शनिवार, मंसिर ०९ गते, २०७४
Saturday, November 25, 2017
एनआरएन–नेतृत्व
-प्रशान एलुङ् राई

एनआरएन–नेतृत्व
-प्रशान एलुङ् राई
meetprashan@gmail.com

गैर–आवसीय नेपाली संघ (एनआरएन), अमेरिकाको आसन्न निर्वाचन नजिकदै जाँदा नेतृत्वको लागि चुनावी गर्मागर्मी ह्वात्तै बढेको छ । यो गर्मीले जुन ९ तारिखको मध्येरात सम्ममा धेरै उम्मेदवारहरुको सर्दी फ्याँक्ने पक्का छ भने पुगनपुग १० महिने कार्यकालको लागि निर्वाचित नेतृत्वपंक्तिलाई असिनपसिन हुने निश्चित् छ । 
सन् २००६ सालमा औपचारिक दर्ता पाएको एनआरएन, अमेरिका स्थापनाको ७ बर्षपछि एकै चोटी यो रफ्तारमा हुँइकिदैछ । यो गति स्वयम्मा गलत नै त होइन, तथापी भविष्यमा ब्याक गियरमा फर्किनु पर्यो  भने यसको क्षती अपुरणिय हुने देखिन्छ । यसर्थ हामीले आवश्यक मैदान, क्षमता र भार थेग्ने कंक्रिडभूमी बनाईसकेका छौं या छैनौं ? कतै हामी अलि छिटो पो भयौं कि ? कतै आत्तियौं कि ? झट्ट सुन्दा नमिठो लाग्ने तर यथार्थपरक प्रश्न यहि हो ।
यो अमेरिकी भुमीमा हामी नेपाली इतिहास बनाउने क्रममै छौं । यो इतिहास निमार्णको हिस्सेदार हामी सबै हौं । पछिल्लो समय यो कोलम्बसले कोतर्दै भस्मे फाँडेर बस्ती बसाएको आप्रावासीभूमी अमेरिका एनआरएनमय बनेको छ । नेतृत्वका लागि अघिल्लो पंक्तिमा उभिएका उम्मेदवारहरुलाई भ्याई–नभ्याई छ । मानौं यो दौंडमा एक पाइला पनि पछि पर्नु हुन्न, हुँदै हुन्न । देशको प्रत्येक राज्यमा छरिएर रहेका नेपालीहरु समक्ष उनीहरु आफ्नो प्रतिबद्धता र घोषणा-पत्र लिएर पुगेकैछन् । यो माहौलले अझ नजिकबाट एउटा नेपालीले अर्काे नेपालीलाई जोड्न पाएकोछ । लाग्छ, तिनका सुख–दुःख बाँड्न पाएकोछ । यो प्रवासभूमीमा हामी नेपाली जातीले एक-अर्कालाई यत्ति गर्न पाए लाख हुन्छ । पाखुरी बजारेर छाक टार्नु त आफैले  छदैछ । यो फ्रयाङ्कलिन रुज्वेल्टले श्रम गर्न सिकाएको बस्ती हो । यो मार्टिन लुथरले समानताको लागि कोरलेका सपनाको शहर हो । परार सेतो दरबार छिर्नु अघि फरक रङधारी बराक हुसेन ओबामाले यसै भनेका थिए–“यो देश हामी सबैको हो ।”
