शनिवार, मंसिर ०९ गते, २०७४
Saturday, November 25, 2017
सक्छौं त पहाड थाम्न ?


सक्छौं त पहाड थाम्न ?

प्रशान एलुङ् राई
meetprashan@gmail.com

विषय प्रवेश : डेस्टीनेसन डिसी
एनआरएन अमेरिकाको तेस्रो बार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । मार्चको २१ र २२ मा अमेरिकाको वासिङ्टन डिसीमा सम्पन्न उक्त सभा एनआरएन अमेरिकाको इतिहासमा सबैभन्दा बृहत र ऐतिहासिक बनेको छ । कुनै यस्तो समय पनि थियो अमेरिकामा एनआरएन न त सक्रिय थियो न  जनस्तरमा यसप्रति कुनै चासो नै । यसर्थ तेस्रो साधारण सभा र बर्तमान कार्यसमितिलाई सफल कार्यक्रम र कार्यकालको रुपमा सबैले स्विकार्नु पर्छ र यसको लागि खगेन्द्र क्षेत्रीको नेतृत्व र उनको सम्पूर्ण टिमलाई जस दिनु कसैले कञ्जुस्याँई गर्नु हुदैन सायद ।

औंलामा गन्न सकिने सदस्य र नेतृत्वबाट बिस्तारित एनआरएन अमेरिका तेस्रो साधारण सभासम्म आईपग्दा दश हजार भन्दा बढि सदस्य बनाउन सफल भएको छ । संस्थाको लागि यो संख्या आफैमा  ठूलो उपलब्धिको रुपमा लिनु पर्छ । यहि संख्याले मात्र पनि एकातिर अन्तराष्ट्रिय रुपमा अमेरिकाको एनआरएन उपस्थिति बलियो देखिन्छ भने यहि सदस्य संख्याले पुर्याउने  न्युनतम योगदान मात्रै पनि पर्याप्त हुन सक्छ । यद्यपी यो संख्या आफैमा प्रशस्त भने पक्कै होइन ।

डिसीमा सम्पन्न साधारण सभामा आयोजित बिभिन्न कार्यक्रमहरुको समिक्षागत रिर्पाेट र प्रतिवेदन संस्थाले चाँडै सार्वजानिक गर्ला नै । यद्यपी कार्यक्रममा सहभागी एक सदस्य र सञ्चारकर्मीको हैसियतले भन्नु पर्दा साधारण सभा सहभागितामूलक र उत्साहपूर्ण रुपले सम्पन्न भएको पंक्तिकारको ठम्याँई हो । संस्थाप्रति जनस्तरले देखाएको चासो र नेतृत्वको लागि उत्साहपूर्ण सहभागिता आफैमा संस्थाको उपलब्धि मान्नु पर्छ । बिभिन्न राज्यबाट सहभागी भएका बिभिन्न क्षेत्रमा स्थापित र प्रतिष्ठित एनआरएन सदस्यहरुको उल्लेख्य सहभागिताले तेस्रो साधारण सभाको गरिमा बढेको थियो भने व्यावसायी, राजनीतिकर्मी, समाजेवी, युवा, बिद्यार्थी, कलाकार, पत्रकार एवं अन्य बिभिन्न पेशामा आवद्ध सदस्यहरुको उत्साहपूर्ण उपस्थितीलाई संस्थाले उर्जाको रुपमा लिन सके आगामी दिनहरुमा संस्थागत उज्यालो निश्चित् प्रायः छ ।

यसैगरी साधारण सभामै बिशेष कार्यक्रमको रुपमा राखिएको बिधान संशोधन सम्बन्धी गणपुरक सदस्यकै सहभागितामा बिभिन्न बुँदाहरुमा प्रस्ताव, छलफल र निर्णयहरु भए । तेस्रो साधारण सभाको प्रमुख उपलब्धि यसैलाई मान्नु पर्छ । संस्थाको बार्षिक साधारण सभामा संस्थागत प्रतिवेदन, प्रगती विवरण र कार्ययोजना सम्बन्धी कार्यक्रमहरुलाई अपुग भएको समय अनावश्यक सांस्कृतिक कार्यक्रम, बिभिन्न गोष्ठि र कार्याशाला जस्ता कार्यक्रमबाट कटाउन सकिन्थ्यो । त्यो हुन सकेन । उल्लेखित कार्यक्रमहरु साधारण सभामा नराखेर सम्मेलनमा समाबेश गरिनु पथ्र्याै । हुन त केहिले यसलाई सम्मेलन, महासम्मेलन भनेर सम्बोधन गरिएको देखिन्छ, यो संस्थाको साधारण सभा हो यहि नामले सम्बोधन हुनु पर्छ भन्ने मेरो निजी मान्यता समेत पनि हो ।

