विहिवार, आश्विन ०५ गते, २०७४
Thursday, September 21, 2017
यो कस्तो न्याय ?
सियो चोर्नेलाई झण्डा, फाली चोर्नेलाई डण्डा

-डा. प्रदीप भट्टराई
forth.state@gmail.com

"मुलुकको अन्तरिम संविधान अहिले दुई खालका अतिवादीको शिकार छ् । एकाथरि संविधानको रक्षक हुँ भन्छन्, त्यसैको चीरहरण गर्छन्, अर्काथरि यो या त्यो वहानामा संविधानको अस्मिता लुट्छन् । एउटा कोणबाट हेर्दा यिनीहरु नीतिकथाका सियो चोर र फाली चोर जस्तै हुन् । तर, दुर्भाग्य यहाँ सियो चोरलाई झण्डा त फाली चोरलाई डन्डा भएको छ । डा. सीके राउत प्रकरणलाई यही कोणबाट हेर्नुपर्छ । यो सोह्रैआना विभेद हो र यसले प्रकारान्तरमा विद्रोह पनि जन्माउन सक्छ । "

२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचन एक किसिमको मिनी जनमत संग्रह थियो । निर्वाचनमा सहभागी जातिवादी, क्षेत्रीयतावादी, विखण्डनवादी, वर्णवादी र वितण्डावादी धेरै बडारिए, बचेका आफ्नो साइजमा आए । ड्यास माओवादीलगायतका वितण्डावादीको बहिस्कार आग्रहको पनि जनताले सोझै अवज्ञा गरी दिए । बरु उनीहरुले अप्रिय भए पनि राजतन्त्र विकल्प हुने खबरदारी गर्दै गाईलाई घाँस खुवाए । यसले एउटा लिटमस टेस्टको काम गर्यो, अब यो मुलुकमा  जातिवादी, क्षेत्रीयतावादी, विखण्डनवादी र वितण्डावादीको भविष्य छैन । त्यसयता त्यस्तो प्रवृति आफैंमा रक्षात्मक स्थितिमा पुगेको छ, उसले टाउको उठाउन सकेकै छैन । अर्थात्, नेपालमा अहिले जातिवादी, क्षेत्रीयतावादी, विखण्डनवादी, वर्णवादी  र वितण्डावादीजस्ता पश्चगामी सोच बोक्नेहरु अत्यन्तै कमजोर स्थितिमा छन् । उनीहरु अब दाह्रा फुस्काइएका वाघभन्दा माथिल्लो हैसियतमा छैनन् । 

तराई मधेसका जनतालाई मधेसी मसिहाहरुप्रति विश्वास छैन । उनीहरुले बुझी सके, यी मसिहाहरु उनीहरुको मत लिएर काठमाडौंमा जान्छन् र सत्ताको भद्दा सौदावाजी गर्छन् । सके आफू नसके आफ्ना श्रीमती, गर्लफ्रेन्ड र जोजोम्यानहरुलाई अवसरको भर्यांग चढाउँछन् । यिनीहरु भनेका एक किसिमका सत्ताका फौबन्जार हुन् । उनीहरुले चाहेको समानतालाई फौबन्जारहरुले हतियार बनाए र त्यसलाई विखण्डनको धम्कीपत्रका रुपमा दुरुपयोग गरे । आखिर सत्य पनि के हो भने मधेसमा मधेसीहरुमाथि मधेसीहरुले नै शोषण गर्ने हो, हिमालको शेर्पा या पहाडको राई लिम्वूले हैन । उनीहरुको अवसर खोस्ने पनि उनीहरु नै हुन्, पहाडिया हैनन् । यसबाट वास्तविक तराई मधेसबासीमा मधेसका तथाकथित मसिहाप्रति अविश्वास मात्र बढेन, परोक्षरुपमा नेपालको राष्ट्यि अखण्डताप्रति थप विश्वास पनि सिर्जना भयो । मुलुकको राष्ट्यि अखण्डताको कोणबाट हेर्दा, यो अत्यन्तै सकारात्मक पक्ष हो । 

