आइतवार, फाल्गुन ०८ गते, २०७३
Sunday, February 19, 2017
नेपालि क्रिकेटका प्रशिक्षक पुवुदु क्यानाडा फर्कदै

काठमाडौं-नेपाली क्रिकेट प्रशिक्षक पुबुदु दासानायके बुधबार क्यानडा फर्कंदैछन्। वर्षायाम लागेसँगै नेपाली क्रिकेटका विदेशी प्रशिक्षक यो समय छुट्टीमा घर जाने गर्थे। पुबुदुको कथा भने फरक छ। वर्तमान नेपाली क्रिकेटको भद्रगोल अवस्थाले उनी सधैंका लागि क्यानडा फर्कन लागेका हुन्।
नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुको अवधि एक वर्ष थपिने जनाउँदै आएको थियो। सोहीअनुसार क्यानको कार्यसम्पादन बैठकले सम्झौता १ वर्ष थप्ने निर्णय पनि गर्‍यो। सम्झौता नवीकरणबारे कार्यसम्पादन बैठकमा सबैले सहमति जनाए। तर अघिल्लो महिना एसिसी प्रिमियर लिग खेल्न जानुअघि दासानायकेलाई तीनमहिने नवीकरण पत्र थमाएर उनलाई घर फर्काउने वातावरण बनाइएको धेरैको बुझाइ थियो। थपिएको समय पनि दुई सातापछि सकिँदैछ।
दासानायके यसलाई नवीकरण मान्दैनन्। ‘सम्झौता नवीकरणमा दुवै पक्षले हस्ताक्षर गर्नुपर्छ, मलाई ३ महिना थपिएको भनेर जानकारी गराइएको कागज चिठीजस्तो मात्र छ,' दासानायकेले भने। क्यानले आफूसँग कुनै संवाद नगरेको बताउँदै दासानायकेले मंगलबार नागरिकसँग भने, ‘म घर फर्किनुपर्ने भयो। कुनै आधिकारिक कागजबिना मलाई यहाँ बस्न सहज भएन। कागजातबिना बस्दा मेरो परिवारलाई पनि गाह्रो हुन्छ। त्यही भएर जाँदैछु।'
सन् २०११ को सेप्टेम्बर २९ मा दासानायके काठमाडौं आएपछि नेपाली क्रिकेटकै नक्सै परिवर्तन भयो। डिभिजन ४ मा रहेको नेपालले डिभिजन ४, ३ जित्दै डिभिजन २ खेल्यो। एसिसी ट्वान्टी–२० मा फाइनल पुगेको नेपालले छनोट चरण पार गर्दै विश्वकपमै उत्रियो। साढे दुई महिनाअघि बंगलादेशमा नेपालले विश्व ट्वान्टी–२० मा उत्कृष्ट प्रदर्शन गर्दै हङकङ र अफगानिस्तानलाई पराजित गर्‍यो। दासानायकेकै भनाइ आधार मान्दै तीन महिना थपिएको समय नवीकरण नमान्ने हो भने विश्वकप खेलेपछि नै उनको नेपालसँग सम्झौता अवधि सकिएको छ।
कप्तान पारस खड्का क्रिकेट संघमा रहेको आन्तरिक विवादमा खेलाडी र प्रशिक्षक पर्न नहुने बताउँछन्। ‘पछिल्ला वर्षहरूमा नेपाली क्रिकेटले जुन सफलता पाएको छ, त्यसमा धेरै पुबुदु सरले गर्दा नै सम्भव भएको हो। उहाँ भएन भने नेपाली क्रिकेटलाई धेरै गाह्रो हुन्छ,' पारसले भने, ‘पुबुदु सर हुनुभएन भने मलाई मात्र होइन, अन्य खेलाडीलाई पनि गाह्रो हुन्छ। यो शैलीमा खेल्न धेरै अप्ठेरो छ।'
