विहिवार, आश्विन ०५ गते, २०७४
Thursday, September 21, 2017
कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?

नालायक सिण्डिकेटको बन्दकीमा मुलुक
 
कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ? 

डा. प्रदीप भट्टराई
forth.state@gmail.com

"आलोक नेम्वांगहरु परिवारलाई खुशी दिन नसक्दा आत्महत्या गर्छन्, तर हाम्रा नेताहरु मुलुकबासीको  खुशी लुटेर विदेशमा उपचार गर्दै आफ्नो आयु लम्वाइरहेका छन् । उनीहरुको दीर्घायु मुलुकको समस्या सम्वोधन गर्नेभन्दा पनि समस्या थप्नेतिर उद्धेलित छ । न आफू सही दिशातिर मुलुक ड्राईभिंग गर्छ्न्, न ड्राईभिंग सिट नै छोड्छन् । यो कस्तो विडम्वना हो ? यसको अर्थ नेताहरुको मृत्युको कामना हैन, न आलोकको मृत्युको समर्थन नै हो । यो दुबै नभए पनि आम नेपालीको लागि एउटा क्रुर नियतिको उजागर भने जरुर हो । आखिर किन यस्तो भैरहेछ यहाँ ? लाखटक्काको प्रश्न हो यो । तर, विडम्वना जसले उत्तर दिनुपर्ने हो, उनीहरु त्यसका लागि तैयार छैनन् । "

केही दिन यता मुलुकमा एकपछि अर्को गरेर खराव समाचारहरु झुत्ती खेल्दै फालिम लागेका छन् । त्यो देख्दा यस्तो लाग्छ, सुखद् समाचार त नेपालीको भागमै छैनन् । यसको अर्थ मुलुकमा सुखद् समाचारहरु नै छैनन् भन्ने हैन । छन् तर भए पनि तिनीहरु खराव समाचारको दाँजोमा लिलिपुट छन् । बेन्जामिन डेको फित्ताले नाप्दा समाचारको मूल्य नै नबोक्ने ती समाचार ए. ब्वायडकै कोणबाट ठीक देखिन्छन् । अथाृत्, ब्याड न्यूज इज गुड न्युज ।

मुलुकको पछिल्लो सबैभन्दा खराब समाचार हो, संविधानलाई लिएर भएको ठाडो राजनीतिक ध्रुवीकरण । यसले फेरि एकपटक मुलुकलाई माओवादी द्वन्दभन्दा ठीक अगाडिको अवस्थामा पुर्याएको छ । एकातिर, २०४७ सालको संविधानलाई संसारकै उत्कृष्ट संविधान मान्ने नेपाली कांग्रेसलाई मियो मानेर त्यसको आलोचनात्मक समर्थन गर्ने नेकपा एमाले सुधारिएको संसदीय व्यवस्थामा दाइँ गर्ने खेताला बन्न आइपुगेको छ । अर्कोतिर, त्यो संविधानलाई निकृष्ट मानेर जंगल पस्ने नेकपा माओवादी र उसको मियोमा दाइँ गर्न आइपुगेका मधेसवादी र संघीयतावादीहरु यसलाई किमार्थ मान्ने पक्षमा छैनन् । बाँकी रहेका राजनीतिक दलहरु मात्र हैन, सिंगो मुलुक नै अब यही आधारमा चिरा पर्ने सम्भावना बढ्दो छ । यो फाटो यस्तो अवस्थामा पुग्नेछ, सम्भवत मुलुकमा जो कोही पनि निरपेक्ष रहने अवस्था नै आउँदैन ।

