शनिवार, मंसिर ०९ गते, २०७४
Saturday, November 25, 2017
एनआरएन एनसीसी चुनाव :
सुरक्षित अवतरणका लागि सार्नुको विकल्प के ?

 
 न्युयोर्क, अमेरिका 
 डा. प्रदीप भट्टराई

गैरआवासीय अमेरिकी नेपालीहरुको संस्था एनआरएन एनसीसी युएसएको आसन्न चुनावको उल्टो गणनाक्रम सुरु भैसकेको छ । अप्रिल १६ देखि २० सम्म पाँच दिन लगाएर गरिने यो चुनाव जति जति नजिकिदैछ, त्यति त्यति नै यो थप पेचिलो बन्दै गएको छ । खासगरी आइसीसी सदस्यका लागि उम्मेद्वारी दिने न्युनतम योग्यतालाई लिएर सिर्जना भएको विवादको कारण समग्र चुनावकै माहौल प्रभावित भएको हो । अझ, आइसीसीले गरेको पछिल्लो निर्णयबाट त ६ जना नयाँ उम्मेद्वारको उम्मेद्वारी नै रद्द हुने परिस्थिति सिर्जना हुँदै गएकाले यसबाट समग्र चुनावको भविष्यमाथि नै प्रश्नचिन्ह लाग्ने सम्भावना बढ्दो छ । आफूसँगै उम्मेद्वारी दिएकाको चुनाव हुने र एउटा खास पदमा उम्मेद्वार भैसकेकालाई चाँहि चुनावी प्रतिस्पर्धाबाट बाहिर पार्ने खालको यो परिस्थिति आफैंमा नैतिक हुदैन । यसबाट निर्वाचन आयोगलाई आइसीसी सदस्यका लागि उम्मेद्वारी दिएर पनि मान्यता नपाएकालाई अन्य पदमा उम्मेद्वारी दिन चाहे उनीहरुका लागि मार्गप्रशस्त गर्न चुनाव सार्नुपर्ने नैतिक दवाव स्वतः बढेको छ ।

संयुक्त राष्ट् संघको सहायक महासचिब स्तरको गरीमामय पदमा पुगेका डा. कुलचन्द्र गौतमको ट्बिुनलले स्पष्ट भाषामा एसीसीसीमा एक कार्यकाल पूरा नभएकाले आइसीसीमा उम्मेद्वारी दिन नसक्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा अब एनसीसी युएसएले आइसीसीसँग पौठेजोरी खेल्नुको कुनै अर्थ छैन । एनसीसी दर्ताका हिसावले स्वतन्त्र संस्था भए पनि आइसीसीको छातामुनि एक च्याप्टरका रुपमा छ । त्यसैले पनि आफ्नो तालुकवाला संस्थासँग जोरी खोज्न सक्दैन । यदि त्यसो गरियो भने नेपालको सन्दर्भमा गाउँ विकास समितिले स्थानीय विकास मन्त्रालयको निर्णय मान्दिन भने जस्तै हुन्छ । र, त्यस्तो सम्भव हुन्छ भन्ने कुरा बुझ्नका लागि कानुनको ठेली नै पल्टाइरहनु पर्दैन ।

नेपालीमा एउटा उखान छ, धेरै विराला भए भने मुसा मार्दैनन् । अहिलेको एनसीसीको समस्या पनि त्यस्तै नै हो । अध्यक्ष खगेन्द्र जीसी आफैंमा सुपर लयर, निर्वाचन आयोगका अध्यक्ष विनोद रोक्का एक अनुभवी कानुनविद्, विधान समितिका अध्यक्ष दुर्गा भुर्तेल अर्का कानुनविद , यतिका तीन-तीनजना कानूनविद् हुँदा पनि कानूनकै दफामा अल्झिएर जुन किसिमको असमञ्जस्य स्थिति सिर्जना गरियो, यो आफैंमा दुर्भाग्यपूर्ण स्थिति हो । यसले संख्या बढाएर उत्साहित बनेको एनसीसी युएसएमा अनपेक्षित निराशा र कुण्ठा थोपरिदिन सक्छ । यो नेतृत्वको अपरिपक्व निर्णय क्षमता र सोचको परिणाम हो । अझ कतिपयले त यसमा चुनावी लाभहानीको अंकगणित पनि देखेका छन् । जब परिस्थिति नै यस्तो सिर्जना हुन पुग्छ, तब शंका गर्नेले ठाउँ पाउँछन् र कहिलेकाँही शंकाले लंका जलाउन पनि सक्छ । 

पछिल्लो अवस्थामा निर्वाचन आयोगका मुख्य आयुक्त विनोद रोक्काले विधान समितिका संयोजक दुर्गामणि भुर्तेललाई एनसीसीको पछिल्लो निर्णयलाई लिएर के गर्न सकिन्छ भनेर सुझाव मागेका छन् । त्यसको जवाफ आएपछि नै एउटा निर्णयमा पुगेर निर्वाचन आयोग अगाडि बढ्ने छ । तर दुर्भाग्य, निर्णय जे आए पनि अब चुनाव विवादमुक्त भने हुँदैन । किनकि, लाभ र हानीका आधारमा चुनावलाई विवादमा तान्न दुबै पक्ष तयार छन् । र, उनीहरुलाई वादी प्रतिवादी बनाएर मुद्दा अगाडि बढाउनेहरुको पनि यहाँ कमी छैन ।  