यससँगै जोडिएको अप्रिय तर सत्य पाटो पनि छ । त्यो के भने, तराई मधेसका जनतालाई वास्तविकताभन्दा धेरै नै विभेदमा पारिएको गलत सूचना उनीहरुले दशगजापारिको छिमेकीलाई दिए । छिमेकीले पनि त्यसलाई विश्वास गर्यो । तर, अहिले छिमेकमा पनि परिस्थिति बदलिएको छ । यसले गर्दा उनीहरुको नाटकको पटाक्षेप हुन पुगेको छ । यो कोणबाट पनि विखण्डनवादीहरु थप कमजोर भएका छन् ।

यस्तै परिस्थिति आदिवासी जनजाति, अल्पसंख्यक र दलितका नाममा राजनीति गर्नेहरुका सामु पनि उपस्थित छ । तत्तत् क्षेत्रका अगुवाहरुले उनीहरुलाई ढाल बनाएर अर्कैको एजेण्डा बोक्ने खेताला बनाएको उनीहरुले बुझीसके । उनीहरुलाई ज्याला र बनी दिने मालिकमध्ये धेरैले नेपालको धरातलीय यथार्थलाई आत्मसात गरिसके, केहीले गर्न बाँकी छ, त्यो पनि समयक्रममा नगरी सुखै छैन । यो कोणबाट पनि मुलुक बिस्तारै संग्लिदैछ ।

रह्यो ड्यास माओवादीको वितण्डाको कुरा । त्यसमा पनि वितण्डा मच्चाइरहने या मूलधारमा फर्कने बीचमा तीव्र ध्रुवीकरण सुरु भएको छ । कतिपय थाकिसके, कतिपय थाक्ने क्रममा छन् भने कतिपय समयको चक्रक्रममा थाक्नेछन् । यो क्रम बढ्दै जाँदा ढिलो चाँडो, भरिसक्य पूरै नभए पनि केही वितण्डावादीलाई छोडेर उनीहरु पनि मूलघरमा फर्कनेछन् । किनकि, जनताले उनीहरुको अनुहार पनि देखिसके, उनीहरुबाट केही होला भन्ने आशा र विश्वास पनि गर्न छोडी सके । विरोधका लागि विरोध मात्र गरिरहेर २१औं शताव्दीका जनतालाई धेरै समयसम्म मूर्ख बनाउन सकिदैन भन्ने कुरा माक्सर्वादी सौन्दर्यशास्त्री समेत रहेका चैतन्यले नबुझी सुखै छैन । मात्र, सेफ ल्यान्डिंग र फेस सेभिंगको उपायको खोजी हो । पछिल्लोपटक गोलमेचमा नआइहाल्नुको कारण अवतरणका लागि तथ्य र तर्कको चाँजोपाँजो नमिल्नु मात्रै हो । ढिलो चाँडो मूलबाटोमा नआई धरै छैन, सधैंभरी गोरेटो हिडेर गन्तव्यमा पुग्न सकिदैन ।
यसरी सबै पश्चगामीहरु कमजोर रहेको बेला मुलुकलाई गति दिने दुईवटा तरिका हुन्छन्, पहिलो अग्रगामी सोच्नेहरु आफ्नो आनिवानी, बोली वचन र व्यवहारमा लोकतान्त्रिक हुनुपर्यो । सत्तालाई आफ्नो अयोग्यता र महत्ताको केन्द्र नबनाइ जनताको सेवा गर्ने मञ्च बनाउनु पर्यो । तर, दुर्भाग्य यो कोणबाट अहिले सत्ता सञ्चालन गर्नेले सोच्न सकेका छैनन् । दोस्रो, कमजोर अवस्थामा रहेका जातिवादी, क्षेत्रीयतावादी, विखण्डनवादी, वर्णवादी र वितण्डावादीलाई चलाउनु या विच्काउनु हुँदैन । उनीहरुलाई वास्ता गर्न छोडी दिनु पर्छ । वास्ता गर्यो भने अनावश्यक महत्व पाउँछन् र यो या त्यो कोणबाट त्यस्तो प्रवृतिले टाउको उठाउने मौका पाउँछ ।

