सोमवार, श्रावण ०६ गते, २०७६
Monday, July 22, 2019
एनआरएन अमेरिकामा चुनावी चटारो बढयो
निर्वाचनमा डेलिगेट्स प्रणाली हटाइने


प्रशान एलुङ् राई
न्युयोर्क
अन्ततः गैर आवासीय नेपाली संघ, अमेरिका समन्वय परिषद (एनसीसी) को निर्वाचन आउने मार्चमै सम्पन्न हुने भएको छ । अन्तराष्ट्रिय समन्वय परिषद आईसीसी ) ले दुई महिनाको म्याद थपेपछि एनसीसी अमेरिका आउने मार्चको अन्तिम साता निर्वाचनको लागि तीब्र तयारीमा जुटेको हो । यसकारण अधिकांश समय निष्किृय भैंm देखिने एनआरएन अमेरिकामा चुनावी चटारो बढेको छ ।

लामो समयदेखि विवादमा देखिएको अमेरिकाको एनआरएनको चुनावी सरगर्मी तातिएकै बेला गत साता न्यूयोर्कमा पत्रकार एवं सामुदायीक छलफलको आयोजना भएको थियो । अमेरिकाका लागि छैठौं विश्व सम्मेलनबाट निर्वाचित डेपुटी रिज्नल को–अर्डिनेटर (डिआरसी) सोनाम लामाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संघभित्र देखिएको असमझदारी, संस्थागत अस्तव्यस्तता, निर्वाचन लगायतका अन्य विविध् विषयमा छलफल भएको थियो । साथै कार्यक्रममा फेब्रुवरीको अन्तिम साताभित्र सदस्यता वितरणको लागि सबैले आ–आफ्नो पक्षबाट सहयोग गर्न सबैमा अनुरोध समेत गरिएको छ । 



कार्यक्रममा डिआरसी सोनाम लामाले अमेरिकामा एनआरएनको गतिविधि बढाउँदै जानु पर्ने र अन्य सदस्य राष्ट्रहरुको तुलनामा अमेरिका पछि रहेको बताउँदै अन्तराष्ट्रिय रुपमा पनि अलग्गै पहिचान बनाउनु पर्नेमा जोड दिए । गत अक्टोबर मा काठमाण्डौंमा सम्पन्न छैठौं विश्व सम्मेलनबाट अमेरिकाको लागि डिआरसीमा निर्वाचित भएका लामाले निमार्णाधिन संविधानमा  प्रवासमा नेपाली पहिचान र अमेरिका एवं अन्य देशमा बस्ने नेपालीहरुलाई दोहोरो नागरिकताको ग्यारेण्टीको लागि नेपाल सरकार, राजनीतिक दल र अन्य शक्तिहरुलाई दवाब दिनु पर्ने बताए । लामाले कार्यक्रममा एनआरएनमा आवद्धता र आवश्यकताबारे प्रकास पार्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोगको अपिल समेत गरे । कार्यक्रममा एनआरएन अमेरिका का सञ्चार संयोजक बनिता कतिला, विधान संसोधन मसौदा समिति, संयोजक दुर्गा भुर्तेल र निर्वाचन आयुक्त बिनोद रोकाले विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए । 



हामी पूर्णकालिन समिति हौं – राई
छैंठौं विश्व सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भएका शेष घलेले गत जनवरी २५ मा लेखेको पत्रमा उल्लेखित हालको एनसीसी अमेरिका अन्तरिम नभएर पूर्णकालिन समिति रहेको अध्यक्ष शिवकुमार राईले बताएकाछन् । विवादकै कारण एनसीसीको चुनाव नभई रहेको अवस्थामा दुई महिनाको म्याद बढाएको व्योहोरा जनाउँदै घलेले अमेरिका क्षेत्रिय संयोजक (आरसी) नवराज गुरुङ्गलाई लेखेको पत्रमा शिवकुमार राईको नेतृत्वमा रहेको समितिलाई अन्तरिम भने लगतै अमेरिकाको एनआरएनमा विवाद बढेको हो । यसैबीच प्रेस चौतारी डट कमसँगको टेलिफोन बार्तामा बर्तमान कार्यसमितिका अध्यक्ष शिबकुमार राईले दुईचार जनाको कुराले अन्तरिम नहुने बताए । उनले संस्था अन्य अध्यक्षको नेतृत्वमा रहदा पूर्णकालिन र शिवकुमार राई आउँदा अन्तरिम हुने कुरा गलत भएको बताए । 



टेलिफोन बार्तामै राईले आउने मार्चको अन्तिम साता भित्र नयाँ कार्यसमितिको गठन भई सक्ने बताए । यसका लागि समितिले कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको समेत जनाए । “मार्चको २९ र ३० भित्रमा जसरी पनि निर्वाचन हुन्छ, सकेसम्म त्यो भन्दा आगाडि नै साधारण सभा गरेर संस्थाको नेतृत्व हस्ताण्तरण गर्नेछौं ” राईले भने । साथै उनले निर्वाचनको लागि छलफलमा रहेको डेलिगेट्स प्रणाली हटाएर व्यक्तिगत मतले नै आफुले चाहेको व्यक्तिलाई मतदान गर्न सकिने समेत जानकारी गराए । 
निर्वाचनमा प्रत्यक्ष वा अनलाईन लगायत अन्य प्रक्रियाबाट सहभागी हुन पाउने व्यावस्था गरिने निर्वाचन प्रमुख बिनोद रोकाले जनाएकाछन् । जसका लागि फेबु्रवरीको अन्तिम सातासम्ममा दस डलर संस्थालाई बुझाएर सदस्यता प्राप्त गर्न सक्नेछन् । 

