सोमवार, माघ ०८ गते, २०७४
Monday, January 22, 2018
न्युयोर्कमा मेघा म्यूजिकल कन्सर्ट भव्य
कलाकारहरु आजै नेपाल फर्कदै

प्रशान  एलुङ् राई 
meetprashan@gmail.com

बहुप्रतिक्षित मेघा म्यूजिकल कन्सर्ट न्युयोर्कमा भव्य रुपमा सफल भएको छ । सेप्टेम्बर २७ तारिखको दिन न्युयोर्कको कुईन्स ब्लुबर्डस्थित दा मिकेले इल्लागिया हलमा सम्पन्न उक्त कार्यक्रममा नेपालका आधा दर्जन कलाकारहरुले उपस्थित सयौं सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका । मेघा म्युजिकल कन्सर्टको लागि नेपालका ख्याती प्राप्त कलाकारहरु दीपक लिम्बु, निमा रुम्बा, छिरिङ् ग्युर्मे, इन्दिरा जोशी र डिकी उक्यावले आफ्ना बिभिन्न चर्चित एवं लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए । सोहि कार्यक्रममा नेपालकी चर्चित मोडेल एवं कलाकार पार्वती राईले बिभिन्न गीतहरुमा आर्कषक नृत्य प्रस्तुत गरेकी थिईन् । 

सहभागिताको हिसाबले मात्र नभएर कार्यक्रमको प्रस्तुति र प्रकृतिले पनि मेघा म्युजिकल कन्सर्ट उत्कृष्ट कार्यक्रमको रुपमा सफल साबित बन्न पुग्यो । १२ सय सिट क्षमता रहेको कार्यक्रमस्थलमा सयौंका संख्यामा उपस्थित दर्शकहरुले उभिएरै कार्यक्रमको आनन्द लिएका थिए । 

दुई महिना अघि सांस्कृतिक कार्यक्रमको सिलसिलमा अमेरिकाको भ्रमणमा रहेका (डिकी उक्याब बाहेक) उक्त कलाकार टोलीले अमेरिकाको बिभिन्न शहरमा कार्यक्रमहरु प्रस्तुत गरेको थियो । न्युयोर्कको कार्यक्रम लगतै सेप्टेम्बर २८  तारिख नै कलाकारको समूह नेपाल फर्कि सकेकाछन् । 

कार्यक्रमबाट संकलित रकमको केहि हिस्सा नेपालमा बाढि पीडितहरुलाई राहत स्वारुप प्रदान गर्ने कार्यक्रमका आयोजक मध्येका सोनाम लामाले बताए । 

सांस्कृतिक एकताको प्रतिक
मेघा म्यूजिकल कन्सर्टमा कलाकारहरुले नेपाली र तिबेयिन भाषामा गीत/संगीत प्रस्तुत गरेका थिए । यता दीपक लिम्बु, निमा रुम्बा, इन्दिरा जोशी   डिकी उक्याबले नेपाली गीत गाउँदै गर्दा सयौंको संख्यामा उपस्थित भएका तिबेतियन मूलका नेपालीहरुले मनग्गे साथ दिए । यसैगरी छिरिङ् ग्युर्मेले तिबेतियन भाषाको गीत प्रस्तुत गर्दा सयौं नेपालीहरुले नाचेर साथ दिए ।



संगीतको कुनै भाषा नहुने प्रचलित भनाईलाई साबित गर्दै शब्दका अर्थ नबुझेर पनि सहभागीहरु संगीतको तालमा भुमें र रमे । हिमालयन याक रेष्टुरेन्ट, न्युयोर्कको मुख्य आयोजनामा आयोजित 'मेघा म्युजिक कन्सर्ट-२०१४' सांस्कृतिक एकताको प्रतिकको रुपमा समेत सम्पन्न भएको छ । 