पछिल्लोपटक डा. सीके राउतको गतिविधिलाई पनि यही कोणबाट हेर्नुपर्छ । उनले नेपालका सन्दर्भमा जे जस्ता प्रतिक्रिया दिए भनिएको छ, सामान्यतः एउटा सभ्य र सामान्य अवस्थाको मान्छेले त्यो स्तरको भाषा प्रयोग गर्नै सक्दैन । डा. राउतको शैक्षिक योग्यता र विज्ञता अनि मेधावीपन हेर्दा त झन् उनले त्यसो भन्ने कुराको कल्पना पनि गर्न सकिन्न । यदि साँच्चै नै त्यसो भनेका हुन् भने उनी नर्मल मान्छे भन्न लायक छैनन् । अनि त्यस्ता मान्छेलाई पक्राउ गरेर राज्यद्रोहको मुद्दा लगाउन खोजेर महत्व दिनुको कुनै अर्थ हुँदैन । तर, उनलाई नजिकबाट चिन्नेहरु उनी मधेसमुक्तिको बारेमा कुरा गर्ने अलि बढी उत्साहित व्यक्ति भएको बताउँछन् । उनी सामान्य तर रणनैतिक चतुर व्यक्ति हुन् भन्नेहरु पनि छन् । यदि यो पछिल्लो कुरा नै सत्य हो भने पनि सरकारले उनलाई पक्राउ गर्नु हुँदैन ।

संविधानतः उनलाई पक्रन मिल्दैन । यो संविधानले अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरेको छ । तर, यो देशमा संविधानवाद कहाँ नै पो लागू भएको छ र ? यहाँ त राज्य लाग्छ अनि राज्य लागेपछि कसैको केही लाग्दैन ? यो पंक्तिकार मुलुकमा ठूला भनाउँदाहरुले नै पल पलमा संविधानको उलंघन गरेको ठान्छ । टाढा जानै पर्दैन, सरकारले संविधानसभामा मुलुकका लागि योगदान दिएका ख्यातिप्राप्त २६ सभासद् छान्नुपर्ने संविधानमा प्रष्ट छ । तर, छान्दा कस्ता छानिए, त्यो पनि सबैका सामु प्रष्ट छ, के यो संविधानको उलंघन हैन ? संविधान बनाउने समयसीमा मात्र मिचिएन ? संविधानसभा नै तुहाइयो ? र, अर्को संविधानसभाको निर्वाचन गरियो, यो कुन संविधानमा छ ? सर्वोच्च अदालतका प्रधानन्यायधीशलाई अध्यक्ष बनाएर शासन गरियो, यो कुन संविधानमा छ ? यस्ता कयौ प्रश्न छन्, हरेक पटक मुलुकमा संविधानको चीर हरण भएको छ । त्यसमा पनि संविधान मान्दिन भन्नेले हैन, मान्छु भनेर कसम खानेले नै त्यसो गरेका छन् । 

हो, डा. सी के राउतले मुलुक टुक्र्याउने कुरा गरे भने त्यो संविधानको अक्षरको हैन, भावनाको उलंघन हो । संविधानमा यस्तो कुराको कल्पना पनि गरिएको छैन । डा. राउतले कल्पना नै नगरेको कुरा गरे । ल एक छिनलाई मानौ, त्यो संविधान विरोधी हो रे । तर, अघि सरकारले गरेको पनि संविधान विरोधी कुरा हो र डा. राउतको कुरा पनि संविधान विरोधी कुरा हो । दुबै एउटै भएपछि एउटाले गरेको चाँहि ठीक हुने र अर्कोले गरेको चाँहि बेठीक हुन सक्दैन । जो सत्तामा छन् , उनीहरुले गरेको चाँहि ठीक हुने, अनि डा. राउतजस्ता सत्ता बाहिर हुनेले गरेको चाँहि बेठीक हुने, यो कसरी हुन्छ ? सियो चोर्ने पनि चोर हो, फाली चोर्ने पनि चोर हो । संविधानको उलंघन हो भने दुबै उलंघन हो, हैन भने दुबै हैन । राज्यले दाहोरो मापदण्ड अंगिकार गर्नुहुन्न । राज्यले कसैलाई पाखा र कसैलाई काखा गर्दा नै विभेद जन्मिन्छ । र, विभेदले नै विद्रोह जन्माउँछ । तथ्य र तर्कसहितको विद्रोह फिनिक्स हुन्छ । त्यो सानो या ठूलो भन्ने नै हुदेन । सानै भए पनि त्यो सँग नैतिक वल हुन्छ । 

