विहिवार, जेष्ठ ११ गते, २०७४
Thursday, May 25, 2017
सँगसँगै लड्ने कि दनक खाने ?

दलितमैत्री संविधान निर्माणका लागि अब के गर्ने ? यहाँ मुख्य कुरा आन्दोलनकै छ । यहाँ दलित समुदायमा तीन पक्ष क्रियाशील रहेका छन् । तीमध्ये सभासदहरू एउटा पक्ष, राजनीतिक दलहरू अर्को पक्ष र नागरिक समाज अझ अर्को पक्ष भयो ।

सत्तासीन राजनीतिक दलहरू अहिले माघ ८ मा संविधानमा संविधान ल्याउने भन्दैछन् । आदिवासी जनजाति आन्दोलनको दृष्टिकोणबाट हेर्दा देखिन्छ, माघ ८ मा संविधान उल्टो आउँछ । यसको अर्थ हाम्रा लागि अधिकारविहीन आउँछ वा संविधान आउँदै आउँदैन । यी दुईटै भएपछि आन्दोलन उत्कर्षमा पुग्छ भन्ने दृष्टिकोण थियो । चार वर्षको संविधानसभाको अवधि हुँदाहुँदै एक वर्षमै सहमतिबिना नै संविधान ल्याउन नेपाली कांग्रेस र नेकपा एमालेले किन हतार गर्छन् ? यथार्थमा अहिले नेताहरू कुर्सीकै सवालतर्फ केन्द्रित छ । त्यसकारण माघ ८ सम्म त्यो उत्कर्षको आन्दोलन उठ्ने सम्भावना नै छैन । बाघ मार्ने तयारीमा गरेर हिँड्या बेलामा बाघै देखिएन भने अब झिँगै भए पनि मार्ने अवस्था आयो भने गाह्रो पर्छ ।

अजब कास्मीर गजब नेपाल भन्ने गरिन्छ । माघ ८ मा संविधान के.पी. वली, रामचन्द्र पौडेलले भनेजस्तै ल्याइदियो भने, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र महिलाको अधिकारविहीन ल्याइदियो भने त राजा ज्ञानेन्द्रलाई जस्तै ठिक पार्न सजिलो हुन्थ्यो, वार कि पाारको उत्कर्षको आन्दोलनको ज्वारभाटा उठाएर । अब त्यो पनि नगर्ने, यो पनि नगर्ने । न हाँसको चाल न कुखुराको चाल हुने सम्भावना नै बढी छ । त्यसकारण मेरो आफ्नो अनुभवमा अब हाम्रो आन्दोलनमा एउटा रणनीतिले काम लाग्दैन । हामीसँग बहुल रणनीति हुनुपर्दछ ।
 

संविधान माघ ८ मै आइहाल्यो भने हाम्रो रणनीति के हुन्छ ? माघ ८ मा संविधानमा ल्याइएन भने हाम्रो रणनीति के हुन्छ ? सरकार बनाउने मात्रै खेलमा गयो भने हाम्रो रणनीति के हुन्छ ? अथवा अधकल्चो अधिकार आउने संविधान आयो भने हाम्रो रणनीति के हुन्छ ? अधिकारविहीन संविधान आयो भने हाम्रो रणनीति के हुन्छ ? दलितका तीनै पक्षले यी विभिन्न परिघटनामा छलफल गरेर बहुल रणनीति निर्माण गर्नुपर्छ । र जुन–जुन बेला जुन–जुन रणनीति आवश्यक पर्छ, त्यो बहुल रणनीतिअनुसार अगाडि बढ्न सकियो भने सजिलो, फलदायी र अर्थपूर्ण हुन्छ ।

तर, हामी सबैलाई अहिले एउटा रोग लागेको छ । मधेसीलाई पनि, आदिवासी जनजातिलाई, दलितलाई पनि । हामी सबै अत्यन्तै विभाजित अवस्थामा छौं । पहिलो संविधानसभामा जत्तिको पनि एकीकृत अवस्थामा छैनौ ।

