शुक्रवार, बैशाख १४ गते, २०७५
Friday, April 27, 2018
राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
डा. प्रदीप भट्टराई

राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ

-डा. प्रदीप भट्टराई 
forth.state@mail.com

समाचार के हुन्छ र के हुँदैन भन्ने सन्दर्भमा एउटा बहुचर्चित भनाइ छ, कुकुरले मान्छेलाई टोक्यो भने समाचार हुँदेन तर मान्छेले कुकुरलाई टोक्यो भने समाचार हुन्छ । अमेरिकी पत्रकार चार्ल्स एन्डरसन डानाले आजभन्दा १५२ वर्षअघि १८७२ मा भनेको यो भनाइको आसय प्रष्ट छ, मान्छेले कुकुरलाई टोक्ने जस्तो अनौटो काम भयो भने मात्र त्यो समाचार बन्छ ।

समाचारकै बारेमा अझ अगाडि सन् १८३३ मै पेनी प्रेसका प्रवर्तक बेन्जामिन डेले भनेका छन्, सेक्स, क्राइम, भ्वाइलेन्स सदावहार समाचार मेनु हुन् । पछि, अर्का महान पत्रकार जोसेफ पुलित्जरले त्यसमा सेलिब्रिटी पनि थपिदिए । चौथो मेनु थपेको पनि सय वर्ष बितिसक्यो, यधपी  समाचारको पिरामिडमा यिनीहरुको स्थान तलमाथि भएको छैन ।

समाचारकै बारेमा अर्को एउटा एन्टी थेसिस पनि विचारणीय छ, तथ्य, इतिहास, गसिफ, प्रोपागान्डा र साहित्य समाचार हुँदैनन् । कारण प्रष्ट छ, त्यसमा समाचारका तीन आधारस्तम्भ टाइम्लिनेस, प्रोक्सिमिटी र हुमनइन्टरेस्ट  हुदैन ।

समाचारकै सन्दर्भमा अर्को पनि एउटा महानतम् भनाइ छ, महानतम् पत्रकार पुलित्जरको, कि समाचार हुन्छ कि बनाइन्छ । अर्थ प्रष्ट छ, प्राकृतिक रुपमा समाचार हुन्छन् , कृत्रिम रुपमा समाचार बनाइन्छ । पहिरो जान्छ, पहिलो कोटिको समाचार हो, विवाह हुन्छ, दोस्रो कोटीको समाचार हो । पछिल्लो कोटीको समाचारलाई स्युडो समाचार भन्छन् अमेरिकीहरु । आमसञ्चार नै अमेरिकी उत्पादन भएकाले हामीले उनीहरुकै कुरा थ्यौराइजिंग नगरी सुखै छैन ।

आमसञ्चार र पत्रकारिताका सिद्धान्त अध्ययन गरेका र बुझेकाका लागि यी सर्वकालिन सत्य हुन् । तर, नबुझेकाले तर्क, त्यो पनि कुतर्कका हैसियतमा जति पनि गर्न सक्छन् । किनकि, नेपाली पत्रकारिता त यस्तै हुलले हाँकिरहेको छ भने नेपाली चलचित्र पत्रकारिताको कुरा त धेरै टाढाको कुरा भयो । आधा गाग्रो पानी त छचल्किने हो, रित्तो गाग्रोले के गर्ने ठोक्किने र बज्ने हो । अनि त्यस्तै रित्ता गाग्राहरु जन्ती जर्नालिज्मको स्तरमा ओर्लदा गाग्राहरुको कर्कश स्वर आउने हो । नेपालमा यस्ता स्वरु झ्याउकिरी नबास्ने मौसममा पनि अनेक पटक बजेका हुन् । पात्र फरक हुन सक्छन्, तर त्यसमा कुनै कमी आएको छैन । पछिल्लो डट कम सी पी -कट एन्ड पेस्ट पत्रकारिताले त्यसलाई अझ फैलाएको हो अवस्था हो अहिले ।  
इन्टरनेसनल अमेरिकन युनिभर्सिटीका लागि किंग्स कलेजमा मास कम्युनिकेसन्स पढाइ रहदा होस् या काठमाडौं युनिभर्सिटमिा टेलिभिजन स्टडिज अध्यापन गरिरहदा, गत साताभरि समाचारका सन्दर्भमा यस्ता धेरै सैद्धान्तिक प्रश्न आए । र, उदाहरणका रुपमा राजेश हमालको विवाह प्रसंग पनि बाराम्वार आइरह्यो । सामान्य बेलामा त राजेश हमाल यहाँ सदैव चलचित्र बिटका सेलिब्रिटी हुन् भने पाको उमेरमा विवाह गरिरहेका उनी यसै पनि सिलेक्टिभ रियालिटी हुन् । यस अर्थमा मात्र हैन, समाचार र गसिप नछुट्याउनेहरुका लागि यो या त्यो कलेभरमा उनी सदैव लेखिने सदावहार मेनु नै हुन् । अझ,  केही समययता त महानायक अवतारमा उनको यो मेनु राम्ररी चलेकै पनि छ ।

