बुधवार, आश्विन ०१ गते, २०७६
Wednesday, September 18, 2019
निर्वाचन आयुक्तको राजिनामा स्थायी समाधान होइन
शैलेश श्रेष्ठ

 
गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदमा राष्ट्रिय समन्वय परिषद, अमेरिका प्रतिनिधिका सम्बन्धमा केन्द्रको बैधानिक ब्याख्या र अमेरिकी स्वरुपको संघीय प्राबधान भित्र गर्नु र गराउनु पर्ने निर्वाचन प्रक्रिया बिच देखिएको विरोधाभास, गत बर्षको निर्वाचनमा स्थापित भयो भनिएको नजिर र फरक ब्याख्याका कारण केन्द्रबाट प्राप्त बैधानिक ब्याख्या, न्यायिक कमिटीको सुझाब र आफ्नो स्वबिबेकीय अधिकारको प्रयोग गरेर एनआरएन अमेरिकाका निर्वाचन आयुक्त बिनोद रोकाले अहिलेलाई निर्वाचन रोक्का गर्ने सूचना जारी  गरेका छन |
 
अहिलेको नितान्त जटिल परिवेशमा यो नै एउटा अस्थायी र मध्यमार्गी समाधान थियो भन्ने मेरो निजि विचार पनि छ| केन्द्रको बैधानिक ब्याख्याका कारण आकांक्षीकारुपमा देखापरेका केहि उम्मेदवारहरुको योग्यता नपुगेको स्थिति पनि एकातिर स्पष्ट देखिएको छ भने योग्यता पुग्यो भनेर दाबी गरिएका केहि उम्मेदवारहरुको योग्यतामा पनि पछिल्लो ब्याख्याले अन्यौल र प्रश्न खडा गरि दिएको छ | एनआरएन अमेरिकाको गत बर्ष निर्वाचित पदाधिकारीहरुको यो कार्यकाललाई पूर्ण कार्यकाल मान्ने हो भने पनि यो काल अहिले नै पूर्ण हुँदैन त्यसकालागि आउँदो मे महिनाको २५ तारिखसम्म पर्खनु पर्ने हुन्छ| अनि त्यो अबधि भन्दा अगाडी उम्मेदवारी दावी गर्ने र निर्वाचन पछि बिजयीका रुपमा घोषणा गरिने व्यक्तिको बैधानिकताको ब्याख्या कुन बिधानको कुन महल या धारा उपधारामा टेकेर गर्ने? आईसीसीले राय पेस गर्न गठन गरेको कानुनी क्षेत्रका बिज्ञहरुको तीन सदस्यीय टोलीले पठाएको पछिल्लो ब्याख्या अनि फैसलाले यो स्थिति स्पष्टरुपमा हामी सामु पस्किदिएको छ| 
हामी बुझेर पनि आफ्नो अनुकुलमा बिधि र बिधानको ब्याख्या गर्छौं अनि अर्को कोण र धारमा निषेधको खेल अथवा राजनीति अलि बढी गर्छौं| निर्वाचन गर्ने र निर्वाचित हुने व्यक्तिको कानुनी हक र अधिकारको निर्वाचन आयुक्तले उपहास गर्यो भनिरहँदा एउटा सत्य के हो भने अन्तराष्ट्रिय समन्वय परिषदको अनुमोदन र स्वीकृति बिना हाम्रा चुनिएका प्रतिनिधिहरुले बैधानिक मान्यता पाउंदैनन| त्यस अर्थमा हामी संसारभरिमै सबभन्दा ठुलो एनसीसी भनेर जति ढोंग फुके पनि अन्तत्वोगत्वा हामी केन्द्रमा प्रतिनिधिबिहिन हुन्छौं | पुच्छर जत्ति नै बलियो भए पनि त्यसले साँचो अर्थमा टाउको हल्लाउन सक्दैन| अहिले हामीले सिर्फ पुच्छरको औचित्य मात्र सावित गर्ने हो| हामी प्रारम्भ देखि नै अमेरिकी शैलीको रेजेमोनिक कुचेष्टा पनि जानी नजानी गरिरहेका छौं| त्यस्तो स्वायत्तता र बैधानिक उदात्तता राष्ट्रिय समन्वय परिषद भित्र अभ्यास गरिनु जायज र तर्कसंगत हुन्छ तर केन्द्रको बैधानिक मान्यता बिनाको हाम्रो एनआरएन अमेरिका यहीं भित्रको एउटा ठुलो र सबभन्दा बढी सदस्य भएको साँझा अथवा छाता संगठन मात्र हुन्छ| त्यतिले मात्र हाम्रो मातृभूमी नेपाल संगको सम्बन्ध र सरोकारको सम्बोधन या समाधान हुँदैन| भींड जम्मा गरेर भोज भतेर, नाचगान, मेला-डबली र आ-आफ्नो चाड पर्वको आयोजना गर्दै रमाउने संगठनहरुको कमी हामीसंग छैन, त्यस्तै भींडमा रमाउने एनआरएन अमेरिका नामको अर्को संगठन हामीले चाहेका हैनौं अनि त्यत्तिको लागि अहिले १० हजार ७ सय ७७  सदस्यले मरिहत्ते गरेका पनि होइनन| आम प्रवासी नेपालीहरुले त केन्द्रसंग समन्वय गरेर केन्द्रमा आफ्ना सक्षम प्रतिनिधि पठाएर बिषयको तार्किक उठान र समय सापेक्ष समाधान चाहेका छन| 

