शनिवार, मंसिर ०९ गते, २०७४
Saturday, November 25, 2017
अति भो, कति बन्नु

डा. प्रदीप भट्टराई
forth.state@gmail.com

कहिलेकाही त यस्तो लाग्छ, नेपाली आमसञ्चार माध्यमहरु कलियुगका चित्रगुप्त नै हुन् । उनीहरुको काम भनेकै मृत्युघटनाको समाचार बनाउने र ती घटनामा जीवन गुमाएका लाशहरुको वहीखाता राख्ने हो । दशैयता सवारी दुर्घटनामा मात्र दुई सय ८३ जनाले अकालमा ज्यान गुमाएको समाचार पढ्दा, खै किन हो, यस्तै अप्रिय सोच आयो दिमाखमा । अनि लाग्यो पनि, ब्याड न्युज इज गुड न्युज कतै नेपालकै लागि भनिएको त थिएन ? के नेपाल र नेपालीको नियति नै बनिसकेको हो त अकालमा मृत्यु ? सडक दुर्घटनाको यो भीमकाय आकडाले यस्तै सोच्न बाध्य बनायो । अनि लाग्यो, सक्रिय सञ्चारकर्मबाट विदा भएर राम्रै गरिएछ, कम्तीमा चित्रगुप्तको भूमिकाबाट त छुट्कारा पाइएछ । 

भनाइ नै छ जीवन त संजोग मात्र हो । जन्म अनि मृत्यु मात्रै हुन् सत्य त । तर, यति हुँदाहुँदै पनि जन्मलाई हार्दिकतापूर्वक स्वीकार्न तयार जो कोही मृत्युलाई भने सजिलै आत्मसात गर्न चाहदैन । नचाँहदानचाँहदै सही, कतिपय बेला असामयिक मृत्यु आत्मसात गर्नुपर्छ, कसैलाई थाहै हुदैन । आस्तिकहरु त यसलाई लेखान्त भनेर सजिलै चित्त बुझाउँछन् पनि तर नास्तिकहरुलाई त्यति पनि छुट हुदैन । त्यसैले त उनीहरु द्विविधामा परेर आफैं सामु यक्षप्रश्न तेस्र्याउँछन्, आखिर किन यस्तो हुन्छ ? यो अनन्त प्रश्नको कुनै उत्तर छैन । त्यसैले गीतकार डा. कृष्णहरि वराल लेख्छन्, 

मर्ने कसैलाई रहर हुदैन 
तर नमरेको प्रहर हुँदैन 
भागेर जाउँ कुन ठाउँ जाउँ 
मान्छे नमर्ने  सहर हुँदैन

प्रकृतिको वरदान नेपाल, प्राकृतिक प्रकोपबाट यहाँ विरलै असामयिक मृत्यु हुन्छ । यहाँ अकालमा मृत्यु हुन्छ भने त्यसको मूल कारण हुन्छ, सवारी दुर्घटना । साना बाटोमा होस् या राजमार्गमा, धुलेटो सडकमा होस् या पिचरोडमा । कहाँ कहाँ मात्र भन्नु जहाँकही पनि सवारी दुर्घटना भएकै हुन्छ यहाँ । सवारी साधन, बाटो र जनसंख्या, कही कतै तालमेल नखाने संख्यामा । पहिलाभन्दा बढी, धेरैबढी ।  जब अलि हृदय विदारक या हाइप्रोफाइल दुर्घटना हुन्छ, त्यसपछि दुर्घटना समाचारले बज मात्र सिर्जना गर्दैन, भाइरल नै उत्पन्न गर्छ  यहाँ । सामान्य हार्डन्युजदेखि सफ्ट न्युज हुँदै स्तम्भ र थिंक पिस नै लेखिन्छन् त्यस्ता परिघटनामाथि । कतिपय बेला प्रोफाइल पनि बन्छन् दुर्घटनामा जीवन गुमाउनेहरुका । अनि, नीति निर्माताहरु झल्यास हुन्छन्, ओहो नीति बनाउनुपर्ने रहेछ । सवारी चालक प्रमाणपत्र दिनेहरु टाउकोमा हात राख्छन्, ओहो, घुस खाएर जो पायो त्यहीलाई लाइसेन्स दिनु नहुने रहेछ । ट्राफिक  व्यवस्थापन गर्नेहरु भन्छन्, केही नजारानामा सिटीलाई जाकटी राख्नु नहुने रहेछ । सवारीचालकहरु पनि सोच्दा हुन्, ज्यानमारा पो भइएछ । यात्रुहरु पनि ठान्दा हुन्, सिन्की गुन्द्रुक जस्तै खाँदिदा या छतमा टहलिएर मृत्युलाई निम्तोपत्र पठाउन नहुने रहेछ । अंग्रेजी कहावत अफ्टर द डेथ डक्टर भनेझैं, ठ्याक्कै त्यस्तै । 