विभिन्न् कारणहरु सुट्केस र झोलामा बोकेर देश छोड्ने हामी नेपालीहरु विश्वका सय भन्दा बढि देशमा प्रवासी जीवन बाँचीरहेकाछौं । अवसरहरुको भूमी (ल्याण्ड अफ अपरच्यूनिटी) भनेर चिनिएको यो शक्तिशाली मुलुकमा हाम्रो बसाई त्यत्ति पुरानो भने हुँदै होइन । तथापी हाम्रो संख्या बढेसँगै हामीमा सामुहिक एकताको खाँचो पर्यो  । मातृभूमीप्रति किङकर्तव्यविमुख हुन नसकेर “लौन केहि गरौं” भन्ने भावनाले विभिन्न संस्थाहरु खोलिए । जाति, क्षेत्र, बर्ग, पार्टी अनि अनेक झुण्डहरुमा हामी बाँडियौं हामी यहाँ पनि । त्यो समयको माग थियो या सामाजिक भाग बण्डा समयले नै बताउँला । तर यत्तिबेलाको एनआरएन मुभ्मेन्ट यस्तो स्वयम् सिद्धतथ्य बन्न सकोस् जो समग्र नेपालीको हक, हित र अधिकारको लागि लड्ने निर्विकल्प साझेदारी संस्था  होस् । एउटा सदस्यलाई यत्ति भए पुग्छ । 
यता उम्मेदवारहरुको प्रतिबद्धता र घोषण–पत्र हेर्दा लाग्छ,–एनआरएन, अमेरिकामा क्रान्ति आउने निश्चित्प्रायः छ । बिशुद्ध सामाजिक सेवाभावले त्यत्तिका कार्य गर्ने जुन अठोट उम्मेदवारहरुले राखेकाछन् स्वयम्मा प्रसंशानीय छ । जुन ठाउँ र पदमा बसेर तलब, भत्ता र सुविधा शून्यप्रायः छ त्यसको लागि यत्तिका प्रतिबद्धताहरु पूरा गर्नलाई यहाँहरु सबैले जुन उत्साह र अठोट लिनु भयो यहाँहरु सबैलाई पुग–नपुग ४ हजार मतदाताहरुको मात्रै होइन दुई लाख भन्दा बढि एनआरएन, अमेरिकीहरुको स्यालुट छ । पाउने केहि होइन, सिर्फ  दिने ठाउँ हो यो एनआरएनको नेतृत्वदायी भूमिका । यहि स्वार्थ हुनु पर्छ तपाईहरुमा । यदि लिने स्वार्थमा तपाई एनआरएनको काँध टेकेर उभिने कोशिस गर्दै हुनुहुन्छ भने आजको मितिसम्ममा तपाई जो कोहिले आर्जेको सामाजिक मर्यादा, नैतिक बल र सम्मान ध्वास्त हुनेछ । यसैले चुनौतीपूर्ण छ तपाईको उम्मेदवारी । खतरामा छ तपाईको नाम, काम र सम्मान आदि इत्यादि... ।
१० महिने कार्यकालको लागि साँढे ४ दर्जन उम्मेदवारहरु मैदानमा रहनु प्रजातान्त्रिक र सुखद पक्ष नै मान्नु पर्छ । तर के थेग्न सक्छ त यो उत्साहले एनआरएन, अमेरिकाका बाँकी बर्षहरु ? जित्नेहरुले आनन्दको श्वासप्रश्वास फेर्दै गर्दा पराजित अनुहारहरुमा उस्तै सन्तोषको चमक देखिन्छ त ? के त्यो सम्भव हुन्छ, संवेदना बोकेको मान्छेको हृदयभित्र ?
चुनावी लहरका तस्बिरहरुमा छाएका उज्यालो अनुहारहरु चुनावी परिणाम पछि पनि त्यस्तै चम्किलो बनोस् । फेसबुक र ट्वीटरमा हातेमालो गरेका तस्बिरहरु जस्तै जुन ९ पछिका दिनहरुमा सहकार्य गर्दै जानुहोस् । त्यत्तिबेला तपाई एउटा हारेर हामी सारा एनआरएनहरु जित्नेछौं । हामी तपाईको विजयमा जयजयकार गर्न तयार छौं के तपाई हाम्रो त्यो जीतमा रमाउन सक्नु हुन्छ ?
