विहिवार, आश्विन ०५ गते, २०७४
Thursday, September 21, 2017
मेरो पट्टु, मेरो बिरालो
-बुद्धिसागर

‘बुद्धि उठ्।’ 
यसपल्ट सुगाले एकपल्ट मात्र बोलायो। र, आकाशै च्यातिनेगरी करायो। पखेटा भ्यात्त–भ्यात्त फड्फडाए। यस्तो सुगाले अहिलेसम्म गरेको थिएन। के भएछ ? म निद्रामै थिएँ। झस्किदै उठेँ। 
 
कठै, पिँजरा किलाबाट उछिटिउँलाझैं बेस्मारी हल्लिरहेको थियो। त्यसमा सुगा थिएन। पिजराका खियादार मसिना तार भाँच्चिएका थिए। 
 
लौ, केले तानेर लग्यो सुगालाई ? 
 
मेरो मुटु चिसो भयो। पिजरा झुन्डिएकै ठाउँनेर दुई घरका भित्ताबीच मसिनो चर थियो, त्यतै लगेको हुनुपर्छ। चर मान्छे पस्न सक्ने खालको थिएन। भित्रसम्म चिहाएँ, केही देखिनँ। 
के गरूँ के गरूँ भयो। 
 
अत्तालिएर फेरि पिजरातिर हेरेँ, त्यो अझै हल्लिरहेकै थियो। सुगाका चुँडिएका प्वाँख भने हुरी चल्दा खसेका सालका हरिया पातझैं झरिरहेका थिए। 
 
***
 
४८ सालतिरको कुरा होला, कैलाली मटेराको। म ५ मा पढ्थेँ। स्कुल जान भनेर घरबाट त हिँड्थेँ तर दिन सालघारीमा घुमेर बिताउँथेँ। त्यसमा मलाई पूर्णेले साथ दिन्थ्यो, ऊ पढ्नमा भन्दा रुख चढ्नमा सिपालु थियो। कतै रुखका प्वाल देख्यो कि हात छिराइहाल्थ्यो। एकपल्ट त सर्प गुँडुल्किएको प्वालमा हात छिराएछ, अत्तालिँदै रुखबाट भाँचिएको हाँगाझैं तल खसेको थियो। रुख होचो थियो, त्यसैले खासै केही भएन। तर, तीन दिनसम्म खोच्याउँदै हिँड्यो। रुखबाट खस्दा बेस्मारी ठोक्किएर उसका अन्डकोष साइजभन्दा डबल भई फुलेका थिए रे। 
 
पूर्णेको शरीर हरेक दिन कतै न कतै ददारिन्थ्यो। अनुहार पनि त्यस्तै धर्कैधर्काले भरिएका थिए। रुख चढेको थाहा पायो कि बाउले पिच्च–पिच्च सुर्ति थुक्दै हातमा जे आउँछ त्यसैले हिर्काउँदै सारा मटेराभरि उसलाई फनफनी रिंगाउँथे।
मलाई रुख चढ्न डर लाग्थ्यो। त्यसैले कर गरीगरी उसलाई लिएर म सालघारी फन्का लगाउँथेँ। किनभने, मलाई सुगा चाहिएको थियो। मटेराका घरहरूमा त त्यति सुगा थिएनन्, थारू गाउँमा त घरैपिच्छे सुगा। 
 
ती सुगा मान्छे देख्नेबित्तिकै पिजराभित्र फनफनी घुम्दै कराउँथे, ‘राम राम – राम राम।’
 
मलाई पनि यस्तै ‘राम राम’ भन्ने सुगा पाल्ने रहर पलायो। एकपल्ट आमासित रोइकराइ पनि गरेको थिएँ, ‘सुगा ल्यादिनु के !’
‘तेरा बाले मार्छन्’ भन्दै आमाले डर देखाइदिनुभएको थियो।
 
बालाई सुगा पालेको मन पर्दैनथ्यो। मलाई सधैं बाको मुड्कीदेखि डर लाग्थ्यो, त्यसैले रहर मारेँ। सालघारीमा फेरि पात पलाउन थालेपछि मेरा रहर पनि पलाए। मैले थाहा पाइसकेको थिएँ, थारूहरूले त सबै सुगा रुखका टोड्काबाट झिकेर ल्याएका हुन् रे।
 