४० जना दलित सभासद् हुनु भनेको कमजोर हो कि होइन ? ४० जना दलित सभासद् एक ठाउँमा आउन सकेमा केही फरक पर्छ कि पर्दैन ? यसबारे मेरो भर्खरैको अनुभव कामलाग्दो हुनसक्छ । गत महिनामा थारु सभासद्हरूसँग म आफै स्रोत–व्यक्तिको रूपमा रहेको थिएँ । हाम्रो अनौपचारिक सभासद् सभा पनि छ । त्यसमा ९–१० वटा पार्टीका सभासद् छन् । सभासद् सभाले आयोजना गरेकोले र म स्रोत–व्यक्तिको रूपमा त्यहाँ प्रशिक्षणका लागि भएकोले एकचालीसै जना थारु सभासद् आउनुभयो । मैले एक घण्टाजति अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघका सुनिश्चित आदिवासी जनजातिको अधिकार अब बन्ने संविधानमा सुनिश्चित भएमात्र थारुलगायतका आदिवासी जनजातिले मानवअधिकार उपभोग गर्न पाउँछ भन्ने कुरा गरें । त्यसका लागि ककस बनाउनुपर्‍योे तर पहिलाको संविधानसभामा जस्तो आदिवासी जनजातिको ककस बनाउन दिइँदैन । तर दिएनन् भने हामी थारुको बनाऔं, लिम्बुको बनाऔं, एक–एक गरेर बनाऔं । त्यसलाई कसरी छेक्दो रहेछ ?
 

मैले थारु सभासदहरूसँग जोडले अनुरोध के गरेको थिएँ भने तपाईंं थारुहरू चाहिँ हरेक कुरामा एक हुनुहुन्छ । किनभने थारुहरूमा अझ पनि प्रथाजन्य कानुन र सामूहिकताको भावना छ । तल समुदायमा हजारौं लाखौं एक हुने, तर यहाँ ४१ जना थारु सभासद एक नहुने हो भने तपाईं नाममात्रै थारु हो, तपाईं सक्कली थारु होइन रहेछ । तपाईं थारु सभासद्हरू एकजना पनि बाहिर हुुनु हुँदैन, ४१ जना थारु सभासद सबै एक ठाउँमा हुनुपर्छ ।

उहाँहरू एकमत भएर थारु सभासदको ककस बनाएर घोषणा गर्नुभयो । त्यतिबेला नेपाली कांग्रेस र एमालेले चम्किएर–दम्किएर दुई तिहाइ बहुमतको ध्वाँस दिँदै थिए । यता उनीहरूले पेलेर जान्छौं भन्दै संवाद समितिमा दबाब दिइँदा ४१ जना थारु सभासद्ले भनिदिए, ‘थारुको कुरामा हामी सबै सभासद् एकढिक्का छौं । थारुको सवालमा हामी त नेपाली कांग्रेस, एमाले, एमाओवादी जुनसुकैले जे भने पनि मान्दैनौ, ह्विप तोड्छौं ।’

त्यसपछि रामचन्द्र पौडेलको आँट पनि खस्कियो, केपी ओलीको आँट पनि खस्किँदै गएको देखियो । दुईतिहाइ त थारु सभासद् सबै मिलाएर हुने न हो । अहिले ४१ जना थारु सभासद एकातिर जान्छौं भनिसके । मगर, लिम्बु, तामाङ, गुरुङ सभासदले पनि थारु ककसलाई पछ्याएर गएपछि दुईतिहाइ बहुमत कसरी पुग्छ ?

मोदीले पनि दोहोरो कुरा गरे । एकातिर सहमतिमा जोड दिए भने सहमति नभएको कुराजति पछि संविधान संशोधन गरेर टुंगो लगाउन सकिन्छ भने । त्यसले गर्दा अब दुई तिहाइ बहुमतबाट पेल्ने अवस्था रहेको छैन ।

मलाई के लाग्छ भने त्यो ४० जना दलित सभासद् भनेको पनि भयंकर ठूलो शक्ति हो । तर के हुनुपर्‍योे भने यो चालीसमा उनन्चालीस एकातिर र एक एकातिर हुनु हुँदैन । त्यो चालीसमा २० जना एकातिर २० जना अर्काेतिर हुन हुँदैन । दलितको सवालमा चालीसैजना दलित सभासद् एकढिक्का हुनुपर्‍यो । बरु केमा एकढिक्का हुने त ? यसबारे छलफलपछि आफैंले सामुहिक रूपमा तय गर्नुपर्ने हुन्छ । त्यसो गर्न त्यति सारो गाहारो छैन ।