कार्यक्रममा डिआरसी सोनाम लामाले सम्बोधन गरेको बत्तव्यको पूर्ण पाठ :

उपस्थित् पत्रकारसाथीहरु
एवं दाजुभाई तथा दिदीबहिनीहरु ।

“नेपालीका लागि नेपाली” भन्ने मूल नारा लिएर सन् २००३ मा स्थापना भएको गैर–आवासीय नेपाली संघ (एनआरएनए) को उद्देश्य र लक्ष्यमा समाहित भएर सन् २००९ बाट मैले पनि मेरो तर्पmबाट संघमा आबद्ध भएर सकेको सेवा र सहयोग गर्दै आएको छु । यस क्रममा सन् २००९ तात्कालिन गैर–आवासीय नेपाली संघका अध्यक्ष देवमान हिराचनको नेतृत्वले अन्तराष्ट्रि समन्वय परिषद (आईसीसी) मा अमेरिकाको प्रतिनिधित्व गर्दै मलाई मनोनयन गर्नु भएको थियो भने सन् २०११ मा जीवा लामीछानेको नेतृत्वले पनि सोहि पदको लागि मनोनयन गरेर अमेरिकामा बस्दै आएका नेपालीहरुको प्रतिनिधित्व गर्दै आफुले सकेको सहयोग र सेवा गर्दै आएको यहाँहरुमा निवेदन गर्दछु । जसको लागि राष्ट्रिय एवं अन्तराष्ट्रि समन्वय परिषदको बिभिन्न देशमा भएको बैठक, छलफल र गोष्ठिहरुमा सहभागी भई अमेरिकाको प्रतिनिधित्व गर्ने अवसर पनि मैले पाए । अमेरिकामै आयोजना भएका राष्ट्रिय समन्वय परिषद (एनसीसी)को विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदै अष्ट्रेलिया, दुबई, क्यानाडा र काठमाण्डौंमा आयोजना भएका विभिन्न गैर आवासीय संघका कार्यक्रमहरुमा नियमित रुपमा सहभागी हुँदै आएको छु । यस्ता बैठक, छलफल र गोष्ठिहरुमा अमेरिकामा सन् २००६ सालमा स्थापित एनसीसी, युएसएको गतिविधि र सत्प्रयासहरु अन्य देशका प्रतिनिधिहरु बीच जानकारी गराउने गरेको छु । 

आईसीसीका निर्वाचित अध्यक्षहरु देवमान हिराचन र जीवा लामीछानेको नेतृत्वमा रहेर अमेरिकाको लागि मनोनित आईसीसी सदस्यमा रहेर काम गर्दै गर्दा मैले सकेको सहयोग र भूमिका निरन्तर रुपमा निभाउँदै आएको छु । हालसालै नेपालको राजधानी काठमाण्डौं सम्पन्न छैठौं गैर आवासीय संघको विश्व सम्मेलनमा अमेरिकाको लागि डेपुटी रिज्नल कोअर्डिनेटर (डिआरसी) मा सर्वसम्मतीबाट निर्वाचित भई पुनः अमेरिकामा बस्ने नेपालीहरुसँगै सहकार्य गर्ने जुन अवसर मैले प्राप्त गरे त्यसका लागि सम्पूर्ण अमेरिकाबासी नेपाली र विश्व सम्मेलनमा सहभागी सबैलाई हार्दिक धन्यवाद समेत ज्ञापन गर्दछु । यस गरिमामय पदमा रहेर निःस्वार्थ रुपले समुदायमा छलफल गरेर हाम्रो माग र आवश्यकताहरुलाई केन्द्र सम्म पु¥याउनु मेरो पहिलो जिम्मेवारी ठानेको छु । यसका लागि यहाँहरु सबैको सल्लाह र सहयोग मेरा लागि मार्गनिर्देशकको रुपमा ठान्नेछु । 

अहिले देशमा संविधान सभाको दोस्रो निर्वाचन सम्पन्न भईसकेको छ । निमार्णाधिन संविधानमा हामीले बर्षौंदेखि माग्दै आएको दोहोरो नागरिकता सम्बन्धि नीति निमार्णका लागि यत्तिबेला अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरु एकजुट हुनु पर्ने अवस्था छ । युरोप र अष्ट्रेलिया जस्ता देशहरुमा स्थापना भएका आइसीसीमा आवद्द भएर उनीहरुले समेत यस प्रकारको मागलाई नेपाल सरकार, राजनीतिक दल र अन्य शक्तिहरुसँग छलफल गरेर दबाव पु¥याउँदै आएकोमा उनीहरुलाई सघाउनकै लागि मात्र भए पनि हाम्रो एकता अपरिहार्य रहेको छ । सामुहिक रुपमा हामीले आवाज उठाउँदा हाम्रो आवाजहरु सम्बन्धित पक्षबाट सुनुवाई र कार्यान्वयन गराउने प्रवल सम्भावना रहेको कारण पनि हामी अन्य देशसँग मिलेर हाम्रो साझा मागलाई सम्बन्धित ठाउसम्म पुराउनु पनि हाम्रो कर्तव्य र जिम्मेवारी मैले ठानेको छु । 

