बुधवार, आश्विन ०१ गते, २०७६
Wednesday, September 18, 2019
नेजाको ह्युस्टन अधिवेसन, नेतृत्व चयनमै सीमित


प्रशान एलुङ/न्युयोर्क
 
meetprashan@gmail.com
 

गत में महिनाको २ र ३ तारिख सम्पन्न भएको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को चौथो अधिवेसनले गौतम दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । टेक्सास राज्यको ह्युस्टन शहरमा सम्पन्न अधिवेसनले दाहाललार्ई आगामी दुई बर्षको लागि नेतृत्व हस्तान्तरण गरेको छ । सन् २००७ सालमा औपचारिक दर्ता पाएको नेजाले स्थापनाकालदेखि हालसम्म आईपुग्दा अमेरिकामा नेपाली पत्रकारिता र समग्र सञ्चार क्षेत्रमा राम्रै चर्चा बटुलेको छ । स्थापनाका शूरुवाती बर्षहरुमा थोरै पत्रकारहरुको सहभागीता रहेको नेजामा ह्युस्टन अधिवेसनसम्म आईपुग्दा सदस्य संख्या मात्रै हेर्ने हो भने उल्लेख्य रुपमा बढ्दो छ । यद्यपी अमेरिकामा नेपाली सञ्चार गृह र पत्रकारहरु बढ्दै जाँदा सदस्यता संख्या बढ्दै जानु स्वाभाविक नै मान्नु पर्छ ।

 ह्युस्टन अधिवेसन 
अमेरिकाको वासिङ्गटन डिसीमा स्थापना भएको नेजाको पहिलो अधिवेसन डिसी क्षेत्रमै सम्पन्न भएको थियो । त्यसपछि दोस्रो र तेस्रो क्रमसः न्युजर्सीको एटलान्टिक सिटी र न्युयोर्कको अस्टोरियामा सम्पन्न भएसँगै नेजाको चौथो अधिवेसन टेक्सास राज्यको ह्युस्टन शहर पुगेको हो । १२ जना सदस्य रहेको टेक्सास अधिवसेनको लागि उपर्युक्त स्थान थियो या थिएन त्यो फरक बिषय हो तर आयोजकको सम्पूर्ण तयारी र कुशल व्यावस्थापनलाई हेर्ने हो भने अर्काे अधिवेसन निक्कै चुनौतीपूर्ण देखिन्छ । ह्युस्टन अधिवेसन कार्यक्रम आयोजनाको हिसाबले सफल अधिवेसनको रुपमा लेख्दै गर्दा अग्रज पत्रकार तारा बराल, कार्यक्रम संयोजक बिटु केसी, ह्युस्टनबासी पत्रकार र समग्र नेपाली समुदायप्रति एउटा सहभागी पत्रकारको हैसियतले आभारी हुनैपर्छ ।
अधिवेसनको व्यावस्थापन निक्कै सबल रहेपनि कार्यसमितिको तयारी फितलो देखियो । कार्यसमितिको पुर्व तयारी नहुँदा अधिवेसनका बिभिन्न कार्यक्रम र माहौल नै अस्तव्यस्त बनेको थियो भने नेतृत्व चयनमै कार्यसमितिका पदाधिकारी व्यस्त रहे । बिभिन्न समयमा खुल्ला एवं बन्दसत्रका कार्यक्रमहरु आयोजना गरिए पनि अधिवेसनको मुख्य पाटोहरु जस्तै कार्यपत्र र प्रतिवेदनहरु पेश नहुँदा नेतृत्वकै लागि मात्र अधिवेसन आयोजना गरिएको जो कोहिले सहजै अनुमान गर्न सकिन्थ्यो । कुनै पनि संघ/संस्थाले नियमित रुपमा माथि उल्लेखित विषयहरुलाई समेट्न नसक्नुले अधिवेसन आयोजना गर्नुको खास अर्थ राखेको पाईन्दैन । ह्युस्टन अधिवेसन अध्यक्षको कार्यपत्र, संस्थाको प्रगति विवरण र आर्थिक प्रतिवेदन बिना नै सम्पन्न गरियो । संस्थाका तात्कालिन महासचिव किशोर पन्थीले समयाभाव संस्थाको प्रगति विवरण एवं प्रतिवेदन पेश गर्न नभ्याएको बताए भने संस्थाकी कोषाध्यक्ष गीता पन्थ अधिवेसनस्थलमै अनुपस्थित रहिन् । तयारी अवस्थामा रहेको संस्थाको प्रगति विवरण प्रस्तुत गर्न नपाएपनि बन्दसत्र अन्तर्गत  बिभिन्न विवादित विधान र अन्य विषयमा छलफल गर्न पाएकोमा महासचिव पन्थीले आंशिक खुसी व्यक्त गरे । नेतृत्व चयनमै समय खर्चेका कार्यसमिति संस्थाको यिनै मुख्य प्रक्रियाहरु पूरा नगर्दा ह्युस्टन अधिवेसन पूर्णरुपमा सफल भएको भन्न मिल्दैन । कार्यसमितिले बितेको कार्यकालमा के कस्तो कार्यक्रमहरु आयोजना गर्यो  ? संस्थाले कुन–कुन मितिमा के कति शिर्षकमा खर्चको रकम छुट्टायो यसको लेखा परिक्षण ? संस्थाको भावी कार्यनीति के कस्तो छ ? यी यावत् विषयमा चर्चा र कार्यक्रम नहुदा जो कोहि सदस्यले असन्तुष्टि पोख्नुलाई स्वाभाविक प्रक्रिया मान्नु पर्छ ।