विधान मसौंदा समितिले नवौं पल्ट संशोधन गरेर प्रस्ताव गरेको संशोधित विधानमा सदस्यहरुको राय बाँझिनुलाई सामान्य प्रकृया नै मान्नु पर्छ । यद्यपी अल्पमतको भावनाको कदर गर्दै सर्व स्विकार्य बहुमतको निर्णयलाई आत्मसात् गर्नु पनि संस्था/संगठनको विश्वव्यापी सर्वमान्य प्रक्रिया हो । बाँकी, कार्यक्रम स्थलमा भएको अस्त व्यस्तपन कसैलाई अस्वाभाविक लाग्यो होला, कसैलाई कार्यक्रममा प्रदान गरिएको खानपान अस्वास्थ्यकर लाग्न सक्छ, कोहिले मञ्चमाथि पाएको प्रशंसा सम्मान अरुचीकर पनि लाग्यो होला । यी सब ऐजन ऐजनका सवालहरु हुन प्रमुख मुद्धा होइनन् ।

साँच्चै सक्छौं त पहाड थाम्नलाई ?
सन् २००३ को अन्ततिर प्रवासी नेपालीहरुको हक, हित र अधिकारको निम्ति “नेपालीका लागि नेपाली” भन्ने मुल नारा लिएर स्थापित यस गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद अमेरिका सन् २००६ सालको मध्यतिर स्थापना भएको हो । स्थापनाकालका धेरै बर्षहरु एनआरएन अमेरिकाको लागि उपलब्धीमुलक रहेनन् । संस्थाभित्रै नेतृत्वपक्षबीचको लडाई झगडा साधारण सदस्यसम्म आईपुग्दा अन्य सदस्यमा संस्थाप्रतिको आकर्षण घट्दो रह्यो । कुनै यस्तो समय थियो एनआरएन अमेरिकामा न त पूर्णकालिक नेतृत्व रह्यो न त सदस्यता संख्या नै पर्याप्त ।

अब एनआरएन अमेरिकामा यी माथि उल्लेखित दुवैको कमी छैन् । संस्थाप्रतिको चासो ह्वात्तै बढेर सदस्यता संख्यामा उल्लेख्य बृद्धि हुनु र नेतृत्वको लागि आकांक्षा राख्नु स्वाभाविक मानिन्छ । फलस्वारुप पछिल्लो समयमा एनआरएन अमेरिकाको नेतृत्व गर्न कम्मर कसेका आकांक्षीहरु बिभिन्न सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती छरिएकाछन् ।

एनआरएन अमेरिका अब सयको संख्याबाट बढेर हज्जारौंको संख्यामा पुगेको छ । र यो निरन्तर बढ्दो क्रममा पनि छ । बिभिन्न पदमा उम्मेदवारी दिएको छु भनेर सस्तो लोकप्रियताको लागि फेसबुक र अन्य माध्यममा देखिएका उम्मेदवारहरु कतिको बलिया उम्मेदवार हुन् ? जनजनले सोध्ने प्रश्न यहि हो । निर्वाचन समितिले उम्मेदवारी दर्ता मिति नतोक्दैमा बिभिन्न पदको उम्मेदवार हुँ भन्दै भोट अपिल गर्ने उम्मेदवार कस्ता उम्मेदवार हुन् ? यत्ति मात्रै होइन, निर्वाचन कार्यालय वा अनलाईन मार्फत  उम्मेदवारी दर्ता नगरी मलाई भोट दिनुहोस भन्दै भोट माग्दै हिड्ने उम्मेदवार भोली कथम्कदाचित प्रक्रियागत दायरामा परेन भने के होला ?  “म उठ्दैछु र म उठि सकेको छु” भन्नुमा आकासपत्तालको फरक छ ।

