आइतवार, असार १० गते, २०७५
Sunday, June 24, 2018
मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
-डा. प्रदीप भट्टराई (नेपाल सन्दर्भ)

नेपाल सन्दर्भ :
 
 "मोदी सपथग्रहण 
 एमालेका मन्त्री, कांग्रेसको जन्ती  "

 
 -डा. प्रदीप भट्टराई 
 
forth.state@mail.com
 
 
 
(प्रधानमन्त्री सुशील कोइराला भन्नलाई सरकारी भनिए पनि एउटा विशुद्ध कांग्रेसी प्रमण्डलको नेतृत्व गर्दै भारतको सद्भावना भ्रमणमा छन् । मोदीको सपथग्रहण समारोहमा भाग लिने क्रममा नयाँदिल्ली पुगेका कोइरालाको भ्रमण दलमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे नअटाए पनि यातायातमन्त्री विमलेन्द्र निधि भने अटाएका छन् । भन्नलाई गठबन्धन सरकार भन्ने, सहमति र सहकार्यको राग अलापेर नथाक्ने तर  भ्रमण टोलीमा भने अन्य दलका मन्त्री भएकै कारण विभागीय मन्त्रीलाई नै बाहिर पार्ने ? यो कुन किसिमको सहमति संस्कृतिको नजीर हो ? यस प्रश्नले एमालेलाई त लाचार देखाएकै छ, कोइरालाले आफ्नो एक्ला चलो रे ब्राण्डलाई अरु उचाइ प्रदान गरेर यो भ्रमणलाई नै एमालेको मन्त्री, कांग्रेसको जन्ती बनाइदिएका छन् ।)
 

एउटा बहुचर्चित भनाइ छ, मित्र फेर्न सकिन्छ, छिमेकी हैन । त्यसका लागि तर्क त गर्न सकिन्छ, बसाइ सरे भैहाल्यो नि । तर, यो व्यक्तिको हैन, मुलुकको सन्दर्भमा हो । यस सन्दर्भमा, नेपालले चाहेर पनि आफ्ना दुई छिमेकी भारत र चीनलाई फेर्न सक्दैन । यी दुई देशका सम्वेदनशीलतालाई सम्वोधन गर्दै आफ्नो हितको पक्षपोषण गरेर नै नेपाल समृद्ध वन्न सक्छ । पहाडसँग कुइनो जुदाएर हैन । छिमेकी फेर्न नसकिने डक्ट्निको नेपाललाई हुनुपर्ने प्रष्ट दिशावोध यही नै हो ।

दसगजा पारिको छिमेकी मुलुक भारतमा सोचेभन्दा ठूलो र अप्रत्यासित जीत दर्ज गरेर भारतीय जनताका पार्टीका करिश्मादार नेता नरेन्द्र मोदी सेभेन रेस कोर्समा आइपुगेका छन् । उनको जीत भारतका लागि त अहम् महत्वको छ नै, दक्षिण एसिया र समग्र विश्वका लागि पनि आफ्नो दिशा र दशा फेर्न या समीक्षा गर्न लगाउने खालको छ ।

मोदीले आफ्नो शासकीय कार्यव्यापार सुरु गरेकै छैनन्, त्यसका तरंगहरु प्रष्ट देखिन थालेका छन् । मुलुक भित्र त सुनामी प्रभाव नै छ, मुलुक बाहिर पनि छाल अनुभव गर्न थालिएको छ । त्यसको पहिलो प्रभाव नै उनले संयुक्त राज्य अमेरिकामाथि पारे । दक्षिणपन्थी ट्याग लगाएर भिसासमेत दिन अस्वीकार गर्दै आएको अमेरिकाका राष्ट्रपति  बराक ओवामाले उनको जीतमा फोन गरेर बधाई मात्र दिएनन्,  निम्ता दिएर रातो कार्पेट ओछ्याउने घोषणा पनि गरे । परम्परागत प्रतिस्पर्धी रहेको चीनका राष्ट्रपतिले राष्ट्रिय हित प्रबर्दन  र ग्लोबलाइजेसनको प्रभावसँग जुध्न मोदीसँगको सहकार्य ऐतिहासिक हुने प्रतिक्रिया दिए । परम्परागत सत्रुता मोलिरहेको पाकिस्तानका राष्ट्रपति नवाज सरिफ त सारा  सत्रुता बिर्सेर मोदी सपथ ग्रहणको छड्के साक्षी बस्न नयादिल्ली नै आइपुगेका छन् । यी यस्ता प्रतिनिधिमुलक तरंग हुन्, जसले भारतको अन्तराष्ट्रिय  महत्व स्थापित गर्न निर्णायक भूमिका निर्वाह गर्न सक्छन् । संविधानतः अप्रत्यक्ष भए पनि प्रत्यक्षजस्तै आफ्नो उम्मेद्वारी प्रस्तुत गरेका मोदीले जनताको अपार मतले मुलुक त फत्तेह गरे नै, आफ्नो सपथ ग्रहणमा मिनी साइडलाइन सार्क सम्मेलन नै आयोजना गरेर सार्कमा भारतीय प्रभुत्वको कुटनीतिक अभ्यास पनि गरे । विहानीले दिउसोको संकेत गर्छ भनेझैं यो कूटनीतिक चालमार्फत् उनले आफ्नो वजनदार सत्ताआरोहणको प्रमाण पनि प्रस्तुत गरे ।   

