शनिवार, कार्तिक ०३ गते, २०७५
Saturday, October 20, 2018
न्युयोर्कमा फिप्नाको कार्यालय उद्घाटन

प्रशान एलुङ् राई
नोभेम्बर २२, न्युयोर्क

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले न्युयोर्कमा आफ्नो छुट्टै कार्यालय स्थापना गरेको छ । न्युयोर्क राज्यको कुईन्स एल्मर्हस्टस्थित पेटिट एभिन्युमा स्थापना गरिएको उक्त कार्यालयको गत नोभेम्बर २२ तारिख एक बिशेष कार्यक्रमसहित उद्घाटन गरिएको छ ।  एल्मर्हस्ट अस्पताल नजिकै रहेको ८२–१२ मा रहेको उक्त कार्यालयलाई फिप्नाका संस्थापक अध्यक्ष कर्म ग्याल्जेन शेर्पा, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय समिति उत्तर अमेरिका उप संयोजक सोनाम लामा र फिप्नाका अध्यक्ष लुईसाङ्ग वाइबाले संयुक्त रुपमा उदघाटन गरेका हुन् । नव उदघाटित कार्यालय ७० जनासम्मको सिट क्षमता रहेको छ ।

कार्यालय उदघाटनपछि बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसरी शुभकामना मन्तव्य व्यक्त गर्नेहरुमा युनाईटेड शेर्पा किदुगका अध्यक्ष ग्याल्जेन शेर्पा, प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापा, एनआरएन उत्तर अमेरिकाका उप संयोजक सोनाम लामा, अधिकारकर्मी बिष्णु माया परियार, एसोसियसन अफ नेप्लिज तराईन इन अमेरिका (एन्टा)का प्रतिनिधी सतेन्द्र शाह, एनआरएन अमेरिकाकी उपाध्यक्ष बनिता कतिला र फिप्नाका संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा रहेका थिए । 



सन् २००५ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) मा हाल १४ वटा बिभिन्न जातिय संगठनहरु प्रत्यक्ष रुपमा आवद्धता रहेको छ । 

अन्तरक्रिया कार्याक्रम सम्पन्न
नवउदघाटित कार्यालयमा सोहि दिन “नेपालमा पहिचान सहितको संघियता र संघियता सहितको संविधानको लागि निर्णायक आन्दोलन” विषयक अन्र्तक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।अन्तरक्रिया कार्यक्रममा त्रिभुवान विश्वविद्यालयका प्राध्यपक डम्बर चेम्जोङ्ग, तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृखेश चन्द्र लाल, अधिवक्त शंकर लिम्बु, शिक्षाविद् अशोक गुरुङ्ग र मिचिगन युनिभर्सिटीका प्राध्यपक महेन्द्र लावतीले निमार्णाधिन संविधानमा पहिचान सहितको संघियता सम्बन्धी आ–आफ्नो धारण प्रस्तुत गरेका थिए । कार्यक्रममा बक्तहरुले पहिचानको संकट नभोगेका राज्य संचालकहरुलाई अचानोको चोट खुकुरीलाई थाह नहुने बताए । सोहि कार्यक्रममा पहिचान सहितको संघियता निमार्णको लागि आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित र पिछडिएका बर्गहरु एक भई निर्णायक आन्दोलनको लागि एक हुनु पर्नेमा जोड दिए । कार्यक्रम फिप्नाका अध्यक्ष लुईसाङ्ग वाईवाको सभापतित्वमा सम्पन्न भएको थियो । 



अन्तरक्रिया कार्यक्रम पछि बिभिन्न विषयमा प्रश्नोत्तरको कार्यक्रम समेत राखिएको थियो ।

मोर्चाको औपचारिक घोषणा
नोभेम्बर २२ तारिखकै दिन नेपालमा पहिचान सहितको समावेंसी संविधान निमार्ण र लोकतान्त्रिक राज्य व्यावस्था स्थापनार्थ अमेरिकामा क्रियाशील ३ संस्था सम्मिलित मोर्चाको औपचारिक घोषणा सम्पन्न भएको छ । सोहि दिन नेपाल–अमेरिकन सोलीडारिटी फ्रन्ट फर डेमोक्रेसी इन नेपाल नामक मोर्चाको समेत औपचारिक घोषणा गरिएको थियो । मोर्चामा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), एसोसियसन अफ नेप्लिज तराईन इन अमेरिका (एन्टा) र ग्लोबल फोरम अगेनेस्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन (जिएफएसिडी) आवद्ध रहेकाछन् । मोर्चामा फिप्नाका अध्यक्ष लुईसाङ्ग वाइवा संयोजक एन्टाका प्रतिनिधी सतेन्द्र साह र सदस्य सचिवमा  (जिएफएसिडी)की बिष्णुमाया परियार रहेकाछन् । 



मोर्चाको औपचारिक घोषणासँगै निर्माणाधिन संविधानमा पहिचान सहितको संघियताको लागि आवश्यक दवाव र संघर्षरत दल र समुहलाई सहयोगको प्रतिबद्दता समेत जनाईएको थियो ।  

