शनिवार, मंसिर ०९ गते, २०७४
Saturday, November 25, 2017
छड्के : हामीलाई घट्दो क्यामेरा मोह
-प्रशान एलुङ् राई

छड्के :
हामीलाई घट्दो क्यामेरा मोह

-प्रशान एलुङ् राई
meetprashan@gmail.com

२००९ सालको मध्येतिर एटलान्टा (जर्जिया) बाट पोको पन्तुरो बोकेर न्युयोर्क उक्लिएको केहि दिनमै म्यानह्याटनमा अवस्थित बि एण्ड एचमा क्यामेरा खरिदको लागि छिरे । त्यहाँ बडेमानको श्रव्य-दृश्य सामाग्रीहरु देखेर म धेरैबेर अचम्ममा परे । कम्प्युटरबाट गर्न मिल्ने अनलाईन पत्रिकाको लागि सम्पूर्ण काम एटलान्टा बस्दै फत्ते भईसकेको थियो । हुन त एटलान्टाबाटै एउटा सोनीको पोर्टेबल एचडी फर्मेटकै भिडियो क्यामरा पनि च्यापेर न्युयोर्क हान्निएको थिए । बि एण्ड एचको भव्य बजारमा मैले अनेक थरीका क्यामेराहरु देखें, जो जीवनमा कहिल्यै देखेको थिईन । नेपालमा बरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले मेघा सिरियल “दर्शन जिन्दगीको” छायाँङ्कन ताका 'एक्स एल-१' नामक क्यामेरा प्रयोग गर्नु भएको याँद थियो मलाई । बि एण्ड एचमा पनि त्यो क्यामेरामा आँखा पर्यो  । मन थाम्नै सकिन । उत्तिबेला त्यो क्यामेराको झोला, हात, खुट्टा, आँखा, नाक, कान सबै सबै गरेर ६८ सय डलर परेको थियो । त्यहि दिन हुनु पर्छ फोटो खिच्नको लागि निकोनको  डि-५००० र त्यसको पनि कानखुर गर्दा १७ सय डलर जत्ती परेको थियो । एकैदिनमै साढे आठ हजार डलरको क्यामेरा सामाग्री किनेर बि एण्ड एचबाट बाहिरिएको थिए । आधा-उँधी क्यापीटल वानको पत्ता घोँटे र बाँकी चाँही नगद नै बुझाएको अझै  झल्झली याँद छ मलाई । त्यसपछि बिभिन्न समयमा श्रव्य-दृश्य सामाग्री खरिदको लागि बि एण्ड एचमा गई बस्ने गर्छु अझै पनि ।

मलाई याँद छ । मैले मेरो अनलाईन (प्रेस चौतारी डट कम ) सूचारु गरेपछि पहिलो चोटी कुईन्स प्यालेसमा आयोजित वालुङ समाजको एक कार्यक्रममा ति सबै क्यामेरा सामाग्री प्रयोगमा ल्याएको थिए । मेरो क्यामेराको भारी देखेर हो कि किन हो तात्कालिन समाजका अध्यक्षले कार्यक्रम सकिए लगतै गेटमा यसो भने–“कार्यक्रममा आई दिनु भो, हामीले कति गरौं ?” पैशा कति दिऊँ ? भन्ने आशयमा वहाँको सोधाई थियो । मैले भने -“यो त मेरो काम हो, समाचार संकलन र प्रकाशन गर्नु ।” “होइन खाली हात के पठाउँनु भनेर नि” अध्यक्ष बोले । नाइनास्ती गर्दै सहयोग चाहिए पछि भेटौला भनेर त्यहाँबाट बाहिरिए । रमाइलो सम्झना छ त्यो ।