सार्कको संस्थापक सदस्य राष्ट्रका  रुपमा नेपालले पनि मोदी सपथग्रहणको निम्ता पायो । सरकार प्रमुखका हैसियतले गठबन्धन सरकारका प्रधानमन्त्री सुशील कोइराला निम्ता कबुल पारे दिल्ली उडे । दक्षिणी छिमेकी मुलुक भारतको गुड बुकमा नपरेका कोइरालाका लागि यो एउटा सुनौलो मौका थियो । त्यसमा पनि राजतन्त्रका बारेमा लगभग समान धारणा राख्ने मोदी र कोइरालाबीच वेभलेन्थ साट्न यो आफैंमा एउटा अवसर पनि हुनसक्थ्यो । मोदीको चुनावमा पूर्वराजा ज्ञानेन्द्रले पाँच करोड चन्दा पठाएको बजार चर्चा अनि गाईवादी कमल थापाले मोदीलाई पुष्पगुच्छा चढाएको फेस बुके तस्विरले चर्चा पाएको बेला यो भेटको अरु अर्थ पनि ननिकाल्न सकिने हैन । मोदीका लागि लुकाउनुपर्ने एजेन्डा नै छैन, उनी नेपाल हिन्दुराष्ट् रहोस् भन्ने चाहन्छन् , अनि त्यसका लागि राजा अपरिहार्य हो भने त्यसमा पनि उनी सम्झौता गर्न अप्ठ्यारो मान्दैनन् । राष्ट्रिय स्वर्यसेवक संघको एक अनुशासित स्वयंसेवक हुनुको नाता यो उनको प्रिय चाहना हुनु अस्वभाविक हैन । तर, सबै प्रिय चाहना पूरा हुन्छन् नै भन्न सकिन्न । अझ, एउटा हिन्दूवादी संघको स्वयंसेवकका रुपमा उनको यस्तो चाहना हुनु एउटा कुरा हुन्छ, तर भारतको प्रधानमन्त्रीका रुपमा त्यो चाहना नहुन पनि सक्छ । किनकि, यसमा व्यक्ति हैन, मुलुक जोडिएको हुन्छ ।

मुलुक नै सर्वस्व ठान्ने मोदीले यति सानो कुरा पनि बुझेका छैनन् होला भनेर पत्याउनु गाह्रो हुन्छ । तर, उता मोदी आएकै बेला यहाँका अतिवादी हिन्दू राजावादीहरु सुन्निएर मोटाउने चाहना राख्न सक्छन् । यद्यपि, मोटाउनु एउटा कुरा हो, सुन्निएर मोटाउनु फरक कुरा हो । यदि कसैले यो यथार्थ बुझ्दैन भने नबुझ्नेहरुका लागि त्यो उनीहरुकै गतिलो भुल हो । जे होस्, छिमेकी फेर्न नसकिने र नेपाल भारतको विशेष सम्वन्ध रहेको मुलुक हुनुको अर्थ भारतमा फरक सोच र कोणको सत्ता आरोहणले यहाँको सोच र कोणमा पनि स्वभावतः फरक पार्न सक्छ । त्यसको आवृति के हुन्छ, अहिलेका लागि पर्ख र हेर नै त्यसको लागि उपयुक्त रणनीति हुनसक्छ ।

