विहिवार, आश्विन ०५ गते, २०७४
Thursday, September 21, 2017
भो अति भो, कति दोष दिनु सतीलाई ?

डा. प्रदीप भट्टराई
forth.state@gmail.com

"यो सतीले सरापेको मुलुक हैन, यो मती नभएका नेताहरुको सटर बनेको छ । उनीहरु यही सटरमा राजनीतिक दल नामका पसलहरु चलाएर संविधानसभाको हटिया चलाइरहेका छन् । अहिले उनीहरुको उत्पादन हो, संविधान । यो सटरमा उनीहरु कथाले मागेअनुसारकै अभिनय गरेर संविधान नामक उत्पादन बेच्ने अभिनय गरिरहेका छन् । यो नाटक ह्याप्पी एन्डिंगखाले नाटक नै हैन, सेक्सपियरियन स्याड एन्डिंग नाटक हो । यसबाट शान्त सुखायको कल्पना गर्नु नै बेकार छ । जब स्थिति नै यस्तो छ, तैपनि हामी भन्न छाडिरहेका छैनौ, यो सतीले सरापेको मुलुक हो । उनीहरुको सराप लागेर यहाँ कसैको पनि विवेक रहदैन, राम्रो गर्ने कसैको पनि भलो हुँदैन । "

धारामा पानी नआएको वर्षौ भयो तर पनि महिनावारी न्युनतम महसुल तिरेको तिरैछिन् मेरी छिमेकी दिदी । शायद दिक्क लागेर हनुपर्छ, उनले एक विहान मुखै खोलेर भनिन्, भाइले पनि त धाराको मिटर राखेवापत् पैसा त तिर्नुभएकै होला । 

मैले भने, हो दिदी । के गर्नु ?, तिर्नै पर्यो ।
उनले थपिन्,  के गर्नु यो सतीले सरापेको मुलुक यस्तै हो ।
उनले सतीलाई दोष दिएकोमा मेरो मनलाई चित्त बुझिरहेको थिएन । मैले भने, दिदी बाटो बढ्दा मेरो घर गयो, कम्पाउन्ड गयो । तर, पनि म त्यो भत्केको घरको कर र बाटाले खाएको कम्पाउन्डको मालपोत तिरिरहेकै छु । आफूले मालपोत तिरिरहेको कम्पाउन्डनेर जोडी आएर अंगालो हाल्दै चप्पाचुप्पी गर्छन् , आफू लाजले अर्कोतिर मुन्टो फर्काउनुपर्छ, फर्कारहेकै छु । त्यतिबेला त मेरो पनि मन चसक्क हुन्छ । अनि भनौ भनौं जस्तो पनि लाग्छ, यो सतीले सरापेको मुलुक हो, यहाँ यस्तै हुन्छ ।

दिदीले बिचैमा प्रश्न तेर्साईन, त्यसो भए भन्न मन लागेको कुरा किन नभन्नु भएको त ? आखिर त्यसैका लागि त लोकतन्त्र आएको छ नि । 

मैले भने, भनेर के गर्नु दिदी । धान खाने मुसो चोट पाउँने विरालो जस्तो लाग्छ । आखिर यो सब हामी नै गरिरहेकाछौं । नजानेर हैन, जानी जानी गरिरहेकाछौं । नियत खराव भइभइ गरिरहेकाछौं । तर, हामी त्यसको दोष आफूलाई हैन, उनै विचरी सतीलाई दिइरहेका छौं । यसमा उनको के दोष ? 

दिदीले मुख अमिलो पार्दै सोधिन्, थेगोजस्तै गरेर सबै भन्छन् यो सतीले सरापेको देश हो , यहाँ राम्रो गर्नेको यस्तै हुन्छ । मैले पनि सुनेकै भरमा भन्दै आएको वर्षौ भयो । तपाईलाई त थाहा पनि होला, आखिर यी सती भनेकी चाँहि को हुन् नि भाइ ? 

