शुक्रवार, चैत्र ११ गते, २०७३
Friday, March 24, 2017
लिम्बुवान सेरोफेरो राजतन्त्रको अन्त्य
-दीपेश लिम्बु

नेपाल र नेपालीहरुको लागि अब संघियताको बिषय नौलो रहेन । किन कि यस कै खातिर दुई सय पचास बर्षको इतिहास बोकेको राजसंस्थाको अन्त्य भयो भने दुई-दुई पटक त संविधान सभाको चुनाव नै सम्पन्न भईसकेको छ । यद्यपी संविधान बन्नेमा र आदिवासी एवं पिछडिएका बर्गहरुको अपेक्षा  र माग अनुरुप पहिचान सहितको संघियता आउने र संविधान बन्ने कुरामा भने दुविधा यथावत् नै छ । 

नेपाल गणतन्त्रबाट संघियतामा जाँदैछ यद्यपी यो नयाँ भने होइन  । आम रुपमा व्यापक   छैन होला त्यो अर्कै पाटो हो । तर यथार्थमा नेपालमा पहिल्यै देखि संघिय शासन प्रणाली लागु गरिएको थियो र त्यसको आरम्भ साथै अभ्यास लिम्बुवानमा भएको थियो । इतिहास अनुसार गोर्खाका राजा पुथ्वी नारायण शाहका फौजहरुले  २६ पल्ट सम्म आक्रमण गर्दा पनि जीत हात पार्न सकेका थिएनन् । अन्तत्तोगत्व आफ्नो धेरै क्षती भएको निष्कर्ष निकाल्दै २७ औं  पल्टमा १८३१ सालमा लिखीत रुपमा जातीय अग्रधिकार सहीत स्वा़यतताको अधिकार दिने र मान्ने शर्तमा गोर्खा र लिम्बूवान बिचको संधी सम्झैता भयो विजयपुरमा ।उक्त सन्धि नै  आधुनिक नेपालको संघीय शासनको प्रथम उदाहरण र प्रयोग पनि  । सन्धी पश्चात् लिम्बुवानले त इमान्दारिता पुर्वक संघियतालाई स्वीकार गरी कार्यान्वयन  गरे, तर शाहहरुको नियतमा भने शुरु देखि नै खोट थियो जसरी संन १९५०  को नेपाल-भारत बिचको सन्धि नेपालीहरुको लागि घातक छ , शाह हरुले त्यसै राष्ट्रघाती सन्धिमा परिणत गरि दिए लिम्बुवानको विश्वाशलाई एक पछि अर्को गर्दै उनीहरुको अधिकार कटौती साथै स्वतन्त्र माथि हस्तक्षेप गरेर ।

लिम्बुवानमा एउटा कथन छ सन्धीको समयमा लिम्बुहरुको विश्वास जित्न पृथ्वी नारायण शाहले यस्तो वचन दिएका थिए -'यदी मेरो कुनै शाखा सन्तानले लिम्बुहरुको भुमि खोस्ने र हरण गरेमा मैले मान्ने तेत्तिस कोटी देवी देउताहरुले मेरा शाखा सन्तानहरुको सर्वनास गरोस र हाम्रो राजकाजको अन्त्या होस् "नभन्दै अतिक्रमण गर्ने क्रममा २०२१ सालमा केवल लिम्बुवान क्षेत्र र लिम्बुहरुको जग्गा माथि हद बन्दी लागु गरियो (नेपालको मुलुकी ऐन २०२१) । अतिक्रमण गर्दै लगिएको लिम्बुवानी भुमीमा अन्य जातजातिहरुलाई बसाई सराएर लिम्बुहरुले भोग चलन गर्दै आएको वन-जंगलहरु सबै राष्ट्रियकरण गरियो तात्कालिन राजा बिरेन्द्रको पालामा  तर उसको सम्पूर्ण सन्तानहरु बिध्वांस तरिकाले आफ्नै दरबार र सुरक्षा घेराभित्र मारिए । त्यसरी नै ज्ञानेन्द्र शाहको पालामा किपट (लिम्बुहरुको भूमि) को रुपमा रहेको लिम्बुहरुको अन्तिम भूमी ईलाम जिल्लाको चुलाचुली गाविसमा धनिपूर्जा बाड्ने काम भयो  भने त्यसै समय ताका राजतन्त्रको पनि अन्त्य भयो ।

यसरी एक पछि अर्को गर्दै लिम्बु र लिम्बुवानको सर्वहरण  गर्दै गर्दा आखिरमा नेपालबाट उनीहरुको दुई सय पचास बर्षे राजकिय शासनको पनि पत्ता साफ भयो । धेरै शासक, शासन र पद्धतीहरु परिवर्तन भए  तर लिम्बुवानको माग र आवश्यकता भने झन्झन् बढ्दो छ  ।

प्रस्तुत लेख लेखकको निजि विचार हुन् 
 


शुक्रवार, २०७० माघ १७ गते २०:०३ / Friday, Jan 31, 2014 8:03 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विचार / अभिव्यक्ति
1.   महाथिर मन्त्र - भालुलाई पुराण
2.   लिम्बुवान सेरोफेरो राजतन्त्रको अन्त्य
3.   राष्ट्रियतामा संकट
4.   समानुपातिक महात्म्य
भर्खरै

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न २८५३ सोनाम ल्होछारको अवसरमा तामाङ सोसाईटी अफ अमेरिकाले अमेरिकाको न्यूयोर्कमा विविध् कार्यक्रम सहित भव्य रुपमा ल्होछार पर्व सम्पन्न गर्यो । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (आईसिसी) अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा सोसाईटीका अध्यक्ष शान्त बाबु थोकरको सभापत्विमा सम्पन्न भएको हो ।

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)