भनिरहनु पर्दैन, नेपाली समाज अनेकौ तहमा विभेद भएको समाज हो । त्यही विभेदले नै जन्माउने हो विद्रोह । माओवादी विद्रोहको मुहान पनि त्यही विभेद थियो । त्यस विद्रोहले ठूलो जनधनको क्षति मात्र गराएन, मुलुकलाई दशकौं पछाडि पनि धकेल्यो । त्यसले सिकाएको पाठ भनेको विभेदको सही सम्वोधन नभएसम्म द्वन्दको अन्त्य हुँदैन भन्ने नै हो । रुप र मात्रामा केही तलमाथि पर्न सक्छ, सारमा यही सत्य हो । तर, पछिल्लो ध्रवीकरण हेर्दा, हिजो माओवादीलाई विद्रोही बनाउनेहरुले त्यस कुराको हेक्का राखे जस्तो देखिदैन । विभेदको उचित सम्वोधन गर्नेभन्दा पनि त्यसलाई धुलो ठानेर कार्पेट मुनि छोप्ने रहर हो कि जस्तो देखिन्छ । त्यसका लागि अहिले संविधानसभाभित्रको अंकगणितको सहारा लिइएको छ । र, त्यसैका आधारमा अगाडि बढ्ने सोच पालेर मुलुकलाई फेरि अर्को चरणको द्वन्दतिर धकेल्न लागिएको हो कि जस्तो छनक मिलेको छ । हो, एमाओवादीको नेतृत्व खराव होला, उसको नियत सफा नहोला । तर, प्रश्न त्योभन्दा पनि महत्वपूर्ण के हो भने हिजो त्यो विभेदमा पारिएको तप्का थियो, केही सीप नलागेर बन्दुक उठाएको त्यसले केही हदसम्म राज्यलाई गलाएकै हो । र, त्यो विभेदलाई सम्वोधन गर्ने अर्थमा सम्झौता गरेर शान्ति प्रक्रियामा आएको हो । हो, त्यो हस्ताक्षर प्रचण्डको थियो तर त्यो हस्ताक्षर एउटा सशस्त्र द्वन्दलाई शान्तिको मार्गमा डोहोर्याउने हिम्मत गर्ने विद्रोही नेताको पनि थियो । समयक्रममा उनी असफल भए होला, त्यो बेग्लै कुरा हो । तर, यो मुलुकमा के प्रचण्ड मात्र असफल भएका हुन् त ? हैन, यो मुलुकमा हरेक राजनीतिक दलका ठूला नेताहरु एकपछि अर्को गरेर असफल भएका छन् । हरेक दलको वरियतामा तीन चार क्रमसम्म रहेका नेताहरु प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सत्तासिन भएकै छन्  र उनीहरु एकपछि अर्को गरेर मुलुक र मुलुकबासीको अपेक्षालाई सम्वोधन गर्न नसकेर असफल भएकै हुन् । तर, कोही पनि त्यो यथार्थ स्वीकार्न तयार छैन । एकले अर्कोतिर चोर औंला ठड्याएरहेको बेला बूढी औला तटस्थ बसे पनि बाँकी चार औंला भने आफूतिरै फर्किरहेका हुन्छन् भन्ने हेक्का राख्न मात्र बिर्सिएको अवस्था हो यो ।

आखिर किन यसरी एकपछि अर्को गरेर असफल भैरहेका छन् त हाम्रा नेताहरु ? यसका लागि अब कुनै प्राथमिक तथ्यांकमा आधारित अनुसन्धान आवश्यक नै छैन, माध्यामिक तथ्यांकमा आधारित भएर सोझै सकिन्छ, अकर्मण्यता, इच्छाशक्तिको अभाव र खराव नियत । यी तीन बुँदालाई अलि लम्ब्याउँदा एउटा यस्तो सूची तयार हुन्छ ।
- राजनीतिक विचारशुन्यता
- प्रजातान्त्रिक संस्कारको अभाव
- पार्टी हैन, कोटरी मात्रै बनेको स्थिति
- सन्तान दरसन्तानसम्मलाई नेतृत्व विरासतमा दिने लोभ
- मुलुकलाई नेतृत्व दिन तैयार नै नभएको अवस्था
- राजनीतिक सुझबुझ र क्षमताको अभाव
- त्याग र समर्पणको खडेरी
- अरौटे भरौटे र खेताला चिन्तन
- राम्रा हैन, हाम्रालाई केन्द्रमा राख्ने सोच
- परिवर्तनको जनचाहनालाई सम्वोधन नगर्ने लिडेढिपी चिन्तन
- नातावाद, कृपावाद र फरियावादको जहाँनिया प्रभृति
- माथिबाट झर्ला र पाउँला भन्ने आशे दोस्रो पुस्ता
- लालफित्ताशाही प्रशासनको वैशाखी
- फौबञ्जारहरुको पहुँच र प्रभाव
- वादको आधारमा राजनीतिक ध्रवीकरण भएको समाज
- र, पार्टीपिच्छेका मूक अमूक जनता