आज अप्रिल १५ तारिख वर्तमान राष्ट्रिय समन्वय परिषदकालागि जिम्मेवार पदमा उम्मेदवारी दिएका १७ जना प्रत्यासीहरुले आईसीसीको स्थगित गरिएको निर्वाचन अबिलम्ब गराउनु पर्ने माग सहित निर्वाचन आयुक्तको अबिलम्ब राजिनामाको जोडदार माग गरेका छन| यो संगठन भित्रको खेल र नियत बुझेको हैसियतमा मैले बारम्बार लेखेको छु निर्वाचन आयुक्तको अवैतनिक हैसियतमा गत बर्षदेखि काम गरिरहेका बिनोद रोकाको राजिनामा अहिलेको स्थायी समाधान होइन र आम प्रवासी नेपालीहरु र सदस्यहरुको चाहना पनि होइन| बरु आम सहमति र सम्मति सहित प्रत्येक  उम्मेदवारले ठुलो मन गरेर गर्ने सहयोग, सदासयता र त्याग चाँही अहिलेको समाधान हो| अहिले निर्वाचन आयुक्तको राजिनामा माग गर्ने १७  जना आकांक्षीहरुले व्यक्त गरेको क्षेणिक आबेश, आक्रोश र जंगले व्यक्तिलाई क्षेणिक फाइदा पुर्याए पनि यसले दुरगामी समाधानको बाटो पहिल्याउँदैन| हाम्रो नेतृत्व गर्ने यषणाका साथ चुनावी मैदान र दौडाहमा देखिनु भएका तपाई श्रद्देय  उम्मेदवार मित्रहरुलाई समस्या यानेको राजिनामा होइन समाधानको पहिचान सहित आउन म निजीरुपमा हार्दिक चुनौती दिन चाहन्छु|

निर्वाचन आयुक्तको अहिलेलाई निर्वाचन सार्ने निर्णयको मूल आधार न्यायिक कमिटीले सम्प्रेषण गरेको बिषयगत परिभाषा र ब्यबहारिक सुझाब हो भनेर बुझ्न कठिन छैन| आयुक्त प्रारम्भ देखि कानुन या बिधान कि लोकको न्याय भन्ने अन्तरद्वन्दमा रुमल्लिएको देखिन्छ| जसले जे जिम्मेवारी पाए पनि उ यहि हामी बाँचेको समाजको एक जना पात्र हो, त्यस मानेमा उनि कुनै अर्कै लोकबाट टप्प टिपेर निर्वाचन आयुक्तको गरुङ्गो पदावली भिराई  दिएको "अलौकिक प्राणी" होइनन त्यस अर्थमा उनले कानुन सम्पादन गर्दै गर्दा व्यक्तिले पाउने या पाउनु पर्ने आधारभूत न्यायमा सचेत हुनु कुनै आश्चर्य होइन|  त्यस अर्थमा पनि उनले अहिले प्रेषित गरेको अन्तरिक समाधानको प्याकेजलाई हामीले उनको "भर्डीक्ट" अथवा अन्तिम आदेश भनेर बुझ्न जरुरी छैन| न्यायिक कमिटीका दुर्गा भुर्तेल र निर्वाचन आयुक्तको पछिल्लो तर्क जायज छ, उनीहरुले भनेका छन यो बैधानिक जटिलताजन्य अवस्थामा आईसीसीको निर्वाचन गर्न हतारिनु जरुरी छैन किनकी हामीले पाँच जना आईसीसी प्रतिनिधि अहिल्यै चुनेर पठाए पनि उनीहरुको कार्यकाल आगामी अक्टोबर महिनाबाट मात्र सुरु हुन्छ|



