विहिवार, आश्विन ०५ गते, २०७४
Thursday, September 21, 2017
कस्मेटिक क्याटमाण्डू

डा. प्रदीप भट्टराई
forth.state@gmail.com

"अभाव, बेथिति र राज्यको गरीव उपस्थितिका कारण मुलुकको मोफसल चिसिइरहेको बेला यता त्यही मुलुकको राजधानी काठमाडौं भने गरीवहरुको क्लव सार्कको १५ औं शिखर सम्मेलनका लागि तातिइरहेको छ । रातारात पिच गरिएका सडक, सडक छेउ उमारिएको हरियाली र झुन्ड़ाईएका  झिलिभिली बत्ती अनि सडकछेउ महलहरुमा सरकारी खर्चमा पोतिएको एसियन पेन्टले राजधानी रंगिएको छ । यसले मुलुकको राजधानी काठमाडौंलाई कस्मेटिक क्याटमाण्डू बनेर मोफसललाई देखिस् मै हुँ नेपाल भनेर कुरीकुरी गर्ने अर्को एउटा सुनौला मौका मिलेको छ ।"

कुनै समय काठमाडौं नै नेपाल थियो, नेपाल नै काठमाडौं । अर्थात्, नेपाल पूरै केन्द्रिकृत राज्य व्यवस्थाको सिकार थियो । काठमाडौंले राजधानीको चाँदतोडा जड्ने सुअवसर पाएको थियो भने बाहिरका लागि एउटा सामान्य फित्ता थियो, मोफसल । यसले नेपाल देशभित्र दुई फरक नेपाल मुलुकको व्यवस्था गरेको थियो । वास्तवमा कविला राज्यमा हुने खालको यो एक किसिमको नीतिगत अनि पद्धतिगत विभेद थियो । २१औं शताव्दीलाई पटक्कै नसुहाउने यो विभेदले नै समय समयमा विद्रोहलाई आधारभूमी दियो । कालखण्डअनुसार विविध नाम दिइए समग्रमा ती विभेद विरुद्धका विद्रोह थिए ।

टिकल डाउन भएरै सही, विश्वभूमण्डलीयकरणको प्रभाव ढिलो गरी ९० को दशकमा नेपालमा पनि आइपुग्यो । एजेण्डा फ्लो नै सही, विभेदको अन्त्य र सामाजिक न्यायको कुरा पश्चिमा धुन र रंगमा नेपालमा पनि छ्रियो । आखिर जनता जागेपछि कसको के लाथ्यो र ? एकपटक हैन, पटक पटक नै सही नेपाली जनता त्यो विभेदविरुद्ध खडा भए । प्राकृतिक न्यायको सिद्धान्त अनुसार जनता खडा हुँदा विद्रोह हुन्छ, त्यसले ढाल्ने भनेको विभेद होे, त्यो यहाँ पनि ढल्यो । नाम जे दिए पनि त्यो शताव्दियौंदेखि केन्द्रिकृत रहेको नेपाल राज्यविरुद्धको जनविद्रोह थियो । विद्रोहको स्वरुप फरक थियो तर नेपाली कांग्रेस, नेकपा एमालेलगायतका राजनीतिक शक्तिहरुले पनि तत्कालिन सत्ता विभेदविरुद्ध विद्रोह नै गरेका हुन्, त्यही श्रृंखलाको पछिल्लो कडी थियो, माओवादीको जनविद्रोह । यसअघि कांग्रेस र एमालेले गरेका हुन् या पछिल्लोपटक एमाओवादीले गरेको, ती सबैले विभेदको उचित सम्वोधन गर्न सकेनन् । शायद, यसैले हुन सक्छ, फेरि वैद्य र विप्लव नया शिराबाट विद्रोहको कुरा गर्दैछन् । केही मानिसहरु जो अझै पनि विभेदमा पारिएका छन्, उनीहरुका लागि यो पनि आशाको त्यान्द्रो हुनसक्छ ।  वाध्यताले सही, यो नयाँ मखमली क्रान्तिको पछि लाग्नुको विकल्प उनीहरुले फेरि नदेख्न सक्छन् । यसैले पनि यहाँ केहीका लागि विद्रोहको खेती मौसमी फसलकै रुपमा फापेको छ । अझ, हिजो विभेदको कुरा गरेर अहिले सत्तामा पुगेकाहरुले खोलो तरेर लौरो बिर्सेको अवस्था अनि विभेदको कुरा गर्ने अर्को नरे ठीक्क आइसकेको अहिलेको अवस्थामा विद्रोहको श्रृंखला त्यति सजिलै अन्त्य होला भन्न सकिन्न । समाजशास्त्रीय कोणबाट हेर्दा पनि विभेदले विद्रोह जन्माउने भएकाले यसको उचित सम्वोधन नभएसम्म विद्रोहको अन्त्य हुने कुरै भएन । 