विवाह के हो ? यो आफैंमा बेटुक प्रश्न हैन । त्यसैले यसको बेटुक जवाफ पनि हुँदैन । किनकि विवाह बहुआयामिक छ । यसलाई हेर्ने अक्सिडेन्टल र ओरियन्टल दृष्टिकोण छ । अक्सिडेन्टल दृष्टिकोणमा विवाह वैधानिक वेश्यावृतिको लाइसेन्स हो । पूर्वीय मान्यताले भन्छ, यो संस्था निर्माणको प्रक्रिया हो । यी दुबै दृष्टिकोण सही हुन् पनि, हैनन पनि । कविवर इश्वर वल्लभले भनेझैं, आगोका फूलहरु हुन्, आगोका फूलहरु हैनन् । अझ यिनीहरु पनि कुनै कालखण्डका सीमित परिभाषा हुन् । आमसञ्चारमा टाइम एन्ड स्पेस महत्वपूर्ण हुन्छ । त्यसले नै कन्टेक्स्ट बनाउने हो । आजको कन्टेक्स्टमा हेर्दा यो प्रश्न आफैंमा एक आमसञ्चारको थेसिस प्रश्न हो । यस्तो प्रश्नले एक आयामिक उत्तर मात्र दिन सक्छ, बहुआयामिक हैन ।
हामी पनि डोमिनेन्ट पाराडाइमबाट अल्टरनेटिव पाराडाइममा पाइतो सरेका छौं । आमसञ्चारमा यसलाई पाराडाइम सिफ्ट भनिन्छ । यही सिफटले हाम्रो सोच र कोणलाई थेसिसबाट एन्टी थेसिसमा डोहोर्याएको छ । परिणामतः त्यही विवाहसँग सम्बन्धित प्रश्न पनि अब विवाह के हो ? हैन, विवाह के हैन चाँहि हो ? अहिले हामी यो प्रश्नको बहुआयामिक उत्तर खोज्ने जमानामा छौं । विवाहको सन्दर्भमा यही नै सही एन्टी थेसिस प्रश्न पनि हो ।

नायक राजेश हमालले रिलमा अनगिन्ती विवाह गरे । रियल विवाह चाँहि यो पहिलो हो । यसले उनलाई रिलको सेटबाट रियलको सिटमा झार्छ र त्यही कोणबाट सोच्न बाध्य पनि पार्छ । अर्थात्, उनको लागि पनि यतिबेला विवाह के हो ? यो प्रश्न रहेन, विवाह के हैन ? चाँहि अहम् प्रश्न बनेको हुनुपर्छ ? यो आफैंमा एक बहुआयामिक प्रश्न भएकाले उनले पनि त्यही कोण र सोचबाट उत्तर नखोजी धरै छैन ।

अन्ततः राजेशको विवाह हुने भयो, मधु भट्टराईसँग । त्यसको घोषणाका लागि काठमाडौंको चारतारे होटल शंकरमा एउटा नाटकीय कार्यक्रम आयोजना गरियो । पत्रकार सम्मेलनजस्तो कार्यक्रममा सञ्चारकर्मी सामु राजेशले मधुसँग विवाहको प्रस्ताव राखे । उनले स्वीकारिन् अनि राजेशले आमाको नासो गहना लगाइ दिए । यसरी एक टेकमै ओके भएर राजेशको भावनात्मक विवाह भयो । अब कहिले भोज खुवाउने, कहिले हनिमुन मनाउने, कहिले सिन्दुर लगाउने, त्यसको अर्थ उनको निजी जीवनसँग होला, अरुलाई खासै महत्व नहुनुपर्ने हो । तैपनि बाँकी कार्यक्रम सार्वजनिक भएको छ, १४ गते भोज खुवाउने, १५ गते राजेश दुई हप्ताका लागि अष्ट्रेलिया  जाने अनि फर्केर आएर मात्र हनिमुनको बारेमा सोच्ने । यतिका वर्षपछि विवाह गर्दा पनि विवाह भोज खुवाएर दुई साता एक्लै बाहिर जाने अनि फर्केर हनिमुनका बारेमा सोच्ने । यो अनिश्चित योजनाले पनि राजेशको जीवनको तदर्थवाद सकिएको रहेनछ भन्ने संकेत गर्छ । यसको अर्को पाटो पनि हुनसक्छ, अझै उनी घरायसीभन्दा बढी व्यावसायिक नै रहेछन् । यो उनको निजी मामला होला । तर पनि राजेशजस्तो सार्वजनिक व्यक्तित्वको कति मामला निजी र कति सार्वजनिक हुने ? यो आफैंमा सदावहार वहसको विषय हो ।

