शनिवार, कार्तिक ०३ गते, २०७५
Saturday, October 20, 2018
सुडानमा मान्छेले मान्छे खान्छ रे हो ?

 
एई ! सुडानमा मान्छेले मान्छे खान्छ रे हो ?
करिब चार महिनाको सुडान बसाईपछि छुट्टिमा नेपाल आएको बेला काठमाडौंमा कसैले सोधेको थियो मलाई । सुनेर हाँसो उठ्यो । हाँसिन तर ठाडो जवाफ दिएँ ‘खै था छैन ।’ त्यो मान्छेको जिज्ञासाले मलाई  अन्लाईन एउटा समाचार स्मरण गरायो । ‘सुडानको डार्फरमा रहेको नेपाल प्रहरीको फर्मपुलिस युनिटसँग एपिसी गाडि नभएको कारण संयुक्त राष्ट्रसंघले नन्फङ्सनल घोसित गरेको कारणले दक्षिण सुडानमा हुन गईरहेको जनमत सङग्रहको सुरक्षामा नखटाएको हो नेपाल प्रहरीलाई ।’ म हाँसेको थिएँ समाचार पढेर । सुडानमा दुईवटा मिसन अहिले पनि छन् । एउटा डार्फरमा ‘युनामिड’ र अर्को ‘अनमिस ।’ ‘अनमीस’ले जनमत सङग्रह हेर्ने काम गरेको होे । ‘अनमिस’मा पनि नेपाल प्रहरीका धेरै सदस्यहरु केही वर्ष अघिदेखिनै कार्यरत छन् । जति सुकै पोख्त र सशक्त भए पनि सामान्यतया एउटा मिसनको कार्यक्षेत्रमा अर्को जान सक्दैन । आफ्नै एरियाका पीसकिपरहरु कुनै कारणले घाईते भए भने उपचारका लागि उडान भर्नुपर्दा सुडान सरकारको अनुमति चाहिन्छ । समयमा अनुमति नपाएर पिसकिपरहरुको अकालमा मृत्यू भएको उदाहरणहरु छन् डार्फरमा । डार्फरका नेपाल प्रहरी दक्षिण सुडानमा जान पाएनन् भन्ने समाचारले हसाँउनु स्वाभाविक थियो । आफन्त र साथीभाइलाई फोन र ईमेलबाट जवाफ दिँदादिँदा थाकेको थिएँ, समाचारमा आए जस्तो कुरो होईन भनेर ।
मान्छेले मान्छे खाने कुरा पनि त्यही समाचारकै जस्तो स्रोत त होला भन्ने लाग्यो । त्यसैले कुनै कुरा गर्न चाहिन त्यो सवालमा । समाचारको कुरा केही समय रह्यो बिर्सियो । तर साथिको प्रश्नले भने मलाई कहिलेकहीँ झस्काई रहन्थ्यो । मान्छेले मान्छे कसरी खान्छ ? कसले भन्यो यस्तो कुरा उसलाई ? काला भएपनि गोरा भए पनि मान्छे भनेको मान्छे हो । हामी गाईलाई पुजा गर्नेमान्छे जताततै गाई काटेर मासु खाएको देख्दा मन रुन्थ्यो । द्वन्द्वमा मान्छे मारिनु स्वाभाविकै होला तर मासु खानकैलागि मान्छेले मान्छे मार्छ त ? मान्छेले मान्छेको मासु खानु भनेको आफ्नै आमा, दिदी, दाजुभाइ, बाबु वा सन्तान मध्ये कसैलाई खानु होईन र ? यस्ता झुटा प्रचार गर्ने मान्छे प्रति रिस पनि उठ्योे । हामीसँग भेट्दा हाँस्छन् बोल्छन्,पानी दिन्छन्,हात मिलाउँछन् । उनीहरु खुसीमा हाँसेको देखेको छु । दःुख पर्दा रोएको देखेको छु । हामै्रझैं कुर्ची,साबुन,तालीम,किताब,मुस्किला,नीम ,सुरुवाल...आदि जस्ता धेरै साझा शब्द बोल्छन् ती पनि ।  मानवीय समवेदनामा के फरक छ ती र अरुमा ? काला छन् तर रगत त रातै छ । कसरी मान्छेको मासु खालान् ?