शब्दचित्रमा मेघा म्यूजिकल कन्सर्ट–२०१४

दीपक लिम्बु :
 मेघा म्यूजिकल कन्सर्ट-२०१४ को शूरुवात्मा पहिलो नेपाली तारा दीपक लिम्बुबाट आरम्भ भएको थियो । सेतो सर्टमाथि कालो कोट र रातो पाईन्ट लगाएर दर्शक दिर्घामा देखिएका दीपक लिम्बुले “मुटु माग्यो तिमीले...” बोलको चर्चित गीत मार्फत  दर्शकसँग सांगीतिक साक्षात्कार गरे । यससँगै उनले “मैले माया गर्न जानिन होला, मैले त्यहि भएर मन पराको....ढल्क्यौं ढल्क्यौं... सिम्पल सिम्पल कान्छिको...लगायतका आधा दर्जन गीतहरु प्रस्तुत गरे । नेपाली पाश्र्व गायनमा बेग्लै छबि बनाईसकेका गायक लिम्बुले अढाई सय भन्दा बढि चलचित्रमा स्वर भरिसकेकाछन् भने दर्जनौं आधुनिक एवं गजलहरुमा आफ्ना सुमधुर स्वर दिएकाछन् । 


 
पार्वती राई :
दीपक लिम्बुको प्रस्तुतीबाट नाँच्नको लागि अग्रसरता देखाईसकेका सहभागीहरुबीच नेपालका चर्चित कलाकार एवं मोडेल पार्वती राईको आकर्षक  नृत्य प्रस्तुतीले थप मनोरञ्जन प्रदान गरेको थियो । उनले बिभिन्न दोहोरी र आधुनिक गीतमा नृत्य प्रस्तुत गर्दा उपस्थित सयौं दर्शकदिर्घाले ताली बजाएर साथ दिएका थिए । पछिल्लो समयमा सर्वाधिक व्यस्त कलाकारको रुपमा आफुलाई स्थापित गराउँदै गएकी राई बिशेषतः लोक/दोहोरी गीतमा पहिलो रोजाईको मोडेल अन्र्तगत पर्छिन । चार बर्षदेखि पेशागत रुपमा  यस क्षेत्रमा होमिएकी पार्वती राई म्यूजिक भिडियो लगायत देश बिदेशमा हुने बिभिन्न कार्यक्रमहरुमा समेत व्यस्त हुने गरेकीछन् । 


इन्दिरा जोशी :
रातो गाउन लगाएर मञ्चमा उत्रेकी गायिका इन्दिरा जोशीले “टुट्यो तारा आकासमा...” बोलको गीतबाट गायन आरम्भ गरिन् । गायनसँगै नृत्य कलामा पोख्त जोशीले स्वार्गीय अरुणा थापाको “जत्ती माया लाए पनि...सँगै आफ्ना चर्चित गीतहरु “चौबन्दी चोली अनि..., माछी मारन दाई हो...उध्रेको चोली छ है....लगायतका गीतहरु प्रस्तुत गरिन् । कार्यक्रम अवधीभर दुईपल्ट गीत प्रस्तुतीको लागि मञ्च टेकेकी इन्दिरा जोशीको गायनकलासँगै उनको नृत्य कलाको समेत सहभागीले खुलेर प्रसंसा गरे । “नेपाली तारा–१” अन्र्तगत महिला सहभागीमध्येमा पहिलो भएकी इन्दिरा जोशीले दर्जनौं चलचित्र र कलेक्सन एल्बमहरुमा स्वर भरेकीछन् । नेपाली आधुनिक गीतसँगै पाश्चात्य शैलीको गीत गाउन सक्ने जोशी महिला भर्सटायल सिंगर मध्येमा पर्छिन  । 



निमा रुम्बा :
सन् २००३ सालपछि सांगीतिक कार्यक्रमको सिलसिलामा यसै बर्ष अमेरिका आएका लोकप्रिय गायक निमा रुम्बा कार्यक्रमको अर्काे आकर्षणकै रुपमा रहेका थिए । तामाङ् पोशाक लगाएर मञ्च उक्लेका रुम्बाले गायनको आरम्भ तामाङ भाकामै गरे । यससँगै उनले “मायालु नशामा झुमी रहें..., मिस क्याट वाक..., मायाले सजाउ कि म...आउन सँगै नाचौन...बोलको गीत लगायत आधा दर्जन गीतहरु प्रस्तुत गरेका थिए । मञ्चमा आकर्षक हाउभाउ र अलग्गै शैलीमा प्रस्तुत हुने गरेका निमा रुम्बा स्टेज जमाउन सक्ने कलाकारको रुपमा परिचित छन् । उनका मेमोरिज, हुरीबतास, लोलिटा, फेथ, प्राइड, रंगाउकि म..लगायतका एकल गीति एल्बमहरु बजारमा प्रकाशित भईसकेकाछन् । 



