आइतवार, असार १० गते, २०७५
Sunday, June 24, 2018
पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
डा. प्रदीप भट्टराई

नेपाल सन्दर्भ :
पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?

-डा. प्रदीप भट्टराई
forth.state@gmail.com

मुलुकको चौथों अंग पत्रकारितामा अहिले नानाथरिका पुरस्कार, मान, सम्मान, पदवि र विभूषणका नांग्ले पसलहरु थापिएका छन् । कोठे चोठेदेखि शितल निवाससम्मले बाँड्ने यस्ता पगरीका दोकानमा अमेरिकामा रहेको हेम सरिता पाठक फाउन्डेसन पनि थपिएको छ । यसले टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारका नाममा नेपाली पत्रकारलाई हरियो रंगको जंकिट सुघाउँन थालेको छ । त्यसका लागि नेपालमा वर्ष दिनसम्मै पुरस्कारका लागि फाउन्डेसनका गतिविधि र पाठक प्रशस्ति उतार्न होड नै सुरु भएको छ । यसबाट कसैले हरियो क्लोरोफिल त सुध्लान् तर त्यसले नेपाली पत्रकारितामा एड्भोटरियल र इन्फोमर्सियलको घातक संक्रमण निम्त्याउँछ । त्यसको मारबाट पत्रकारिताको अस्मितालाई कसरी जोगाउने हो, चासो र चिन्ताको विषय भएको छ ।

आमसञ्चारका पश्चिमा विद्वानहरु भन्छन्, तिमीहरुको समाचारमा फलोअप नै हुदैन । समाचार ब्रेक गर्न हतार गर्छौ तर त्यसको फलोअप गर्ने होसियारी अपनाउदैनौं । तिमीहरुले बुझ्नुपर्छ, ब्रेकले फस्ट बनाउँछ, फलोअपले फ्याक्टको उत्खनन् गर्छ । हामीसँग उनीहरुका प्रवचन सुनेर अवाक हुनुको कुनै विकल्प हुदैन । मेरा लागि यस्ता निरुपाय क्षणहरु धेरै आएका छन् । गत वर्ष दी न्युयोर्क टाइम्स टावरमा यस्तै दृश्य दोहोरिएको थियो । अझ उनीहरुले यसो पनि भन्न भ्याए, तिमीहरुकोमा कपी एडिटर नै हुँदैन । त्यसैले तिमीहरुको एडिटोरियल कन्टेन्ट पनि भञ्ज्यांग देउराली जस्तै हुन्छ जर्कले भरिएको । एउटै पृष्ठमा पनि कुनै कन्टेन्ट ज्यादै स्तरीय हुन्छ, कुनै ज्यादै अशोभनीय । सिन्डीकेट जर्नालिष्ट र प्रशिक्षार्थी पत्रकारका सामग्रीको कक्टेल बनाउँछौ तिमीहरु ।

नेपाली पत्रकारिताको धरातलीय यथार्थ नै यही हो । हाम्रोमा बडाले जे गर्यो, त्यही नै ठीक चाला बन्छ । अन्तराष्ट्रिय  प्रचलनमा सानाले बोले गफ र ठूलाले बोले उद्धहरण बन्छ । तर, पत्रकारितामा त्यस्तो हुदैन, स्रोतले बोले समाचार बन्छ । समाचार कि आफैं बन्छ, कि पकाइन्छ । हाम्रो नेपालमा समाचार पकाउन प्रशस्त स्युडो इभेन्टहरु हुन्छन् । तिनै स्युडो इभेन्टहरु जोडेर बिट बनाइन्छ र त्यसैको आधारमा सनातनी श्राद्ध हुन्छ र कहीँ त्यतैबाट पत्रकार पुरस्कृत हुन्छ । त्यसमा पनि शक्तिशाली पत्रिकाका सम्वाददाता त हरेक दिन या त पुरस्कृत भैरहेका हुन्छन्, या सम्मानित भैरहेका हुन्छन्, मुलुक भित्र होस् या बाहिर फार्म भिजिट पनि चलेकै हुन्छ । विदेश भ्रमणको वहानामा होस् या कुनै चाडबाड, या छोराछोरीको न्वारान, पास्नी, विवाह नै किन नहोस्, जन्किटको स्युडो इभेन्ट बन्छ । यो जन्किट संस्कृतिले कसरी पत्रकारितालाई राज्यको चौथों अंग बनाइरहने हो, अहिलेको चिन्ता र चासो नै यही हो ।