नेपाल र अमेरिकाको झण्डाबीचमा फोटो टाँस्यो र फेसबुके वालमा एनआरएन अमेरिकाको फलानो पदमा उम्मेदवार दर्ता गरायो । साथी हो, भतिज हो, गाउँको हो, जिल्लाको हो, आफ्नो जातको हो, पार्टीको हो...गोडा दुईएक सयले लाईक गरिहाल्छन् । अनि शुरु हुन्छ भोट काउन्ट । र लाग्दो हो मैले जिती हाल्छु । कुनै जाति, पार्टी, झुण्डमा ८/१० जनाबीच परिचित छु भन्ने भ्रममा एनआरएन अमेरिकाको नेतृत्वको लागि तपाई हामी जो कोहि तयार हुनुहुन्न । हुँदै हुन्न ।

निश्चित् हो अमेरिकामा एनआरएन सरगर्मी ह्वात्तै बढेको छ । यसबीच उम्मेदवारहरुको चर्चा पुरै अमेरिकाभर हुनेछ । तर के ति सबै उम्मेदवारहरु निःस्वार्थ सेवाभावले एनआरएनको लागि फेसबुकमा टाँसिएका हुन् र ? आफ्नो लोकप्रियताको लागि मात्रै आकांक्षा पालेका हुन् कि वास्तवमै बलिया उम्मेदवार भएर उभिएकाछन् ? आफु लुते लाग्दा लाग्दै दुई चार जनाले बलियो छस भनेको भरमा दौडन खोज्नु आपैmको लागि भार हुन सक्छ । दस पन्द्र जनाको संख्यामा खोलिएका संस्थाको सदस्य (अध्यक्ष नै सहि) भएकै भरमा उम्मेदवारी दिनेहरुमा सादर अनुरोध–“भ्रम मुक्त भएर बिना स्वार्थ आपैm बलियो भएर उभिनुहोस्, तपाईको जीत निश्चित् छ ।”

होइन भने हिजोको जस्तो छैन समय र छैन कुनै दिन । पोहोरकै जस्तो मौसम नहुन सक्छ यो बर्ष । नफुल्न सक्छ परारको जस्तै फुलहरु यसपाली । पुगनपुग ११ हजार सदस्यभित्र पार्टी, जाति, बर्ग, क्षेत्र, रंग सबै सबैखाले मान्छेहरु छन् । त्यसमध्ये तपाईको पक्षमा एउटा मात्र पनि भोट नहुन सक्छ ।
पहाड जस्तै फैलदो छ अब एनआरएन । यसपालीको समय सन्दर्भमा सबै सबै उम्मेदवारहरुलाई सोध्नु मन छ तपाई हाम्रो साझा प्रश्न-
“सक्छौं त पहाड थाम्न ?”
बस यत्ति ।



मंगलवार, २०७१ चैत्र ०९ गते ०१:१६ / Tuesday, Mar 24, 2015 1:16 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समय सन्दर्भ
1.   समय सन्दर्भ : आऊ मिलाऔं हाम्रा हातहरु
2.   यस कारण ईन्स्योरेन्स “आतंक”
3.   समय सन्दर्भ : नेहालाई न्याय
4.   समय सन्दर्भ : छ कोहि ?
5.   समय सन्दर्भ – “छ हिम्मत ?”
6.   सक्छौं त पहाड थाम्न ?
7.   झुम्लावाङ्गमा 'नजर'
8.   'हुस्' ! विमला
9.   देश र दशैं
10.   ऊ...तुलसी घिमिरे
11.   तेरिया तरङ्ग
12.   छड्के : हामीलाई घट्दो क्यामेरा मोह
13.   समय सन्दर्भ : खस्रा खरेल
14.   एनआरएन–नेतृत्व
15.   शोकाकुल सगरमाथा
16.   नयाँ बर्ष
17.   कीतिमार्नी क्रिकेटर
18.   गौरीलाई : यता बाई-उता हाई
19.   ...उता दिलशोभा दुख्दा
20.   सारंगी रुदैछ....
21.   डाक्टर साप, ऊ मर्न लागेको छ
22.   “फुल टाइमर जोर्नालिष्ट”
23.   "दिल्ली दौडाह"
24.   "वेम्बलीमा नेपथ्य"
25.   राहतमा राजनीति
Results 37: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.