प्रसंग, गरीवहरुको क्लव भनिने सार्कको आसन्न १५ औं शिखर सम्मेलनको हो । नया नेपालको पुरानो राजधानी काठमाडौंलाई यही मंसिर १० र ११ गते तेस्रो पटक यो शिखर सम्मेलनको आयोजना गर्ने अवसर जुरेको छ । तर, यसका तयारी बैठकहरु मंसिर ६ गतेदेखि नै सुरु हुनेछन् । यस कोणबाट हेर्दा सार्क सम्मेलन अब एकसाता पनि टाढा छैन । तर, यी पंक्ति लेखिरहदासम्म यसको तयारी हेर्ने हो भने अझै पनि लक्ष्य भेट्ने छाँटकाँट देखिएको छैन । नेपालीमा एउटा उखान छ, जब पर्यो राती अनि ... ताती । हुन त यो लैंगिकमैत्री छैन तर यसलाई सीमित दायराबाट माथि उठाएर हेर्ने हो भने यो नेपाली काम गर्ने तरिका नै हो भन्दा हुन्छ । समय र परिस्थिति फेरिएर के गर्नु, उखानको मर्मबाट माथि उठ्न सक्ने छाँटकाँट नै देखाउदैन हाम्रो समाजले । सन्तान दरसन्तान यो हाम्रो जीवनवृत्ति नै भएको छ । आसन्न सार्क शिखर सम्मेलनमा पनि यो उखानलाई पूर्णतः शिरोधार्य गरिएको अवस्था हो । दुई वर्षअघि नै यो सम्मेलनको तिथि, मिति र आयोजक देश तोकिए पनि त्यसले नेपालको कानमा बतास पनि लागेन । अन्तिम दुई महिनामा सबै गर्ने दुस्साहस गरेर चुपचाप सुत्यो नेपालको लोकतान्त्रिक सरकार । यो कुम्भकर्ण सुताइ कुनै अप्रत्यासित सोच नै थिएन, पूर्ण नियोजित कोण थियो । अन्तिम दुई महिनामा गर्ने भनेपछि लखनउ लुट गर्न पाइन्छ भनेर नै यसो गरिएको थियो । नभन्दै यसबीचमा अनेकौं मौसमी शिर्षकमा मुलुकको सात अर्व जति खर्च भैसक्योे । तर, यतिका पैसाको खोलो बगाउँदा पनि मुलुकको राजधानीको सिंगारपटार अझै सकिएको छैन । सहर सफा बनाउने नाममा मासिक लाखौं घरभाडा आउने सडक छेउका घरहरु एसियन पेन्टमय भएका छन् । जाडोले कठांिग्रएर कर्णालीका गरीवहरु मरिरहेको बेला यता राजधानीका महलहरु रंगिचंगी फालिम लगाइएका छन् । यो कस्तो विचित्रको चलन हो ? यसबाट कस्तो सामाजिक न्याय स्थापना गर्न खोजिएको हो ?, देख्नेलाई नै कुरी कुरी लाग्ने यो हर्कतले उल्फाको धन फुपूको श्राद्ध नै भएको छ भने पनि हुन्छ । यो देखिने पाटो हो, नदेखिने पाटो चाहि यसबाट मुलुकका केही मन्त्री, केही उच्चपदस्थ नोकरसाही र ठेकेदारहरुको ब्यांक ब्यालेन्स करोडौमा उकालो लागेको छ । बिचौलियाहरुलाई मंसिर लागेको छ । कालो धन बजारमा खनिदा नीलो कमाइ अरु टाक्सिएको छ । यसले नजानिदो किसिमले मुदस्फिती बढाएको छ । सारमा, सार्कका नाममा केही भुरा माछाहरु बडेमाका सार्क भएका छन्, तथाकथित असलाहरु त यसै पनि सुकिला सार्क हुने नै भए ।

