शनिवार, मंसिर ०९ गते, २०७४
Saturday, November 25, 2017
तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ

 
-डा. प्रदीप भट्टराई
forth.state@gmail.com

 
माओवादीले २०५२ सालमा केही भरुवा बन्दुकका भरमा जनयुद्ध सुरु गर्यो ।  १० वर्षमा त्यसले सिर्जना गरेको अप्रिय चित्र आज हामी सबै सामु जाहेर छ । खाटा बसेका घाउहरु, अझै वर्सौसम्म हामीलाई सुम्सुम्याउन पुग्छ ।

यो त जावो केही भरुवा बन्दुकले उठाएको फिनिक्सको कुरा थियो । जसलाई न संविधानकोे सुरक्षा कवच थियो, न कुनै कानून र ऐनको । त्यस कालखण्डका लागि त्यो एक किसिमको असंवैधानिक अनि अवैधानिक क्रियाकलाप थियो । एक किसिमले विम्वमा भन्ने हो भने त्यो उहिलेको तरबारको कुरा पनि थियो । 

अहिलेको कुरा गरौं । नेपालको अन्तरिम संविधानले प्रेस स्वतन्त्रतालाई प्रस्तावनामै राखेर मौलिक हकका रुपमा यसलाई अजर र अम्बर नै बनाइदियो । यो आफैंमा खराब हैन, प्रगतिशील कानूनी प्रावधान भएको एक सभ्य मुलुकको धोतक  थियो । मुलुकको मूल कानून संविधानका आधारमा ऐन बने, नियमावली बने । मुलुकमा २०४६ साल ल्याउन त्यतिबेलाको मिसन पत्रकारिता (अहिलेको तथाकथित व्यावसायिक पत्रकारिताले हैन ) ले निर्वाह गरेको भूमिकाको बोनसका रुपमा यस्ता प्रावधानहरु पनि ल्याइए कि एउटै व्यक्ति या परिवारले सारा मिडिया चलाउन पाउने वरदान नै पायो । प्रकाशन र प्रसारण मात्र हैन, वितरण पनि । एउटै परिवारलाई छापा, रेडियो, टेलिभिजन, अनलाइन, सबै दिइयो । अन्तरिम संविधान, राजनीतिक अस्थिरता, राजनीति र नेताहरुप्रतिको वितृष्णा के चाहियो र, धैर्यता नभएको मुलुकका लागि एउटा पाँच टाउके मिडिया टाइकुन जन्म्यो । जसले गर्दा, प्रकारान्तरमा एक किसिमको गजबको मिडिया हेजेमनी सिर्जना भयो । हेजेमनीको नेपालीमा ठ्याक्क अर्थ त हुँदैन तर यसलाई दादागिरी भन्दा फरक पर्दैन ।

परिणाम के भयो ?, चित्र सबैका सामु प्रष्ट छ, उसको गुडबुकमा पर्न र मिडिया डार्लिंग बन्न मिडिया जंकीहरुको प्रतिस्पर्धा सुरु भयो । यतिसम्म कि सर्वोच्च अदालत परिसरमा सांसदको बिल्ला हल्लाउदै ऐक्यवद्धता जनाउन पुग्न मुलुकका ठूला पार्टीका ठूला नेता र सांसदहरु नै पुग्न थाले । मानौं, सर्वोच्च अदालत मालिकको खेत हो, असार १५ का दिन लगाइएको बेठीमा रोपाइँ गर्न पुगेका हुन् उनीहरु । ज्यालामा उनीहरुले पाउनेछन्,  वर्षभरि मिडियामा ठाउँ, केही इन्फोमर्सियल र केही एड्भोटरियल पनि । त्यहीँ बेलादेखि सुरु गरियो, उनीहरुका कोटेसन, क्लिप र बाइटहरु, प्रेस स्वतन्त्रताका लागि ऐक्यवद्धता । यी मालिकहरुले ब्रोडसिटको ट्याब्लाइजेसन गर्दा २०४६ साल ल्याउन जीवनको प्रवाह नगरी मिसन पत्रकारिता गरेका साप्ताहिक पत्रिकाहरु मरिरहेका छन् ? खोलो तर्यो, लौरो बिस्र्यो भनेझैं खोइ तिनीहरुलाई सम्झेका यी मिडिया जंकी र डार्लिंगहरुले । यी मालिकहरु त उनीहरुले रोपेको सव्तन्त्रतामा आफ्नो व्यापार गर्न आएका व्यापारीहरु न हुन् । जब नोक्सान हुन्छ, यी मालिकले ब्यापार बन्द गर्छन् र चाउचाउ या यस्तै फाइदा हुने अर्को व्यापार  गर्छन् । तर, त्यतिबेला पनि प्रजातन्त्रका लागि मिसन पत्रकारिता गर्नेहरु पत्रकारिता नै गरिरहेका हुन्छन् । 