दलितको सवालमा हामी चालीसजना एकढिक्का छौं, दलितको अधिकारविपरीतका सवालमा हामी आफ्नो पार्टीको ह्विप मान्दैनौं, आवश्यक परे पार्टी छाड्न तयार छौं, बरु कारबाही जे गर्ने हो गर, तर त्योदेखि बाहेकका मामिलामा भने हामी जुन–जुन पार्टीका हौं त्यो पार्टीको तर्फबाट जिम्मेवारी पूरा गर्न तयार छौं भनेर भन्यौ भने लड्नलाई सजिलो हुन्छ ।

हामीमध्ये सभासदमध्ये कुनै एक जनालाई कारबाही गर्यो भने नागरिक समाजलगायतका सबै पनि कारबाही गर्ने पार्टीसँग अरिंगालको गोलाजस्तो खनिनुपर्छ । यस्तो प्रत्याभूति फेरि सभासदहरूलाई पनि हुनुपर्छ । अब संयुक्त संघर्ष समितिको पनि काम र तरिका पनि त्यही हुनुपर्छ । राजनीतिक दलभित्र पनि जति पनि छन्, सबै एक ठाउँमा बसेर हामी पनि एक ढिक्का छौ भन्ने सन्देश दिनुपर्छ । यसरी एकातिर उहाँहरूले संघर्ष गर्नु जरुरी छ । यसरी संघर्ष हुँदा दलित नागरिक समाज र सभासद्हरूले सहयोग नगर्ने हो भने आन्दोलन कहीँ पुग्दैन । त्यसैले त्यसमा पनि ऐक्यबद्धता ल्याउन नागरिक समाज र सभासद्हरूसँग पनि गहिरो सघन संवाद स्थापित हुनुपर्छ । सबैभन्दा समस्याचाहिँ नागरिक समाजमा छ । नागरिक समाज अर्थात अंग्रेजीमा सिभिल सोसाइटी । सिभिल सोसाइटी भनेको अंग्रेजीमा सिएस हुन्छ । सिएस भनेको ‘चाहिने बेलामा सुत्ने’ भन्ने हो । हुनुपर्ने ‘चनाखो समयमै’ हुनपर्ने हो । दलित, मधेसी, आदिवासी जनजातिको अधिकारका सन्दर्भमा नेपालको कथित नागरिक समाज चाहिने बेलामा सुत्ने, नचाहिने बेलामा उठ्ने हो ? हाम्रो दलित नागरिक समाज पनि चाहिने बेलामा सुत्ने हो कि होइन ? चाहिने बेलामा सुत्ने र नचाहिने बेलामा उठेर काम हुँदैन ।

मलाई लाग्छ, नागरिक समाजमा जति छन्, ती सय प्रतिशत एकै ठाउँमा आउँदैन होला । त्यो व्यक्तिगत कारण अथवा अरु विभिन्न कारण हुनसक्ला । तर जति आउँछन्, सय आय सय, उनान्सय भए उनान्सय, कम्तीमा पनि नभए नब्बे प्रतिशतभन्दा माथि त हामी एक ठाउँमा आउन सक्छौं । सबै एक ठाउँमा आएर त्यसलाई समायोजन गर्ने अनि संयुक्त संघर्ष समिति, सभासद् र नागरिक समुदायलाई अनुगमन गर्ने एउटा सचिवालय बनाउने काम गर्नसक्छौं ।

जनसंख्याको हिसाबमा हामी दलित २० देखि २४ प्रतिशत छौं तर राज्यले दिएको मिथ्यांकअनुसार हामी १२–१३ प्रतिशत हौं । तर पनि यो ठूलो संख्या हो, चानचुन हुँदै होइन । राज्यले, लोकतान्त्रवादीले यत्रो जनसमुदायलाई नकार्न मिल्दैन । फेरि नेपालभरि छरिएर रहेको जनसंख्याले आन्दोलनका कुरा उठाउनु भनेको बेवास्ता गर्न मिल्ने पक्ष नै होइन । यस्तो बेला जुनसुकै ठाउँमा र जुनसुकै तहमा पनि हामी आन्दोलन उठाउनसक्छौ ।

पक्कै पनि हामीमा लघुताभास हुनुभएन । वास्तवमा हामी ठूलो शक्ति हो । यो ठूलो र सानोमा पनि भिन्नता हुन्छ । संख्यामा गइयो भने कुनचाहिँ ठूलो हो ? १ ठूलो कि ९ ठूलो हो ? ९ ठूलो हो भने ९ जनाकोे कार्यसमितिमा १ जना अध्यक्ष हुन्छ र अध्यक्ष ठूलो होला । त्यसैले अक्षर आफैमा ठूलो होइन । त्यसमा शक्ति कति छ भन्ने हो । त्यो शक्ति सबै एकढिक्का भइसकेपछि त्यो एकढिक्का जति धेरै बलवान हुन्छ, यो विभाजितमा चाहिँ जतिसुकै भए पनि हुँदैन ।