यी बाहेक अरु पनि कारण गनाउन सकिन्छ तर पनि प्राथमिक कारणहरु यिनै हुन् । दल र नेतृत्वमा हुने व्यक्तिको व्यक्तिगत सोच र क्षमताको आधारमा क्रम तल माथि पर्न सक्छ, पार्न सकिन्छ, यो बेग्लै कुरा हो । 
उपर्युक्त कारणहरुको यथार्थ सम्वोधन नभएसम्म मुलुकमा द्वन्द सकिने हैन, पुरानो शिराको बैठान भए पनि नया शिराबाट उठान हुन्छ नै । यसबाट मुलुक यो या त्यो नाम वा कलेबरमा अन्तहीन द्वन्दमा फसिरहन्छ । केही यथास्थितिवादी सोच राख्नेलाई त्यस्तो नलाग्न सक्छ । तर, समाज विकासको सिद्धान्तलाई स्वीकार्ने हो भने योभन्दा फरक चित्र प्रस्तुत हुनै सक्दैन । रुप परिवर्तन होला तर सारमा द्वन्द समाजको नियम हो र यो भैरहन्छ ।

अब प्रश्न उठ्छ, के वर्तमान नेपालको राजनीतिक नेतृत्वबाट यी समस्याहरुको हल सम्भव छ ? लाखटक्काको प्रश्न हो यो । मुलुकका प्रमुख्य राजनीतिक दल र तिनीहरुका नेताहरुको अहिलेसम्मको नेतृत्व  क्षमता र कार्यब्यापारलाई हेर्ने हो भने सिधै भने हुन्छ, सम्भव छैन मात्र हैन असम्भव नै छ ।  किनकि, मुलुकका तीन मुख्य राजनीतिक दल र मधेसवादी दलहरु एकपटक मात्र हैन, पटक पटक सत्ताको साँचोमा परीक्षण भैसकेको अवस्था हो यो । तिनीहरुका नेता सत्ताको कठघरमा उभिइसकेको परिस्थिति हो यो । तर, तिनीहरुको ट्याक रेकर्ड हेर्ने हो भने नकारात्मक छ । कांग्रेसका वरिष्ठ नेता देउवा धेरैपटक प्रधानमन्त्रीका रुपमा परीक्षण भैसके । उपसभापति रामचन्द्र पनि उपप्रधानमन्त्रीसम्म पटक पटक परीक्षण भैसके । महामन्त्री प्रकाशमान अहिले नै उपप्रधानमन्त्री छन्, अर्का महामन्त्री सिटौला पनि परीक्षण भैसके । परीक्षण हुन बाँकी पार्टी सभापति सुशील कोइराला अहिले सत्ताको बागडोर सम्हालिरहेका छन् । उनको कार्यशैली हेर्दा पनि अब त खुट्टी देखेरै पत्याए भन्ने स्थिति छ । यसरी सबै कांग्रेसी लिटमस टेस्ट देखिसकेका जनता यिनीहरुबाट अब केही हुन्छ भन्ने आशामा नै छैनन् । यो पार्टीको अर्को पुस्ता पनि पराश्रित मानसिकताको छ , माथिबाट झरेर खाउँला भन्ने आशे पुस्ता । अबको २० वर्षसम्म पनि यो पार्टी यही मानसिकताले डोहोरिन्छ । वीपीको सपना र गणेशमानको त्याग त बेचेरै खाइसके । मुलुकमा सबैभन्दा लामो समय सत्तासिन भएर पनि केही गर्न नसकेको यो पार्टीबाट अब के नै पो आशा गर्न सकिन्छ र ? 