दिदीलाई सोधें, हजुरसँग समय छ ? छ भने चिया पनि खाउँ एकछिन कुरा पनि गरौं । मैले सुने जानेको कुरा भनिदिउँदा नि दिदी । 

उनले हुन्छ भन्ने संकेत दिएपछि चिया पकाउँदै मैले सतीको बारेमा केही कुरा भन्न थालें । दिदीलाई पनि शायद सुन्नु थियो, ध्यान दिएरै सुन्न थालिन् । 

दिदी, हुन त हाम्रो इतिहास नै पो कहाँ चोखो छ  र ? बिटुल्याइएको गाथा जस्तो छ हाम्रो इतिहास । कोही भन्छन्,सती भनेकी काजी भीम मल्ल कि पत्नी हुन् त कोही भन्छन्, भीमसेन थापाकी पत्नी । तर, जसले जे भने पनि दुबैको अवस्था एउटै थियो । दुबैले राम्रो काम गर्दागर्दै पनि दरवारको षडयन्त्रले अनाहकमा आफ्ना देशभक्त श्रीमान् गुमाएका थिए । त्यो पनि अत्यन्त पाशविक तरिकाले । त्यसपछि के हुन्थ्यो र ? त्यतिबेलाको चलनअनुसार उनीहरुलाई जिउँदै सोलामा चढाएर सती बनाइयो । जानुअघि विलापमा उनीहरुले भने रे, यो नेपालमा कसैको पनि विवेक नरहोस् । राम्रो गर्ने कसैको पनि भलो नहोस् ।

भावुक हुँदै दिदीले भनिन्, विचरा त्यस्तो पो रहेछ हैं । आखिर सराप त दिएकै रहेछन् नि त भाइ । सत्यवादी भएकाले उनीहरुले दिएको सराप नै लागेर यस्तो भएको होला । नदिएको भए पनि त हुन्थ्यो नि ?
मैले भने, कुरो त्यसो हैन दिदी । खोई दिएको पनि कसैले देखेको हैन, सुनेको पनि छैन । न इतिहासमा नै यो कुरा प्रष्टसँग लेखिएकै छ । एउटा चित्त बुझाउने वहाना मात्र हो दिदी । ल ठीकै छ, दिएकै रहेछन् भने पनि उनीहरुको आत्माको शान्तिका लागि पनि हाम्रो मती सुध्रे हुन्थ्यो नि हैन र दिदी ?

दीदीलाई पनि हो जस्तो लागेछ क्या रे शायद । अवदेखि सतीले सरापेको देश भन्दिन भन्दै जानु पर्यो भाइ भनिन् । दिदीलाई तल गेटसम्म छोड्ने ब्ेलामा मैले थपें, बरु विवेकहीन, स्वार्थी, लम्पट र दुष्ट मती भएकाहरुको देश भने हुन्छ दिदी । जो माथि पुग्छन्, तल झर्नु नै पर्दैन जस्तो गरे जे पनि गर्छन् । आखिर एक दिन सबैले मर्नुपर्छ भन्ने मात्र ज्ञान भए पनि त यति दूरावस्था हुँदैनथ्यो मुलुकको ? 

दिदी हो मा हो मिलाउँदै विदा भइन् । आफ्नो पनि कुरा सुनिदिने कोही मान्छे भेटेकोमा सन्तोषले छात्ति फुलाउँदै म पनि घरतिरै उक्लिएँ । 

यो त एउटा सामान्य दृष्टान्त मात्र हो, सतीले सरापेको मुलुक भनेर सतीलाई नै लान्छाना लगाउने हाम्रो मूर्खताको । हामी जानेर नजानेर गलत कार्य गर्छौ । अनि त्यसको तर्कसंगत कारण खोज्नेभन्दा पनि आफूलाई ओभरस्मार्ट देखाउँदै ठाउँ कुठाउँ प्वाक्क भनिहाल्छौं, यो सतीले सरापेको देश हो । यहाँ कसैको विवेक हुँदैन । यहाँ राम्रो गर्ने कसैको पनि भलो हुदैन ।