संवाद सञ्चार सहकारीको लागि ५० हजार डलर संकलन
गत नोभेम्बर २२ तारिखकै दिन राष्ट्रिय सञ्चार निमार्णको ५० हजार डलर संकलन भएको छ । संवाद सञ्चार सहकारी संस्था निमाणार्थ संकलन गरिएको रकम नेपालमा निकट भविष्यमा राष्ट्रियस्तरको सञ्चार संस्थाको स्थापनार्थ खर्च गरिने कार्यक्रममा बताइएको थियो । मूलधारका सञ्चार माध्यमले यथोचित स्थान नदिएका समाचार, सूचना र बिश्लेषण, उत्पीडित बर्ग, जाति, भाषा र धर्मका आवाजलाई समेट्ने गरी स्थापना गर्न लागेको उक्त सञ्चार संस्था गत असोज महिनामा पदम सुन्दासको अध्यक्षतामा गठन गरिएको संस्था हो । १३ सदस्यीय सञ्चालक समिति रहेको उक्त कार्य समितिमा सच्चिदान्द मिश्र उपाध्यक्ष, राजेन्द्र मर्हजन सचिव र पार्वती थापामगर कोषाध्यक्षको रुपमा रहेकाछन् । यसैगरी सञ्चालक समितिमा डा. कृष्ण भट्टचन, जीतपाल किरात, डा. महेन्द्र लावती, आङ् काजी शेर्पा किसान, रेशम गुरुङ्ग, सरिता परियार, युवराज राई, डा. रबिन्द्र  राय र डा. गणेश योञ्जन सदस्य रहेकाछन् । 



हाल संवाद सञ्चार सहकारी संस्थाको लागि अमेरिकाबाट प्रारम्भीक रुपमा रकम संकलन गरिएको र निकट भविष्यमा बृहत्तर रुपमा लागि पर्ने संस्थाका सदस्य एवं प्राध्यापक महेन्द्र लावतीले कार्यक्रममा जनाए । सशक्त सामुदायिक सञ्चार स्थापनाको लागि संवाद सञ्चार सहकारी संस्थाको अवधारणा र कार्यान्वयनले सीमान्तकृत समुदाय र आवाज बिहिनहरुको आवाजलाई सरोकारवाला समक्ष पुर्याउने लक्ष्य रहेको फिप्नाका महासचिव मान बहादुर रानामगरले प्रेस चौतारी डटकमलाई बताए ।
हाल यस संस्थाले www.esamata.com नामक अनलाईन पत्रिका सञ्चालनको अन्तिम तयारीमा रहेको छ । 

 


सोमवार, २०७१ मंसिर ०७ गते ०७:४५ / Monday, Nov 24, 2014 7:45 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: आदिवासी/जनजाति
1.   यस कारण मनाउँछन गुरुङहरु 'तमु ल्होसार'
2.   फेरी घुसपैठ गर्ने दुश्साहस गर्ने छैनन - वाईवा
3.   हाम्रो आन्दोलन 'सेफ ल्यान्डिङ' चाहन्छः लेखी
4.   सङ्घीय समाजवादी फोरम, नेपाल : घोषणा पत्र
5.   सँगसँगै लड्ने कि दनक खाने ?
6.   डिसेम्बर ३१ मा सुम्निमा साँझ-६
7.   न्युयोर्कमा फिप्नाको कार्यालय उद्घाटन
8.   न्युयोर्कमा धुमधामका साथ म्ह पुजा सम्पन्न
9.   न्युयोर्कमा भव्य बलिहाङ तङ्नाम
10.   न्युयोर्कमा मेघा म्यूजिकल कन्सर्ट भव्य
11.   न्युयोर्कमा खड्ग गर्बुजा सांगीतिक साँझ
12.   आदिवासी फिल्म महोत्सवमा ४८ फिल्म
13.   केआरएसएद्धारा न्युयोर्कमा भव्य उभौंली
14.   सहमतिमा जोड दिनाले संविधान जारी भएन– उप–प्रधानमन्त्री सिंह
15.   उभौलीको अवसरमा चिन्डो चिन्तन
16.   न्यूयोर्कमा डा.लावतीसँग अन्तर्क्रिया
17.   राष्ट्र संघको युथ एसेम्ब्लीमा फिफ्ना युथ
18.   फिपना द्वारा शुभकामना आदान-प्रदान
19.   महागुरु फाल्गुनन्दको १२९ औं जन्मजयन्ती
20.   ओमानमा नेपाली दुतावासको उदघाटन
21.   सन्ध्या ग्रुपद्धारा खनालको बिदाई
22.   नेपाली दुतावास ओमान आगामी मंसिर ५मा उ्दघाटन हुने
23.   साउदीमा धरपकड शुरु
24.   मलेसियाको भिषा शुल्क बढ्यो
25.   महिला फुटवल टोलीलाई कतारमा सम्मान तथा विदाई
Results 46: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.