प्रसंग, मोदी सपथ ग्रहण समारोहमा नेपाल सरकारको प्रतिनिधित्वको हो । प्रतिनिधित्व सरकार प्रमुखका हैसियतले सुशील कोइरालाले गर्दैछन्, गर्नुपर्थ्यो  यो स्वभाविक हो । तर, यो पनि सत्य हो कि यो सरकार गठबन्धनको सरकार हो । र, त्यसमा झण्डै हाराहारीकै शक्ति लिएर नेकपा एमाले सत्तारुढ छ । अझ त्यसमा पनि परराष्ट्र  मन्त्रालय नै एमालेको कोटामा छ र त्यो कोटा एमालेका प्रभावशाली पोलिटब्यरो सदस्य महेन्द्रबहादुर पाण्डेले भरेका छन् । प्राध्यापन पृष्ठभूमी भएका पाण्डे त्यस कोटाका लागि तुलनात्मक रुपमा योग्न हैनन् पनि भन्न सकिन्न । तर, प्रश्न के हो भने छिमेकी मुलुक भारतमा सत्ता परिवर्तन भएको बेला आयोजना भैरहेको त्यति महत्वपूर्ण समारोहमा भाग लिने प्रतिनिधिमण्डलमा नेपालले किन आफ्नो परराष्ट्रमन्त्रीलाई  सहभागी गराएन ? ल ठीक छ, प्रधानमन्त्री नै जाँदैछन्, मन्त्री किन गएर जम्वो प्रतिनिधिमण्डल बनाउने रे ? त्यसो भएर सहरी विकास र यातायात मन्त्री विमलेन्द्र निधिलाई चाँहि किन लैजानु पर्यो त ? प्रश्न यसरी पनि गर्न नसकिने हैन । भन्नलाई गठबन्धन सरकार भन्ने, सहमति र सहकार्यको पाठ पनि पढाएर कहिल्यै नथाक्ने, प्रधानमन्त्री सुशील कोइरालाले यो भ्रमण टोलीमा विभागीय मन्त्रीलाई नै बाहिर पारेर कुन किसिमको सहमति संस्कृतिको उदाहरण प्रस्तुत गरेका हुन् ? रुपमा यो एउटा सामान्य प्रश्न जस्तो देखिए पनि सारमा यो एउटा गम्भीर प्रश्न हो । ल ठीकै छ, विभागीय मन्त्रीलाई त पाखा गरे रे, गठबन्धन सरकारका अन्य घटकका कोही सांसदलाई प्रतिनिधिमण्डलमा त पार्न सकिन्थ्यो । कोइरालाले त्यसो पनि गरेनन् र दुई दुई जना आफ्नै पार्टीका सांसदलाई लिएर उडे । त्यसमा पनि दुबै कोइराला पारे, शंशाक कोइराला र सुजाता कोइराला । यसरी हेर्दा, यो सरकारी प्रमण्डल भनिए पनि सारमा यो कांग्रेस प्रमण्डल र अझ त्यसमा पनि कोइराला प्रमण्डलजस्तो देखियो । के यही सहमति र सहकार्य संस्कृतिको नजीर हो ।

