आइतवार, फाल्गुन ०८ गते, २०७३
Sunday, February 19, 2017
महाथिर मन्त्र - भालुलाई पुराण
डा. प्रदीप भट्टराई

 
कुनै बेलाको मलाया आज मलेसिया भएको छ । नाम मात्र फरक भएको छैन, यसको अनुहारमा पनि आनको तान फरक परेको छ । गरीवी र उपनिवेशको दाग स्वतन्त्र र समृद्धिको चमकले धोइएको छ ।  तर, नेपालीको मलेसियासँग जोडिएको नियति भने जस्ताको तस्तै छ, कुनै फरक आएको छैन । उपनिवेश मलायामा नेपाली गोर्खा लाहुरे बन्न जान्थे, अहिले बैदेशिक रोजगारीमा नेपाली बहादुर बन्न जान्छन् । फरक यति हो, पहिलेका लाहुरे जंगी पोसाकमा ठाँटिएका हुन्थे, अहिलेका निजी पहिरनमा खुम्चिएका हुन्छन् । पहिलेका स्टर्लिंग पाउण्डमा मोटो कमाइ गर्थे, अहिलेका मलेसियाइ रिंगिटमा पातलो कमाइमै सन्तोष गर्नुपर्ने बाध्यतामा छन् । 

एउटा बहुचर्चित भनाइ छ, असम्भव भन्ने शव्द मुर्खको डायरीमा मात्र हुन्छ । अर्थात्, एउटा नियत साफ भएको सज्जन मानिसले चाह्यो भने यो संसारमा असम्भव केही छैन । त्यसको दशी नै हो, आजको मलेसिया । अनि, आवश्यक प्राथमिक कुरा हो, दृष्टिकोणसहितको नेतृत्व र इच्छाशक्ति । मलायाले तुन महाथिर मोहम्मदका अवतारमा त्यो प्राप्त गर्यो र तीन दशकको छोटो अवधिमै मलेसियाको नयाँ कलेवरमा आफूलाई विश्वसामु प्रस्तुत गर्यो । एउटा अनुसन्धानले के देखाएको छ भने दुई दशकको महाथिर नेतृत्वमा मलेसियाले १७ गुणा प्रगति गर्यो । यो चमकदार प्रगतिका लागि उनले आफ्नो कार्यकालमा राजनीतिक क्रान्ति हैन, आर्थिक समृद्धिको कुरा गरे । प्रजातन्त्रको पारोले नाप्दा बेञ्चमार्क प्राप्त गर्न नसकेको उनको शासनकालमा महाथिरले जनतालाई विकासको थाल मात्र दिएनन्,  समृद्धिको भात पनि पस्किदिए । उनको यो समृद्धि यात्रामा छिमेकी सिंगापुरमा ली क्वान युले बढाएको चमत्कारिक विकास मोडलले उत्प्रेरकको काम गरेको थियो ।

महाथिरले मलेसियाको आर्थिक समृद्धिका लागि तीन पांग्रे रथको कल्पना गरे । उनले मलसियाका तीन मुख्य जाति मलाया, चिनीया र भारतीयलाई त्यो रथका पांग्रा बनाए । त्यसका लागि उनले राजनीतिक स्थायित्व विना विकास सम्भव नहुने सिंगापुरे शैली पछ्याए । र, जनतालाई राजनीतिक स्वतन्त्रताभन्दा  अािर्थक समृद्धि नै पहिला रोज्नुपर्नेमा आश्वस्त बनाए । उनले त्यसलाई आफ्नो पारामा भने, जिम्मेवारी विनाको स्वतन्त्रताको काम छैन । उनले मुलुकका हरेक तह र तप्काका नागरिकको जिम्मेवारी निर्धारण गरे र त्यसमा लाग्न अभिप्रेरित गरे । त्यसैको परिणाम होे, आजको समृद्ध मलेसिया ।

महाथिरको यो अवधारणाले मलेसियाको कायाकल्प मात्र गरेन, एक सफल विकास मोडलकै रुप धारण गर्यो । आज यसले आफ्नो ब्रान्ड पनि बनाएको छ, महाथिर मोडल । यही मोडलको प्रवर्तकका रुपमा आज महाथिरले बोल्ने कुरालाई महाथिर मन्त्र भन्न थालिएको छ । विकासको कोणबाट दक्षिणमा मात्र हैन, उत्तरमा पनि अव यो मोडलको चर्चा हुन थालेको छ । र, उनको यो मोडल तेस्रो विश्वको विकास मोडल हुने सम्भावनाको खोजी पनि शुरु भइसकेको छ । 