मटेराजस्तो गाउँमा देख्नलाई अरू पनि सपना हुन्छन् भन्ने मलाई थाह थिएन। त्यै भएर मेरो एउटै सपना थियो, सुगा। म त्यो सपना जसरी पनि पूरा गर्नेवाला थिएँ। भन्छन्– साँचो मनले सपनालाई पछ्याउनुपर्छ, त्यसले एकदिन अगाडि आएर घुँडा टेक्छ र शिर निहुराउँछ।
 
उराठलाग्दो गर्मीको दिन थियो। बेसरम घारीमा दिनभरि लुकीचोरी खेलेर पूर्ण र म सालघारी लाग्यौं। अचानक मैले एउटा सुगा भुर्र उडेको देखेँ। सुगा अग्लो सालबाट उडेको थियो। 
 
‘एई पूर्णे, हेर् त, सुगा उड्यो,’ मैले अत्तालिँदै भनेँ, ‘यो रुखमा सुगाको गुड छ कि क्या हो ?’
 
सूर्य ठ्याक्कै रुखको टुप्तातिर थियो, त्यसैले एकछिन उसले निधारमा ख्याप्प हत्केला राखेर माथि हेर्‍यो। रुखका पातपातबाट घामको प्रकाश छ्यासमिस भएर छरिइरहेको थियो। 
 
‘छजस्तो छ’ भन्दै उसले मैलो झोला भुइँमा फाल्यो। लामो सास फेर्‍र्यो र बादरझैं रुख उक्लिन थाल्यो। स्यार्र–स्यार्र पाइतालाले आफूलाई माथि धकेल्दै एकैछिनमा ऊ रुखको टुप्पातिर पुग्यो। एकछिन अल्मलियो।
लौ, टोड्को भेटेजस्तो छ। 
 
उसले मतिर हेर्दै मुस्कुराउँदै टोड्कामा हात छिरायो। म तर्सिएँ। ए बा, फेरि टोड्कामा सर्प भेटिने हो कि ? 
 
एकछिनसम्म टोड्को छामछुम गरेपछि पूर्णे मतिर हेर्दै खिस्स हास्यो। मैले थाहा पाइहालेँ, सुगा रैछ। खुसीले मेरा कुर्कुच्चा उचालिन थाले। पूर्णेले सावधानीपूर्वक सुगा सर्टको जेबमा हाल्यो र हतारिँदै बाँदरझैं स्यार्र–स्यार्र तल झर्न थाल्यो। 
 
‘एउटै रैछ, क्यार्नी ?’ उसले पाइन्टको घुँडानेर लागेको धुलो टक्टकाउँदै सोध्यो। 
 
‘मलाई दे न।’
 
‘नाइँ, म पाल्छु’ भन्दै उसले जेबबाट सुगा झिक्दै हत्केलामा राख्यो। 
 
सुगा ठ्याक्कै एक पाउको मासुको डल्लोजस्तो थियो। छाला भुत्लाएको कुखुराको जस्तो देखिन्थ्यो। आँखा पनि उघ्रिएका रैनछन्। कत्तिपल्ट यसरी ल्याउँदा सुगाका बचेरा रुखमा ददारिएर मर्थे, यो भने जिउँदै रैछ। उसले सुस्त–सुस्त सास फेरिरहेको थियो। 
 
‘मलाई दे न,’ रूँला–रूँला जस्तो गरेर भनेँ। 
 
‘दिन त दिन्छु,’ पूर्णेले गम्भीर स्वरमा भन्यो, ‘तैंले सधैं मलाई हाफटाइममा रोटी दिनुपर्छ।‘
 
पूर्णेलाई जहिले पनि मेरी आमाले पकाएको रोटी मनपथ्र्यो। पातला र भुक्क फुलेका हुन्थे। यस्तो सुगा पाउनलाई त म हजार रोटीको रिन बोक्न सक्थेँ।
 