छिरिङ् ग्युर्मे :
मेघा म्यूजिकल कन्सर्टमा बहुचर्चित एवं लोकप्रिय गायक छिरिङ् ग्युर्मेले जसै मञ्च एक्ले सयौं सहभागीहरुले ताली र सिट्टी बजाएर उनको स्वागत गरे । तिबेतियन पप गायनका राजा भनेर चिनिने ग्युर्मेले कार्यक्रममा बिभिन्न आफ्ना चर्चित गीतहरु प्रस्तुत गरे । गायनकै क्रममा उनलाई खादा ओढाएर सम्मान गर्नेहरुदेखि उनको गीतको तालमा नाँच्नेहरुको भीँड उल्लेख्यनीय रह्यो । 



 
डिकी उक्याब :
कार्यक्रमको बीचमा नवगायिका डिकी उक्याबको प्रस्तुती पनि प्रशंसनिय रह्यो । केहि बर्ष अघि आफ्नो एकल एल्बम प्रकाशित गरेकी  उक्याबले आफ्ना चर्चित दुई गीतहरु प्रस्तुत गरेकि थिइन् । 



(मेघा म्यूजिकल कन्सर्टको समूह नेपाल फर्कने क्रममा न्यूयोर्कको जोन अफ केनेडी अन्तराष्ट्रिय विमानस्थलमा )

 
फोटो सामाग्री : फेसबुक 



 


आइतवार, २०७१ आश्विन १२ गते २१:१४ / Sunday, Sep 28, 2014 9:14 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: आदिवासी/जनजाति
1.   यस कारण मनाउँछन गुरुङहरु 'तमु ल्होसार'
2.   फेरी घुसपैठ गर्ने दुश्साहस गर्ने छैनन - वाईवा
3.   हाम्रो आन्दोलन 'सेफ ल्यान्डिङ' चाहन्छः लेखी
4.   सङ्घीय समाजवादी फोरम, नेपाल : घोषणा पत्र
5.   सँगसँगै लड्ने कि दनक खाने ?
6.   डिसेम्बर ३१ मा सुम्निमा साँझ-६
7.   न्युयोर्कमा फिप्नाको कार्यालय उद्घाटन
8.   न्युयोर्कमा धुमधामका साथ म्ह पुजा सम्पन्न
9.   न्युयोर्कमा भव्य बलिहाङ तङ्नाम
10.   न्युयोर्कमा मेघा म्यूजिकल कन्सर्ट भव्य
11.   न्युयोर्कमा खड्ग गर्बुजा सांगीतिक साँझ
12.   आदिवासी फिल्म महोत्सवमा ४८ फिल्म
13.   केआरएसएद्धारा न्युयोर्कमा भव्य उभौंली
14.   सहमतिमा जोड दिनाले संविधान जारी भएन– उप–प्रधानमन्त्री सिंह
15.   उभौलीको अवसरमा चिन्डो चिन्तन
16.   न्यूयोर्कमा डा.लावतीसँग अन्तर्क्रिया
17.   राष्ट्र संघको युथ एसेम्ब्लीमा फिफ्ना युथ
18.   फिपना द्वारा शुभकामना आदान-प्रदान
19.   महागुरु फाल्गुनन्दको १२९ औं जन्मजयन्ती
20.   ओमानमा नेपाली दुतावासको उदघाटन
21.   सन्ध्या ग्रुपद्धारा खनालको बिदाई
22.   नेपाली दुतावास ओमान आगामी मंसिर ५मा उ्दघाटन हुने
23.   साउदीमा धरपकड शुरु
24.   मलेसियाको भिषा शुल्क बढ्यो
25.   महिला फुटवल टोलीलाई कतारमा सम्मान तथा विदाई
Results 46: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.