नौ दिनमा नौलो, वीस दिनमाबिर्स्यो  समाज हो हाम्रो । त्यसपछि त्यो सचेतना दिमाखको डिस्क र हृदयको कार्टेजबाट एकाएक कहाँ हराउँछ, कहाँ ? अनि फेरि त्यही कर्म दोहोरिन्छ र जानेर या नजानेर यमराजलाई निमन्त्रणा दिइन्छ । जब यमराजले सुन्छ, त्यसपछि कसको के लाग्छ र ? अनि फेरि कारण गन्ने काम सुरु हुन्छ, कहिले नीति, कहिले घुस्याहा हाकिम, कहिले बेपरवाह चालक, कहिले फौबन्जार सवारी साधन साहु, कहिले ठीकठाक अवस्थामा नभएको सवारी साधन, कहिले राजमार्ग छेउमै रहेको खोयाविर्के, अनि कहिले सडकमा झुन्ड्याईएका  ढालबहादुरका बडेमानका कटआउटहरु । आदि इत्यादि,  कारण जे हुन्, फेरि कसैको जीवन अकालमा जान्छ । मुखबाट फिस्स निस्कन्छ, विचरा अकालमै मर्यो । यस्तो मरण त सत्रुको पनि नहोस् ।

यो अकाल मृत्युले हुनसम्म गर्छ । कसैको सिउँदो उजाडी दिन्छ, कसैको काख रित्याइदिन्छ, कसैको अभिभावक चुडिदिन्छ, कसैको बैतरणी तार्ने लाठो नै सिध्याइदिन्छ । जे होस्, व्यक्तिगत रुपमा कसैको नियर एन्ड डियर नै विदा गरिदिने हो यस्तो घटनाले । अझ समाज र मुलुकको कोणबाट हेर्दा, कहिले योग्य डाक्टर त कहिले सुयोग्य इञ्जिनियर, कहिले कुशल प्रशासक त कहिले होनहार श्रष्टा आदि इत्यादि नै अलविदा हुने हो यस्तो घटनामा । यस कोणबाट हेर्दा त हुने हानी नोक्सानीको लेखाजोखा गरेरै साध्य हुदैन । 

सन्दर्भ पछिल्लो शनिबार मकवानपुरको बसामाडी २ बस्तीपुरमा भएको निर्मम दुर्घटनाको हो । इलामबाट काठमाडौं आइरहेको मेटे डिलक्स र काठमाडौबाट विराटनगर गइरहेको शुभश्री यातायातको यात्रुबस जुधे । यसअघि बस धनी र चालकबीच फोनमा खटपटी भयो, टेन्सनमा आएको चालकले खोयाबिर्के चढायो । खोयाविर्केको नसामा स्टेयरिंगमा हातमा, बढ्दो गियर अनि गति के चाहियो र ? बस जुधे आपसमा, १० जनाको अकालमा ज्यान गयो । यात्रामा एक विदेसीसहित इलामका ६ किशोर वयका विद्यार्थीले जीवन गुमाए । दसैतिहार विदा सकेर पढ्नका लागि राजधानी काठमाडौं फर्कदै गरेका । तर, विचरा अब ती कहिल्यै न दसै तिहार मान्न इलाम जान सक्छन् न अब साथी संगीसँगै कक्षाकोठामा फेरि भेटिन सक्छन् । एकक्षण उनीहरुका आमाबाबु भएर सोचौं त, सुमधुर भविष्यका लागि उच्च शिक्षा पढ्न विदा गरेर पठाएका छोराछोरीको २४ घण्टा पनि नबित्दै रगताम्य लाश आउँछ र उसको लाशमाथि विलोममा दागबत्ती दिनुपर्छ । त्यो परिस्थिति कति सहज र सह्य हुन्छ ? सामान्यतः कल्पना पनि गर्न गाह्रो  हुन्छ  । त्यो दृश्य र त्यो समवेदनामाथि शोक साहित्य नै लेख्न सकिन्छ, एउटा मुटु छुने चलचित्रको कथा मात्र हैन, एउटा बायोपिक वृत्तचित्र नै बन्छ । यसअघि असोज २० गते डोटीको छतिवनमा भएको दुर्घटनामा दसै मनाएर फर्केका सरस्वतीनगरका २० जनाले ज्यान गुमाएका थिए । कात्तिक ७ गते नुवाकोटमा १४ जनाको ज्यान गएको थियो । मानौं वसामाडी दुर्घटना त्यसको सिक्वेल हो, फरक पात्र र परिस्थितिमा । 