‘दिम्ला,’ मैले भनेँ। 
 
उसले एकछिन सोच्दै ‘ला त’ भनेर सुगा मतिर बढायो। 
 
सुगा मेरो हत्केलामा आयो। उसको ज्यान काँचो माटोझैं नरम थियो र चुच्चो सिन्दुर पोतिएजस्तो गुलाबी। एकछिन ढुंगाझैं शान्त भएपछि सुगा चल्मलायो। नंग्रा मेरा हत्केलामा बिझाए। अचानक उसले आफ्नो चुच्चोले मेरो चोरऔंला क्याक्क पार्‍यो। 
 
दुखाइले मेरा आँसु पित्रिक्क निस्किए। म दुवै हत्केलाबीच सुगा च्यापेर घरतिर दगुरेँ। सुगाको ढुकढुकी बढ्दै गयो। अनि मलाई लाग्यो– मैले मुटु हत्केलामा च्यापेको छु। 
 
***
‘फेरि काँबाट ल्याइस् !’ चल्मलाउन छाडेको सुगा देखेर आमा बम्किनुभो, ‘तेरा बाले मार्छन्।’
 
साँझ बा आएपछि जे त होला।
 
म सुगालाई काँ राखुँ भनेर अल्मलिएँ। बिरालो पनि मेरो हातको सुगा देखेर मेरा गोडामा लडिबुडी गर्न थाल्यो। बिरालो हाम्रै घरमा हुर्किएको थियो, दुधकै साक्षी राखेजस्तो पनि हुने। 
 
एउटा बर्खेझरीमा खै कुन्नी कताबाट बिरालो हाम्रो घर आइपुगेको थियो। सानै थियो। झरीले लुछुप्प रुझेको थियो। त्यसपछि अन्त गएन। हाम्रो भयो। अझ मेरो। सुत्दा पनि मैसित सुत्थ्यो। 
 
‘कुन दिन यसले एक गाँस बनाउँछ, अनि थाहा पाउँछस्,’ बिरालोतिर हेर्दै आमाले शंका देखाउनुभो। 
 
‘पिजरामा राखेपछि खान्न।’
 
‘किन यस्तरी हुक्क पार्छस्, यई ?’ आमाले सुस्केरा हाल्नुभो, ‘कल्ले ल्यादिन्छ पिजरा?’ 
 
म बोलिनँ। 
 
दैलोछेउको डेरीमा पूरानो बोरा फेला पारेँ र सुगालाई त्यसमै छोपछाप पारेर डेरीमाथि राखेँ। 
 
‘साँझ बाउको थप्पड खाइस् भने रुँदै मकहाँ नआउनु’ भन्दै आमा भान्सातिर लाग्नुभो। 
 
मैले फेरि बोरा अलिकति माथि उठाउँदै बिस्तारै काँपिरहेको सुगालाई हेरेँ, भोक लागेर होला सायद। थारूहरूले फट्यांग्रा खुवाएको खुवायै गर्थे, त्यसैले म फट्यांग्राको खोजीमा खेततिर दगुरेँ। बिरालो पनि पछि लाग्यो, पुच्छर नचाउँदै। 
 
गहुँका हरिया पातमा एउटा फट्यांग्रा देखियो। म हातखुट्टा टेकेर लम्किएँ। सुस्त बिरालोले पनि पछ्यायो। पछाडिको एउटा खुट्टा के समाएको थिएँ, फट्यांग्रा छट्पटायो। मैले हतार–हतार फट्यांग्राका सबै खुट्टा उखेलेँ, टाउको निमोठिदिएँ।
 
आखिर फट्यांग्रो ठूलो गहुँको गेडोजस्तो देखियो। करिब आधा घन्टाभित्रमा मेरो सर्टको गोजीमा पाँचछ वटा फट्यांग्रा जम्मा भए। 
 
म सुगातिर दगुरेँ। 
 
बेलाबेला मेरा हत्केलामा ठुँग्दै सुगाले चारवटा फट्यांग्रा खायो। र, फेरि चल्मलाउन छाड्यो। 
 
साँझ बा भान्सामा भात खाँदै हुनुहुन्थ्यो। म बाकै छेउमा थिएँ। सुस्त केही कराको आवाज आयो। आमाले मतिर हेर्नुभो। 
 