यिनै महाथिर नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नेपाल विजनेस कन्क्लेभ, २०१४ को मुख्य वक्ताका रुपमा चैत्रको दोस्रो साता नेपाल आए । उनले रेमिट्यान्स इकोनोमीमा बाँचेको नेपाललाई आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व र जिम्मेवारीसहितको स्वतन्त्रताको अभ्यास गर्नुपर्ने आफ्नो सदावहार मन्त्र सुनाए । विकास कार्यक्रमका लागि राष्ट्यि आर्थिक नीति र त्यसमा निजी क्षेत्रको साझेदारीको आवश्यकता औलाए । सबैभन्दा ठूलो कुरा त जनतालाई सपना देखाउनसक्ने राजनेताको आवश्यकता औलाए । त्यस्तो नेताको केन्द्रमा मुलुक र मुलुकबासीको समृद्धि मात्र हुनुपर्ने बताए । यस क्रममा जिम्मेवारी विनाको स्वतन्त्रताको वकालत गर्ने पक्षसँग उदार र नरम हुन नसकिने सत्यको पनि उद्घाटन गरे । यस क्रममा कसै कसैले तानाशाह भन्न सक्ने सम्भावनालाई समेत इन्कार गर्न नसकिने तर्फ औल्याउँदै सक्रमण कालमा रहेका राजनेताले प्रिय हुनका लागि प्रिय हुने लोभ पाल्न नहुनेतर्फ पनि संकेत गरे । 

महाथिर मन्त्र सुन्ने अवसरलाई दक्षिणमा मात्र हैन, उत्तरमा पनि एउटा चाडका रुपमा लिने गरिएको छ । नेपालमा पनि यस्तो हुनु अस्वभाविक हैन । तर, नेपालमा आग्रह पूर्वाग्रहको गतिलो खेती हुने भएकाले कतिपयले आयोजक संस्थासँगको सम्वन्धका कारण र कतिले जम्पिंग टु त कन्क्लुजनजस्तो तेस्रो विश्वमा ब्याप्त महामारीका कारण यो अवसरको सदुपयोग गरेनन् । जे होस् कतिपय सुन्नु नपर्ने र पुग्नु नपर्ने सोल्टी क्राउनप्लाजा पुगे पनि कति सुन्नुपर्ने र पुग्नुपर्ने नपुगको पनि देखियो । 

जे होस्, नेपालमा पनि महाथिर मन्त्र गुञ्जियो । उनको मन्त्रको सार थियो, राजनेतामा प्रष्ट दृष्टिकोण, दृष्टिकोणका आधारमा राजनीतिक स्थायित्व र त्यसलाई निर्देशित गर्ने आर्थिक समृद्धिको रोडम्याप । अनि, त्यही रोडम्यापको आधारमा निजी क्षेत्रको सहभागिता । यसरी बन्ने राष्ट्यि संकल्पबाटै मुलुकको कायाकल्प हुने हो । तर, त्यसका लागि नेपालका साझेदारहरु तयार छन् त ? मूलप्रश्न यो हो । यही लाख टक्काको प्रश्न छोडेर महाथिर नेपालबाट विदा भए । 

उनी गएपछिका गतिविधिलाई हेर्ने हो भने जुन बेला उनी नेपालमा आए, त्यो समय नै ठीक थिएन कि भन्ने जस्तो देखिन्छ । उनलाई ल्याउने नेपाल उद्योग वाणिज्य महासंघ त्यतिबेला तीन वर्षे चुनावको ज्वरोले थलिसकेको थियो, अहिले त्यसको प्रकोप अझ झन बढेको छ । कन्क्लेभमै सहभागिता र सक्रियताको कोणबाट महासंघमा प्रष्ट दुई धार देखिन्थ्यो । वर्तमान अध्यक्ष सुरज वैद्य र उनको खेमा यसलाई आफ्नो कार्यकालको महान उपलव्धीको रुपमा व्याख्या गर्दै थियो भने अर्को पक्ष यसको असफलतामा आफ्नो सफलताको हिसाव किताव गरिहेको थियो । उनी गएपछि त चुनावको महामारीले कसैलाई पनि त्यतातिर ध्यान दिने फुर्सद नै छैन । त्यसैले आयोजकहरु नै विभाजित र विथोलिएको मनस्थितिमा रहेकाले त्यो कोणबाट महाथिर मन्त्र वेवारिसे अवस्थामा पर्यो भन्दा फरक पर्दैन ।