नेपाललले आयोजना गर्ने सबैभन्दा ठूलो आयोजना नै सार्क शिखर सम्मेलन हो । त्यसैले यो मुलकको प्रतिष्ठाको विषय हो । यसलाई भव्यताका साथ सम्पन्न गर्नुपर्छ भन्ने कुरामा असहमतिको प्रश्नै छैन ।  भलै यसबाट मुलुकलाई तत्काल के फाइदा हुन्छ कि हुँदैन, यसबारे सोच्न पनि कोही चाहदैन । यस क्षेत्रका आठ देशका राष्ट् प्रमुख या सरकार प्रमुख एकसाथ भेला भएर हात मिलाउँदै कफी गफ मात्रै गरे पनि दीर्घकालमा यसको प्रभाव रहन्छ नै, त्यस कोणबाट हेर्दा यसमा खासै नोक्सान पनि देखिदैन । तर, सार्क सम्मेलनका नाममा यसलाई मुलुक लुट्ने मौका बनाउने जुन काइदाको चलन छ, त्यसको भने अन्त्य गरिनुपर्छ । अन्यथा, प्रकारान्तरमा सार्कप्रति नै जनमानसमा वितृष्णा जाग्न सक्छ र यसको औचित्यमाथि नै चोरऔला उठ्न थाल्छ । 

१५औं सार्क सम्मेलनका सन्दर्भमा एउटा कुरा उठेको थियो । पहिलोपटक तालकी रानी पोखराले सार्क शिखर सम्मेलन आयोजनाको लागि उम्मेद्वारी मात्र हैन, पैरवी पनि गरेको थियो । सामाजिक न्यायको पक्षमा उभिन चाहने अनि काठमाडौं र मोफसलबीचको दूरीलाई कम गर्न चाहने एउटा सचेत वर्गले त्यसको समर्थन पनि गरेको थियो । त्यसो गर्दा, पोखरा त लाभान्वित हुने थियो नै, मुलुकका लागि हुने फाइदाहरुको सूची पनि मज्जैले तन्काउन सकिने थियो । त्यसमा सबैभन्दा उल्लेख्य पक्ष पोखराको आधारभूत संरचनाको विकास हुने र मुलुकले यस्ता ठूला आयोजना गर्दा राजधानीको विकल्प पाउने नै रहेको थियो । भौतिकरुपमा यी फाइदाहरुको एउटा अर्थ हुन्थ्यो, त्योभन्दा पनि भावनात्मक रुपमा मुलुकमा राजधानी र मोफसलबीचको विभेद घटाउनेतिर राज्य लागेको एउटा गतिलो सन्देश जान्थ्यो । त्यसले रातारात सारा विभेद सकिने भन्ने हैन तर त्यसबाट गतिलो सुरुवात हुनसक्थ्यो । 

तर विडम्वना, मोफसलको एउटा प्राकृतिक सहर पोखराको त्यो उम्मेद्वारी राजधानीका फौबन्जारहरुलाई सह्य भएन । उनीहरुले न्वारानदेखिको बल लगाएर अनेकौं तर्क कुतर्क गरे र काठमाडौंलाई १५औं सार्क शिखर सम्मेलनको निर्विकल्प आयोजनास्थलको रुपमा प्रस्तुत गरे । त्यसमा सबैभन्दा ठूलो जोड कांग्रेसको थियो । र, त्यसको नेतृत्व पार्टी महामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरेका थिए । यसो गर्दा सिंहको स्थानीय विकास मन्त्रालयले लखनउ लुट मच्चाउन पाउँथ्यो । उनी वरिपरिकाले त्यसको जुठोपूरो चाट्न पाउँथे । त्यति मात्रै हैन, भौतिक निर्माणमन्त्री विमलेन्द्र निधि र सहरी विकासमन्त्री डा. नारायण खड्काको भागमा पनि करोडौं आउँथ्यो । यस्तो दाम आउने महान आयोजनालाई कसरी पोखराको जिम्मामा लगाएर कांग्रेसी मन्त्रीहरु चुपचाप बस्न सक्थे र ? यही दाम कमाउने नियोजित स्वार्थलाई मूलध्येय बनाएर केन्द्रिकृत राज्यका पक्षधरहरुले फेरि एकपटक तालकी रानी पोखरालाई मोफसलको दर्जामा उभ्याएर लोप्पा खुवाइ दिए । 