नेपाली पत्रकारितालाई २१औं शताव्दी सुहाउँदो कसरी बनाउने ? आजको ज्वलन्त प्रश्न मात्र हैन, चुनौति पनि हो यो । त्यसका लागि दक्ष जनशक्तिको आवश्यकता छ । आजको सन्दर्भमा त्यस्तो दक्ष जनशक्ति भनेको पढेको हो, परेको हैन । परेकाहरुले गर्ने पत्रकारिताको युग अव सकियो । उनीहरुले जे गरे, त्यो धन्य थियो । यो या त्यो जुन जोड र कोणको भए पनि उनीहरुले गरेको मिसन पत्रकारितको उज्यालो नै आजको तथाकथित नै सही व्यवसायिक पत्रकारिताको आधार हो । उनीहरु इतिहास हुन्, त्यसका लागि उनीहरुलाई धन्यवादका पात्र पनि बनाइनुपर्छ । तर, अहिलेको समय उनीहरुको हैन । अब नयाँहरुको समय बनाउन पत्रकारिताको समुचित अध्ययन र अध्यापन हुनुपर्छ । तर, त्यसको स्थिति पनि दयनीय बन्दो छ । केही समय अघि पत्रकारिता पढ्नेको बाढी आएको थियो । तर, अहिले त्यो खहरेमा परिणत भएको छ । नेपाली पत्रकारितामा आफ्नो रोल मोडल नपाउनु, घुमाएर होस् या सिधै पत्रकारितालाई पार्टीकै टाट्नामा लैजानु, तलव र करिअर दुबै नहुनुलगायतका जल्दाबल्दा समस्याका कारण विद्यार्थीहरुले आफ्नो भविष्य देखेनन् र अर्कै डिसिप्लेनको बाटो लागे । यही हालत हुने हो भने अबको केही वर्षपछि रत्नराज्य क्याम्पसले नै सारा नेपाली पत्रकार उत्पादन गर्ने कारखानाकै काम गर्नुपर्ने हुन्छ । त्यो स्थिति नेपाली पत्रकारिताका लागि शुभ हो भनेर किञ्चित पनि भन्न सकिन्न । घुमी फिरी रुम्जाटार भनेझैं नेपाली पत्रकारिता रत्नराज्यदेखि रत्नराज्य नै हुने स्थिति बन्दो छ । यो स्थितिले पत्रकारिताका प्रोजेक्ट प्राध्यापकहरुलाई कति चिम्सो बनाउने हो, हेर्नु छ ।



गत साता काठमाण्डू विश्वविद्यालयमा अध्यापन गराइरहेको बेला एक विद्यार्थीले सोधे, नेपालमा पत्रकारितामा पुरस्कार पाउने हैसियत के हुनुपर्छ ? मेरो उत्तर थियो, पत्रकारिताप्रतिको समर्पण र योगदान । त्यही विषयमा प्रोजेक्ट वर्क गरिरहेका उनले मेरो उत्तरलाई पत्ताएनन् र फिस्स हाँस्दै भने, सरले ढाट्नुभयो । मेरो अध्ययनले त पार्टीको मान्छे हुनुपर्ने देखायो । उनले पार्टीका बारेमा ब्याख्या गर्दै भने कि राजनीतिक पार्टीको कि कुनै बिट पार्टीको । यी दुईटामध्ये एउटाको भयो भने पुरस्कार र सम्मानको फालिम लाग्छ । उनले भर्खरै दुई लाख थैलीको राष्ट्रिय पत्रकारिता पुरस्कार पाउने कवीर राणाको प्रसंग उठाए । उनले कवीरको योग्यता बताए, देशान्तरको सम्पादक, कांग्रेसको महासमिति सदस्य र प्रचार विभागको सदस्य र त्यही नाममा कांग्रेसको पक्षमा पर्चाकारिता र अन्यको विपक्षमा गाली बेज्जती पत्रिका । अनुसन्धान नै गरेका मेधावी विद्यार्थीले अघि सारेका तथ्यप्रति मैले विमति राख्ने ठाउँ थिएन । मैले उनको कुरा सुनेपछि भने, कवीरका बारेमा मेरो केही प्रतिक्रिया छैन । उनी मेरा राम्रा साथी हुन् । हामी सँगै मिसन पत्रकारिता गथ्र्यौ । उनले थपे, यस्ता पर्चाकारले मुलुकको राष्ट्रिय  पत्रकारिता पुरस्कार पाउने भएपछि हामी कसलाई रोल मोडल मानेर पत्रकारिता गर्ने ? मसँग उनको प्रश्नको उत्तर थिएन, मैले फेरि पत्रकारिताकै एक सिद्धान्तको सहारा लिएर भने, पत्रकारितामा प्रोक्सिमिटी हुन्छ, म त्यही आधारमा कवीरले पुरस्कार पाएकोमा प्रतिक्रिया नजनाउने बताएर तर्किए । अझ, उनी झर्कदै थिए, यही त खरावी छ नि सर । तपाईहरु सहधर्मिताका नाममा पत्रकारले गरेका अनि पत्रकारितामा भएका खरावीहरुको विरोध नै गर्नुहुन्न । गंगोत्री नै फोहोर राखेर कसरी गंगा सफा होला र ?

ती विद्यार्थीले सोधेको प्रश्नको चित्त बुझ्दो उत्तर दिन नसकेकोमा मलाई एक किसिमको ग्लानी भैरहेको थियो । मैले मनमनै आफैंलाई भने, हो त नेपालमा पुरस्कारको खेती त्यसरी नै भैरहेको छ । या त पार्टीले सिफारिस गरेका पर्चाकार पुरस्कृत भैरहेका छन् या त विटका नाममा पर्चाकारिता गर्नेहरुले पुरस्कारको जंकिट लिइरहेका छन् । सरकारले दिने पुरस्कारको मात्र हैन, नेपाल पत्रकार महासंघले पुरस्कृत गर्नेहरुको सूची पनि त्यस्तै हुन्छ । त्यहाँ पनि पार्टीको कोटामै पर्नुपर्ने हो र कोटामै भागवन्डा गरिने हो । नानाथरिका गुठीहरु, बाबुआमालाई अमर बनाउन बनाइएका प्रतिष्ठानहरुले बाँड्ने मान, सम्मान र पुरस्कारको त झन् के कुरा भयो र ?