सुडान दुइटा भैसकेको थिएन त्यसबेला । एकदिन त्यही फोटोको प्रसङ्ग कोट्याएँ मैंले । सँगै कार्यरत ईन्स्पेक्टर दिलिप झाले भन्नुभयो भाइ ‘द्वन्द्वको बेलाको फोटो हे¥यो भने मान्छेले मान्छे खाने अवस्था आएको थियो कि क्याहो जस्तो लाग्छ यहाँ ।’
हुन पनि चारलाख भन्दा बढी मारिएका थिए । बीसलाख भन्दाबढी त देस भित्रै बिस्थापित भएर प्लाष्टीक र घसेटाले बारेका झुप्रामा बस्छन् युएनल्े दिएको दुईछाकको भरमा । बिस्थापित भएर छिमेकी देसतिर जानेहरुको त कथा अलग छ ।
‘कस्ता फोटाहरु हुन त्यस्ता ?’ स्वाभाविक जिज्ञासा थियो मेरो । 
आफुले अफिसको कम्प्युटरमा हेरेका धेरै फोटाहरुका बारेमा बेलिबिस्तार लगाउनु भयो । कतिपय फोटाका वर्णनले मलाई खासै असर गरेन । त्यस्ता कयौं फोटाहरु त नेपालको द्धन्द्धले देखाईसकेको थियो । तर उहाँले एउटा यस्तो फोटोको बारेमा सुनाउनुभयो कि मेरो आङ सिरिङ्ग भयो । मेरी आमा,मेरो परिवार,मेरो गाउँसमाज र सिङ्गै देस दुख्नथाल्यो । सबै भन्दा बढी त मेरो दुईवर्षको छोरो दुखिरह्यो । पसुपतिनाथलाई सम्झेर प्रार्थना गरिरहेँ ‘हे भगवान ! नेपालमा कहिल्यै यस्ता फोटाहरु नखिचिउन् ।’
डर मात्र लागेन । द्धिविधा भयो त्यो फोटो हेरौं कि नहेरौं भनेर । तै पनि चाहारें अफिसका कम्प्युटरहरु । भेटिन । कसैले फोल्डरै डिलिट गरेछ क्यार । त्यसपछि हामी धेरैले प्रयत्न ग¥यौं । रिसाईकलमै खोज्यौं, भेटिएन ।  ‘माईक्रोसफ्ट  इन्कार्टा’ मार्फत सर्च ग¥यौं, अहँ फेला परेन । ठिकै भो भन्ने पनि लाग्यो मेरो आतङ्कित मनलाई । तर जिज्ञासु मन मानिरहेको थिएन ।
एकदिन विस्थापित सुडानीको गाउँतिर गएर फर्कदा एक नाईजेरियन पुलिस सार्जेन्ट इसरायल पेरेटेले पनि त्यो फोटोको बारेमा सुनायो । हाम्रो भाषा सहयोगी एक सुडानीले खण्डन् ग¥यो ‘त्यस्तो अवस्था थिएन सुडानमा,कसैले हल्ला ग¥यो होला ।’ भनेर ।
मेरै आँखाले हेरेको फोटोहो त्यो । यति ठूलो तिम्रो देसको कुरा जानकारी राखेनौ भने कसरी थाहा पाउँछौ कहाँ के भएको थियो भनेर । उता दक्षिणतिरको पनि त हुनसक्छ’ नाईजेरियनले बलियो तर्क पेश गरेको थियो ।
त्यहीबेला एकदिने वर्कसपमा सहभागी हुन युनामिडको दक्षिणी सेक्टर हेडक्वाटर न्याला गएँ । नेपाल प्रहरीको एकसय चालीस जनाको सुरक्षा दस्ता ‘फर्म पुलिस युनिट’को एकरातको पाहुना हुन पुगें म त्यहाँ । कम्प्युटरमा काम गर्ने पुलिस हेडक्वाटर काठमाडौंमा सँगै काम गरेकी कल्पना अधिकारी र उहाँकी सहयोगी संगीता थिए । उनीहरुको अफिसमा छिर्नासाथ कम्प्युटरको स्क्रीनमै परे आँखा । फोटै हेर्दै थिए । कस्तो संयोग, त्यहाँ पनि फोटोकै आतङ्क ? कतै गिँड, कतै टाउका थिए मान्छेका ।  म पनि अघि सरें हेर्नलाई ।
