शनिवार, कार्तिक ०३ गते, २०७५
Saturday, October 20, 2018
अजव-गजवको नेपाल
-डा. प्रदीप भट्टराई

 
नेपाल सन्दर्भ :
अजव-गजवको नेपाल
-डा. प्रदीप भट्टराई
forth.state@gmail.com

मुलुकमा विधिको शासनको पालना गरेर सभ्य नागरिकको परिचय दिनेभन्दा पनि कानून मिचेर आफूलाई कसैले केही गर्न सक्दैन भन्ने पहुँचको सन्देश दिनमै गर्व गर्ने वातावरण बन्दैछ । मुलुकका गृहमन्त्री नै सडकको डोरी नाघेर बाटो काट्छन् र त्यसमाथि प्रतिक्रिया दिने फेसबुके र ट्विटेहरुलाई विजुली कानून लगाउने उर्दी जारी गर्छन् । राजनीतिक दलहरु चुनावमा जनतालाई छनौटको अधिकारसमेत नदिइ हरुवाहरुलाई उठाएर प्रजातान्त्रिक परिपाटीकै खिल्ली उडाउँछन् र जनतालाई विचरा बनाउँछन् । एकजना बर्दीधारी प्रहरी अधिकृत आफ्नो मर्यादा नै बिर्सेर भाषणबाज बन्छन् र त्यस्तो अनुशासनहिनतालाई पनि आग्रह र पूर्वाग्रहका आधारमा समर्थन मिल्छ । मुलुकको सोसल अडिट गर्ने अख्तियार प्रमुख नै एउटा अर्धव्यावसायिक कार्यक्रमको प्रमुख अतिथि बन्छन् र अख्तियार उलंघन गर्छन् । यसले यहाँ कसले के गर्ने भन्ने भन्दा पनि खराव नजीरको खेती हुदैछ, पहुँचवाला र मिडिया डार्लिंगले यहाँ जे गरे पनि हुन्छ । के यही हो त, हामीले बनाउन चाहेको २१औं शताव्दीको नेपाल ?

मुलुकका गृहमन्त्री वामदेव गौतमले डोरी नाघेर सडक पार गरे । प्रश्न, वामदेवले डोरी नाघेको होइन, मुलुककै कानून व्यवस्था ठीक गर्ने जिम्मेवारी पाएका उपप्रधानमन्त्रीले यति सामान्य नागरिक दायित्व पनि निर्वाह गर्न नसकेर तमासाको पात्र बनेको हो । यही मेसोमा गौतम नांगिने अर्को खेला पनि देखियो, त्यो के भने मन्त्रालय सम्हालेको सुरुदेखि नै एक प्रहरी अधिकृत रमेश खरेलसँग उनी जुँगाको लडाइ लडिरहेका थिए । यति नै बेला, अलि बढी नै हौसिएर बोलेका खरेललाई तह लगाउने मौका पाएका गृहमन्त्रीलाई निर्वाचन आयोगले औठा देखाइदियो । तर, सरकार लागेपछि के लाग्थ्यो र ? प्रहरी प्रधान कार्यालयले आयोग बनाएरै भए पनि खरेललाई नक्साल तानेर गौतमको फेस सेभिंग गरिदियो । प्रहरी अतिरिक्त महानिरीक्षक बन्न ब्रिफकेस बोकेर नायव प्रहरी महानिरक्षिकहरु हिडिरहेको बताएका खरेल कारबाहीमा परे पनि सिफारिसले उनकै दावीलाई पुष्टी गरी दियो । गृहमन्त्री वामदेव भन्छन्, कांग्रेसको बचन राखी दिन प्रहरी नियमावली नै संशोधन गर्नुपर्यो । कांग्रेस भन्छ, वामदेवले तीन करोड खाएर कनिष्ठलाई बढुवाको लागि सिफारिस गरे । एउटा प्रधानमन्त्रीको पार्टी, अर्को  स्वयं गृहमन्त्री । अब कसको कुरा पत्याउने ? जे होस्, यी दुई प्रकरणमा मुलुकका गृहमन्त्री वामदेवको दौराको फेरमा हिलो लागेको छ । हिलोमा खेल्न रहर गर्ने दुस्साहसी वामदेवका लागि कतिञ्जेल शुक्र दाहिना हुने हुन् त्यो भने हेर्न बाँकी छ । तर, मुलुकका गृहमन्त्री नै यसरी तमासाको पात्र बन्छन् भने भनी दिए के फरक पर्ला र? यो अजब गजबको नेपाल हो, यहाँ जसले जे गरे पनि हुन्छ ।  