हो, आज डा. राउतलाई लहडका भरमा देशद्रोहीको आरोप लगाएर थुन्न सजिलो हुन्छ । तर, तथ्य र तर्कले त्यो पुष्टि हुदैन । जब त्यस्तो हुँदैन तव कुनै वर्ग, क्षेत्र र सम्प्रदायले विभेद महसुस गर्न थाल्छ । त्यसले उनीप्रति सहानुभूति जन्मिन्छ र त्यो सहानुभूति विद्रोहमा पनि परिणत हुन सक्छ । सरकारले आफ्नो विवेकहीन निर्णयलाई सच्याउनुपर्छ र दोहोरो मापदण्ड लगाएर कसैलाई विभेदको सिकार बनाइनु हुन्न ।
यो पंक्तिकार, व्यक्तिगत रुपमा डा. राउतलाई चिन्दैन । नेपाली पत्रकारिताले विश्वसनियता गुमाइरहेको बेला सेकेण्डरी स्रोतबाट आएका कुराहरुलाई पूरै विश्वास पनि गर्न सकिन्न । मलाई लाग्छ, क्याव्रिजबाट विद्यावारिधि डा. राउत  चानचुने हुनै सक्दैनन् । मेरो विचारमा उनले मुलुकभित्र मात्र हैन, बाहिर (जापान, अमेरिका, बेलायत ) जहाँ गए पनि पलपलमा विभेदको सिकार हुनु पर्यो । शायद त्यसैले उनीभित्र एक किसिमको विद्रोही मानिस जाग्यो । त्यही भावनाको प्रस्तुति हुनसक्छ, उनको वितृष्णा । राज्यले उनको त्यो वितृष्णालाई सम्वोधन गर्दै उनको विद्धताको सदुपयोग गर्न सक्नुपर्छ । त्यो नै राज्यको लागि वुद्धिमता हो । हैन, सियो चोर्नेलाई झण्डा र फाली चोर्नेलाई डण्डा बर्साउन थाल्यो भने त्यसले दोहोरो मापदण्ड सिर्जना गर्छ । अन्ततः त्यही नै विभेद र विद्रोहको कारण बन्न सक्छ । डा. राउतले बोल्न पाउनुपर्छ, उनले बोले या भुके, त्यो मानिसहरुको सोचाइमा भरपर्ने कुरा हो । तराई मधेसको विखण्डनवादी सोच कमजोर भएको बेला उनलाई थुनेर त्यसलाई यो या त्यो रुपमा टाउको उठाउने मौका दिनुहुन्न । छोडी दिँदा नै मुलुकको कल्याण हुन्छ, आगे उनीहरु नै जानुन् ।

 (वरिष्ठ सञ्चारकर्मी डा. भट्टराई पछिल्लो समय एभेन्युज टेलिभिजनका एडिटर इन चिफ थिए । सम्प्रति उनी काठमाडौं विश्वविद्यालय, नेपाल र इन्टरनेशनल अमेरिकन युनिभर्सिटी लसएन्जलस, क्यालिफोर्नियाको सम्बन्धनमा किंग्स कलेजमा आमसञ्चार विषय प्राध्यापन गर्छन् । चोटिलो विश्लेषण गर्न रुचाउने उनी प्रेस चौतारी डट कमका लागि नेपाल सन्दर्भ स्तम्भ सम्प्रेष्ण गर्छन् ।  )
 


सोमवार, २०७१ आश्विन ०६ गते २१:३७ / Monday, Sep 22, 2014 9:37 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

1.   नयाँ शक्तिकी रोल नम्बर २४०
2.   ‘सफ्ट-सेल’ नेपालीका ‘हार्ड-सेल’ कुरा
3.   नाइन इलेवेन : हामी कहिल्यै भुल्दैनौं
4.   टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?
5.   गुडबाइ काडमाण्डू
6.   एनआरएन एनसीसी चुनाव :
7.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
8.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
9.   गुडबाइ काडमाण्डू
10.   भो अति भो, कति दोष दिनु सतीलाई ?
11.   तीतो सत्य, भाइरल र मोदी म्युट
12.   सिन्डिकेट संसार
13.   मोदीको मोफसल भ्रमण
14.   कस्मेटिक क्याटमाण्डू
15.   कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?
16.   अति भो, कति बन्नु
17.   मुखमा तीन 'स'- बगलीमा-'म'
18.   कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
19.   यो कस्तो न्याय ?
20.   तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ
21.   डटकम भाइरल
22.   पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
23.   अजव-गजवको नेपाल
24.   मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
25.   राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
Results 43: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.