मैले चुपचाप भात खाइरहेँ। 
 
फेरि सानो आवाज आयो। 
 
‘जा मर् त। सुगा कराको होला,’ आमाले भन्नुभयो। बाको डरले थुरथुर काप्दै बाहिर दगुरेँ। 
 
बोराभित्र सुगा चल्मलाइरहेको थियो। मैले गोजीमा दुइटा फट्यांग्रा भेटेँ र सुगालाई दिएँ। 
 
घरभित्र जान डरलाग्यो। अबेरसम्म बाहिर उभिरहेँ। 
 
‘एई भात खा। फेरि काँ मरिस्?’ आमा कराउनुभो। 
 
म लुरुक्क भित्र पसेँ। 
 
बा अगेनाछेउ आँखा चिम्लेर बस्नुभएको थियो। शान्त आवाजमा सोध्नुभो, ‘सुगा ल्याछस्?’ 
 
म शिर निहुराएर उभिइरहेँ। 
 
‘जाँबाट ल्याथिस्, भोलि त्यैं लगेर छोडेस्। नत्र मुड्क्याउँछु,’ बाले अगेनाको अगुल्टो चलाउँदै भन्नुभयो, ‘अब भात खा।’
 
मैले हतारहतार भात खाएँ। 
 
बिरालोको डरले मैले सुगा रातभरि आफ्नै पलङमुन्तिर लुकाएँ। बेलाबेला ब्युँझिएर के गरिरहेको छ, हेर्थें। 
 
बा बिहानै हिँडिसक्नुभएको रैछ। म भने ज्यान गए पनि सुगा छोड्नेवाला थिइनँ। डेरीकै छेउछाउ लुकाएर राख्न थालेँ। मैले फाटेको सर्ट ओछ्याएर सुगाको ओछ्यान बनाइदिएको थिएँ। सुगा चुच्चाले कपडा कोतर्दै बसिरहन्थ्यो। जंगलबाट मान्छेको भीडमा आएर होला, अलि डराए–डराएजस्तो पनि देखिन्थ्यो। 
 
बाले एकहप्ता पछि थाह पाउनुभो, सुगा त घरमै छ। मलाई हेर्दै दाह्रा किट्दै मुर्मुरिनुभो, ‘पाजी, सुगा मरेको थाहा पाएँ भने मुड्क्याउँछु।’
 
‘मर्दैन,’ मैले भनेँ, ‘म मर्न दिन्नँ।’
 
बाको यही धम्कीसँगै मैले घरमा सुगा पाल्ने अनुमति पाएँ।
 
***
फट्यांग्रा र जुठो भात खाँदाखाँदै सुगा हुर्कियो। 
 
बिस्तारै सुगाका आँखा उघ्रिए। आँखावरिपरि रंगीन घेरा बसे। चुच्चो झन् गुलाबी हुँदै गयो। र, एकदिन सुगाका पखेटाभरि सलाईका काँटी रोपेजस्ता प्वाँख उम्रिए।
 
बिरालोले पनि सुगालाई घरकै सदस्य मानिसकेको थियो, दिनभरि लर्खराउँदै आँगनमा हिँडिरहेको सुगालाई हेर्दै टोलाउँथ्यो। बेलाबेला सुगालाई जिस्काएझैं झम्टिन खोज्थ्यो, खेलेझैं। 
 
आखिर पखेटामा वसन्त आएझैं सुगाका प्वाँख बाँसझैं हरिया हुँदै गए। अनि त, भुवादार मुलायम प्वाँखले पखेटा भरिए। बेलाबेला सुगा उड्न खोज्थ्यो। त्यही डरले मैले उसलाई डेरीभित्र राख्थेँ र डेरीको प्वाल कार्टुनले छोप्थेँ। 
 
एकदिन आमाले कैंची दिँदै भन्नुभो, ‘ला, प्वाँख काटिदे। नत्र उड्छ।’
 
प्वाँख रेटिएपछि सुगा हुरीले पात झारेको रुखजस्तो खङरंग पर्‍यो। भ्याट–भ्याट पखेटा तन्कायो र लुत्रुक्क पर्‍यो। 
 