मुलुकमा आउँदो असार ८ गते चार संसदीय क्षेत्रमा उपनिर्वाचन हुँदैछ । कांग्रेस सभापति तथा मुलुकका प्रधानमन्त्री सुशील कोइरालाको चितवन ४, त्यही पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको कञ्चनपुर ६, एमाले उपाध्यक्ष तथा मुलुकका उपप्रधानमन्त्री वामदेव गौतमको बर्दिया १ र एमालेकै वरिष्ठ नेता माधव नेपालको काठमाडौं २ रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । सत्तारुढ दलका चार ठूला नेताको प्रतिष्ठा दाउमा लागेको यो उपनिर्वाचन ती दलहरुका लागि मधुमासको मिनी जनमत संग्रह पनि हो । तर, चरम अन्तरपार्टी गुटबन्दीको सिकार बनेका यी दुई दलले आसन्न उपनिर्वाचनलाई त्यसरी लिएकै छैनन् । उता, प्रतिस्पर्धा गर्ने हैसियतको प्रमुख प्रतिपक्षी एमाओवादी पनि चरम गुटबन्दीमा रहेकाले सत्तारुढ दललाई त्यति टाउको दुखाइ भएको छैन । यसलाई उनीहरुको पक्षमा देखिएको सुखद संजोगभन्दा अरु के नै पो भन्न सकिएला र ?

काठमाडौं २ मा कांग्रेस र माओवादीले त्यही क्षेत्रमै पराजित क्रमशः दीपक कुइकेल  र लीलामणि पोखरेललाई उम्मेद्वार बनाएका छन् भने एमालेले काठमाडौं ९ मा पराजित कृष्णगोपाल श्रेष्ठलाई काजमा खटाएको छ । यस्तै दशा अन्य निर्वाचन क्षेत्रमा पनि छ । अर्थात्, सत्तारुढ हुन् या प्रमुख प्रतिपक्ष, मतदातालाई छनौटको अधिकार पनि नदिई हारेका उम्मेद्वारलाई नै जबर्जस्ती थोपर्ने काम गरिरहेका छन् । यो आफैंमा दलहरुले अंगिकार गरेको एक किसिमको अप्रजातान्त्रिक कदम त हो नै, सँगसँगै हरुवा उम्मेद्वारको नैतिक धरातलको प्रश्न पनि हो । जब यस्तो प्रश्न सबै जोड र कोणबाट बल्झिन्छ भने भनी दिए के फरक पर्ला र ? यो अजब गजबको नेपाल हो, यहाँ जसले जे गरे पनि हुन्छ ।  

योे मुलुकमा चर्चित व्यक्तित्व हुनलाई आफ्नो काम गरे पुग्छ, अतिरिक्त केही गर्नै पर्दैन । किनकि, यहाँको मूल चरित्र भनेको आफ्नो काम गर्ने हैन, नगर्ने हो । यस्तो आमचरित्र बोकेको मुलुकमा आफ्नो काम गर्नु नै अनौठो मानिन्छ र खबर बन्छ । यसरी नै खबर बनेका र बनाइएका एक ठूला मिडिया डार्लिंग हुन्,  वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेल । उनले एक प्रहरी अधिकृतका रुपमा गरेको कार्य स्तूत्य छ, यसमा दुई मत छैन । तर, त्यति नै कामका लागि उनी यति धेरै उचालिए कि उचालिदा उचालिदै उनलाई आफू चेन अफ कमान्डमा रहनुपर्ने एक वदीधार्री प्रहरी अधिकृत भएको धरातलीय यथार्थ पनि बिर्से । भलै सत्य होला, तर उनले आफ्ना हाकिमहरु ब्रिफकेसमा पैसा बोकेर धाइरहेको सार्वजनिक अभिव्यक्ति दिन मिल्दैन । त्यसका लागि उनले चेन अफ कमान्डमै रहेर सम्बन्धित निकायमा आफ्नो कुरा राख्नु नै विधिसम्मत हो र हुनु पनि त्यही पर्छ ।