हुन पनि हो, अपवादलाई छोडेर यो मुलुकमा त्यस्तै भएको छ । धारामा पानी आउँदैन, सतीले सरापेको मुलुक । घरमा बिजुली आउँदैन , सतीले सरापेको मुलुक । कार्यालयमा नजाराना नदिई फाइल नै चल्दैन, सतीले सरापेको मुलुक । लुट्न पाइएन भनेर पेटेलपम्प बन्द हुन्छ, सतीले सरापेको मुलुक । पशुजस्तो मान्छे कोचेर मार्न पाइएन भनेर सिन्डीकेटवालाहरु हड्ताल गर्छन्, सतीले सरापेको मुलुक । राज्यको चौथो अंगलाई चुत्थो अंग बनाउन पाइएन, सतीले सरापेको मुलुक । एप्रोन लगाएर विरामी लुट्न पाइएन, सतीले सरापेको मुलुक । न्यायमूर्ती भएर वलात्कारीको पक्षमा न्यायको तराजु ढल्काउँछन्, सतीले सरापेको मुलुक । कालो कोट लगाएर बलात्कारीको पक्षमा वकालत गर्छन्, सतीले सरापेको मुलुक । यसरी सूची बनाउने हो भने सानैमा पेट बोकाएर एवर्सन गराउने अनि महान आख्यान लेखेर मदन पुरस्कार पड्काउने अमर न्यौपान नै चाहिन्छ यहाँ । आफ्नै हाडनाता  नातेदारसँग विवाह गरेर दुनियाँलाई पुरस्कार लेनदेन गर्ने फौबन्जारी नई नै चाहिन्छ यहाँ । अनि उनलाई चोख्याउन पुग्ने को को छैनन्, उनीहरु नै बन्नुपर्छ यहाँ ।

प्रश्न हाम्रो विवेकहिनता, स्वार्थलोलुपकता, अकर्णमन्यता, वेविचार र नालायकीपनको हो, कुनै सतीको सरापको हैन र हुँदै हैन । सती नामका ती विचरा त यसै पनि पीडित थिए र जिउँदै जल्नुअघि पीडामा बर्बराइरहेका थिए, यो देशमा कसैको पनि भलो नहोस्, कसैको पनि विवेक नहोस् । अनि हामी आज पनि आफ्नो स्वार्थ बचाउका लागि तिनहिरुलाई अपजस दिएर भनिरहेका छौं, यो सतीले सरापेको मुलुक हो । यहाँ कसैको पनि विवेक नरहोस् । कसैको पनि भलो नहोस् ।

यो सतीको सराप अहिले मुलुकमा थेगो जस्तै भएको छ । जताजतै मौलाए पनि यसको खेतीपाती खासगरी राजनीतिमा अलि बढी नै फापेको छ । मुलुकमा दलहरु सिसा फुटेझैं फुटेका छन्, नफुटेकाजस्ता देखिनेहरुका पनि मन वादल झै फाटेका छन् । नेताहरुको विश्वसनियता यति तल झरेको छ कि अब उठाएर माथि पुर्याउन लगभग असम्भव छ । जे बोल्छन्, त्यो गर्दैनन् । जब इमान जमान र बोलीको नै भर नभएकाहरुलाई राज्यको पहिलो अंग र दोस्रो अंगको जिम्मा दिनुपरेको छ भने त्यस्ताबाट के अपेक्षा गर्ने ? जम्माजम्मी उनीहरुलाई एउटा काम दिइएको छ, संविधान बनाउने र मुलुकलाई ट्याकमा डाहोर्याउने । यति कामका लागि तलव तोकिएको छ, भत्ता तोकिएको छ , झण्डादेखि डण्डासम्मको व्यवस्था गरिएको छ । तर, पनि उनीहरु त्यो गरिरहेका छैनन् । आखिर किन गरिरहेका छैनन् त ? के यो पनि सतीको सरापकै कारणले हो ? के सतीकै सरापका कारण उनीहरुमा विवेक नरहेको हो ? सतीले सरापेकै कारण हरेक पार्टीमा रहेका राम्राहरुको भलो नभएको हो त ?

हो मुलुकको अवस्था यस्तै हो, विवेक नरहेको पनि हो, राम्रो गर्नेको भलो नभएको पनि हो । तर, त्यसको कारण सतीको सराप हैन, हाम्रो खराव नियत, असक्षमता स्वार्थलोलुपता र यस्तै यस्तै दूर्गुणहरु हुन् । अब त यस्तो लाग्छ, यिनीहरुलाई संविधान नै चाहिएको छैन । किन चाहियो संविधान ? चारजना बस्यो, आफूखुशी जे मन लाग्यो त्यही निर्णय गर्न पाइएकै छ । चुनाव हारेकालाई मन्त्री बनाउन पाइएकै छ । मन्त्री बनाएर कमिसन खान पाइएकै छ । प्रहरीको पहरा र कोटमा सांसदको तक्मा छँदैछ । राज्यको चौथो अंगमा अनुहार देखाउन र बर्बराउन पाइएकै छ । यति सहकाल लागेको बेला संविधान बनाएर आफैंलाई बाध्न किन चाहन्थे र यिनीहरु ?