सारमा, फेरि पनि यो राजधानी र मोफसलका बीच विभेदकै कुरा थियो । नाम जे दिए पनि, कालखण्ड जुन गनाए पनि नेपालमा अझै पनि केन्द्रीकृत राज्यको सोचमा रमाउने विभेदकारीहरुको कमी छैन भन्ने ज्वलन्त उदाहरण हो यो । यसको नेतृत्व अझै पनि नेपाली कांग्रेसले नै गरिरहेको छ भन्नेमा पनि अब कुनै द्वििधा छैन । तर, यस्तो प्रवृत्तिको ढिलो चाँडो अन्त्य हुन्छ । किनकि यो विभेद हो, विभेदले विद्रोह जन्माउँछ र विभेदकारीहरुलाई इतिहासको थांग्नामा सुताउँछ । यसै पनि थांग्नामा सुत्नेहरुको इतिहास लेखिदैन । 

मुलुकमा सार्क लाग्दा काठमाडौंलाई सिंगारपटार गरेर दुलहीझै बन्ने मौका मिलेको छ । मौसमी विकासको यो सिंगारपटारले मुलुकको राजधानीलाई अलकापुरी हैन, कस्मेटिक क्याटमाण्डू बनाएको छ । यसरी यता, राजधानी दुलही बनेर तातिइरहेको बेला उता मोफसल भने अभावमा कठांग्रिने क्रम सुरु भएको छ । के यही हो त सामाजिक न्याय ? कस्मेटिक क्याटमाण्डू सामु तेर्सिएको यक्ष प्रश्न हो यो । आगे उनीहरु नै जानुन् ।

(वरिष्ठ सञ्चारकर्मी डा. भट्टराई पछिल्लो समय एभेन्युज टेलिभिजनका एडिटर इन चिफ थिए । सम्प्रति उनी काठमाडौं विश्वविद्यालय, नेपाल र इन्टरनेशनल अमेरिकन युनिभर्सिटी लसएन्जलस, क्यालिफोर्नियाको सम्बन्धनमा किंग्स कलेजमा आमसञ्चार विषय प्राध्यापन गर्छन् । चोटिलो विश्लेषण गर्न रुचाउने उनी प्रेस चौतारी डट कमका लागि नेपाल सन्दर्भ स्तम्भ सम्प्रेष्ण गर्छन् ।  )


मंगलवार, २०७१ मंसिर ०१ गते ०७:०८ / Tuesday, Nov 18, 2014 7:08 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

1.   नयाँ शक्तिकी रोल नम्बर २४०
2.   ‘सफ्ट-सेल’ नेपालीका ‘हार्ड-सेल’ कुरा
3.   नाइन इलेवेन : हामी कहिल्यै भुल्दैनौं
4.   टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?
5.   गुडबाइ काडमाण्डू
6.   एनआरएन एनसीसी चुनाव :
7.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
8.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
9.   गुडबाइ काडमाण्डू
10.   भो अति भो, कति दोष दिनु सतीलाई ?
11.   तीतो सत्य, भाइरल र मोदी म्युट
12.   सिन्डिकेट संसार
13.   मोदीको मोफसल भ्रमण
14.   कस्मेटिक क्याटमाण्डू
15.   कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?
16.   अति भो, कति बन्नु
17.   मुखमा तीन 'स'- बगलीमा-'म'
18.   कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
19.   यो कस्तो न्याय ?
20.   तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ
21.   डटकम भाइरल
22.   पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
23.   अजव-गजवको नेपाल
24.   मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
25.   राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
Results 43: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.