हरेक दुर्घटनाले लगभग यस्तै दृश्य निम्त्याउँने हो । यस्ता दृश्य, यही वर्षको दसै यतामात्र एक सय ५६ पटक दोहोरिसके, तथ्यांकले यही भन्छ । यी दुर्घटनामा पर्ने अभागीहरुका आफन्तका आसु मात्र भेला पार्ने हो भने पनि सानोतिनो खोली नै बनिसक्थ्यो । दिवंगतहरुको सपना भेला पार्न सकेको मात्र भए वर्षौ दिनसम्म देख्न सकिने गरी लामो सपना हुन्थ्यो । खै के के को मात्र हिसाब गर्ने ? जब सारा हिसाव नै जीवनका लागि हो र त्यो नै रहेन भने बाँकीका लागि त हिसाव गर्नुको अर्थ नै के रहन्छ र ? प्रश्न सूलझैं आफैंतिर तेर्सिन्छ । 

दुर्घटनापछि फेरि एकपटक बज मिल्यो । सडकदेखि संसदसम्म, सोसल साइटदेखि आमसञ्चारका साधनसम्म । सम्वन्धित पक्षहरुले दन्तबजान गरे । एकले अर्कोलाई दोष दिएर पानीमाथिको ओभानो बन्ने गरीव अभिनय गरे । ट्राफिकले भने, सवारी चालक, नीति निर्माता, सवारी धनी नै दोषी छन् । चालकले भने, थोत्रा सवारी साधन, खाल्डैखाल्डा भएका सडक र कोच्चिन आउने यात्रु दोषी छन् । सवारीधनीले भने, बाटो, नीति नियममै त्रुटी छ । सरकारले भन्यो, नियमको पालना नगर्ने सबै दोषी छन् । धन्न, कालले बोलाएर ल्याएका मर्नेहरु नै दोषी हुन् भनेर सिधै चाँहि कसैले भन्न सकेनन् ।

एउटा तथ्यांकले भन्छ, काठमाडौं उपत्यकामा मात्र दैनिक १३ सवारी दुर्घटना हुन्छन् र ती दुर्घटनामध्ये ८२ प्रतिसतमा चालकको लापरवाही कारण बन्छ । अधिकांश दुर्घटना तिब्र गति, लेन अनुसासन उलंघन, जिकज्याक डइभिंग, ओभरटेक जस्ता क्रियाकलापमा आधारित भेटिन्छन् । सम्वन्धित पक्ष भन्छ, हाइपोथेसिस हैन, अब त हामीसँग अनुसन्धानबाट तथ्य नै आइसक्यो । यदि उनीहरुले भनेकै सही हो भने त्यसलाई लागू गरेर निर्दोषहरुको जीवन बचाउन कुन तगारोले रोकिरहेको छ त ? 

अझ यसो भनौं, त्यो रोक्ने तत्वलाई हाइपोथेसिसमा मात्र सीमित राख्न चाँहि के ले काम गरिरहेको छ ? उत्तर खोज्दै जाँदा कुनै अध्ययन अनुसन्धान नै गर्न नपरी सिधै भन्न सकिन्छ लोभ, गलत नियत र स्वार्थ । पहिलो त मुलुकमा सवारीसम्वन्धी समसामयिक नीति र ऐन नै छैन । बनाउने संसद हो, सांसदलाई संविधान देखाएर पन्छने बानी नै परिसक्यो । भएको नीति कार्यान्यवयन गर्ने सरकारी निकायमा घुस्याहाहरुको सञ्जाल छ, लाइसेन्स लिन घुस, जिल्ला स्थान्तरण गर्न घुस, सवारी प्रदुषण स्टिकर लिन घुस, मापसेबाट जोगिन अध्यारो कुनातिर टफिकलाई घुस । अव यी पलपलमा नियत खराव भएकाहरुबाट कसरी नियमन सम्भव छ ? योग्य र सक्षम सवारी चालक खाडीतिर लागिसके, खलासीहरु गुरुजी भैरहेका छन्, गाडी साहूहरु सस्ता गुरुजीबाटै काम चलाउँछन् । अझ, गजवको कुरा त लाइसेन्स लिन लायक नै नभई गौडा गौडामा लाइसेन्स मिल्छ यहाँ । कति छन् कति कारण खोज्दै जाँदा । सारमा, मात्रामा थोरै धेरै होला, हामी सबै आआफ्नो तहबाट अकाल मृत्यु निम्त्याइरहेकै हुन्छौं । निम्तो दिएपछि ढिलो चाँडो जब उसलाई फुर्सद हुन्छ, लिन त आउने नै भैहाल्यो अकाल मृत्यु । त्यसैले कहिले मकवानपुरमा डेट गर्नुपर्ने हुन्छ त कहिले डोटीमा या नुवाकोटमा डेट फिक्स्ड गर्नुपर्ने हुन्छ मृत्युसँग । 