आफू बसेको कुर्सी मलाई छाडेर पर्तिर सरिन् कल्पना दिदी । संगीता अर्कै कम्प्युटरमा थिइन् । मेरो दिमागकोे त्यही पुरानो फोटो खोज्न थालें म । अहँ भेटिन । संगीताको कम्प्युटरतिर लम्कें । दसवर्ष नेपालमा हेरे जस्तै थिए धेरै फोटाहरु । खासै नौलो भएन मेरा लागि । अझ सियरालियन,रुवान्डा,नाईजेरिया लगायत धेरै देसको द्वन्द्वका वृत्तचित्रहरुमा जेनोसाइड सम्म हेरिसकेको थिएँ । एउटा बलिष्ठ हतियारधारी पुरुषले महिलाका तिघ्रामा लात हानिरहेको, महिलाले इज्जत ढाक्न कपडा सम्हालन समेत नपाएको, उसको लोग्नेलाई पर्तिर अर्कैले बन्दुकको कुन्जाले हानिरहेको, सानो बालकलाई नाङ्गै बनाएर घोप्टो पारी बुटले ढाडमा टेक्दै हातखुट्टा मर्काएर सिन्को भाचेजस्तै भाँचेको दृष्य हेरे पछि कति सम्म अन्धो,निष्ठुर र बैह्रो हुनसक्छ हतियारको दम्भ भन्ने कुरा थाहा पाएको थिएँ । त्यसैले संगीताले देखाएको फोटोले खासै दुखाएन । फेरि मैंले हेर्न खोजेको फोटो पनि त अर्कै हो ।
‘ल यो होला तपाईले खोजेको फोटो ।’ संगीताले केन्द्रित गरेको फोटो हेरेँ, किशोर,युवा र बूढाहरुको एउटा हतियारधारी समूह । घाँटीदेखि खुट्टैसम्म ढाक्ने सेता लुगा लगाएका, टाउकामा सेतो फेटा बाँधेका पाकाहरु,  विभिन्न रङ्गका सर्टपाइन्ट लगाएका तन्नेरीहरु । सबैका हातमा ‘एके फोर्टिसेभेन’ राईफल । फोटो खिच्नकै लागि कोही लहरै उभिएका कोही अगाडि टुक्रुक्क बसेका । तिनीहरुको अगाडि भुईंभरी मिलाएर राखिएका काटिएका मान्छेका टाउकाहरु जिउँदा मान्छेलेझैं आँखा हेरिरहेका थिए मैतिर । 
फोटोको साईडमा बसेको एउटा तन्नेरीले कुहिनोमा गिंडिएको मान्छेको सिङ्गै हात गिंडिएकै पट्टिबाटै आफ्नो मुखमा हालेर उखु जस्तो चुसिरहेको थियो । गिंडिएको हातको  बाँकी शरीर नजिकै भुईंमा लडेको थियो । हरे शिव ! केहो यो ? आँखा चिम्लें निकैबेर । आँखा खोल्दा त्यही फोटो थियो । दिङ्गदिङ्ग लागेर आयो, थुकथुकी लाग्यो,तिरिमिरी भयो आँखा । कुन उद्दे्श्यले त्यसरी मान्छे गिंडेर उत्सब मनाएका होलान् ? अनुहारमा न कुनै सङ्कोच छ न पश्चाताप । ओलम्पिक खेल जितेका खेलाडिले राष्ट्रिय झण्डा हातमा लिएर गर्वसाथ फोटो खिचे जस्तो । धन्य मेरो देश ! मेरो देशको द्वन्द्व र मेरा देशका पार्टीका नेताहरु ! समयमै रोकेछौ द्वन्द्वलाई । नराम्रो गरेर पनि रामै्र गरेछौ । धन्य छौ, धन्य रहिरहु मनमै बोलें । 
टाउको दुख्यो । म उठें । ‘अरु पनि छन् हेर्नु न । हामीले कतिचोटी हेरिसकेको फोटो तपाईं एकचोटी पनि हेर्न नसक्ने ?’ संगीताले आफूलाई साहसी प्रमाणित गर्दैथिईन । ‘पेनड्राईभमा नहाल्ने ?’ फेरि भनीन् ।
‘त्यस्तो फोटो अरु कसैलाई देखाएर तनाब दिनु छैन । मैंले हेर्न खाजेको फोटो पनि  होईन यो ।’ मैंले भनें
‘हामीसँग भएको त यतिहो माधव सरसँग छ भने भरे हेरौंला ।’ ‘भो नहेर्ने ।’ मैंले चासो गरिन ।
‘अहिलेसम्म त्यही फोटो हेर्न खोजिरा अब चाहीँ किन नहेर्ने ?’ संगीताले यसो भन्नु स्वाभाविक थियो ।
‘तिमी हामी साना छोराछोरीका आमाबाबूले हेर्न सकिन्न ।’ मैंले टार्न खोजें । तर उनीहरु पटक्कै मानेनन् ।
दुई जिद्दी नारीका सामु पराजित भएँ म । आफूले सुनेअनुसारको बेलिबिस्तार लगाएँ ।