मुलुकको दोस्रो ठूलो दल एमालेको हालत पनि योभन्दा खासै भिन्न छैन । नाम कम्युनिष्ट भए पनि यसमा कुनै चरित्र पनि नाम अनुसारको छैन । न यसका नेताहरु अब त्यो मूल्य, मान्यता र आदर्श नै बोक्ने सामर्थ राख्छन् । संसदीय दलदलमा फसेको यो पार्टी अब त पूरै सुधारिएको संसदीय व्यवस्थाको पुच्छर समातेर वैतरणी तर्न खोजिरहेको छ । यस पार्टीमा अहिले एक नम्बरका नेता हुन् केपी ओली । विगत ३० वर्षदेखि पार्टी हाइकमानमा रहेका यी नेता सरकारमा पटक पटक उपप्रधानमन्त्री पनि भैसके । स्वस्थ भएको बेला उनको सत्ता सञ्चालन पनि देखिएकै हो । अहिले त रोगी पनि भएका छन् । पछिल्लो पटक सहानुभूतिको मतसहित पार्टी मुखियामा आएका यिनले अहिलेसम्म न पार्टीको पूर्ण केन्द्रीय समितिको बैठक बसाउन सकेका छन्, न पोलिटब्युरो। स्थायी समिति र विभागजस्ता पार्टी संरचना नै निर्माण गर्न सकेका छन् । गुटका आधारमा पार्टी सञ्चालन गर्ने र जनता र पार्टी पंक्तिले अस्वीकार गरेका महेश प्रभृतिलाई मन्त्री बनाएर मैले चाहे भने जे पनि गर्न सक्छु भनेर जनता र पार्टीपंक्तिलाई चुनौति दिरहेका छन् । दुई नम्बरका झलनाथ र तीन नम्बरका माधव नेपाल पनि प्रधानमन्त्री भैसके । उनीहरुको गति मति पनि देखिएकै हो । चार नम्वरका वामदेवले त उपप्रधानमन्त्रीमा ह्याट्कि नै गरिसके । त्यसपछि १० नम्वर सम्मका नेता पनि सत्तामा छिरिसकेका छन् । एमाले नेतृत्व त अवको ३० वर्ष पनि यो घेराभन्दा बाहिर जाँदैन । नाम कम्युनिष्ट भएर के गर्नु, यसको दक्षिणपन्थी गति हेर्ने हो भने उदेकलाग्दो छ । त्यसैले यसबाट पनि आशा गर्न सकिने छाँट छैन । 

तेस्रो दल एमाओवादी त आफैं परीक्षणमा रहेको पार्टी हो । छोटो समयमै अनेक चिरा र गुट उपगुटमा विभक्त यो पार्टी खै कस्तो पार्टी हो भन्नै सकिने स्थितिथ छैन । पानीको फोका जस्तो छ यो पार्टी । यद्यपि, यसका दुई ठूला नेता प्रचण्ड र बाबुराम प्रधानमन्त्री भएर निधारभरिको असफलताको टीका लगाएर जग हसाइरहेका छन् । यिनीहरुलाई बन्दुक बोक्न आए पनि आम जनताको समृद्धि ल्याउन आउँदैन रहेछ, मिलेर यात्रा गर्न आउँदो रहेनछ । नाम कम्युनिष्ट भए पनि यस पार्टीका नेताहरुको चरित्रमा आउको उग्रस्खलनले यो पार्टी त एमाले जति समय पनि कम्युनिष्टजस्तो नदेखिने स्थिति बनिसकेको छ । यसबाट जनताको ठूलो अपेक्षा थियो, रातारात सोत र भैसक्यो । अब त यो प्रचण्ड पार्टी भने हुन्छ ।
मुलुकमा रहेका मधेसवादी दल त सत्ताका ढडिया हुन् । आफूलाई मधेसी जनताको मसिहा भन्नेहरु कताबाट सत्ताको माछा कुम्ल्याउन पाइन्छ, त्यतैत्यतै ढडिया थाप्दै हिड्छन् । दशगजा पारिसँगको साइनोले फुल्ने यिनीहरु भारतमा मोदी आएपछि आफैं चाउरिन थालेका छन् । त्यस्तै जातिवादी दलहरु पनि बाहिरियाहरुका एजेण्डासेटर जस्ता देखिन्छन् । उनीहरु समाजमा सद्भाव हैन, वैरभावहरुको खेती गरिरहेका छन् । यो विषखेती मुलुकमा धेरै टिक्दैन । त्यसैले यिनीहरुको भविष्य छैन । 