सारमा, प्रश्न पत्रकार कवीर राणाको हैन, न उनले पाएको पुरस्कार ठीक या वेठीक भन्ने नै हो । प्रश्न उनी योग्य हुन् या अयोग्य भन्ने पनि हैन, हामी कस्तो मानक निर्माण गर्न गैरहेका छौं भन्ने मात्र हो । उनी त कलेजको कक्षामा सन्दर्भवस उठेका एक प्रतिनिधि पात्र मात्र हुन् । यहाँ पुरस्कार पाउने केही सदावहार पत्रकारहरु नै छन्, जसको पेशा नै पुरस्कारका लागि आवश्यक लविंग गर्ने र वातावरण बनाउने हो । अहिले मुलुक भित्र मात्र हैन, बाहिर पनि पुरस्कारका पसल थापिएका छन् । हरियो रंगका पैसा कमाउनेहरुले पुरस्कारका नाममा त्यसको क्लोरोफिल सुगाउने चलन पनि यहाँ बढ्दो छ । त्यसमा कुनै योगदान या अन्य र्यासनलको प्रश्नै छैन र हुने कुरो पनि भएन । उनीहरुको पक्षमा केही गरिदिए वापतको टिप्स हो, जसले पुरस्कारको हुर्मत मात्र लिने काम गरिरहेको छ । त्यस्तो पुरस्कारको नाम लिदा टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार पनि अहिले चर्चाको तावामा छ । मोटो रकमको यो पुरस्कारले कसलाई अमर बनाउने हो त्यो चाँहि थाहा छैन, नेपालमा केही पत्रकारका लागि अलिकति क्लोरोफिल सुध्नलाई वर्षभरिको प्रोजेक्ट बनेको छ।  

पुरस्कारको कुरा गर्दा, व्यक्तिको, पार्टीको त के प्रश्न भयो र ? जसलाई मन पर्छ जे जे नाममा जे जे वहानामा दिए पनि हुन्छ । दिनेले त दिए पनि अरे, लिनेले पनि त विचार पुर्याउनुपर्ने हो । आफूले पुरस्कार, मान र सम्मानका नाममा कतै टिप्स या जंकिट त लिइरहेको छैन ? प्रश्न पुरस्कारको मात्र पनि हैन, राम्राभन्दा पनि हाम्रालाई बुई चढाएर हरेक क्षेत्रका राम्राहरुको दोहन गर्ने बढ्दो अपसंस्कृतिको हो । यो अपसंस्कृतिले वाचडगको भूमिका निर्वाह गर्ने राज्यको चौथो अंग पत्रकारिताको किमार्थ पनि भलो गर्दैन । आगे उनीहरु नै जानुन् ।

(वरिष्ठ सञ्चारकर्मी डा. भट्टराई पछिल्लो समय एभेन्युज टेलिभिजनका एडिटर इन चिफ थिए । सम्प्रति उनी काठमाडौं विश्वविद्यालय, नेपाल र इन्टरनेशनल अमेरिकन युनिभर्सिटी लसएन्जलस, क्यालिफोर्नियाको सम्बन्धनमा किंग्स कलेजमा आमसञ्चार विषय प्राध्यापन गर्छन् । चोटिलो विश्लेषण गर्न रुचाउने उनी प्रेस चौतारी डट कमका लागि नेपाल सन्दर्भ स्तम्भ सम्प्रेष्ण गर्छन् ।  )


सोमवार, २०७१ जेष्ठ २६ गते १९:५२ / Monday, Jun 09, 2014 7:52 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

1.   नयाँ शक्तिकी रोल नम्बर २४०
2.   ‘सफ्ट-सेल’ नेपालीका ‘हार्ड-सेल’ कुरा
3.   नाइन इलेवेन : हामी कहिल्यै भुल्दैनौं
4.   टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?
5.   गुडबाइ काडमाण्डू
6.   एनआरएन एनसीसी चुनाव :
7.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
8.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
9.   गुडबाइ काडमाण्डू
10.   भो अति भो, कति दोष दिनु सतीलाई ?
11.   तीतो सत्य, भाइरल र मोदी म्युट
12.   सिन्डिकेट संसार
13.   मोदीको मोफसल भ्रमण
14.   कस्मेटिक क्याटमाण्डू
15.   कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?
16.   अति भो, कति बन्नु
17.   मुखमा तीन 'स'- बगलीमा-'म'
18.   कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
19.   यो कस्तो न्याय ?
20.   तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ
21.   डटकम भाइरल
22.   पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
23.   अजव-गजवको नेपाल
24.   मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
25.   राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
Results 43: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.