सुगा हुर्किंदै त गयो तर बोल्न सुरु गरेन। मलाई त मान्छे घरमा आउनेबित्तिकै ‘राम राम’ भन्ने सुगा चाहिएको थियो। यस्तो ठुस्स परेर बस्नेवाला त होइन। बेलाबेला बिरालोले झम्टिन खोज्दा एकदुई पल्ट कराउँथ्यो, अनि दिनभरि शान्त। 
 
‘खुर्सानी ख्वाउनुपर्छ... बोल्छ,’ मेरो समस्या सुनेर पूर्णेले सिकायो। 
 
‘अनि राम राम भन्छ ?’
 
‘भन्छ। सबै थारूले सुगालाई खुर्सानी पो ख्वाउँछन्।’
 
खुर्सानी त घरमै फालाफाल। बारीमा गएर एउटा हरियो ‘जिरेखुर्सानी’ ल्याएँ। सुगा भान्साको संघारतिर मुडुलो पुच्छर नचाउँदै घुमिरहेको थियो। बिरालो अल्लि पर भुइँमा च्यापु अड्याएर चिम्सा आँखाले हेरिरहेको थियो।  
 
‘पट्टु पट्टु’ भन्दै सुगालाई च्याप्प समाएँ र चुच्चो च्यातेर खुर्सानी कोचिदिएँ। उसका पखेटा बेस्मारी फड्फडाए। उड्न खोज्यो, सकेन। बुथु्रक–बुथु्रक उफ्रिदै आँगनभरि फन्का लगाउन थाल्यो। 
 
अचानक ह्वात्त चिलले सुगालाई समायो। कहाँबाट आएको थियो चिल, थाह छैन। आफ्ना धारिला नंग्राले सुगाको मुलायम शरीर च्यापेको थियो। केही सोच्नै पाइएन। चिल बेलौतीको रुख हुँदै उड्यो।  
 
मेरो सास घाँटीमै अड्केलाजस्तो भो। म खाली खुट्टा त्यतातिर दगुरेँ, जता चिल हुइँकिइरहेको थियो। बिरालो पनि मेरा पछिपछि दगुर्‍यो। चिलका लामा–लामा नंग्रामा कैद सुगा आकाशै च्यातिने गरी कराउन थाल्यो। मेरो हिक्का छुट्लाजस्तो भयो। चिल गोठतिर हुँदै उडिरहेको थियो।  
 
पर खेत जोतिरहेका कान्छाबाले म रुँदै दगुरिरहेको देखे। एकछिन उनले अचम्म मान्दै हेरे र चिच्चाए, ‘के भो कान्छा, किन रोको ?’
 
‘मेरो पट्टु लग्यो।’
 
उनले आकाशतिर हेरे। चिल धेरै माथि पुगिसकेको थिएन। एउटा माटोको डल्लो समाए र चिलतिर हुर्‍याए। संयोगले, डल्लो बत्तिँदै चिलको छातीतिर बज्रियो। चिल खस्न लाको प्लेनझैं ढल्पलायो। स्वात्त सुगा भुइँतिर झर्‍यो। हतारिँदै कान्छा बाले सुगालाई च्याप्प समाते र भने–
 
‘लौ भाग्य रछ। फेरि पायौ। अब खुल्ला नछोड्नु।’ 
 
मैले डरले थुरथुर कापिरहेको सुगालाई लिएँ। सुगा छट्पटाइरहेको थियो। उसले चोरऔंलाको छाला निस्किनेगरी ठुँग्यो। औंलाबाट रगत रसायो। तर, मैले सुगालाई छाडिनँ। दुखाइले छट्पटिँदै घरतिर दगुरेँ। 
 
‘नपाल भनेको मानिनस्, धन्नै चिलले खाथ्यो,’ आमाले मेरो बेहाल देखेर भन्नुभो, ‘यसरी मर्‍यो भने त पापै लाग्छ।’
 
मेरो रगतले सुगाको एउटा पखेटा लुछुप्पै भिजेछ। मैले पखालिदिएँ। कपडाले पुछपाछ पारेर सुगालाई डेरीको ढक्कन खोलेर भित्र हुलिदिएँ। सुगा अबेरसम्म कराइरह्यो। बिरालो पनि डेरी वरिपरि घुपमरह्यो। 
 
आमाले फुफु गर्दै मेरो औंलामा मलहम दलिदिनुभो। 
 
साँझ भात खाने बेला मेरो सुन्निएको चोरऔंला देखेर बाले हकार्नुभो, ‘फेरि के बिठ्याइँ गरिस्, भन् !’
 