एनआरएन, अमेरिकामा “एकपटकको नेपाली, सधैंका लागि नेपाली” यो एउटा मूल मन्त्र जस्तै बनेकोछ यत्तिबेला । प्रायः हरेक उम्मेदवारले यसैलाई शिरोधार्य गरेर आफ्ना प्रतिबद्धताहरु सार्वजानिक गर्नु भएको छ । राष्ट्र, राष्ट्रियता र स्वाभिमानमाथि तपाईको कत्रो गर्व ? यसले हाम्रा छातीहरु कति फराकिला र चौडा भएकाछन् । यहि नाराले हाम्रा शीरहरु कति उँचो भएकाछन् । यसलाई साकार पार्न पनि तपाई हाम्रो लागि नेतृत्वदायी भूमिकामा अघि–अघि लाग्नुहोस् । सारा प्रवासी मनहरु तपाईका पछि-पछि लाग्नेछन् । हामी तयार छौं हाम्रो हितमा तपाईले उठाउनु भएको हरेक मुद्धामा सहिछाप र ल्याप्चे लगाउन । 
अलग–अलग कारण र पृष्ठभूमी बोकेर हामी यो देशमा ओतिएकाछौं । यो पातालभूमीमा बसेर हामीले देख्ने सपनाहरु त्यो सात समुन्द्रपारीको गाउँ र बस्तीहरुकै हो । हामीले सपनामा देख्ने बस्तीहरु भत्किदै गर्दा हामी यो अग्लो भवनको माथ्लो तल्लाबाट पल–पल डङ्रङ्गै खस्ने गर्छौ । हाम्रा साझा सपनाहरु उठाउन तपाईले केवल कदम उठाउनुहोस् लाख पाइलाहरु पछि-पछि लाग्नेछन् । देश भनेको भूगोल मात्र पनि होइन, छातीमा देश बोकेर बाँचेका हामीलाई प्रत्येक चोटी उता देश दुख्दा यता हामीलाई पनि दुखेकै हुन्छ । जत्ति जत्तिबेला हाम्रो राष्ट्र, राष्ट्रियता र स्वाभिमान दुख्छ त्यत्तिबेला तपाई झिल्को भएर अघि बढ्नुस् हामी आगो भएर झोसिन तयार छौं । उत्तरको बादशाह भनाउँदो चीन शान्त त छ तर किन किन उसलाई पनि हाम्रो देशको उन्नतीमा रमाउन सक्दैन । दक्षिणको छिमेकी भारत साह्रै चतूर छ अनि त उसैको इशारामा हामी चल्नु पर्छ । तपाई पनि उनीहरुको मौनता र चतूरतामा शंक गर्नुहोस । हाम्रो निगरानी छ छदैछ । उता सिमानामाथिको जंगेपिलर भकाभक उखेलेर हाम्रो देशलाई मेरो हो भन्छ छिमेकी-यत्तिबेला खबरदारी गर्नुहोस् । हामी हाम्रो बुत्ताले भ्याए जत्ति जंगेपिलर उखेलिनबाट बचाउँला । अरु केहि गर्नु पर्दैन, हाम्रो सरोकारका विषयहरुमा तपाई औंला मात्र ठढाउनुहोस्, हामी मुठ्ठी कसेर जुलुस गर्न तयार छौं । 
र अन्तमा,
ढिलै भएपनि अमेरिकामा एनआरएन यसरी जरा-जरामा पुगेकै छ । यहि धरातलबाट शूरु गरौं जहाँ-जहाँ खाँचो र खाल्डो परेको छ । तर किमार्थ यो संस्थालाई जात, धर्म, बर्ग, क्षेत्र र राजनीतिको रंङ् नलागोस् । यो यस्तो घिन लाग्दो रङ्ग हो जसलाई पोते पनि कालै देखिन्छ । हामी त्यो कालो मान्छे नबनौं । 
हामी सफेत मान्छे ।
यसपाली
पनि यत्ति । 
 


बुधवार, २०७१ जेष्ठ ०७ गते १८:३६ / Wednesday, May 21, 2014 6:36 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समय सन्दर्भ
1.   समय सन्दर्भ : आऊ मिलाऔं हाम्रा हातहरु
2.   यस कारण ईन्स्योरेन्स “आतंक”
3.   समय सन्दर्भ : नेहालाई न्याय
4.   समय सन्दर्भ : छ कोहि ?
5.   समय सन्दर्भ – “छ हिम्मत ?”
6.   सक्छौं त पहाड थाम्न ?
7.   झुम्लावाङ्गमा 'नजर'
8.   'हुस्' ! विमला
9.   देश र दशैं
10.   ऊ...तुलसी घिमिरे
11.   तेरिया तरङ्ग
12.   छड्के : हामीलाई घट्दो क्यामेरा मोह
13.   समय सन्दर्भ : खस्रा खरेल
14.   एनआरएन–नेतृत्व
15.   शोकाकुल सगरमाथा
16.   नयाँ बर्ष
17.   कीतिमार्नी क्रिकेटर
18.   गौरीलाई : यता बाई-उता हाई
19.   ...उता दिलशोभा दुख्दा
20.   सारंगी रुदैछ....
21.   डाक्टर साप, ऊ मर्न लागेको छ
22.   “फुल टाइमर जोर्नालिष्ट”
23.   "दिल्ली दौडाह"
24.   "वेम्बलीमा नेपथ्य"
25.   राहतमा राजनीति
Results 37: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.