रह्यो अन्य साझेदारहरुको प्रश्न, सत्ता राजनीतिमा चुर्लुम्मै डुबेका सरकार र राजनीतिक दलका नेतालाई त्यतातिर सोच्ने फुर्सद नै छैन । सरकारको पुलका रुपमा रहेका वर्तमान अर्थमन्त्री डा. रामशरण महत आफूलाई महाथिर सुन्नेभन्दा धेरै माथिको हैसियतमा राख्छन् । नेपालको नागरिक समाज अनि अर्थतन्त्र र विकासवादलाई बुझ्ने अभियन्ताहरुलाई पनि यो खासै चासोको विषय हैन । पश्चिमा विकास बाँड्न आएकाहरुका लागि त यसै पनि महाथिर प्रिय नाम हैन, त्यसैले उनीहरु यस आयोजनालाई सम्झाउनभन्दा पनि बिर्साउन नै चाहन्छन् । रह्यो जनताको कुरा, नेपाली जनता जिम्मेवारी विनाको स्वतन्त्रतालाई नै प्रजातन्त्र ठान्छ र त्यसैमा अभ्यस्त भैसकेको छ । योभन्दा फरक महाथिरले भन्ने गरेको जिम्मेवारीसहितको स्वतन्त्रता हाम्रो लागि त्यति रुचिको विषय पनि हैन । 

प्रस्तुत पृष्ठभूमीमा अहिलेका लागि महाथिर आए, महाथिर गए, योभन्दा भिन्न शीर्षक बनाउन सजिलो छैन । अझ, नौ दिनमा नौलो र वीस दिनमा विर्स्यो  हुने हाम्रो सनातनमा त महाथिर मन्त्र हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तो भयो भन्न पनि सकिन्छ । जसले सुन्नुपर्ने हो, जसले अपनाउनुपर्ने हो, उनीहरुले नै खासै वास्ता नगरेको यो पुराण कतै भालु पुराण त भएन ? प्रश्न गर्न सकिन्छ तर उत्तर कसले दिने ? त्यही पक्ष नै नेपालमा छैन । शायद नेपालमा त्यही पक्ष नदेखेर होला, जाने बेलामा पनि महाथिर भन्दै थिए, जिम्मेवारी विनाको स्वतन्त्रताको काम छैन । 

forth.state@gmail.com

 


सोमवार, २०७० चैत्र १७ गते २१:५८ / Monday, Mar 31, 2014 9:58 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विचार / अभिव्यक्ति
1.   महाथिर मन्त्र - भालुलाई पुराण
2.   लिम्बुवान सेरोफेरो राजतन्त्रको अन्त्य
3.   राष्ट्रियतामा संकट
4.   समानुपातिक महात्म्य
भर्खरै

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न २८५३ सोनाम ल्होछारको अवसरमा तामाङ सोसाईटी अफ अमेरिकाले अमेरिकाको न्यूयोर्कमा विविध् कार्यक्रम सहित भव्य रुपमा ल्होछार पर्व सम्पन्न गर्यो । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (आईसिसी) अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा सोसाईटीका अध्यक्ष शान्त बाबु थोकरको सभापत्विमा सम्पन्न भएको हो ।

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)

अतिथीहरुबीच नै दोहोरी

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित) माघे संक्रान्ति पर्वको अवसर पारेर न्यूयोर्कमा भव्य कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिकाको समन्वयमा न्यूयोर्क च्याप्टरद्धारा आयोजित उक्त कार्यक्रम गत जनवरी १५ तारिख न्यूयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो ।

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी मगर संघ अमेरिकाले अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्व बिशेष रुपमा मनाउने भएको छ । संघको केन्द्रिय समन्वय र च्याप्टर समितिको आयोजनामा आगामी जनवरी १५ तारिख न्यूयोर्क, न्यू जर्सी र बाल्टिमोर साथै जनवरी २२ तारिख सान् फ्रान्सिस्को शहरमा बिभिन्न कार्यक्रम सहित माघे संक्रान्ति पर्व मनाउने कार्यक्रम रहेको छ ।

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा आगामी जनवरी २८ तारिख न्यूयोर्कमा विविध् सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाउने भएको छ । न्यूयोर्कको कुईन्स लङ् आईल्याण्डमा अवस्थित फाईभ स्टार ब्याङ्कैटमा सम्पन्न हुन लागेको उक्त ल्होछार कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आवद्ध बिभिन्न कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न

खालिङ र फिप्ना सम्मानित

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले बार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा संगीत स्रष्टा पविधन खालिङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)लाई बिशेष सम्मान गरिएको थियो ।

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान

संघको विधान र प्रतिष्ठालाई नै धज्जी उडाउने कुचेष्टा

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी जनवरी ८ तारिख आयोजना गर्न लागेको विवादस्पद पुथ्वी जयन्तीलाई दिवसको रुपमा नमनाउन अमेरिकामा स्थापित बिभिन्न संघ संस्थाले संयुक्त रुपमा आव्हान गरेको छ । स्वतन्त्र र गैंर नाफामूलक संस्थाको रुपमा प्रतिष्ठित संघले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रमलाई दिवसकै रुपमा मनाउनुलाई संघकै विधान र प्रतिष्ठाको धज्जी उडाउने कुचेष्टा गरिएको भन्दै संयुक्त संगठनहरुले उक्त कार्यक्रम यथासिघ्र स्थगित गरि फिर्ता लिनु पर्ने बताएकाछन् ।