पञ्चायतको अपुताली पाएका फुलबुट्टे राप्रपाहरु हलो र गाइ लिएर आएका छन् । हलो जोत्नका लागि गाईको छोरो चाहिन्छ । त्यसैले संजोगले अझै पनि यिनीहरुबीच सहगोत्री साइनो छ । गाईको पुच्छरले बैतरणी तारेर २४ सिटमा पुर्याएको गाइपार्टी तामा र त्रिशूल भएका पैसा र भाइपार्टीमा परिणत भएपछि त्यो भ्रम पनि अब चाँडै सकिने लगभग निश्चित छ । अरु नानाथरि नाममा समानुपातिक च्याँखे थाप्ने दलहरु त वर्षाका च्याउन न हुन् । वर्सा रोकिएपछि तिनीहरुमा टुसा नै पलाउँदैन ।

यसरी मुलुकको मियो राजनीति र त्यसलाई हाँक्ने राजनीतिक दल र तिनीहरुको नेतृत्वको ट्याक रेकर्ड हेर्दा मुलुक निराशा र कुण्ठाको बाटोमा थप अग्रसर हुने देखिन्छ । यसको मूल कारण पार्टी नेतृत्व नै हो । तर, पनि यिनीहरु त्यो यथार्थलाई स्वीकार्दैनन् र सधैभरि सत्ताको बागडोर आफैंमा राखेर आफ्नो नालायकीपनले मुलुकको भविष्य र मुलुकबासीका सपनाहरुको हत्या गरिरहेका छन् । यी सपनाका हत्याराहरु आफ्ना जोजोम्यानहरुको सिन्डिकेट बनाएर मृत्युपर्यन्त शासन गर्न चाहन्छन् । त्यसका लागि यिनीहरुले पार्टीमा त सेटिंग मिलाइसके, संविधानमा पनि त्यही किसिमको सेटिंग खोजिरहेका छन् । अहिले संविधान बन्न नसक्नुको मूलकारण पनि उनीहरुकै स्वार्थहरुको सम्वोधन हुने खालको सेटिंग मिलाउन नसकेरै हो । यिनीहरुको नियतमै खोट छ, सत्ता बिना स्वास पनि फेर्न नसक्ने यी जुकाहरुलाई सामान्यतः कसैगरी पनि हटाउन सकिन्न । प्रतक्ष्य चुनाव गरौं भनौ भने जनताले हराउँछन् भनेर मान्दै मान्दैनन् । दुई तीनवटा सुरक्षित क्षेत्रबाट चुनाव उठ्छन् , वादमा बाँडिएको समाजले उनीहरुलाई एउटा न एउटा ठाउँबाट जिताइहाल्छ । त्यस्तो भएन अर्को पार्टीलाई कमजोर उम्मेद्वार दिन लगाएर पनि जितिहाल्छन् । बूढा भएर या विरामी भएर मर्छन् र बाटो खुल्ला गरिदिन्छन् भन्दा पनि मुलुकको ढुकुटी रित्याएर विदेशमा उपचार गरेर आयु लम्व्याइरहेकै छन् । दूर्घटनामा पलान् भनौ भने पनि पूर्वप्रधानमन्त्री या मन्त्रीका रुपमा प्राडो पजेरोमा प्रहरी पहरासहित यात्रा गर्छन्, त्यस्तो हुने कमै सम्भावना छ । विद्रोह हुने सम्भावना पनि टाढा टाढासम्म देखिदैन । अनि कसरी मुक्त हुन्छ मुलुक यी नालायकहरुको सिन्डिकेटबाट ? 

