विहिवार, आश्विन ०५ गते, २०७४
Thursday, September 21, 2017
कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?

-डा. प्रदीप भट्टराई
forth.state@gmail.com

पारसको हरिविजोग । यो सामान्य मानिसका लागि असामान्य परिणति हो । धेरैलाई यो पारसको आफ्नो कारण मात्र लाग्न सक्छ, तर यथार्थमा त्यस्तो हैन, यसमा उनका बाबु ज्ञानेन्द्रको कमजोर अभिभावकीय दायित्वको पनि त्यत्तिकै भूमिका छ ।  यसमा पूर्वराजा या पूर्वयुवराजा भन्ने प्रश्न आफैंमा गौढ हो, मूलकुरा बाबु र छोराबीच हस्तान्तरण भएको या हुनुपर्ने संस्कारको हो । यस कोणबाट हेर्दा प्रश्न गर्नुपर्ने हुन्छ, खोई कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ? 

अहिले हरेक मान्छेसँग सञ्चार माध्यम छ । त्यो आमसञ्चार माध्यम हो कि हैन, त्यो बेग्लै प्रश्न हो । तर, सामाजिक सञ्जालमार्फत् ऊ आफ्नो नेटवर्कमा भाइरल सिर्जना गर्न सक्छ । नेटवर्क अफ नेटवर्क अर्थात् इन्टरनेटमा प्रवेश गर्दा त्यसले भौगोलिक सीमाभन्दा पनि टाढा पुगेर भर्च्युअल  तरंग उत्पन्न गरी दिन्छ । त्यही भर्च्युअल  तरंग टक अफ द टाउन हुँदा माद्यामिक समाचार स्रोत बन्छ र त्यसले समाचारको अवतारमा आमसञ्चारमा सनसनिदार प्रवेश पाउने सम्भावना रहन्छ । पछिल्लो समय विकास भएको नागरिक पत्रकारिताको सुन्दर भने पनि कुरुप भने पनि खासा तस्विर यही नै हो ।  

प्राथमिक स्रोतमा सहज पहुँच नभएको र वर्ड अफ माउथमा विश्वास गर्ने समाजमा यसरी नै ठूला ठूला समाचार ब्रेक हुने गर्छन् । नेपाली समाज पनि यो भन्दा भिन्न कोटीको छैन । आमसञ्चारका माध्यममा परिपक्वता नआइसकेको नेपालमा यही रीतले धेरैपटक समाचार फ्लास मात्र हैन, ब्रेक पनि भएका छन् ।  यतिबेला त्यही तौरतरिकाले पारस शाह समाचारको सुर्खीमा छन् ।

पारस शाह कुनैबेला नेपाल अधिराज्यका शाहज्यादा थिए । एउटा दुर्भाग्यले  भाग्यको रुप लिदा उनी युवराजाधिराज भए । उनको भाग्य फेरि दुर्भाग्यले पखाली दियो, त्यसपछि उनी युवराजा त के शाहज्यादा पनि रहेनन्, एक सामान्य नेपाली नागरिकमा ओर्लिए । उनको जीवनमा आएको यो उतारचढावले शायद अर्को नाटकीय मोड लिँदा उनी मुलुकमा समेत बस्न नसक्ने अवस्था सिर्जना भयो । त्यसपछि उनी कहिले सिंगापुरमा त अहिले थाइल्याण्डतिर अभिषप्त जीवन बिताइरहेका छन् । यसबीचमा उनी धेरैपटक आफू समाचार बनेर सञ्चारमाध्यमलाई समाचार दिइरहेका छन् ।

हुन त सामान्य मानिस पारस शाहको पक्षमा उभिन सक्दैन । त्यसका लागि उनका हर्कत नै पर्याप्त छन् । तर, पछिल्लो समय उनी जुन स्वरुपमा देखिएका छन्, त्यसको कारणतिर नजाने र मानवीय कोणबाट मात्र हेर्ने हो भने उनीप्रति जो कोही पनि निष्ठुरी हुनुपर्ने कारण भेटिदैैन । साँच्चै नै दयाका पात्रजस्ता देखिन्छन् उनी । यद्यपि, धेरैजसो मानिसहरु आज पनि उनलाई नै कपुत भनेर धारेहात लगाइरहेका छन् । र, पूर्वराजा ज्ञानेन्द्रप्रति सहानुभूति देखाउँदै भनिरहेका छन्, छोरो नै कपुत भएपछि कसको के लाग्छ र ? यसोभन्दा बाबुका रुपमा उनले के भूमिका निर्वाह गरे, त्यसको लेखाजोखा गर्नेतिर कोही लाग्दैन । यो बेग्लै कुरा हो । तर, विलोममा उभिएर पारसको कोणबाट हेर्यो भने उनीप्रति चिढचिढाहट राखेर तथानाम गाली गर्नुपर्ने खासै कारण भेटिदैन । 