प्रश्न प्रेस स्वतन्त्रताको कलेबरमा आए पनि यो त्यति सपाट प्रश्न हैन । के सर्वोच्च अदालतमा विचराधीन रहेको मुद्दामा उसकै परिसरमा गएर यस्तो असार १५ मच्चाउन मिल्छ ? त्यो पनि कानून बनाउनेहरु नै खेताला गएर । अझ, त्यसबाट प्रभावित भएर सर्वोच्च अदालत नै थुरथुर काप्छ र स्वयं मालिक हाजिर हुनुपर्ने आफ्नै आदेश बदल्दै मालिकले लिखित जवाफ दिए पनि हुन्छ भन्ने अर्को आदेश जारी गर्छ । अनि माननीय खेतालाहरु दही चिउरा खान बाहिरिन्छन् । हैन, के भैरहेको छ यो मुलुकमा ? प्रश्न गम्भीर छ । 
उता, नेपाली आमसञ्चारकर्मीहरुको छाता संस्था नेपाल पत्रकार महासंघ आपतकालिन वैठक बस्छ र प्रेस स्वतन्त्रताको रक्षा कवच पठाइदिन्छ । मुलुकभरका पाँचसय काला कोटहरु मालिकको सेवामा हाजिर हुन्छन् । अनि, मालिकको च्याम्वरका पाहुनाहरु अर्को गोपाल खनाल हुने क्यूमा बसेको बिर्सदैं हेडलाइन मिलाइरहेका हुन्छन््, पक्षमा वहस गर्न पाँचसयको वकालतनामा, ऐक्यवद्धता जनाउन शीर्ष व्यक्तित्वहरु सर्वोच्चमा । 

केही मानिसहरु यो दृश्यलाई जति हल्का ढंगले लिइरहेका छन्, यो त्यस्तो हुँदै हैन । ती खेतालाहरु चाहे सर्वोच्च अदालतमा रोपाइ गर्न पुगेका हुन् या सञ्चारग्राममा बसेर प्रेस स्वतन्त्रताको ज्याकेट पठाउने हुन् या पाँचसय थान काला कोट हाजिर गराउने पेटीठेकेदारहरु हुन् आफ्नो खुशीले त्यसो गरिरहेका छैनन् । त्यति मात्र हैन, सर्वोच्च अदालतले आफैं चाहेर मात्रै ब्याक गियर आदेश जारी गरेको पनि हैन । यी सबै तथ्यहरुलाई एक ठाउँमा राखेर विश्लेषण गरियो भने एउटा निष्कर्षमा पुगिन्छ, यो सबै मिडिया हेजेमनीको परिणति हो । राज्यले वैधानिकरुपमा छापा, रेडियो, टेलिभिजिन, डीटीएच, अनलाइन सबै दिएर पाँचटाउके मिडिया टाइकुन बनाएको परिणाम हो । जाबो केही संख्यामा भरुवा बन्दुकले उठेको आन्दोलनले त मुलुकलाई यो अवस्थामा पुर्यायो भने अक्षर,आवाज, दृश्य त्यो पनि २१औं शताव्दीको डिजिटल प्रविधिमा कसैको पाउमा चढाएपछि  हुने यस्तै हो । यो त टेलर मात्रै हो, रामचन्द्र, योगेश, गगनहरु नै दर्शक भए पुग्छ । तर, जब भोलि चलचित्र चल्छ, त्यहाँ सुशील, प्रचण्ड, ओलीहरुले बाउसे गर्नुपर्ने स्थिति बन्छ । 

कतिपयलाई लाग्न सक्छ, यो तर्कका लागि तर्क मात्र हो । यो त्यस्तो हैन, आमसञ्चारको एक अध्येताले नेपाली तथाकथित कर्पोरेट मिडियामा पछिल्लो समय छाएको हेजेमनी ट्ेन्डमा आधारित रहेर गरेको विश्लेषण हो । हो, मालिकहरुलाई मिडियाको अस्मिताको रक्षा गर्नुपर्ने र उनीहरुका जोजोम्यानहरुलाई आफ्नो विवेक बोल्नुपर्ने भए मिडियाको अथाह शक्तिको दुरुपयोग पो हुन्छ कि भन्ने कुराले सचेत बनाउन सक्थ्यो । तर, यहाँ त्यस्तो हैन, मिडियाको त्यो मर्म बुझेका न मालिक छन् न उनीहरुका कारिन्दा । केही वर्ष पहिले एक मालिकले आफ्नो वार्षिकोत्सवमा ठाडै भनेका थिए, जबसम्म ............. रहन्छ यो देशमा लोकतन्त्र रहन्छ । योभन्दा ठूलो दुस्साहसी उद्दहरण के हुन सक्छ ? तर, त्यो पनि यो देशका राजनतिक दल र नेताहरुले मजैले पचाए । सिसाको घरमा बसेका उनीहरुले मिडियाको गुलेली र मट्यांग्रा लिनेसँग विवाद गर्न आवश्यक ठानेनन् । त्यही क्रम बढ्दै जाँदा अहिले यी दृश्यहरु देखिएका हुन् । यी दृश्यहरु दोहोरिदै जाँदा अबको १० वर्षमा नेपालमा मिडिया हेजेमनी कहाँ पुग्छ, अनुमानको विषय मात्र हुनसक्छ ।
मालिक र उनीहरुका जोजोम्यानहरुले के बुझेका छैनन् भने प्रेस स्वतन्त्रता जनताका लागि हो, मालिकका लागि हैन । समाचारका आधारभूत तत्वहरु नै नपुर्याई आफ्नो स्वार्थ र व्यापारका लागि पर्चा निकालेर जनताका लागि पत्रकारिता हुदैन । अझ मालिकले मिडिया चाउचाउ उद्योगजस्तो हैन भन्न त जाने तर के जानेनन् भने प्रेसको असली मालिक जनता हुन् । पैसा हाल्दैमा कार्पेट मालिकजस्तो मिडियाको मालिक बन्न पाइदैन ।