दासानायके अहिलेको आवश्यक्ता र खेलाडीको चाहना भएको क्यानका उपाध्यक्ष चतुरबहादुर चन्द बताउँछन्। ‘यो सबै उनले नै गरेका हुन्, नतिजाले त्यो देखाइसकेको छ,' चन्दले भने, ‘दासानायके भएन भने क्रिकेट नै हुँदैन भन्ने छैन। विकल्परहित कुनै समाज, संस्था र पद हुँदैन। नेपाली क्रिकेटमा किचकिच पनि धेरै भयो र अहिले केही समय उनको काम पनि छैन।'
चन्दको यो भनाइप्रति क्यान सदस्य सञ्जिव पाण्डेको तिखो आलोचना गर्छन्। ‘चतुरबहादुर चन्दजस्ता प्रवृत्ति भएकाले क्रिकेट छाडे नेपाली क्रिकेटको प्रगति हुन्छ। दासानायके गए भने नेपाली क्रिकेटको दुर्गति हुन्छ, स्खलित हुन्छ।' पाण्डे अध्यक्ष टंक आङबुहाङ धारका व्यक्ति हुन्। अध्यक्षको कार्यशैलीप्रति आलोचना गर्दै आएका चन्दलगायत टोलीले अघिल्लो हप्तामात्र उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो।
नेपाललाई विश्वकपमा पुर्‍याएपछि दासानायकेको तलब ३ हजार डलर बढाएर ८ हजार पुर्‍याइएको थियो। तर त्यो निर्णय बोर्डलाई थाहा नदिई अध्यक्ष आङबुहाङले एक्लै गरेको चन्द बताउँछन्। ‘यो अध्यक्षले गरेको निर्णय हो, बोर्डले निर्णय नगरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समात्न सक्छ अनि कसरी गर्ने,' चन्दले भने, ‘बोर्ड कहिल्यै बस्छ थाहा छैन। अध्यक्षलाई केही मतलब छैन।'
‘एक वर्षअघि दासानायकेको सम्झौता नवीकरण हुँदा बोर्ड बसेको थियो र?' पाण्डे उपाध्यक्ष चन्दसँग प्रश्न गर्छन्। उनले भने, ‘कार्यसम्पादनले गरेको निर्णय बोर्डले अनुमोदन मात्र गर्नुपर्छ। कार्य सम्पादन भनेको अध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतको निर्णय हो। त्यसलाई बोर्डले उल्टाउने हो भने उहाँहरूले राजीनामा दिए हुन्छ।'
मार्चमा बंगलादेशमा ट्वान्टी–२० विश्वकप खेल्नु नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो उपलब्धि थियो। त्यहाँबाट फर्किएको १५ दिन नबित्दै खेलाडीहरूले (क्यान) मा थिति बसाल्नुपर्ने माग राख्दै विश्वकप खेलेका १६ खेलाडीले राष्ट्रिय प्रतियोगिता बहिष्कार गरेका थिए। उनीहरूले १० बुँदे मागमा क्यानमा आर्थिक पारदर्शितासहितको आवाज उठाए। त्यसैलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानको अनुसन्धान गरिरहेको छ।