सारमा, मृत्यु सास्वत सत्य हो तर पनि अकालमा त शत्रुको पनि मृत्यु नहोस् । हामी एक पटक हैन, पटक पटक यसै भनिरहेका हुन्छौं र कोही पनि मृत्युलाई आलिंगन गर्न चाहिरहेका हुदैनौं । यो सत्य हो । यद्यपि, कुनै न कुनै भूमिकामा मृत्युलाई जानी नजानी आमन्त्रण गर्न भने छोड्दैनौं ।

इलामेली मित्र विष्णु निष्ठुरीले वसामाडी दुर्घटनामा निधन भएका जिल्लावासीको समवेदनामा फेसबुकको भित्तामा लेखे, इलाममा परेको गम्भीर शोकका बारेमा एक शव्द पनि लेख्न निकै गाह्रो भयो, अनेक पटक कोशिष गर्दा पनि आँट आएन । हे इश्वर यस्तो अकल्पनीय र कठोर सजाय कसैलाई नदेऊ । 

म उनको भावनालाई अभिवादन गर्छु र सहमतिमा लेख्छु, अति भो कति लेख्नु अबिचुअरी । अब त, यो चित्रगुप्तको भूमिकाबाट छुट्कारा पाए पनि त हुन्थ्यो नि । प्रिय चाहना हो । तर, सबै प्रिय चाहना कहाँ पूरा हुँदारहेछन् र ? त्यसैले एकथान अबिचुअरी लेख्नु नै पर्यो । जो अकालमा गए, उनीहरुको आत्माले शान्ति पाओस् । जसले त्यो परिस्थिति निर्माण गरे, उनीहरुले सजाय त पाउन् तर पनि जस्तालाई तस्तै भनेझैं त्यस्तो क्रुर मृत्यु भने उनीहरुलाई पनि नमिलोस् । कामना न हो । बाँकि त के भन्न सकिन्छ र ?, आगे उनीहरु नै जानुन् ।

(वरिष्ठ सञ्चारकर्मी डा. भट्टराई पछिल्लो समय एभेन्युज टेलिभिजनका एडिटर इन चिफ थिए । सम्प्रति उनी काठमाडौं विश्वविद्यालय, नेपाल र इन्टरनेशनल अमेरिकन युनिभर्सिटी लसएन्जलस, क्यालिफोर्नियाको सम्बन्धनमा किंग्स कलेजमा आमसञ्चार विषय प्राध्यापन गर्छन् । चोटिलो विश्लेषण गर्न रुचाउने उनी प्रेस चौतारी डट कमका लागि नेपाल सन्दर्भ स्तम्भ सम्प्रेष्ण गर्छन् ।  )

 


सोमवार, २०७१ कार्तिक १७ गते २१:०३ / Monday, Nov 03, 2014 9:03 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

1.   नयाँ शक्तिकी रोल नम्बर २४०
2.   ‘सफ्ट-सेल’ नेपालीका ‘हार्ड-सेल’ कुरा
3.   नाइन इलेवेन : हामी कहिल्यै भुल्दैनौं
4.   टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?
5.   गुडबाइ काडमाण्डू
6.   एनआरएन एनसीसी चुनाव :
7.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
8.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
9.   गुडबाइ काडमाण्डू
10.   भो अति भो, कति दोष दिनु सतीलाई ?
11.   तीतो सत्य, भाइरल र मोदी म्युट
12.   सिन्डिकेट संसार
13.   मोदीको मोफसल भ्रमण
14.   कस्मेटिक क्याटमाण्डू
15.   कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?
16.   अति भो, कति बन्नु
17.   मुखमा तीन 'स'- बगलीमा-'म'
18.   कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
19.   यो कस्तो न्याय ?
20.   तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ
21.   डटकम भाइरल
22.   पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
23.   अजव-गजवको नेपाल
24.   मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
25.   राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
Results 43: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.