोगले त्यसमाथि आबश्यक निर्णय लिने छ। उक्त निर्णयमा असहमति जनाउनेले प्रचलित कानुन अनुसार सम्बन्धित अदालतमा जान सक्ने छन्।

 

 

14) कुनै पनि उमेद्वारले आचारसंहिताको उलंघन गरेको निर्बाचन आयोगले ठहर गरेको खण्डमा त्यसको गम्भीरतालाई हेरी चेतावनी दिने वा सार्बजनिक रुपमा माफि मगाउने वा उसको उमेद्वारी रद्द गरिनुको साथै स्थानीय कानुनअनुसार आबश्यक कारवाहीको लागि प्रस्तुत गर्न सक्ने छ।

 

 

15) यस आचार संहितामा उल्लेखित कुनै पनि कुराहरु संघीय कानुन, सम्बन्धित राज्यको कानुन र NRN NCC of USA को बिधान र नियमसंग बाझिएको खण्डमा ती बाझिएका कुराहरु अमान्य हुने छन्।

 

 

16) NRN NCC of USA का सिद्धान्तहरु र उद्देश्यहरुमा आंच आउने वा यिनको बिपरित हुने कुनै पनि प्रचारप्रसारका क्रियाकलाप गर्न र गराउन पाइने छैन ।

 

 

17) सामाजिक संजाल र कुनै संचार माध्याममा लेखेको आधारमा निर्बाचन सम्बन्धि कुनै गुनासाहरु र उजुरीको बारे निर्बाचन आयोगले कुनै कारबाही गर्ने र गराउने छैन। यदि निर्बाचन सम्बन्धि कुनै उजुरी र गुनासाहरु भए ठोस प्रमाण सहित निर्बाचन समितिमा लिखित रुपमा उजुरी दिनु पर्नेछ।

 

 

18) निर्बाचनको प्रक्रियाका क्रममा कुनै उम्मेदवारले कारणबस केहि कामको लागि आफैले र  आफ्नो कुनै प्रतिनिधिले निर्बाचन समितिसंग आधिकारिक रुपमा सम्पर्क राख्नु परेमा आफै वा आफ्नो प्रतिनिधि भए परिचयपत्रको साथ व्यक्तिगत वा लिखित रुपमा सम्पर्क गर्न सक्नुहुने छ।

 

 

19) निर्बाचन सम्बन्धमा आबस्यक जानकारी वा सूचना प्राप्त गर्न चाहने जो कोही आधिकारिक मतदाता, उम्मेद्वार वा संचारकर्मीहरुले निर्बाचन आयोगलाई nrnuselection@gmail.com वा mobile: (347) 472-2309 मार्फत सम्पर्क गरि जानकारी लिन सकिने छ। 

 

 

 

 NRN NCC of USA संयुक्त राज्य अमेरिकामा बस्ने सबै नेपालीहरुको साझा संगठन भएकोले सबै उमेदवारहरु र मतदाताहरुलाई स्वच्छ र सामुहिक भावले आफुलाई सन्चालन गरी अहिले भैरहेको चुनाबी प्रक्रियालाई विधिवत तरिकाले पारदर्शी, प्रजातान्त्रिक र निस्पक्ष रुपमा सम्पन गर्न र यो प्रक्रियामा आबद्ध र सरोकार राख्ने सबै महानुभाबहरु लगायत संचारकर्मीहरुले पनि आफ्नो ब्यावसायिक परिधि भित्र रही सहयोग गरिदिनु हुन्छ भन्ने विश्वासका साथ निर्बाचन आयोग सबैमा हार्दिक अपिल गर्दछ।








विहिवार, २०७२ बैशाख ०३ गते १८:३५ / Thursday, Apr 16, 2015 6:35 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
1.   एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग
2.   नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा
3.   न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै
4.   न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न
5.   न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै
6.   नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध
7.   भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार
8.   एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न
9.   फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै
10.   जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख
11.   उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी
12.   न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न
13.   तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न
14.   न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न
15.   न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै
16.   न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित
17.   न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न
18.   बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै
19.   न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख
20.   एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित
21.   न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र
22.   न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)
23.   न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न
24.   राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक
25.   न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न
Results 233: You are at page 1 of 10
1 2 3 4 5 6 7 8 9 10 Next Last
भर्खरै

एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् ।

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.