प्रश्न आमनागरिकको सूचनाको अधिकार र मिडियाको प्रेस तथा प्रकाशन स्वतन्त्रतासँग जोडिएको हो भने त्यसमा कही कतै सम्झौता हुनु हुदैन । तर, त्यसमा पनि बुझ्न के जरुरी छ भने सर्त विनाको स्वतन्त्रता हुँदैन, छाडातन्त्र हुन्छ । स्वतन्त्रताको सर्त हो जिम्मेवारी । पछिल्लो समय नेपाली मिडिया र त्यसका मालिकहरु कति जिममेवार भैरहेका छन् ? त्यसको पनि हेक्का राख्न जरुरी छ । कुनै कुराको औचित्य विना सन्दर्भ हुदैन । काल र दीकले बनाउने हो सन्दर्भ, त्यसमा हामी कति सचेत छौ, प्रश्न यो पनि हो ।
गत बुधबारदेखि शुक्रबारसम्म मुलुकको तेस्रो अंग न्यायपालिकाको एपेक्स बडी सर्वोच्च अदालत परिसरमा चौंथो अंगका नाम जे जस्तो वाच डगको भूमिका निर्वाह गरियो, त्यो एडमन्ड वर्कको कल्पनाभन्दा बाहिरको कुरा थियो । रोपाइँ आयोजना गर्ने र खेताला जानेहरुले जे गरे, त्यो स्वतन्त्र अदालतको निर्णयलाई प्रभावित गराउने चाल थियो । त्यसमा परोक्षमा जे जस्ता कुराहरु भए, ती सबै मिडिया हेजेमनीका ट्ेलर थिए, चलचित्र त त्यसपछि मात्र सुरु हुने हो ।

नेपालीमा एउटा उखान छ, बाँच्दाको जन्ती मर्दाको मलामी । तेस्रो अंगको आंगनमा चौथो अंगको रोपाइँमा सहभागी खेतालाहरु प्रेस स्वतन्त्रताका जन्ती थिए या मलामी ? त्यो त समयले नै बताउला । अहिलेका लागि यति भन्न सकिन्छ, तिनीहरु मिडिया हेजेमनीको उर्दीमा निहुर मुन्टी न लगाएर हाजिर भएका मिडिया जंकी र मिडिया डार्लिंगहरु थिए ।
आगे, उनीहरुकै मर्जी । 

(वरिष्ठ सञ्चारकर्मी डा. भट्टराई पछिल्लो समय एभेन्युज टेलिभिजनका एडिटर इन चिफ थिए । सम्प्रति उनी काठमाडौं विश्वविद्यालय, नेपाल र इन्टरनेशनल अमेरिकन युनिभर्सिटी लसएन्जलस, क्यालिफोर्नियाको सम्बन्धनमा किंग्स कलेजमा आमसञ्चार विषय प्राध्यापन गर्छन् । चोटिलो विश्लेषण गर्न रुचाउने उनी प्रेस चौतारी डट कमका लागि नेपाल सन्दर्भ स्तम्भ सम्प्रेष्ण गर्छन् ।  )
 


सोमवार, २०७१ भाद्र ३० गते २१:४६ / Monday, Sep 15, 2014 9:46 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

1.   नयाँ शक्तिकी रोल नम्बर २४०
2.   ‘सफ्ट-सेल’ नेपालीका ‘हार्ड-सेल’ कुरा
3.   नाइन इलेवेन : हामी कहिल्यै भुल्दैनौं
4.   टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?
5.   गुडबाइ काडमाण्डू
6.   एनआरएन एनसीसी चुनाव :
7.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
8.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
9.   गुडबाइ काडमाण्डू
10.   भो अति भो, कति दोष दिनु सतीलाई ?
11.   तीतो सत्य, भाइरल र मोदी म्युट
12.   सिन्डिकेट संसार
13.   मोदीको मोफसल भ्रमण
14.   कस्मेटिक क्याटमाण्डू
15.   कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?
16.   अति भो, कति बन्नु
17.   मुखमा तीन 'स'- बगलीमा-'म'
18.   कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
19.   यो कस्तो न्याय ?
20.   तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ
21.   डटकम भाइरल
22.   पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
23.   अजव-गजवको नेपाल
24.   मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
25.   राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
Results 43: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.