कप्तान पारस भने अख्तियार भनेर क्यानका पदाधिकारी दासानायकेको सम्झौताबाट पन्छिरहेको आरोप लगाउँछन्। दासानायके आफूले पनि अख्तियारको छानबिनको कारण नवीकरणमा अप्ठेरोमा बुझिरहेकोमा हिजो त्यो भ्रमबाट बाहिर भएको बताए। उनले भने, ‘अख्तियारले मलाई हिजो बयानका लागि बोलाएको थियो, मैले अख्तियारको छानबिनले गर्दा मेरो नवीकरणमा ढिलाइ भएको कुरा आइरहेको बताउँदा अख्तियारले त्यसमा कुनै सत्यता नभएको जनायो।'
दासानायके सुविधा बढेकाले त्यो नेपालले बेहोर्न नसक्ने दाबी उपाध्यक्ष चन्दको छ। ‘उनको सुविधा बढेको छ। तलब, गाडी र होटल सुविधा गरेर उनलाई हामीले वर्षको झन्डै १ करोड २५ लाख खर्च गर्नुपर्छ,' चन्दले भने, ‘संघ अहिले यो बेहोर्ने स्थितिमा छैन। प्रशिक्षकका लागि हामीलाई एसियाली क्रिकेट परिषदले १ वर्षका लागि भनेर झन्डै ५० लाखको हाराहारीमा दिन्छ, त्यो बाहेक सबै संघले नै जुटाउनुपर्छ।' दासानायकेलाई राख्न स्रोत जुटाउनुपर्ने बताउँदै चन्दले खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग सहयोग मागिने जनाए। ‘फुटबलमा प्रशिक्षकको तलब केही हिस्सा सरकारले दिइरहेको रहेछ, हामी पनि सरकारबाट त्यही आशा गरिरहेका छौं।'
चन्दको यो भनाइमा दासानायके आश्चर्य जनाउँछन्। ‘मार्चमा कार्य सम्पादन टोली मसँग बसेर छलफल हुँदा उनीहरूले मेरो सर्तमा सहमति जनाएका थिए,' दासानायकेले भने, ‘उनीहरूलाई त्यसमा समस्या थियो भने मलाई भन्नुपर्थ्यो। गल्ती भएको भए अहिले पनि उनीहरूले मलाई भनेर छलफल गर्नुपर्थ्यो। औपचारिक बैठकमा एउटा भन्ने र बाहिर गएर अर्को भन्ने राम्रो संस्कार होइन।'
दासानायकेको सफलतामा डाह गर्नेहरूले नवीकरण विवाद निकालेको तर्क क्यान सदस्य पाण्डेको छ। उनले दाबीसाथ भने, ‘दासानायकेको क्रेज, अन्तर्राष्ट्रिय क्रिकेटसँगको सम्बन्ध, नेपाली क्रिकेटलाई दिलाएको सफलता र खेलाडी छनोटमा हस्तक्षेपविरुद्धको निषेधपछि अहिले चलखेल गर्न खोज्ने नियतले उनलाई हटाउन खोज्ने षडयन्त्र हो।'
क्यान पदाधिकारीको जुहारीलाई थाती राख्दै संघले उपलब्ध गराएको एकतर्फी हवाई टिकटमा दासानायके क्यानडा फर्कंदैछन्। उनले भने, ‘क्यानले भोलि जे निर्णय गरोस्, मलाई केही छैन, म खुसीसाथ क्यानडा फर्कंदैछु।'