पारस शाह आफैंमा सामान्य मानिस हैनन् । उनको जन्म जुन कुल घरानमा भयो, उनी जे जसरी हुर्काइए, बढाइए र उनको अघिल्तिर जे जस्ता नाटकीय घटनाहरु घटे, घटाइए । आजको पारस शाह ती सबै घटना एवं परिघटनाका योगफल मात्र हुन् । न जन्म उनले रोजेको हो न कुलघरान । न संस्कार उनले रोज्न पाए, न शिक्षा । उनमा जे जे थपियो, त्यो सबै निर्मल निवासको रोजाइमा थपियो । उनलाई आज जे जस्तो बनाइयो, चाहेर त नभनौं, नचाहदा नचाहदै पनि निर्मल निवासले नै बनाएको हो । 

आज पनि पारस शाहसँग राज्य छैन, बाँकी सबै छ । बाबुआमा, श्रीमती, छोराछोरी नातागोता, इष्टमित्र, धन दौलत के छैन उनीसँग? पूर्वराजा ज्ञानेन्द्रको अर्बौ सम्पत्तिका एक्ला उत्तराधिकारी हुन् उनी । निर्मल निवास, जीवन कुञ्ज सबैका हकवाला हुन् उनी । तर, यतिबेला पारस शाह सबै भएर पनि केही नभएका अनाथजस्ता देखिएका छन् । अझ यसो भनौ, समयले उनलाई यस्तो बनाएको छ ।

हो, पारस धन्धुकारी हुन् । यसमा दुई मत छैन । उनले गरेका हर्कत र कुकुत्र्यहरुको फेहरिस्तले पनि त्यसको पुष्टि गर्छ । तर,यो पनि सत्य हो कि उनका बाबु उनीभन्दा अझ धेरै ठूला धन्धुकारी हुन् । उनले त दुई सय ४० वर्षको राजसत्ता नै सिद्धाए । यो पनि इतिहासको विषय हो कि, उनले सिद्धाएको राज्यसत्ताको उत्तराधिकारी पनि पारस नै थिए । आज पारस जुन मोडमा उभिएका छन्, उनलाई यस्तो बनाउने वातावरणका सबैभन्दा ठूला कारण पनि उनै हुन् । जन्मदै पारस यो अवतारमा जन्मेका थिएनन् । आज पनि ज्ञानेन्द्र राज्यसत्ता फर्कन्छ भने झिनोआसमा छन् , आफ्नो लागि नभए पनि बेबी किंग हृदयेन्द्रका नाममा फर्कन्छ भनेर उनलाई सुराउनेहरुको कमी आज पनि छैन । यो मनचिन्ते रोडम्यापमा उनका लागि सबैभन्दा ठूला खलपात्र पारस र उनको हर्कते व्यक्तित्व हो भनेर सम्झाइएको छ । यही कारण ज्ञानेन्द्रले पारसलाई  धकेल्दै धकेल्दै भीरको डिलमा पुर्याएका हुन् । त्यस डिलबाट अब शायदै फर्कन सक्लान् पारस ।
यो पंंिक्तकारका बिचारमा पारस एक अभागी मान्छे हुन् । उनी जे भए, शायद त्यो उनको चाहना थिएन । शाहज्यादा, युवराजा, सामान्य नागरिक, मुग्लान भासिएको मुग्लाने र अहिले नशामा धसिएको एक दुब्यर्सनी, यी सबै उनलाई विरासत र त्यसले सिर्जना गरेको परिस्थितिबाट प्राप्त भएका केही वरदान केही अभिषाप हुन् । उनको कमजोरी यति हो, उनले आफूलाई सम्हाल्न सकेनन् । समयलाई आफ्नो काबुमा राख्न नसक्दा उनका लागि एकपछि अर्को विडम्वनाहरु थपिदै गए । त्यस्ता विडम्वनाको सामना गर्न उनलाई तयार नै गरिएको थिएन । 

कुनै पनि व्यक्तिको सफलताका लागि तीन वटा 'स' को आवश्यक हुन्छ, शिक्षा, संस्कार र संगत । पारस यी तीनै कोणबाट गरीव थिए । न उनले राम्रो शिक्षा लिन पाएँ, न त्यस किसिमको मानवीय संस्कार नै निर्मल निवासले दियो । संगत पनि सही पाएनन् । जसले गर्दा, उनीसँग आफूलाई सम्हाल्ने कुनै स नै रहेन । परिणाम सबैका सामु हाजिर छ, आज उनी बाँचिरहेको अभिषप्त जीवन । यो बाटोको गन्तव्य प्रष्ट छ, असहज र असामयिक मृत्यु । शायद, पारस त्यसका लागि तयार भएर यो बाटोमा निस्किएका हुन् ।