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम अल्ट्रा धावक मीरा राईलाई जिताउन अमेरिकाको न्यूयोर्कमा एक् कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको अध्यक्ष विष्णु राईको अध्यक्षतामा सम्पन्न भएको हो । नेसनल जियोग्राफी च्यानलको एड्भन्चर्स अफ दि एअर अवार्डको मनोनयनमा परेकी मीरा राई यस प्रकारको प्रतियोगिताामा सहभागी हुने पहिलो नेपाली हुन ।

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’ नेपालकी पुष्पा वस्नेतले ‘सिएनएन सुपर हिरो’ अवार्ड जितेकी छन्। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो। त्यसका लागि नेपालकी पुष्पा बस्नेतसहित अन्य पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए। यसै कार्यक्रमा आफ्नो पकोपकारी कार्य लाई निरन्तरता दिन विजेता पुष्पा वस्नेतले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छन्।

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क नेपाली संगीत क्षेत्रमा भर्सटायल गायकका रुपमा ख्याती कमाएका राजेश पायल राईले आगामी नोभेम्बर १९ तारिख न्यूयोर्कमा भव्य कार्यक्रम गर्ने भएकाछन् । न्यूयोर्कको कुईन्समा अवस्थित गुल्सन टेरेस (ढाका क्लव) मा बेलुकी साँढे आठबजे बाट शूरु हुने कार्यक्रम आईलाई क्रियसनको आयोजनामा सम्पन्न हुन लागेको हो ।

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान नेपाली संघीय समाज अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष समीर मर्हजनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूताबास, न्यूयोर्क लगायत बिभिन्न डेड दर्जन नेपाली संघ/संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न

कलाकार स्मारिका बिमोचित

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न दशैंको अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले न्यूयोर्कमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो । गत अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजित दशैं शुभकामना साँझ-२०१६ मा अमेरिकाका बिभिन्न राज्यबाट जम्मा भएका दुई दर्जनभन्दा बढि कलाकारहरुले फरक फरक प्रस्तुति प्रस्तुत गरे ।

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन कुमार लिङ्देन मिराक नेतृत्वको संघीय लिम्बुवान मंच नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्चले बिरेन्द्र हाङ लाबुङ लिम्बुको अध्यक्षतामा अमेरिका प्रवास समिति गठन गरेको छ । मंचले हिजो अक्टोबर ३ तारिख अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्दै आएका लिम्बु समुदायका सदस्यहरुको सहभागितामा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न

अक्टोबर ७ मा दशैं शुभकामना साँझ

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न नेपाली अमेरिकन कलाकार संघले केहि साता अघि दिवंगत भएका तीन कलाकारको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गर्यो । संघले बरिष्ठ तबलावादक होम नाथ उपाध्याय, चर्चित गायक खेमराज गुरुङ र लोकप्रिय गायक/संगीतकार सुनील बर्देवाको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली निर्वाचित भएकाछन् । न्यूयोर्कको ज्याक्सन हाईटस्मा अवस्थत हिमालयन याक रेष्टुरेन्टमा शनिबार सम्पन्न भएको साधारणसभाले गोपालीसँगै १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम

अगस्त २८ सम्म टिम दर्ता

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम शेर्पा किदुग अमेरिकाको बाषिर्क खेलकुद कार्यक्रम आगामी सेप्टेम्बर महिनाको ३ र ४ तारिख न्युयोर्कमा सम्पन्न हुने भएको छ । हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबर्षको खेलकुदको तयारी र सहभागिता सम्बन्धी जानकारी गराईएको थियो ।

पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी

नेपालबाट सुबास नेम्बाङ्ग प्रमुख अतिथीको रुपमा आउँदै

पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी अमेरिकाको न्युजर्सी राज्यमा सम्पन्न हुन लागेको एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको सम्पूर्ण तयारी सकिएको छ । सम्मेलनकै अन्तिम तयारीको विषयमा जानकारी गराउने उद्देश्यले हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट तथा छलफल कार्यक्रम मार्फत उक्त जानकारी गराईएको होे ।

गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि

गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि गायक गम्बु शेर्पाले गीत/संगीतबाट जे जत्ति अर्थ जगेडा गरेकाछन, त्यो सबै सामाजिक सेवामा लगानी गर्दै आएकाछन् । शेर्पाले हालसालै बिभिन्न ५ देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेर संकलित ८ लाख ६७ हजार ८ सय पच्चिस रुपैया अनाथ बालबालिकाहरुको लागि सहयोग रकम जुटाएका छन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.