त्यसपश्चात् भने हरेक नेपाली कार्यक्रमहरुमा आउने जाने क्रम बढयो । सहकर्मी साथीहरु भेटिए । भेटकै क्रममा लामो कपाल पालेर पछाडी चुल्ठो बाँधेका पत्रकार मित्र भेटिए । तिनी अहिलेका प्रदिप थापामगर रहेछन् । त्यत्तिबेला उनले सोनीको डिएसएलआर बोक्थे । कार्यक्रम अवधीभर सबै अतिथि, कलाकार, बक्ता कसैको नछुटाई गोटागन्ती फोटो खिच्थे उनी । न्युयोर्कमा 'ग्रुप फोटो', 'ग्रुप फोटो' भनेर प्रचलनमा ल्याउने पनि उनै थापा जी हुन् । कति कार्यक्रमको मेनुको पुच्छरमा देखेको छु -'ग्रुप फोटो' ।

आफुसँग गतिलै भिडियो क्यामेरा भएको कारण त्यत्तिबेला धेरै कार्यक्रमहरुको भिडियो सामाग्रीहरु बनाएको छु । उत्तिबेला नै मणि बाङ्देल दाजुसँग मिलेर “हेल्लो न्युयोर्क” भन्ने अनलाईन टेलिभिजनको कार्यक्रम पनि निमार्ण गरेका थियौं, जुन धेरैले मन पराएका पनि थिए । अब त्यो सम्झना मात्रै हुने भो । यु ट्युवमा कहिले काही हेर्छु, स्वाद फेर्छु ।

प्रदीप थापा भेटिएकै समयमा अर्का पत्रकार पनि भेटिए-बिजय पौडेल ।
उनीसँग निकटता बढ्दै जाँदा धेरै कार्यक्रमहरुमा आयोजकहरुले सँगै आसन ग्रहण गराएकाछन् । नाम ठ्याक्कै याद छैन तर त्यत्तिबेला उनले पुरानो मोडलको लेन्स बिनाको सानो क्यामेरा बोकेर हिड्थे । उबेलाका लाहूरे मामाहरुले जस्तै घाँटीमै झुण्डाएर कार्यक्रममा आउँथे । लेन्स थिएन स्टेज छेउमै पुगेर फोटो खिच्थे । हामी ठूला क्यामेरा वालाहरुलाई हेरेर मुसुक्क हाँस्थे । प्रदीपको जस्तो कार्यक्रम अवधीभर बस्ने उनको आदत कहिल्यै बसेन जो अझै  कायम छ ।

उबेला अर्का पत्रकार आङ्छिरिङ शेर्पासँग पनि आकारमा ठूलो फोटो खिच्ने यन्त्र थिएन । फोटोग्राफर आङ्कामी शेर्पाकै सौजन्यमा फोटोहरु पत्रिकामा छाप्थे । धेरै पछि हुनुपर्छ उनले सोनी कम्पनीको डि-९० क्यामेरा खरिद गरे । क्यामेरा सञ्चालनमा त्यत्ति अनुभव नभएको भन्दै कहिले काही सहयोग माग्थे । जाने बुझे सम्म भनि टोपल्थें । याँद भएसम्म उनले धेरै समयसम्म उनले त्यहि क्यामेरा बोकेर हिडें ।

त्यत्तिबेला देखि नै न्युयोर्कमा भिडियो र फोटोग्राफीमा शम्भु मोक्तान अगाडि थिए । उनी व्यावसायीक र भव्य सामाग्रीहरु चलाउँथे जो अझै  कायम छ  । उनीसँगै आङ्कामी शेर्पा (फोटो हेर डट कम) ले राम्रा र आकर्षक तस्बिरहरु खिच्थे । अलि पछि अशोक पन्तले पनि न्युयोर्कमा फोटोग्राफीमा राम्रै कौशलता देखाए । शेर्पा र पन्त अझै  सक्रिय छन् । उनीहरु चाहि भारी पुग्ने क्यामेरा भिरेरै हिड्ने गरेकाछन् । उता भिडियो क्यामेरासँगै देखिन्छन श्याम श्रेष्ठ पनि । आवश्यक तस्बिर सामाग्रीको लागि उनी पनि आईफोनकै प्रयोग गर्ने गर्छन ।