यो त कांग्रेसको पाटो भो । यसमा एमालेले चाँहि के गर्यो त ? सरकारमा आफ्नो पार्टीको विभागीय मन्त्री हुँदाहुँदै पनि भारत भ्रमणको प्रतिनिधिमण्डलमा एमाले सहभागी नहुनुको तर्क र औचित्य के हो त ? प्रश्न यी दुई मात्र हैन, यो कोणबाट एकपछि अर्को गरेर अनेकौ उठाउन सकिन्छ । हो, यी प्रश्हरुको बेटुक उत्तर त दिन नसकिएला तर अनेक अनुमानित उत्तरहरु प्रस्तुत गर्न सकिन्छ । पहिलो, कांग्रेसले आफ्नो परम्परागत भारतीय शुभचिन्तकलाई एकलौटी भेट्न खोजेर सहयात्री एमालेलाई अविश्वास गरेको हो । दोस्रो, एमालेलाई हेपेको हो र एमाले हेपिएकै हो । तेस्रो, एमाले आफैं अन्तरपार्टी संघर्षमा रुमलिएकाले कांग्रेससँग आफ्नो औचित्य र उपादेयता पुष्टि गर्न नसकेको हो । चौथो, एमालेले भारत र यो कूटनीतिक भ्रमणको महत्व नै नबुझेको हो । पाँचौ, एमाले अझै पनि भारतको विरोध गरेर लालबुझक्कड हुने राष्ट्रवादी चिन्तनबाट मुक्त नभएको हो । छैठौं, नरेन्द्र मोदीको हिन्दूवादी अनहुार हेर्दा आफ्नो धर्मनिरपेक्ष अनुहारमा दाग लाग्नसक्ने भोट बैंकको राजनीतिबाट एमाले तर्सेको हो ? यी र यस्तै हाइपोथेसिसको लामो सूची तयार गर्न सकिन्छ । तर, जबसम्म अनुसन्धानका विधि र तौरतरिकाबाट यी हाइपोथेसिस परीक्षण गरिदैन, तबसम्म अनुमानका खेती लगाउने क्रम मात्र जारी रहन्छ । त्यसबाट चुरो उत्तर भने निकाल्न सकिन्न ।

सारमा यो प्रकरणमा एमालेले एउटा अस्तित्वको गौडा मात्र हारेको छैन, कूटनीतिक महत्वको एउटा अहम् अवसर पनि सदुयोग गर्नबाट चुकेको छ । भारतीय कोणबाट हेर्दा, एमालेले भारतको नवानिर्वाचित मोदी सरकारलाई दिन सक्ने कूटनीतिक जेस्चर नै गुमाएको छ । यसमा एमाले त भुस भएकै छ, सुशील कोइरालाको एक्ला चले रे, ब्राण्डको अव्यवहारिक सोचको पनि अर्को तुना फुकेको छ । सुकुनी चालमा रमाउने सुशील कोइरालाबाट त योभन्दा फरक के आशा गर्न सकिन्थ्यो र, यसबाट आफूलाई मध्यमार्गी कूटनीतिज्ञ ठान्ने एमालेको पनि खुट्टी मजैले देखिएको छ । त्यसैले पनि फेरि एकपटक भन्न सक्ने ठाउँ मिलेको छ, एमालेको खुट्टी देखेर नै पत्याइयो ।
आगे उनीहरु नै जानुन् । 

 
 
(वरिष्ठ सञ्चारकर्मी डा. भट्टराई पछिल्लो समय एभेन्युज टेलिभिजनका एडिटर इन चिफ थिए । सम्प्रति उनी काठमाडौं विश्वविद्यालय, नेपाल र इन्टरनेशनल अमेरिकन युनिभर्सिटी लसएन्जलस, क्यालिफोर्नियाको सम्बन्धनमा किंग्स कलेजमा आमसञ्चार विषय प्राध्यापन गर्छन् । चोटिलो विश्लेषण गर्न रुचाउने उनी प्रेस चौतारी डट कमका लागि नेपाल सन्दर्भ स्तम्भ सम्प्रेष्ण गर्छन् ।  )
 

 

 
 


सोमवार, २०७१ जेष्ठ १२ गते १९:१९ / Monday, May 26, 2014 7:19 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

1.   नयाँ शक्तिकी रोल नम्बर २४०
2.   ‘सफ्ट-सेल’ नेपालीका ‘हार्ड-सेल’ कुरा
3.   नाइन इलेवेन : हामी कहिल्यै भुल्दैनौं
4.   टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?
5.   गुडबाइ काडमाण्डू
6.   एनआरएन एनसीसी चुनाव :
7.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
8.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
9.   गुडबाइ काडमाण्डू
10.   भो अति भो, कति दोष दिनु सतीलाई ?
11.   तीतो सत्य, भाइरल र मोदी म्युट
12.   सिन्डिकेट संसार
13.   मोदीको मोफसल भ्रमण
14.   कस्मेटिक क्याटमाण्डू
15.   कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?
16.   अति भो, कति बन्नु
17.   मुखमा तीन 'स'- बगलीमा-'म'
18.   कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
19.   यो कस्तो न्याय ?
20.   तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ
21.   डटकम भाइरल
22.   पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
23.   अजव-गजवको नेपाल
24.   मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
25.   राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
Results 43: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.