दोहोरो नागरिकताको माग तातो बहसको विषय बनेको समयमा हामीले यसलाई पहिलो मागको रुपमा लिनु पर्छ भन्ने मेरो निष्कर्ष पनि हो । यसबाट हामीले देश र समाजको लागि निश्चित् रुपमा केहि न केहि योगदान पुग्नेमा नीतिनिमार्ण गर्ने पक्षमा सुसुचित हुन आग्रह समेत चाहन्छु । 
यसका लागि हामीमा देखिदै आएको एनसीसी अमेरिकाको दुर्वल र कमजोर पक्षहरुलाई निरुत्साहित गरेर सवल र बलियो पक्षलाई प्रोत्साहित गरी विश्व सामु हाम्रो एकता र हाम्रो संघलाई उदाहारणिय बनाउनुको विकल्प छैन । विगतमा हाम्रो संस्थामा देखिएको केहि समस्याहरुलाई वार्ता र  संवादको माध्यमबाट सहज रुपले निकास दिलाउदै  आगामी दिनहरुमा अझ मजबुद र बलियो बनाउनु हामी सबैको जिम्मेवारी हो । हामीबीचको असमझदारी र समस्यालाई केन्द्रले औलाउन नपाउँदै हाम्रो प्रक्रियागत एकता र समझदारीता सबैलाई अवगत गराउनको लागि अब हामीले कति पनि ढिलाई गर्नु हुन्न भन्ने मेरो बुझाई हो । हाल केन्द्रबाट संस्थाका नवनिर्वाचित अध्यक्ष शेष घले ज्युले अमेरिकाको डिआरसी र आरसीलाई सम्बोधन गरेर लेख्नु भएको पत्रमा समेत आउने मार्चको २९ र ३० भित्रमा नयाँ पदाधिकारी चयन गर्नु पर्ने ब्योहोरा उल्लेख गर्नु भएको छ । सो पत्रको कार्यान्वयनको लागि हामीले गत फेब्रवरी १ तारिखको दिन विभिन्न पदाधिकारीहरुसँग कन्फेरेन्स कलबाट बृहत छलफल गरेको यहाँहरुसबैमा जानकारी गराउँदछु । उक्त कन्फेरेन्स कलबाट एनआरएन एनसीसी, अमेरिकालाई अझ व्याबस्थित, संगठित र प्रभावकारी बनाउन संस्थामा लामो समयदेखि योगदान पु¥याउँदै आएका सरोकारवाला र अन्यसँग बृहत छलफल गरिएको थियो । उक्त छलफलमा म स्वयम् सोनाम लामा (डिआरसी), नवराज गुरुङ्ग (आरसी), डा. अम्बिका अधिकारी (पेट्रोन), शिवकुमार राई (अन्तरिम अध्यक्ष एनसीसी), दुर्गा भुर्तेल (विधान संसोधन मसौदा समिति,संयोजक), राजेन्द्र शिवाकोटी (आरसी, मनोनित) र बिनोद रोका (निर्वाचन आयुक्त) सहभागी रहनु भएको थियो भने सोहि दिन विधान संसोधन/पारित, निर्वाचन, सदस्यता वितरण, आर्थिक संकलन र अन्य विविध् छलफल गरिएको जानकारी गराउँदछु ।

अन्तमा यस संस्थाको उन्नती र प्रगतीको लागि यहाँहरु सबैले पुराउनु भएको सहयोग र योगदान प्रति हार्दिक आभार ब्यक्त गर्दै हाम्रा आगामी कार्यक्रमहरुलाई सबैले आ–आफ्नो क्षेत्र र तवरबाट सहयोग पुराउन पुनः अनुरोध गर्दै उपस्थित सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
धन्यवाद ।

तस्बिरहरु : मान रानामगर

 


विहिवार, २०७० माघ २९ गते ०५:४३ / Thursday, Feb 13, 2014 5:43 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
1.   एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग
2.   नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा
3.   न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै
4.   न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न
5.   न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै
6.   नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध
7.   भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार
8.   एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न
9.   फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै
10.   जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख
11.   उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी
12.   न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न
13.   तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न
14.   न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न
15.   न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै
16.   न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित
17.   न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न
18.   बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै
19.   न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख
20.   एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित
21.   न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र
22.   न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)
23.   न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न
24.   राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक
25.   न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न
Results 233: You are at page 1 of 10
1 2 3 4 5 6 7 8 9 10 Next Last
भर्खरै

एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् ।

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.