पछिल्लो समयमा पत्रकारहरु  किशोर पन्थी, सूर्य थापा र सुरेश शाहीले व्यावसायिक क्यामेरा बोक्ने गरी न्युयोर्कमा पत्रकारिता गरेनन् । भिडियो वा फोटो सामाग्रीको लागि छुट्टैलाई जिम्मा दिएर उनीहरुले टेलिभिजन र पत्रिका सञ्चालनमा ल्याए । फोटो सामाग्रीको लागि आङ्कामी शेर्पा र अशोक पन्त भरपर्दाे भए । उनीहरुबाहेक मान राना मगर, लब के. थापामगर, श्याम बुढा, लाल तामांग, महेश्वर श्रेष्ठ लगायतले अझै  गतिलै क्यामेरा बोकेर हिड्ने गरेकाछन् । माथि उल्लेखित क्यामेरावाहकसँगै कार्यक्रम आयोजक स्वयम्ले राम्रा र स्तरिय तस्बिरहरु सौजन्यमा पाए पछि हामीमा क्यामेरा मोह घट्दै गएको सत्य अचेल हामी सबैले स्वीकार्ने गरेकाछौं ।

बडेमानको झोलामा क्यामेराको सबै अंग बोकेर लखतरान हिड्नु कम्ती गाह्रो थिएन । बिस्तारै क्यामेरा मोह घट्दै गयो । तिथि यकिन छैन तर ३ बर्ष अगाडि ६८ सयको भारी क्यामेरा र त्यसका अंग-प्रत्याङ्ग जडौरीको भाउँमा पुनः बि एण्ड एस मै बुझाएर फर्किए । फोटो खिच्ने सोनी क्यामेरा चाँहि दुई साल अघि नेपाल गएको बेला बिनोद मगरलाई बेचेंर भ्याकेसनमा खर्चिए ।

उता बिजय पौडेललाई बेला बेला उनको क्यामेरा बोकाई देखेर जिस्काउँथ्यो हामी । कुन झोंकमा  हो कुन्नी उनले पनि दुई बर्ष अघि गतिलै क्यामेरा खरिदेछन् । तर प्रयोगमा त्यत्ति ल्याउँदैनन् । कुनै बेला पत्रकार दिनेश जंग शाहले पनि राम्रै क्यामेरा बोक्ने गर्थे । रिपोटिङ्गमा त्यत्ति नदेखिने शाहको क्यामेराले नेपाली समुदायका थोरै तस्बिरहरु मात्र खिचेंका होलान् । उता विष्णु पौडेल कार्यक्रममा क्यामेरासँगै आकल, झुकल देखिन्छन् । तर सहदेव  पौडेललाई भने क्यामेरा मोह गज्जबले लागेको छ अचेल । हाल उनले फोटोग्राफीकै लागि भनेर वेज पेजसमेत निमार्ण गरेकाछन् । पौडेल जस्तै ङिमा पाख्रिन पनि साथमा क्यामेरा प्रायः छुट्टाउँदैनन् । उनले अहिले निकोन कम्पनीकै गतिलो क्यामेरा बोक्ने  गरेकाछन् । समाचारको लागि चाहिने फोटोको जोहो आफैले  गर्छन ।

यता सहदेव पौडेल र ङिमा पाख्रिनले साथमा क्यामेरा नटुटाउँदा उता प्रदीप थापामगरलाई क्यामेरा मोह स्वात्तै घटेको छ । उनले पनि धेरै पछि खरिदेका डि-५१०० सोनी क्यामेरा थन्काएर हाते फोनबाट चलाई रहेकाछन् ।

हाते फोटबाटै आवश्यक तस्बिरहरु खिचेर काम चलाईरहेका मध्येमा किशोर पन्थी अगाडि छन् । थापा र पन्थी दुवैले एप्पलको आईफोन ५ ले नै पत्रिका र अनलाईनमा तस्बिर छाप्ने गर्छन । डि-९० चलाउने रहर नपुर्याई अर्का पत्रकार आङछिरिङ शेर्पाले सामसुङ्को नोट-१ मा झरे, म स्वयम् सामसुङ्कै नोट-२ बाट काम चलाउँदै आएका छु । टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका शैलेश श्रेष्ठले आईफोन-४ एसको हातेफोनलाई आवश्यक दृश्य सामाग्री कैद गर्ने गर्छन् ।