प्रस्तुत पृष्ठभूमीमा अब कमभन्दा कम विवाद हुने र सम्भव भएसम्म सबैको जीत हुने निर्णय के हुन सक्छ त ? सबैले त्यतातिरै सोच्न जरुरी छ । यस्तो अवस्थामा निर्वाचन आयोगको फेस सेभिंग गर्दै सुरक्षित अवतरण (सेफ ल्यान्डिंग) गर्नु नै वुद्धिमानी हुन्छ । तर, सेफ ल्यान्डिंग कसरी गर्ने ? आफैंमा यो एउटा जटिल प्रश्न छ, मात्र आइसीसीले मानेन, त्यसैले आइसीसीका लागि एनसीसीमा एक कार्यकाल पूरा नगरेकालाई तपाईहरु उम्मेद्वार हुन पाउनु हुन्न भनेर मात्र समस्याको समाधान निस्कदैन । यदि त्यसो हो भने किन उनीहरुको उम्मेद्वारी स्वीकार गरियो भन्ने प्रश्न उठ्छ ? स्वीकार नगरेको भए उनीहरु अर्कै पदमा उम्मेद्वारी दिन सक्थे या उम्मेद्वार नै हुँदैनथे, उनीहरुका सामु लोकतान्त्रिक विकल्पको अवसर रहन्थ्यो । जानेर नजानेर विधानको आफ्नै ब्याख्या गरेर त्यो अवसरबाट उनीहरुलाई बञ्चित गरियो । अब अहिले आएर अर्को पदमा उम्मेद्वारी दिने अवसर नै दिइयो भने पनि उनीहरुले चुनाव प्रचारप्रसारको समय पाउँदैनन् । त्यसैले अरु प्रतिस्पर्धी सरह चुनाव प्रचार गर्ने अवसर नपाएको अर्थमा उनीहरुलाई त्यो प्रतिस्पर्धामा उतार्नु प्राकृतिक न्यायको सिद्धान्त विपरित हुन्छ । तर, यसमा जसको उम्मेद्वारीलाई मान्यता नदिइने अवस्था सिर्जना भएको छ, उनीहरुले ठूलो मन देखाउँदै आफूहरुलाई आइसीसीको निर्णय मान्य छ भनेर चुप लागिदिए भने समस्याको सबैभन्दा सहज हल निस्कन्छ । तर, अमेरिकी नेपाली डायस्पोरामा तातेको पछिल्लो चुनावी तावाले त्यो अवसर दिन्छ भन्न सकिन्न ।

यस्तो अवस्थामा निश्चित समय दिएर उनीहरुलाई नयाँ पदमा उम्मेद्वारी दिने अवसर दिनुपर्छ । त्यसो गर्न सकियो भने यो चुनावी विवादको आकार स्वभावतः अलि सानो हुन्छ र त्यसबाट आइसीसीसँगको सम्वन्ध पनि सुमधुर हुन सक्छ ।



यदि त्यसो गर्नतिर नलागेर आइसीसीसँग जोरी खोज्नतिर लागियो भने त्यसले अमेरिकामा रहेका नेपालीहरुको गैरआवासीय अभियान फेरि पनि रबिन्सन क्रुसोको टापु हुन सक्छ । त्यसले विश्वमा छरिएर रहेका नेपालीसँग भावनात्मक रुपले जोड्नेभन्दा पनि भौगोलिक रुपले छु्ट्याउने काम गर्छ । 

कुनै पनि नेतृत्वको परीक्षण यस्तै अप्ठ्यारो बेलामा हुने हो । सजिलो बेलामा त जो कसैले पनि संंस्था हाँक्न सक्छन् । यस्ता चुनौतिका पहाडलाई अवसरको मैदान बनाउनेहरु नै नेता कहलिन्छन् । परिस्थितिले अमेरिकामा रहेका गैरआवासीय नेपालीका अगुवाहरुलाई त्यो अवसर प्रदान गरेको छ । अब हेर्नुछ, चुनौतिलाई अवसरमा बदलेर सुनौलो इतिहास लेख्छन् या एनआरएन युएसएलाई अर्को विवादको कुरुक्षेत्र बनाएर कौरवको जस्तो विनासकारी कालो इतिहास रच्छन् । त्यसका लागि अब केही सकसपूर्ण घण्टाको प्रतीक्षा गर्नुपर्ने हुन्छ । परिणाम जे भए पनि त्यो समय पेचिलो हुनेछ ।

तस्बिर: सहदेव पौडेल 
 


सोमवार, २०७१ चैत्र २९ गते ०३:१३ / Monday, Apr 13, 2015 3:13 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

1.   नयाँ शक्तिकी रोल नम्बर २४०
2.   ‘सफ्ट-सेल’ नेपालीका ‘हार्ड-सेल’ कुरा
3.   नाइन इलेवेन : हामी कहिल्यै भुल्दैनौं
4.   टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?
5.   गुडबाइ काडमाण्डू
6.   एनआरएन एनसीसी चुनाव :
7.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
8.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
9.   गुडबाइ काडमाण्डू
10.   भो अति भो, कति दोष दिनु सतीलाई ?
11.   तीतो सत्य, भाइरल र मोदी म्युट
12.   सिन्डिकेट संसार
13.   मोदीको मोफसल भ्रमण
14.   कस्मेटिक क्याटमाण्डू
15.   कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?
16.   अति भो, कति बन्नु
17.   मुखमा तीन 'स'- बगलीमा-'म'
18.   कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
19.   यो कस्तो न्याय ?
20.   तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ
21.   डटकम भाइरल
22.   पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
23.   अजव-गजवको नेपाल
24.   मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
25.   राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
Results 43: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.