त्यसकारण मेरो खास सुझाव के भने चालीसजना सभासद्हरूबाट जतिबेला पनि, जहाँ पनि हामी एक ठाउँमा छौ भन्ने सन्देश जानुपर्छ । टिभीमा देखिँदा पनि एक ठाउँमा । काम कुराले पनि एक ठाउँमा । संविधानसभाभित्र पनि एक ठाउँमा । पार्टीभित्र लड्दा पनि एक ठाउँमा । सभासद्को हैसियतले अरु पार्टीका सभासद्सँग हातेमालो गर्नुपर्छ । नागरिक समाज र राजनीतिक दलले पनि त्यस्तै गर्ने हो भने असम्भव केही पनि हुँदैन ।

दलितमात्रैको आन्दोलनले अधिकतम अधिकार प्राप्त हुन सक्दैन । मधेसीमात्रैको आन्दोलनले .पनि मधेसीले अधिकत्तम अधिकार पाउँदैनन् । आदिवासी जनजातिको मात्रैको आन्दोलनले पनि आदिवासी जनजातिले अधिकतम अधिकार पाउँदैनन् । सबैले अधिकतम पाउने भनेको सबै दलित, मधेसी, आदिवासी जनजाति मिलेर एकीकृत आन्दोलन उठाएपछि पाउने हो ।

पार्टीहरूले हामीलाई फुटाऊ र शासन गरको नीति लागू गर्छ । मधेसीलाई मधेस प्रान्त दिने, तर आदिवासी जनजातिलाई पहिचानसहितको प्रान्त नदिने प्रस्ताव मधेसीहरूले माने भने आदिवासी जनजातिले दनक खान्छन्, तर पछि अन्ततः मधेसीले पनि दनक खान्छन् नै । मधेस प्रदेशलाई अस्वीकार गर्दै आदिवासी जनजातिको पहिचानसहितको प्रदेश प्रस्तावलाई आदिवासी जनजाति आन्दोलनले मान्यो भने पनि पहिले मधेसीले दनक खान्छन् र त्यसपछि त फेरि आदिवासी जनजातिले नै दनक खाने नै हो नि । त्यस्तै गरेर दलितका कुरा मिलाइदिएपछि दलित आन्दोलनले आदिवासी जनजाति र मधेसीको सवालसँग सरोकार राखेन भने पहिला आदिवासी जनजाति र मधेसीले दनक खान्छन् र पछि अन्ततः दलितको अधिकार खोसेर लिएपछी दलितले पनि दनक खाने न हो ।

त्यसकारण मलाई लाग्छ, एकले अर्काे आन्दोलनसँग समन्वय गरेर, एकले अर्कोको अधिकार प्राप्त नभएसम्म एैक्यबद्ध रहेर आन्दोलन गरे भने मात्र अधिकारसहितको संविधान आउनसक्छ । यसका लागि हामी सबैले सक्दो प्रयास गर्नुपर्छ ।

प्रस्तुतिः बिरु नेपाली र अर्जुन विश्वकर्मा/esamata.com

 

 