अहिलेको हाई रिजुलेसन र मेघा पिक्सेल आईफोन र एन्ड्रोइड फोनको कारण भारी क्यामेराहरुको खाँचो त्यत्ति नपरेको सबैको यकिन हो । न्युयोर्कमा गुणस्तर तस्बिरको लागि आङकामी शेर्पा र अशोक पन्तको भर थेककै कारण पनि हामीलाई क्यामेरा मोह घटेको अर्काे कारण हो ।

हाई रिजुलेसन र मेघा पिक्सेलकै लागि हो भने अचेलका एप्पल र एन्ड्रोइट फोनहरु सजिला र उपयोगी मानिन्छन् । यद्यपी मेनुयल फंकसन र लाईटिङ्गको लागि भने हेर्दा गतिला लाग्ने व्यावसायिक क्यामेराहरु नै आवश्यक छ । यसरी हाते आईफोन र एन्ड्रोइट फोनबाटै फोटो खिच्नेहरुमा योगेश आदि, मनु लोहोरुङ, राजन थपलिया, भुपेन्द्र थापा, गीता पन्थ  लगायत धेरै छन् ।

गज्जब छ होइन त, हेर्दा राम्रो, बोक्नलाई छरितो काम लगभग उस्ता उस्तै । चाहेको दृश्य हतारमै किन नहोस् कैद गर्न भ्याएकै छ । त्यहिबाट तुरुन्तै बिभिन्न सोसियल मिडिया र अनलाईनमा पोष्ट/अपडेट गर्न नि सजिलो । कार्यक्रम सकेर झोला कस्नु नि नपर्ने । 'धन्यवाद' भन्यो गोजीमा खत्रक्क हाल्यो हिड्यो ।
कि हलो-हलो गर्दै बाटो काट्यो । या  त कानमा ठेडी घुसारेर मन लाग्दो गीत सुन्दै हिड्यो । झन्झट कम, उपयोगीता धेरै ।

सस्तो, सजिलो र सूलभ छैन त यी हाते फोनहरु यता फेसबुकमा पोष्ट गर्न अनि ट्वीटरमा ट्वीट गर्न ?
"अन दि स्पट–लाईभ ।"

(पुनश्चः प्रसंगबस लेखमा न्युयोर्कमा क्रियाशील पत्रकारहरुलाई मात्र लक्षित गरेर छड्के गरिएको छ )




शुक्रवार, २०७१ जेष्ठ २३ गते १९:५७ / Friday, Jun 06, 2014 7:57 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समय सन्दर्भ
1.   समय सन्दर्भ : आऊ मिलाऔं हाम्रा हातहरु
2.   यस कारण ईन्स्योरेन्स “आतंक”
3.   समय सन्दर्भ : नेहालाई न्याय
4.   समय सन्दर्भ : छ कोहि ?
5.   समय सन्दर्भ – “छ हिम्मत ?”
6.   सक्छौं त पहाड थाम्न ?
7.   झुम्लावाङ्गमा 'नजर'
8.   'हुस्' ! विमला
9.   देश र दशैं
10.   ऊ...तुलसी घिमिरे
11.   तेरिया तरङ्ग
12.   छड्के : हामीलाई घट्दो क्यामेरा मोह
13.   समय सन्दर्भ : खस्रा खरेल
14.   एनआरएन–नेतृत्व
15.   शोकाकुल सगरमाथा
16.   नयाँ बर्ष
17.   कीतिमार्नी क्रिकेटर
18.   गौरीलाई : यता बाई-उता हाई
19.   ...उता दिलशोभा दुख्दा
20.   सारंगी रुदैछ....
21.   डाक्टर साप, ऊ मर्न लागेको छ
22.   “फुल टाइमर जोर्नालिष्ट”
23.   "दिल्ली दौडाह"
24.   "वेम्बलीमा नेपथ्य"
25.   राहतमा राजनीति
Results 37: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.