अतिथीहरुबीच नै दोहोरी

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित) माघे संक्रान्ति पर्वको अवसर पारेर न्यूयोर्कमा भव्य कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिकाको समन्वयमा न्यूयोर्क च्याप्टरद्धारा आयोजित उक्त कार्यक्रम गत जनवरी १५ तारिख न्यूयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो ।

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी मगर संघ अमेरिकाले अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्व बिशेष रुपमा मनाउने भएको छ । संघको केन्द्रिय समन्वय र च्याप्टर समितिको आयोजनामा आगामी जनवरी १५ तारिख न्यूयोर्क, न्यू जर्सी र बाल्टिमोर साथै जनवरी २२ तारिख सान् फ्रान्सिस्को शहरमा बिभिन्न कार्यक्रम सहित माघे संक्रान्ति पर्व मनाउने कार्यक्रम रहेको छ ।

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा आगामी जनवरी २८ तारिख न्यूयोर्कमा विविध् सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाउने भएको छ । न्यूयोर्कको कुईन्स लङ् आईल्याण्डमा अवस्थित फाईभ स्टार ब्याङ्कैटमा सम्पन्न हुन लागेको उक्त ल्होछार कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आवद्ध बिभिन्न कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न

खालिङ र फिप्ना सम्मानित

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले बार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा संगीत स्रष्टा पविधन खालिङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)लाई बिशेष सम्मान गरिएको थियो ।

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान

संघको विधान र प्रतिष्ठालाई नै धज्जी उडाउने कुचेष्टा

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी जनवरी ८ तारिख आयोजना गर्न लागेको विवादस्पद पुथ्वी जयन्तीलाई दिवसको रुपमा नमनाउन अमेरिकामा स्थापित बिभिन्न संघ संस्थाले संयुक्त रुपमा आव्हान गरेको छ । स्वतन्त्र र गैंर नाफामूलक संस्थाको रुपमा प्रतिष्ठित संघले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रमलाई दिवसकै रुपमा मनाउनुलाई संघकै विधान र प्रतिष्ठाको धज्जी उडाउने कुचेष्टा गरिएको भन्दै संयुक्त संगठनहरुले उक्त कार्यक्रम यथासिघ्र स्थगित गरि फिर्ता लिनु पर्ने बताएकाछन् ।

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम अल्ट्रा धावक मीरा राईलाई जिताउन अमेरिकाको न्यूयोर्कमा एक् कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको अध्यक्ष विष्णु राईको अध्यक्षतामा सम्पन्न भएको हो । नेसनल जियोग्राफी च्यानलको एड्भन्चर्स अफ दि एअर अवार्डको मनोनयनमा परेकी मीरा राई यस प्रकारको प्रतियोगिताामा सहभागी हुने पहिलो नेपाली हुन ।

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’ नेपालकी पुष्पा वस्नेतले ‘सिएनएन सुपर हिरो’ अवार्ड जितेकी छन्। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो। त्यसका लागि नेपालकी पुष्पा बस्नेतसहित अन्य पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए। यसै कार्यक्रमा आफ्नो पकोपकारी कार्य लाई निरन्तरता दिन विजेता पुष्पा वस्नेतले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छन्।

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क नेपाली संगीत क्षेत्रमा भर्सटायल गायकका रुपमा ख्याती कमाएका राजेश पायल राईले आगामी नोभेम्बर १९ तारिख न्यूयोर्कमा भव्य कार्यक्रम गर्ने भएकाछन् । न्यूयोर्कको कुईन्समा अवस्थित गुल्सन टेरेस (ढाका क्लव) मा बेलुकी साँढे आठबजे बाट शूरु हुने कार्यक्रम आईलाई क्रियसनको आयोजनामा सम्पन्न हुन लागेको हो ।

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान नेपाली संघीय समाज अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष समीर मर्हजनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूताबास, न्यूयोर्क लगायत बिभिन्न डेड दर्जन नेपाली संघ/संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न

कलाकार स्मारिका बिमोचित

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न दशैंको अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले न्यूयोर्कमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो । गत अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजित दशैं शुभकामना साँझ-२०१६ मा अमेरिकाका बिभिन्न राज्यबाट जम्मा भएका दुई दर्जनभन्दा बढि कलाकारहरुले फरक फरक प्रस्तुति प्रस्तुत गरे ।

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन कुमार लिङ्देन मिराक नेतृत्वको संघीय लिम्बुवान मंच नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्चले बिरेन्द्र हाङ लाबुङ लिम्बुको अध्यक्षतामा अमेरिका प्रवास समिति गठन गरेको छ । मंचले हिजो अक्टोबर ३ तारिख अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्दै आएका लिम्बु समुदायका सदस्यहरुको सहभागितामा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न

अक्टोबर ७ मा दशैं शुभकामना साँझ

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न नेपाली अमेरिकन कलाकार संघले केहि साता अघि दिवंगत भएका तीन कलाकारको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गर्यो । संघले बरिष्ठ तबलावादक होम नाथ उपाध्याय, चर्चित गायक खेमराज गुरुङ र लोकप्रिय गायक/संगीतकार सुनील बर्देवाको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली निर्वाचित भएकाछन् । न्यूयोर्कको ज्याक्सन हाईटस्मा अवस्थत हिमालयन याक रेष्टुरेन्टमा शनिबार सम्पन्न भएको साधारणसभाले गोपालीसँगै १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम

अगस्त २८ सम्म टिम दर्ता

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम शेर्पा किदुग अमेरिकाको बाषिर्क खेलकुद कार्यक्रम आगामी सेप्टेम्बर महिनाको ३ र ४ तारिख न्युयोर्कमा सम्पन्न हुने भएको छ । हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबर्षको खेलकुदको तयारी र सहभागिता सम्बन्धी जानकारी गराईएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.