अहिलेको लागि लाखटक्काको प्रश्न हो यो । तर, विडम्वना उत्तर आउने दिशातिर घनघोर कालो बादल मडारिइरहेको छ । टाढा टाढासम्म हेर्दा पनि चादीको घेरा देखिरहेको छैन । कसरी खोज्ने होला चाँदीको घेरा ? कसरी हटाउने होला कालो बादल ? यो सोच्दासोच्दै या त सिंगो मुलुकनै डिप्रेसन गएर आत्महत्या गर्नुपर्ने स्थिति आउँछ या त मुलुक छोडेर बाहिरिनुपर्ने स्थिति सिर्जना हुन्छ । कसरी मुलुक भनेर हरेक दिन हैन, छिन छिनमा मरेर बाँच्न सकिन्छ र ? झ्ट्ट पढ्दा साह्रै निराशावादी सोच जस्तो लाग्न सक्छ तर गम्भीर भएर सोच्नुहोस् त अहिलेका राजनीतिक पार्टी र नेताहरुको आचरण र प्रवृत्ति हेर्दा योभन्दा फरक सोच्नै सकिदैन । खबरदार, तिमीहरुलाई हाम्रा सपनाको हत्या गर्ने अधिकार छैन । आउने पुस्ताको भविष्य चकनाचुर पार्ने अधिकार छैन । या त तिमीहरु आफैं सप्र, हैन समयसँग सबैलाई सपार्ने औषधी छ । आगे तिमीहरु नै जान । 

 
 (वरिष्ठ सञ्चारकर्मी डा. भट्टराई पछिल्लो समय एभेन्युज टेलिभिजनका एडिटर इन चिफ थिए । सम्प्रति उनी काठमाडौं विश्वविद्यालय, नेपाल र इन्टरनेशनल अमेरिकन युनिभर्सिटी लसएन्जलस, क्यालिफोर्नियाको सम्बन्धनमा किंग्स कलेजमा आमसञ्चार विषय प्राध्यापन गर्छन् । चोटिलो विश्लेषण गर्न रुचाउने उनी प्रेस चौतारी डट कमका लागि नेपाल सन्दर्भ स्तम्भ सम्प्रेष्ण गर्छन् ।  )
 


बुधवार, २०७१ कार्तिक २६ गते १९:०७ / Wednesday, Nov 12, 2014 7:07 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

1.   नयाँ शक्तिकी रोल नम्बर २४०
2.   ‘सफ्ट-सेल’ नेपालीका ‘हार्ड-सेल’ कुरा
3.   नाइन इलेवेन : हामी कहिल्यै भुल्दैनौं
4.   टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?
5.   गुडबाइ काडमाण्डू
6.   एनआरएन एनसीसी चुनाव :
7.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
8.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
9.   गुडबाइ काडमाण्डू
10.   भो अति भो, कति दोष दिनु सतीलाई ?
11.   तीतो सत्य, भाइरल र मोदी म्युट
12.   सिन्डिकेट संसार
13.   मोदीको मोफसल भ्रमण
14.   कस्मेटिक क्याटमाण्डू
15.   कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?
16.   अति भो, कति बन्नु
17.   मुखमा तीन 'स'- बगलीमा-'म'
18.   कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
19.   यो कस्तो न्याय ?
20.   तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ
21.   डटकम भाइरल
22.   पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
23.   अजव-गजवको नेपाल
24.   मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
25.   राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
Results 43: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.