यस सन्दर्भमा बिर्सन नहुने पक्ष के पनि हो भने रमेश खरेललाई अति उचाल्ने उत्तोलकहरुले पनि उनलाई धरापमा पारेका हुन् । यसमा मुलुकभित्रका मूलधारको मिडिया, फेसबुके र ट्विटेहरु, खेताला गैससहरु, नाफा घाटाको हिसाव गरेर कुरा उग्राउने खेताला गैससहरु त थिए नै, मुलुकमा साना घरेलु विकास बैंक डुबाएर अमेरिका पुगेका एक तथाकथित भ्रष्टाचारविरोधी अभियन्ता पनि जोडिएका छन् । उनैले आयोजना गरेको कार्यक्रममा खरेललाई यति उत्तेजित बनाइयो कि उनी पदीय मर्यादा नै बिर्सेर भाषण गर्न पुगे । ती अभियन्ताले हरियो सुघाएका जंकिट मिडियाकर्मी पनि यसमा त्यतिकै दोषी छन् । अरुले उचाल्नु एउटा कुरा, आफैं उचालिनु अर्को कुरा । यसमा सबैभन्दा ठूलो कमजोरी कुसल प्रहरी अधिकृत खरेलको हैन, बर्दी बिर्सेर भाषणवाज नेता हुन खोज्ने मिडिया डार्लिंग खरेलको हो । यो पनि एउटा जल्दोबल्दो प्रसंग हो । जब यस्ता प्रश्नहरु नियमित आकस्मिकता बन्छन् भने भनी दिए के फरक पर्ला र? यो अजब गजबको नेपाल हो, यहाँ जसले जे गरे पनि हुन्छ ।  

यो मुलुकमा अनेकौ तमासेहरु छन् । उनीहरुको मूल धन्दा भनेकै पहुँच बनाउनु हो । अनि सहायक धन्दा चाँहि, त्यसलाई आधार बनाएर आफ्नो फौबन्जारी तमासा गर्नु हो । तत्कालिन रानी ऐश्वर्यको कारिन्दादेखि गणतान्त्रिक नेपालको प्रधानमन्त्री सुशील कोइरालाको गुड बुकमा रहेका यस्तै एक तमासेले यसै साता मुलुकमा तामझामका साथ एउटा कार्यक्रम आयोजना गरे । प्रधानमन्त्रीले उद्घाटन र उपप्रधानमन्त्रीले समापन गरेको कार्यक्रममा २० दर्जनजति त अनेक नामका रंगिविरंगी मान सम्मान र पदवि नै बाँडिए । अझै पनि राजतन्त्रको आरति उतार्ने त्यस्ता तमासेको ब्रान्डिंग गर्न  मुलुकका प्रधानमन्त्री र उपप्रधानमन्त्री नै आफ्नौ हैसियत बिर्सेर पुग्छन् भने त्यसमा उनको के दोष ? दोष त यस देशको नियतिको हो क्या रे ? प्रश्न यी हर्कतेहरुको भन्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको हो । उनी मुलुकका अख्तियार प्रमुख हुन् र उनले आफ्नो नाम समेत प्रयोग गरेर कसैका लागि केही गर्न त कुरै छोडौं प्रभावित गर्ने संकेतसम्म गर्न पाउँदैनन् । तर, दुर्भाग्य उनको नाम प्रयोग गरेर भाटभेटनीका मालिकलाई सडकमा स्वागत गेटमात्र लगाउन लगाइएन, अरु पनि धेरैलाई थर्काएर चन्दा उठाइएको गाइगुइँ समेत चल्यो । के यसरी अख्तियार प्रमुखले आफ्नो नाम उपयोग दुरुपयोग गर्न दिन मिल्छ ? यति मात्र हैन, उनी आफैं समापन कार्यक्रममा विशेष अतिथिका रुपमा पनि सहभागी भए ? यसले के सन्देश दियो ? प्रश्न, कार्यक्रमसँग जोडिएका हर्ताकर्ताको सामाजिक छविको त हो नै, त्योभन्दा पनि मूल कु्रा अख्तियार प्रमुखले यसरी आफ्नो नाम उपयोग दुरुपयोग गर्न दिने कि नदिने भन्ने हो । तर दुर्भाग्य, यो देशमा अख्तियारको हिसावकिताव गर्नेले नै आफ्नो हैसियत बिर्सेर त्यस्तो हर्कत गर्छन् भने भनी दिए के फरक पर्ला र ? यो अजब गजबको नेपाल हो, यहाँ जसले जे गरे पनि हुन्छ ।