जे होस्, राजेशको विवाहले चलचित्र पत्रकारहरुको एउटा स्थायी प्रश्नको भने हठात् मृत्यु भएको छ, त्यो हा, राजेशजीे विवाह कहिले गर्ने ? यससँगै यो दामलीका अन्य पुच्छ्रे  प्रश्न पनि लगभग सकिएका छन् । तर, केही दिनपछि फेरि अरु प्रश्न जन्मिनेछन्, हनिमुन कस्तो भयो ? अनि नौ महिनापछि त फेरि अर्को गजवको प्रश्न हाजिर भैहाल्छ, बाबु कहिले हुने ? यसरी राजेश हमाल एउटा अन्त्यहीन प्रश्नहरुको श्रृंखलामा फसिरहनेछन् । किनकि, नेपाली पत्रकारिता समाचार र गसिपबीच भेद नछुट्याएरै जुग कटाइरहेको छ ।

ओशोले भनेका छन्, माया तीन प्रकारको हुन्छ, बडी पोइन्टेड लव शरीरका लागि गरिने माया, माइन्ड पोइन्टेड लव मस्तिष्कका लागि गरिने माया र हर्ट पोइन्टेड लव मनका लागि गरिने माया । राजेश शरीर र मस्तिष्कका लागि गरिने मायाभन्दा माथि मनका लागि गरिने मायाको उमेरमा छन् । तर, उनकी जीवन संगिनी मधु भने अझै मस्तिष्कका लागि गरिने मायाको चरणबाट गुज्रिरहेकी छन् । ओशोले यसमा थपेका पनि छन्, मायाका फरक चरणमा बाँच्नेहरुमा विचलन आउने सम्भावना बढी हुन्छ ।

राजेश र मधुको जीवनमा ओशोको यो सम्भावनाले चिहाउन नपाओस् । र, जीवनका हरेक निर्णयहरुले उनको सम्भावनालाई शंकाको सुविधा पनि नदिओस् । यही नै कामना गर्ने बेला हो यो । जहाँसम्म विवाहको कुरा हो, नेपाली चलचित्रका नायकहरुको सदावहार खेती नै हो यो । नेपाली चलचित्रका भेटन नायक शिव श्रेष्ठ बुढेसकालमा कान्छी ल्याएर नाति उमेरको छोरो खेलाउँदै साइराम जप्दैछन् । अर्का भेटन भुवन केसी अझै पनि कृष्ण कन्हैया हुन छाडेका छैनन् । राजेशले हाफ सेन्चुरी हानेपछि विवाह गरे त के भो र ? यो उनको ट्वान्टी ट्वान्टी हैन क्या रे, टेस्ट खेल्नलाई धैर्यता चाहिने हो, त्यो त उनीसँग पक्कै पनि होलान् । नेपाली चलचित्रका यी नायकलाई यति त शंकाको सुविधा पनि दिनुपर्छ नै ।

ढिलो आए पनि दुरुस्तै आओस्, राजेश र मधुको दाम्पत्य जीवन, शुभकामना । आगे उनीहरु नै जानुन् ।


(वरिष्ठ सञ्चारकर्मी डा. भट्टराई पछिल्लो समय एभेन्युज टेलिभिजनका एडिटर इन चिफ थिए । सम्प्रति उनी काठमाडौं विश्वविद्यालय, नेपाल र इन्टरनेशनल अमेरिकन युनिभर्सिटी लसएन्जलस, क्यालिफोर्नियाको सम्बन्धनमा किंग्स कलेजमा आमसञ्चार विषय प्राध्यापन गर्छन् । चोटिलो विश्लेषण गर्न रुचाउने उनी प्रेस चौतारी डट कमका लागि नेपाल सन्दर्भ स्तम्भ सम्प्रेष्ण गर्छन् ।  )


सोमवार, २०७१ जेष्ठ ०५ गते १८:४४ / Monday, May 19, 2014 6:44 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

1.   नयाँ शक्तिकी रोल नम्बर २४०
2.   ‘सफ्ट-सेल’ नेपालीका ‘हार्ड-सेल’ कुरा
3.   नाइन इलेवेन : हामी कहिल्यै भुल्दैनौं
4.   टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?
5.   गुडबाइ काडमाण्डू
6.   एनआरएन एनसीसी चुनाव :
7.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
8.   बन्ला त नेपाल करोडौंको स्वर्ग ?
9.   गुडबाइ काडमाण्डू
10.   भो अति भो, कति दोष दिनु सतीलाई ?
11.   तीतो सत्य, भाइरल र मोदी म्युट
12.   सिन्डिकेट संसार
13.   मोदीको मोफसल भ्रमण
14.   कस्मेटिक क्याटमाण्डू
15.   कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?
16.   अति भो, कति बन्नु
17.   मुखमा तीन 'स'- बगलीमा-'म'
18.   कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
19.   यो कस्तो न्याय ?
20.   तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ
21.   डटकम भाइरल
22.   पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?
23.   अजव-गजवको नेपाल
24.   मोदी सपथग्रहण-एमालेका मन्त्री, कांग्रेसको जन्ती
25.   राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ
Results 43: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.