पाठकको जानकारीको लागि, नागरिक न्यूजबाट साभार सामग्री
काठमाडौं-नेपाली क्रिकेट प्रशिक्षक पुबुदु दासानायके बुधबार क्यानडा फर्कंदैछन्। वर्षायाम लागेसँगै नेपाली क्रिकेटका विदेशी प्रशिक्षक यो समय छुट्टीमा घर जाने गर्थे। पुबुदुको कथा भने फरक छ। वर्तमान नेपाली क्रिकेटको भद्रगोल अवस्थाले उनी सधैंका लागि क्यानडा फर्कन लागेका हुन्। - See more at: http://nagariknews.com/sports/cricket/story/19069#sthash.JdeU5LSv.dpuf

- See more at: http://nagariknews.com/sports/cricket/story/19069#sthash.JdeU5LSv.dpuf

विहिवार, २०७१ जेष्ठ २२ गते २०:५२ / Thursday, Jun 05, 2014 8:52 pm

Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
अरु समाचारहरु :: दस्तावेज
1.   बाह्रबुँदेमा मैले शंकै गरिनँ
2.   म्याच फिक्सिङ आरोपमा ५ खेलाडी
3.   अस्ट्रेलिया पाँचाै पटक विश्वविजेता
4.   अष्ट्रेलिया र न्युजिल्याण्डबीच फाइनल
5.   विश्वकप क्रिकेट : जोगाउला त भारतले उपाधि ?
6.   सम्भावनाको खोजीमा महिला क्रिकेट
7.   नेपालि क्रिकेटका प्रशिक्षक पुवुदु क्यानाडा फर्कदै
8.   बर्खास्त गर्ने मन्त्रीको निर्णयविरुद्द अदालत जान्छु : युवराज लामा
9.   दबाबमा खेल्दा प्रदर्शनमा असर
10.   विश्वकप १०० दिन बाँकी, ब्राजिललाई भ्याइनभ्याइ
11.   Hong Kong thrashes Nepal by 10 wickets
12.   मनाङ दुई अंकले अगाडि
13.   APF defeats Region no. 6
14.   Moyes rues decisions as United lose again
15.   APF book semi-final berth with Baitadi win
16.   जितले मनाङ र हिमालयन अघिपछि
भर्खरै

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न २८५३ सोनाम ल्होछारको अवसरमा तामाङ सोसाईटी अफ अमेरिकाले अमेरिकाको न्यूयोर्कमा विविध् कार्यक्रम सहित भव्य रुपमा ल्होछार पर्व सम्पन्न गर्यो । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (आईसिसी) अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा सोसाईटीका अध्यक्ष शान्त बाबु थोकरको सभापत्विमा सम्पन्न भएको हो ।

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)

अतिथीहरुबीच नै दोहोरी

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित) माघे संक्रान्ति पर्वको अवसर पारेर न्यूयोर्कमा भव्य कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिकाको समन्वयमा न्यूयोर्क च्याप्टरद्धारा आयोजित उक्त कार्यक्रम गत जनवरी १५ तारिख न्यूयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो ।

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी मगर संघ अमेरिकाले अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्व बिशेष रुपमा मनाउने भएको छ । संघको केन्द्रिय समन्वय र च्याप्टर समितिको आयोजनामा आगामी जनवरी १५ तारिख न्यूयोर्क, न्यू जर्सी र बाल्टिमोर साथै जनवरी २२ तारिख सान् फ्रान्सिस्को शहरमा बिभिन्न कार्यक्रम सहित माघे संक्रान्ति पर्व मनाउने कार्यक्रम रहेको छ ।

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा आगामी जनवरी २८ तारिख न्यूयोर्कमा विविध् सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाउने भएको छ । न्यूयोर्कको कुईन्स लङ् आईल्याण्डमा अवस्थित फाईभ स्टार ब्याङ्कैटमा सम्पन्न हुन लागेको उक्त ल्होछार कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आवद्ध बिभिन्न कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न

खालिङ र फिप्ना सम्मानित

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले बार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा संगीत स्रष्टा पविधन खालिङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)लाई बिशेष सम्मान गरिएको थियो ।

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान

संघको विधान र प्रतिष्ठालाई नै धज्जी उडाउने कुचेष्टा

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी जनवरी ८ तारिख आयोजना गर्न लागेको विवादस्पद पुथ्वी जयन्तीलाई दिवसको रुपमा नमनाउन अमेरिकामा स्थापित बिभिन्न संघ संस्थाले संयुक्त रुपमा आव्हान गरेको छ । स्वतन्त्र र गैंर नाफामूलक संस्थाको रुपमा प्रतिष्ठित संघले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रमलाई दिवसकै रुपमा मनाउनुलाई संघकै विधान र प्रतिष्ठाको धज्जी उडाउने कुचेष्टा गरिएको भन्दै संयुक्त संगठनहरुले उक्त कार्यक्रम यथासिघ्र स्थगित गरि फिर्ता लिनु पर्ने बताएकाछन् ।

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम अल्ट्रा धावक मीरा राईलाई जिताउन अमेरिकाको न्यूयोर्कमा एक् कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको अध्यक्ष विष्णु राईको अध्यक्षतामा सम्पन्न भएको हो । नेसनल जियोग्राफी च्यानलको एड्भन्चर्स अफ दि एअर अवार्डको मनोनयनमा परेकी मीरा राई यस प्रकारको प्रतियोगिताामा सहभागी हुने पहिलो नेपाली हुन ।