“रातो बलौटे भूमी,उँड्दै गरेको चरा खस्ने प्रचण्ड गर्मी,जमीनबाट रातो वालुको आगोझैं ताप,वरपर कतै झुपडी सम्म छैन न हरियो बुट्यान छ । केही पर डढेर खरानी भएको बस्तीको अवशेष । करिब सातआठ वर्षको एउटा बालक घस्रिरहेको छ बालुवामा डोबहरु छाड्दै । कतिदिनदेखी भोको छ, शरीरका करङ छर्लङ्ग देखिएको छ बाहिरै । रुने वा खान माग्ने आवाजको लागि शक्ति छैन । परिवारका सदस्यहरु सबै डढाईए आगोमा ? वा आफ्नो छोरो डढाईयो भनेर कतै भागेर गए माया मारेर । त्यो बालक केवल एकमुठी सास बोकेर कतै आफ्ना आमा बाबु वा कोही भेटिएलान् र एकथोपो पानी सम्म देलान भन्ने आशमा बिना गन्तब्य घस्रिरहेको छ । तर पानी... भनेर रुन सक्ने तागत छैन । न त आमा भनेर रुन सक्ने आवाज र आँसुनै छ । बालक जस्तै भोकप्यासले जिर्ण भएको एउटा गिद्द बालकको पछि लागिरहेको छ मर्ला र खाउँला भनेर । चाह्यो भने जिवितै त्यो बालकलाई लुछेर खान सक्छ तर हत्या गर्न चाहदैन । बरु भोकै मर्न चाहन्छ । सायद मान्छे हुन चाहदैन ऊ .........................। 
‘चित्त बुझ्यो ?’ मैंले पुलुक्क उनीहरु तिर हेरेर सोधें ।
गम्भीर थिए दुबै,अबरुद्द गलाबाट घुटुक्क थुक निले एकसाथ ।
यस्तो फोटो के हेर्न खोज्या त तपाईंले ? अघि जिददी गर्थे अहिले रिसाए ।
अमिरिकन फोटो पत्रकार केबिन कार्टरले खिचेको रे । उसले आत्महत्या गरिसक्यो रे डिप्रेसनका कारण । फोटो कस्तो होला कौतुहल त भइहाल्छ नि, फोटोसँगै उसको नाम छ रे त्यही जान्न खोज्या हुँ । सफाई दिएँ मैंले ।
बिचरा त्यो बच्चा म¥यो कि,कसैले भेट्टाएर लग्यो कि,गिद्दले खायो होला हगि ? ममतामयी पीडा थियो उनीहरुमा । मैले साबधान गराएँ ‘तुरुन्तै बिर्सिनुपर्छ नत्र डिप्रेशन गराउला ।’ उनीहरु ट्वाल्ल परेर मलाई हेरिरहेका थिए ।
 


बुधवार, २०७० आश्विन ०२ गते २२:५० / Wednesday, Sep 18, 2013 10:50 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: साहित्य चौतारी
1.   अनेसास र एनआरएनको साहित्यिक कार्यक्रम सम्पन्न
2.   मेरो पट्टु, मेरो बिरालो
3.   मैले खुसी किन लेखेँ?
4.   गीतकार पद्मा लिंखा मगर अनि नजर गीति संग्रह
5.   कविता - प्रेम त्यो हो.. : मनु लोहोरुङ
6.   सिर्जना उत्सवमा न्युयोर्कका सिर्जनाका यात्राहरू
7.   कथाः रक्सी पिएको रात
8.   प्रवासी सर्जकको कृति लोकार्पण
9.   विदेशिनुको वास्तविकता
10.   मनुज, ध्रुवचन्द्र, युवराजलाई कलाश्री
11.   साहित्यकार जगदिश घिमिरेको निधन
12.   साहित्यकारद्वय जोशी र शर्मा सम्मानित
13.   मनमा यसरी डढेलो लाग्ने गरी फेरि यति चाँडै कसले गर्‍यो होला यो फोन ?
14.   बेलायतमा घन्कियो नेपाली गजल
15.   मनुज, ध्रुवचन्द्र र नयाँघरेलाई कलाश्री पुरस्कार
16.   शारदा शर्मा र सत्यमोहन जोशीलाई पद्मश्री
17.   युएईमा ‘श्रमिक साथी’ पुस्तक विमोचन
18.   ‘दमिनी भिर’लाई मदन पुरस्कार, जगदम्बा श्री रत्नशम्शेर थापालाई
19.   पत्रकार, प्रेमिका र डिसहोम
20.   अन्सारीको अतीत:युवराज नयाँघरे
21.   गर्भपतन
22.   बिचरा तिमी
23.   मिर्लुङको मेलोडी
24.   साइनो बेच्ने केटी
25.   सुडानमा मान्छेले मान्छे खान्छ रे हो ?
भर्खरै

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.