मानिसको सफलतामा आधा आफ्नो र आधा आउँदो पींढिको हिस्सा लाग्छ ।  अर्थात् कोही पनि मानिसको सफलतामा आधा आफ्नो हुन्छ, आधा सन्तानको । आफूलाई पूर्ण सफल बनाउन आफ्ना सन्तानलाई पनि त्यत्तिकै सफल बनाउन सक्नुपर्छ । यस मानेमा पनि ज्ञानेन्द्र असफल मानिस हुन् । उनले न आफूलाई धन्धुकारी हुनबाट रोके, न आफ्नो सन्तानलाई  धन्धुकारीपथबाट जोगाए । यस अर्थमा पनि ज्ञानेन्द्रमा गुणको सगरमाथा देख्नु र पारसमा अवगुणको केचनाकलन देख्नु दृष्टिदोष हो । त्यस्तो दृष्टिदोषबाट भाइरल मचाउने नागरिक सञ्चारकर्मी  मुक्त हुनुपर्छ । अनि त्यसलाई नै आधार मानेर आमसञ्चारमा एजेन्डा सेट गर्ने आमसञ्चारकर्म त त्यो बाटोबाट कोसौं टाढा हुनुपर्छ ।

आमसञ्चार यसै पनि आवाजविहीनहरुको आवाज हो । हिजो के थियो, त्यो बेग्लै  कुरा भयो, आज आवाजविहीन बनेका छन्, पारस । त्यसैले, ज्ञानेन्द्रको ट्रेजरी  बेन्चमा हैन, पारसको अपोजिसन बेन्जमा बसेर उनका लागि आवाज दिन सक्नुपर्छ । हिजोका क्रियाकलापलाई मात्र आधार बनाएर आजको परिस्थितिमा पारसको मूल्यांकन गरिनु हुदैन । पारस आफ्नै कारणले मात्र हैन, पारिवारिक वातावरणले पनि यो परिस्थितिसम्म धकेलिएका हुन् । योे सत्यलाई अस्वीकार गर्नु भनेको आफैंमा एक प्रकारको आग्रह पूर्वाग्रह पाल्नु हो । अनि, त्यसैमा बहकिनु त आमसञ्चारकर्मको धर्म हुनै सक्दैन । विलोमबाटै सही, यस कोणबाट पनि पारसको हरिबिजोगलाई हेर्न जरुरी छ ।
आगे उनीहरु नै जानुन् ।

 (वरिष्ठ सञ्चारकर्मी डा. भट्टराई पछिल्लो समय एभेन्युज टेलिभिजनका एडिटर इन चिफ थिए । सम्प्रति उनी काठमाडौं विश्वविद्यालय, नेपाल र इन्टरनेशनल अमेरिकन युनिभर्सिटी लसएन्जलस, क्यालिफोर्नियाको सम्बन्धनमा किंग्स कलेजमा आमसञ्चार विषय प्राध्यापन गर्छन् । चोटिलो विश्लेषण गर्न रुचाउने उनी प्रेस चौतारी डट कमका लागि नेपाल सन्दर्भ स्तम्भ सम्प्रेष्ण गर्छन् ।  )

 


बुधवार, २०७१ आश्विन २८ गते ०३:१९ / Wednesday, Oct 15, 2014 3:19 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

1.   नयाँ शक्तिकी रोल नम्बर २४०
2.   ‘सफ्ट-सेल’ नेपालीका ‘हार्ड-सेल’ कुरा
3.   नाइन इलेवेन : हामी कहिल्यै भुल्दैनौं
4.   टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?
5.   गुडबाइ काडमाण्डू
6.   एनआरएन एनसीसी चुनाव :
7.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
8.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
9.   गुडबाइ काडमाण्डू
10.   भो अति भो, कति दोष दिनु सतीलाई ?
11.   तीतो सत्य, भाइरल र मोदी म्युट
12.   सिन्डिकेट संसार
13.   मोदीको मोफसल भ्रमण
14.   कस्मेटिक क्याटमाण्डू
15.   कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?
16.   अति भो, कति बन्नु
17.   मुखमा तीन 'स'- बगलीमा-'म'
18.   कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
19.   यो कस्तो न्याय ?
20.   तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ
21.   डटकम भाइरल
22.   पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
23.   अजव-गजवको नेपाल
24.   मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
25.   राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
Results 43: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.