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’ नेपालकी पुष्पा वस्नेतले ‘सिएनएन सुपर हिरो’ अवार्ड जितेकी छन्। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो। त्यसका लागि नेपालकी पुष्पा बस्नेतसहित अन्य पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए। यसै कार्यक्रमा आफ्नो पकोपकारी कार्य लाई निरन्तरता दिन विजेता पुष्पा वस्नेतले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छन्।

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क नेपाली संगीत क्षेत्रमा भर्सटायल गायकका रुपमा ख्याती कमाएका राजेश पायल राईले आगामी नोभेम्बर १९ तारिख न्यूयोर्कमा भव्य कार्यक्रम गर्ने भएकाछन् । न्यूयोर्कको कुईन्समा अवस्थित गुल्सन टेरेस (ढाका क्लव) मा बेलुकी साँढे आठबजे बाट शूरु हुने कार्यक्रम आईलाई क्रियसनको आयोजनामा सम्पन्न हुन लागेको हो ।

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान नेपाली संघीय समाज अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष समीर मर्हजनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूताबास, न्यूयोर्क लगायत बिभिन्न डेड दर्जन नेपाली संघ/संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न

कलाकार स्मारिका बिमोचित

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न दशैंको अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले न्यूयोर्कमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो । गत अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजित दशैं शुभकामना साँझ-२०१६ मा अमेरिकाका बिभिन्न राज्यबाट जम्मा भएका दुई दर्जनभन्दा बढि कलाकारहरुले फरक फरक प्रस्तुति प्रस्तुत गरे ।

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन कुमार लिङ्देन मिराक नेतृत्वको संघीय लिम्बुवान मंच नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्चले बिरेन्द्र हाङ लाबुङ लिम्बुको अध्यक्षतामा अमेरिका प्रवास समिति गठन गरेको छ । मंचले हिजो अक्टोबर ३ तारिख अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्दै आएका लिम्बु समुदायका सदस्यहरुको सहभागितामा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न

अक्टोबर ७ मा दशैं शुभकामना साँझ

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न नेपाली अमेरिकन कलाकार संघले केहि साता अघि दिवंगत भएका तीन कलाकारको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गर्यो । संघले बरिष्ठ तबलावादक होम नाथ उपाध्याय, चर्चित गायक खेमराज गुरुङ र लोकप्रिय गायक/संगीतकार सुनील बर्देवाको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली निर्वाचित भएकाछन् । न्यूयोर्कको ज्याक्सन हाईटस्मा अवस्थत हिमालयन याक रेष्टुरेन्टमा शनिबार सम्पन्न भएको साधारणसभाले गोपालीसँगै १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम

अगस्त २८ सम्म टिम दर्ता

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम शेर्पा किदुग अमेरिकाको बाषिर्क खेलकुद कार्यक्रम आगामी सेप्टेम्बर महिनाको ३ र ४ तारिख न्युयोर्कमा सम्पन्न हुने भएको छ । हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबर्षको खेलकुदको तयारी र सहभागिता सम्बन्धी जानकारी गराईएको थियो ।

पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी

नेपालबाट सुबास नेम्बाङ्ग प्रमुख अतिथीको रुपमा आउँदै

पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी अमेरिकाको न्युजर्सी राज्यमा सम्पन्न हुन लागेको एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको सम्पूर्ण तयारी सकिएको छ । सम्मेलनकै अन्तिम तयारीको विषयमा जानकारी गराउने उद्देश्यले हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट तथा छलफल कार्यक्रम मार्फत उक्त जानकारी गराईएको होे ।

गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि

गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि गायक गम्बु शेर्पाले गीत/संगीतबाट जे जत्ति अर्थ जगेडा गरेकाछन, त्यो सबै सामाजिक सेवामा लगानी गर्दै आएकाछन् । शेर्पाले हालसालै बिभिन्न ५ देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेर संकलित ८ लाख ६७ हजार ८ सय पच्चिस रुपैया अनाथ बालबालिकाहरुको लागि सहयोग रकम जुटाएका छन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.