म टाउको निहुराएर बसिरहेँ। 
 
आमाले नै दिउँसोको चिल–सुगा र मेरो कथा सुनाइदिनुभो। त्यसपछि बा बोल्नुभएन। भोलिपल्ट बजारबाट फर्किंदा भने बाको हातमा गोलो पिजरा झुन्डिरहेको थियो। 
 
***
‘पट्टु पट्टु।’
 
पिन्जरामा हुलेको तीनचार दिनपछि बल्ल सुगा बोल्यो। खुसीले मेरा हातगोडा काँपे। त्यो सुनेर आमा पनि मुसुमुसु हाँस्नुभो। 
 
पिजराभित्र फिजाउँदा–फिजाउँदै सुगाका पखेटा फेरि पलाउँदै गए। खानाका लागि मैले पिजराभित्रै सानो कटौरा राखिदिएको थिएँ। त्यसैमा भात, खुर्सानी र पानी आमा र मैले पालैपालो राखिदिन्थ्यौं। 
 
करिब एक महिनासम्म ‘राम राम भन्, पट्टु’ भनेर म कराएपछि एकदिन सुगाले टर्रो आवाजमा दोहोर्‍यायो, ‘राम राम।’
 
लौ, सुगा बोल्ने भो। त्यसपछि त नयाँ मानिस घरमा देख्यो कि सुगा कराइहाल्थ्यो। एकदिन बा आउँदा पनि ‘राम राम’ भनेछ। बाले रमाइलो मान्नुभो। 
 


विहिवार, २०७१ पुस १० गते २०:३५ / Thursday, Dec 25, 2014 8:35 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: साहित्य चौतारी
1.   अनेसास र एनआरएनको साहित्यिक कार्यक्रम सम्पन्न
2.   मेरो पट्टु, मेरो बिरालो
3.   मैले खुसी किन लेखेँ?
4.   गीतकार पद्मा लिंखा मगर अनि नजर गीति संग्रह
5.   कविता - प्रेम त्यो हो.. : मनु लोहोरुङ
6.   सिर्जना उत्सवमा न्युयोर्कका सिर्जनाका यात्राहरू
7.   कथाः रक्सी पिएको रात
8.   प्रवासी सर्जकको कृति लोकार्पण
9.   विदेशिनुको वास्तविकता
10.   मनुज, ध्रुवचन्द्र, युवराजलाई कलाश्री
11.   साहित्यकार जगदिश घिमिरेको निधन
12.   साहित्यकारद्वय जोशी र शर्मा सम्मानित
13.   मनमा यसरी डढेलो लाग्ने गरी फेरि यति चाँडै कसले गर्‍यो होला यो फोन ?
14.   बेलायतमा घन्कियो नेपाली गजल
15.   मनुज, ध्रुवचन्द्र र नयाँघरेलाई कलाश्री पुरस्कार
16.   शारदा शर्मा र सत्यमोहन जोशीलाई पद्मश्री
17.   युएईमा ‘श्रमिक साथी’ पुस्तक विमोचन
18.   ‘दमिनी भिर’लाई मदन पुरस्कार, जगदम्बा श्री रत्नशम्शेर थापालाई
19.   पत्रकार, प्रेमिका र डिसहोम
20.   अन्सारीको अतीत:युवराज नयाँघरे
21.   गर्भपतन
22.   बिचरा तिमी
23.   मिर्लुङको मेलोडी
24.   साइनो बेच्ने केटी
25.   सुडानमा मान्छेले मान्छे खान्छ रे हो ?
भर्खरै

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.