केन्द्रले बिधानत अनुमोदन या स्वीकार नगरेको या नगर्ने अवस्थामा "हामीले म्यान्डेट दिएका निर्वाचित प्रतिनिधिहरुलाई तिमीले अनुमोदन गर्नै पर्छ" भनेर बल मिच्याई गर्ने बैधानिक धरातल पनि अब हामीसंग रहेनछ| त्यस्तो दम्भ प्रदर्शन गर्नु भनेको फेरी पनि पुच्छरले कुकुर हल्लाउन खोज्नु जस्तो मात्र हुन्छ | हामी ठुलो देश अमेरिकाका हौँ र हामीसंग करिब एघार हजार सदस्यहरु छन भनेर ठुलो भाग खोज्ने विशेषाधिकार या अग्राधिकार आईसीसीको बिधानले हामीलाई दिएको छैन त्यस मानेका हाम्रो अस्तित्व घाना या स्वाजील्याण्डको भन्दा फरक छैन|   

अब अर्को सामयिक अनि पुरक प्रश्न उब्जन्छ र त्यसको समाधान पनि हामीले नै खोज्नु पर्ने हुन्छ| फेरी अर्को केहि महिनामा गर्नु पर्ने आईसीसीको खर्चिलो निर्वाचन एनआरएन अमेरिकाले धान्न सक्छ त? अहिले हामीले नचाहेर पनि दुई बिकल्प मध्यको एक रोज्नु पर्ने हुन्छ, अर्को निर्वाचनको लागि केहि हजार डलरको अतिरिक्त खर्च कि समयोचित बैधानिक र ब्यबहारिक पध्दतिको पक्षपोषण? मेरो निजि रोजाई पध्दतिको जगेर्नाको पक्षमा हुनेछ| अहिलेको यो जटिल मोडबाट यो संस्थालाई बचाउन सकियो भने यसले तिक्तता, विषाक्तता, प्रतिशोध, आक्रोश, इर्श्या, ग्लानी, डाहा अनि बदलाको भाबले मडारिएको हुरी बतास मात्र होइन नौ रेक्टरको चलायमान भुकम्प र सुनामीहरु पनि थेग्न सक्छ| त्यस्तो बलको श्रोत र आधार भनेको नियम, कानुन र बिधानको सर्बोच्चता हो| आफुलाई तथाकथित साँढे ठानेर बाछोहरुलाई मिच्याईं गरेर अतिरन्जना र तुस्टीमा रमाउनेहरुको पनि फेहरिस्त हिसाब किताब स्वाधीन अनि स्वतन्त्र सदस्यले उतार्छन र हाम्रो समाजमा त्यसको यथोचित हिसाब किताब भईरहेको छ| निरन्तर नियम, कानुन र बिधानलाई मिचेर "म नै राज्य हुँ" भन्ने दम्भ पालेका पाँडे पजनी गर्ने साँढेहरुको पनि हामी पहिचान गर्ने छौं| 

कुनै पनि राजनैतिक या सामाजिक पध्दतिमा सबैले सबै खालका सामाजिक न्यायको प्रत्याभुती पाउँदैन| कुनै बिशेष परिस्थितिले कसै माथि अन्याय भएको पनि हुन सक्दछ| अहिले यो परिदृश्यमा पनि लिने होइन दिने उत्कण्ठा, अभिष्ट र अभिलाषा बोकेका उदियमान आकांक्षीहरुको मन दुखेको या कुडिएको स्थिति आईपरेको हुन सक्छ तर आबेश, आक्रोस या उन्माद त्यसको अन्तिम समाधान या निरुपण होइन| बहुजन हिताय, बहुजन सुखायको लोकतान्त्रिक पध्दतिको ब्याख्या मात्र होइन अहिले त्यसो सतत र अक्षरत अनुशरण गर्नु पर्ने पेचिल क्षण हामी सामु नयन चुनौती बनेर आएको छ| हिजोका दिनहरुमा थुप्रै विहंगम जटिलताहरु पार गर्दै छलाङ्ग मरेको एनआरएन अमेरिकाले यो बैधानिक फट्को पनि पक्कै मार्नेछ| 

फेरी पनि त्यहि वाक्य दोहोर्याउछु " निर्वाचन आयुक्तको राजिनामा स्थायी समाधान होइन"| बरु तपाई मित्रहरुको स्वबिबेकीय र उदात्त त्याग र समर्पण चाँही हामी सबैको चाहना र अहिलेको आवश्यकता पनि हो|   
आकांक्षी विद्वान मित्रहरु, चाहना र चिन्ता धेरै गर्नु भो अब चित्त ठुलो गरौँ|  