मंगलवार, २०७१ चैत्र १० गते २३:४५ / Tuesday, Mar 24, 2015 11:45 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: आदिवासी/जनजाति
1.   यस कारण मनाउँछन गुरुङहरु 'तमु ल्होसार'
2.   फेरी घुसपैठ गर्ने दुश्साहस गर्ने छैनन - वाईवा
3.   हाम्रो आन्दोलन 'सेफ ल्यान्डिङ' चाहन्छः लेखी
4.   सङ्घीय समाजवादी फोरम, नेपाल : घोषणा पत्र
5.   सँगसँगै लड्ने कि दनक खाने ?
6.   डिसेम्बर ३१ मा सुम्निमा साँझ-६
7.   न्युयोर्कमा फिप्नाको कार्यालय उद्घाटन
8.   न्युयोर्कमा धुमधामका साथ म्ह पुजा सम्पन्न
9.   न्युयोर्कमा भव्य बलिहाङ तङ्नाम
10.   न्युयोर्कमा मेघा म्यूजिकल कन्सर्ट भव्य
11.   न्युयोर्कमा खड्ग गर्बुजा सांगीतिक साँझ
12.   आदिवासी फिल्म महोत्सवमा ४८ फिल्म
13.   केआरएसएद्धारा न्युयोर्कमा भव्य उभौंली
14.   सहमतिमा जोड दिनाले संविधान जारी भएन– उप–प्रधानमन्त्री सिंह
15.   उभौलीको अवसरमा चिन्डो चिन्तन
16.   न्यूयोर्कमा डा.लावतीसँग अन्तर्क्रिया
17.   राष्ट्र संघको युथ एसेम्ब्लीमा फिफ्ना युथ
18.   फिपना द्वारा शुभकामना आदान-प्रदान
19.   महागुरु फाल्गुनन्दको १२९ औं जन्मजयन्ती
20.   ओमानमा नेपाली दुतावासको उदघाटन
21.   सन्ध्या ग्रुपद्धारा खनालको बिदाई
22.   नेपाली दुतावास ओमान आगामी मंसिर ५मा उ्दघाटन हुने
23.   साउदीमा धरपकड शुरु
24.   मलेसियाको भिषा शुल्क बढ्यो
25.   महिला फुटवल टोलीलाई कतारमा सम्मान तथा विदाई
Results 46: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न २८५३ सोनाम ल्होछारको अवसरमा तामाङ सोसाईटी अफ अमेरिकाले अमेरिकाको न्यूयोर्कमा विविध् कार्यक्रम सहित भव्य रुपमा ल्होछार पर्व सम्पन्न गर्यो । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (आईसिसी) अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा सोसाईटीका अध्यक्ष शान्त बाबु थोकरको सभापत्विमा सम्पन्न भएको हो ।

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)

अतिथीहरुबीच नै दोहोरी

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित) माघे संक्रान्ति पर्वको अवसर पारेर न्यूयोर्कमा भव्य कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिकाको समन्वयमा न्यूयोर्क च्याप्टरद्धारा आयोजित उक्त कार्यक्रम गत जनवरी १५ तारिख न्यूयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो ।

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी मगर संघ अमेरिकाले अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्व बिशेष रुपमा मनाउने भएको छ । संघको केन्द्रिय समन्वय र च्याप्टर समितिको आयोजनामा आगामी जनवरी १५ तारिख न्यूयोर्क, न्यू जर्सी र बाल्टिमोर साथै जनवरी २२ तारिख सान् फ्रान्सिस्को शहरमा बिभिन्न कार्यक्रम सहित माघे संक्रान्ति पर्व मनाउने कार्यक्रम रहेको छ ।

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा आगामी जनवरी २८ तारिख न्यूयोर्कमा विविध् सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाउने भएको छ । न्यूयोर्कको कुईन्स लङ् आईल्याण्डमा अवस्थित फाईभ स्टार ब्याङ्कैटमा सम्पन्न हुन लागेको उक्त ल्होछार कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आवद्ध बिभिन्न कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न

खालिङ र फिप्ना सम्मानित

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले बार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा संगीत स्रष्टा पविधन खालिङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)लाई बिशेष सम्मान गरिएको थियो ।

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान

संघको विधान र प्रतिष्ठालाई नै धज्जी उडाउने कुचेष्टा

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी जनवरी ८ तारिख आयोजना गर्न लागेको विवादस्पद पुथ्वी जयन्तीलाई दिवसको रुपमा नमनाउन अमेरिकामा स्थापित बिभिन्न संघ संस्थाले संयुक्त रुपमा आव्हान गरेको छ । स्वतन्त्र र गैंर नाफामूलक संस्थाको रुपमा प्रतिष्ठित संघले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रमलाई दिवसकै रुपमा मनाउनुलाई संघकै विधान र प्रतिष्ठाको धज्जी उडाउने कुचेष्टा गरिएको भन्दै संयुक्त संगठनहरुले उक्त कार्यक्रम यथासिघ्र स्थगित गरि फिर्ता लिनु पर्ने बताएकाछन् ।

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम अल्ट्रा धावक मीरा राईलाई जिताउन अमेरिकाको न्यूयोर्कमा एक् कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको अध्यक्ष विष्णु राईको अध्यक्षतामा सम्पन्न भएको हो । नेसनल जियोग्राफी च्यानलको एड्भन्चर्स अफ दि एअर अवार्डको मनोनयनमा परेकी मीरा राई यस प्रकारको प्रतियोगिताामा सहभागी हुने पहिलो नेपाली हुन ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.