बैधानिकताको प्रश्न
सदस्य संख्या १ सय आठ रहेको नेजाको चौथो अधिवेसनमा ४९ जना मात्र सदस्यले सहभागिता जनाएसँगै अधिवेसनमाथि बैधानिकताको प्रश्न चिन्ह् तेर्सिएको  छ । विधानमा उल्लेख भए बमोजिम जम्मा सदस्य संख्याको पचास प्रतिशत् अनिवार्य रुपमा उपस्थित हुनु पर्ने प्रावधान रहेपनि ४५ दशमलव ३७ प्रतिशतको सहभागिताले अधिवेसन सम्पन्न गरिएको थियो । यससँगै अन्य सदस्यहरुको मत र अभिमत कुण्ठित भएको छ भने अनावश्यक विषयमा विधानको बखेडा झिक्दै आएको नेजा कार्यसमिति र सल्लाहकार समिति ब्यावहारिक विधानको पक्षमा वकालत गर्नु व्यर्थसिद्ध भएको छ । 

सहमतीको प्रयास

संघमा अमेरिकामा रहेका क्रियाशील पत्रकारहरुको आबद्धता बढेसँगै चौथो अधिवेसनसम्म आईपुग्दा नेतृत्वको लागि होडबाजी गर्नेहरुको संख्या पनि ह्युस्टनमा बढेको देखियो । अध्यक्ष पदकै लागि शूरुमा चार जनाको उम्मेदवारी परे पनि सहमतीको अन्तिम बिन्दुसम्म आईपुग्दा दुई जनाबीच चुनावी प्रक्रिया अपनाउनु पर्यो  । चुनावी प्रक्रियामा नगई सर्वसम्मतीबाट नेतृत्व चयनको लागि संस्थापन पक्ष र उम्मेदवारीबीच सहमतीको प्रयास गरिए पनि यसले खास निकास दिन सकेन । संस्थाको नेतृत्वमा किशोर पन्थी, गौतम दाहाल, प्रदीप थापा मगर र पुरुशोक्त ढकालको उम्मेदवारी परेपनि पन्थी र ढकालले अध्यक्षको मैदान खाली गरेर सहमतीको सत्प्रयास गरेका थिए । निर्वाचनको अन्तिम घडीमा पन्थीले अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिए भने अध्यक्षको लागि लड्दै आएका ढकालले महासचिव पदबाट पनि उम्मेदवारी फिर्ता लिए । यसैगरी बरिष्ठ उपाध्यक्षको लागि सूर्य थापा र शिब बिष्टको उम्मेदवारी परेकोमा थापाले अन्तिममा उम्मेदवारी फिर्ता लिए । क्षेत्रीय उपाध्यक्ष (क्यालीफोर्निया) को लागि जाङ्बु शेर्पा र गोकुल ढकालबीच भएको चुनावी प्रतिष्पर्धामा शेर्पा निर्वाचित भए भने अध्यक्षका दुई उम्मेदवार गौतम दाहाल र प्रदीप थापामगरबीच भएको अन्तिम चुनावी स्पर्धामा दाहालले बाजी मारे । 

गौतमलाई गाह्रो 
नेजाको बरिष्ठ उपाध्यक्षबाट उम्मेदवारी दिएर भारी मतले अध्यक्ष बनेका गौतम दाहालको दुई बर्षे कार्यकाल त्यत्ति सहज देखिन्न । बिभिन्न समयमा कांग्रेसी  राजनीति र बिभिन्न सामाजिक संघ/संस्थामा समेत विवादित बन्दै आएका दाहाललाई बाँकी कार्यकाल तिनै कारणहरुले गाह्रो बनाउने पक्का छ । उनी अघिल्लो कार्यकालमा समेत विवादमुक्त रहन सकेनन् भने संस्थापनका केहि बाहेक अन्यले उनलाई खुल्ला रुपले सघाउने स्थिती छैन । यसअघि उनी कार्यसमिति र कांग्रेस समर्थकबीच नै लोकप्रियता गुमाउँदै आएका थिए । त्यसोत दाहाल नेतृत्वको नेजाको नवनिर्वाचित कार्यसमितिमा अमेरिकामा रहेर सक्रिय रुपले पत्रकारिता गर्दै आएका पत्रकार र सञ्चार गृहहरुको ठुलो हिस्सा बाहिर नै छ ।





बुधवार, २०७१ बैशाख २४ गते २०:२० / Wednesday, May 07, 2014 8:20 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
1.   एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग
2.   नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा
3.   न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै
4.   न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न
5.   न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै
6.   नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध
7.   भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार
8.   एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न
9.   फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै
10.   जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख
11.   उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी
12.   न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न
13.   तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न
14.   न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न
15.   न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै
16.   न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित
17.   न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न
18.   बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै
19.   न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख
20.   एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित
21.   न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र
22.   न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)
23.   न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न
24.   राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक
25.   न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न
Results 233: You are at page 1 of 10
1 2 3 4 5 6 7 8 9 10 Next Last
भर्खरै

एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् ।

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.