(पंक्तिकार लोकप्रिय टेलिभिजन कार्यक्रम 'सम्प्रेषण'का निर्माता एवम प्रस्तोता हुन् )

 
 श्रीमान प्रमूख निर्वाचन आयुक्त ज्यू, 
गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद 
निर्वाचन प्रयोजनको कार्यालय, वुडसाइड, न्यूयोर्क, संयुक्तराज्य अमेरिका ।
                       बिषय : अन्तराष्ट्रिय समन्वय परिषद सद्श्यको निर्वाचनको मिति अबिलम्ब घोषणा गर्नु हुन ।
महोदय ,
                गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अन्तराष्ट्रिय समन्वय परिषद सदश्य  (आइसीसी) पदको पूर्व निर्धारित निर्वाचन स्थगित गरेर नेपाली अमेरिकनको चुन्ने र चुनिने अधिकार कुण्ठित भएको खबरले हामी तपशिलका उम्मेदबार दुखि भएका छौ । गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका सदस्यहरुको आइसीसी सदस्य चुन्ने र चुनिने अधिकार कुण्ठित गर्ने अप्रजातान्त्रिक कदमको हामी घोर भत्सर्ना गर्दै श्रीमान प्रमूख निर्वाचन आयुक्त ज्यूको अबिलम्ब राजिनामा माग्दछौ । यदि राजिनामा नदिने हो भने गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका सदस्यहरुको आइसीसी सदस्य चुन्ने र चुनिने अधिकार कायम गर्न समेत जोडदार आग्रह गर्दछौ । अबिलम्ब निर्वाचन तिथि घोषणा गर्दै राष्ट्रिय समन्वय परिषदको निर्वाचन  स्थगित गर्न समेत जोडदार माग प्रस्तुत गर्दछौ  ।  
हाम्रो मागलाई तत्काल सुनुवाई नगरिए अन्य कानुनी बिकल्प खोज्न वाध्य हुने कुरा पनि जानकारी गराउदछौ । 

निबेदकहरु :
नगेन्द्र पौडेल: अध्यक्ष प्रत्याशी 
रमा सिंह: अध्यक्ष प्रत्याशी 
गणेश कुँवर : अध्यक्ष प्रत्याशी 
दुर्गा दाहाल : अध्यक्ष प्रत्याशी 

अन्तराष्ट्रिय समन्वय परिषद सदश्य  (आइसीसी) पदका उमेदबारहरु:
सानुबाबु सिलवाल 
घनप्रशाद दवाडी 
सुनिल कुमार शाह 
सन्जीव सापकोटा
सुनिता शर्मा 
पुरुषोत्तम ढकाल 

नेदेंन दोंगला: बरिष्ठ उपाध्यक्ष प्रत्याशी
विश्व शाह:  बरिष्ठ उपाध्यक्ष प्रत्याशी
शिव बिष्ट:  बरिष्ठ उपाध्यक्ष प्रत्याशी
मोहन थापा -उपाध्यक्ष प्रत्याशी
कुन्ती थापा - महासचिब प्रत्याशी
सुशील रेग्मी - सदस्य प्रत्याशी
केमिका भण्डारी पौडेल - सदस्य प्रत्याशी

बोधार्थ : 
खगेन्द्र जि सि, गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद  अमेरिका  
             
मिती: १५ अप्रिल २०१५ 

 
 
 

हामीलाई प्राप्त राजिनामा पत्रलाई जस्ताको तस्तै प्रस्तुत गरेका छौ - (सं)


बुधवार, २०७२ बैशाख ०२ गते १८:२० / Wednesday, Apr 15, 2015 6:20 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
1.   एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग
2.   नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा
3.   न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै
4.   न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न
5.   न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै
6.   नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध
7.   भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार
8.   एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न
9.   फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै
10.   जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख
11.   उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी
12.   न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न
13.   तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न
14.   न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न
15.   न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै
16.   न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित
17.   न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न
18.   बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै
19.   न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख
20.   एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित
21.   न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र
22.   न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)
23.   न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न
24.   राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक
25.   न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न
Results 233: You are at page 1 of 10
1 2 3 4 5 6 7 8 9 10 Next Last
भर्खरै

एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् ।

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.