खासमा संविधानसभा भनेको पनि यी दल र नेताहरुको व्यापार नै हो । यो व्यापार चलाउनका लागि पनि उनीहरुको यो सटर रहिरहनुपर्छ । जसरी एउटा प्राध्यापक पेन्सन नहुञ्जेल विश्वविद्यालय जान्छ, त्यसरी नै यी नेता र सांसद भनाउँदाहरुलाई पनि त कही जानुपर्ने हुन्छ । कहाँ जान्छस् ? र , के गर्छस् ? भन्ने प्रश्नको उत्तर दिनुपर्छ । त्यसैले उनीहरु आफ्ना लागि दुई क को उत्तर दिन पनि यसलाई जोगाइरहन्छन् । यस क्रममा जनतालाई मूर्ख बनाउन एकले अर्कालाई दोष दिन्छन्, गाली गर्छन्, तथानाम भन्छन् । तर, यो सबै नाटकको प्लट र पात्रहरुको चरित्रअनुसार नै भैरहेको छ । प्रचण्ड, सुशील, ओली आदि इत्यादि यसमा अरु पनि नाम जोड्न सकिन्छ, यी सबै त्यो व्यापार जोगाउने व्यापारी मात्र हुन् ।

समयक्रममा यो सब नाटकको पटाक्षेप भैरहेको छ । तैपति हामी भन्न छोडेका छैनौं, यो सतीले सरापेको देश हो । यहाँ कसैको पनि विवेक रहदैन, यहाँ राम्रो गर्ने कसैको पनि भलो हुँदैन । यसो भनेर फेरि पनि हामी हाम्रा नालायक नेताहरुको वचाउ नै गरिरहेका छौं । यसो गर्दा फेरि पनि हामी तिनै जिउँदै जलाइएका अवलाहरुलाई सराप दिएको भनेर अप्जसको भारी  बोकाइरहेका छौं । कित दिने यस्तो अव्जस ? बढी भएन र ? 

भो अति भो, त्यसैले अब त भन्न छोडौं, यो सतीले सरापेको मुलुक हो । यहाँ कसैको पनि विवेक नरहोस् । यहाँ राम्रो गर्ने कसैको पनि भलो नहोस् । आगे उनीहरु नै जानुन् ।

(वरिष्ठ सञ्चारकर्मी डा. भट्टराई पछिल्लो समय एभेन्युज टेलिभिजनका एडिटर इन चिफ थिए । सम्प्रति उनी काठमाडौं विश्वविद्यालय, नेपाल र इन्टरनेशनल अमेरिकन युनिभर्सिटी लसएन्जलस, क्यालिफोर्नियाको सम्बन्धनमा किंग्स कलेजमा आमसञ्चार विषय प्राध्यापन गर्छन् । चोटिलो विश्लेषण गर्न रुचाउने उनी प्रेस चौतारी डट कमका लागि नेपाल सन्दर्भ स्तम्भ सम्प्रेष्ण गर्छन् ।  )

 


सोमवार, २०७१ पुस ०७ गते २२:०२ / Monday, Dec 22, 2014 10:02 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

1.   नयाँ शक्तिकी रोल नम्बर २४०
2.   ‘सफ्ट-सेल’ नेपालीका ‘हार्ड-सेल’ कुरा
3.   नाइन इलेवेन : हामी कहिल्यै भुल्दैनौं
4.   टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?
5.   गुडबाइ काडमाण्डू
6.   एनआरएन एनसीसी चुनाव :
7.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
8.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
9.   गुडबाइ काडमाण्डू
10.   भो अति भो, कति दोष दिनु सतीलाई ?
11.   तीतो सत्य, भाइरल र मोदी म्युट
12.   सिन्डिकेट संसार
13.   मोदीको मोफसल भ्रमण
14.   कस्मेटिक क्याटमाण्डू
15.   कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?
16.   अति भो, कति बन्नु
17.   मुखमा तीन 'स'- बगलीमा-'म'
18.   कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
19.   यो कस्तो न्याय ?
20.   तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ
21.   डटकम भाइरल
22.   पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
23.   अजव-गजवको नेपाल
24.   मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
25.   राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
Results 43: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.