प्रश्न यो अजब गजबको नेपाल हो, यहाँ जसले जे गरे पनि हुन्छ भन्ने हैन । र, यस्तो प्रवृतिलाई बढावा दिनुपर्छ भन्ने पनि हैन । प्रश्न को आफ्नो र को पराइ भन्ने पनि हैन । न प्रश्न आग्रह पूर्वाग्रहकै हो । प्रश्न के हो भने खराव कार्य र प्रभृति जुन जोड र कोणबाट आए पनि खराव नै हो र त्यसलाई कुनै पनि अर्थमा बढावा दिनु हुँदैन । राज्यको चौथो अंगको एक सदस्य हुनुको नाता, इमान्दारीपूर्वक वाचडगको भूमिका खेल्नु यो स्तम्भकारको कर्तव्य हो । पुरस्कारका नाममा विट जंकिट खानेहरुबाट पत्रकारिता हैन, पत्रुकारिता भैरहेछ र चौथों अंगले चुत्थो अंगको पगरी भिरिरहेछ । यस्तो अवस्थामा अप्रिय नै सही, केही मान्छेहरुले पत्रकारिताको अस्मिताका लागि आगोको बाटो हिड्नुपर्ने हुन्छ, यो स्तम्भकार आफूलाई त्यही विलोम बाटोमा हिडाउँन चाहन्छ । किनकि, पत्रकारिता ट्ेजरी बेन्चमा हैन, अपोजिसन बेन्चमा बसेर गरिने आवाजविहीनहरुको आवाज हो । पत्रकारिताको एक विद्यार्थी हुनुको नाता यति ज्ञान पाउँन कुनै आइतबार पर्खनु पर्दैन । आगे, उनीहरु नै जानुन् ।

(वरिष्ठ सञ्चारकर्मी डा. भट्टराई पछिल्लो समय एभेन्युज टेलिभिजनका एडिटर इन चिफ थिए । सम्प्रति उनी काठमाडौं विश्वविद्यालय, नेपाल र इन्टरनेशनल अमेरिकन युनिभर्सिटी लसएन्जलस, क्यालिफोर्नियाको सम्बन्धनमा किंग्स कलेजमा आमसञ्चार विषय प्राध्यापन गर्छन् । चोटिलो विश्लेषण गर्न रुचाउने उनी प्रेस चौतारी डट कमका लागि नेपाल सन्दर्भ स्तम्भ सम्प्रेष्ण गर्छन् ।  )
 


सोमवार, २०७१ जेष्ठ १९ गते २०:४७ / Monday, Jun 02, 2014 8:47 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

1.   नयाँ शक्तिकी रोल नम्बर २४०
2.   ‘सफ्ट-सेल’ नेपालीका ‘हार्ड-सेल’ कुरा
3.   नाइन इलेवेन : हामी कहिल्यै भुल्दैनौं
4.   टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?
5.   गुडबाइ काडमाण्डू
6.   एनआरएन एनसीसी चुनाव :
7.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
8.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
9.   गुडबाइ काडमाण्डू
10.   भो अति भो, कति दोष दिनु सतीलाई ?
11.   तीतो सत्य, भाइरल र मोदी म्युट
12.   सिन्डिकेट संसार
13.   मोदीको मोफसल भ्रमण
14.   कस्मेटिक क्याटमाण्डू
15.   कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?
16.   अति भो, कति बन्नु
17.   मुखमा तीन 'स'- बगलीमा-'म'
18.   कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
19.   यो कस्तो न्याय ?
20.   तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ
21.   डटकम भाइरल
22.   पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
23.   अजव-गजवको नेपाल
24.   मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
25.   राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
Results 43: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.